Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8806
Title: निरन्तर मूल्याङकन प्रणालीको कार्यान्वयनको अबस्था {Nirantar Mulyankan Pranaliko Karyanwayanko Awastha}
Authors: गौतम Gautam, मोहन कुमार Mohan Kumar
Keywords: मूल्याङकन प्रणाली Mulyankan Pranali;नीतिगत व्यवस्था Nitigat Vyavastha
Issue Date: 2019
Publisher: पाठयक्रमतथा मुल्याङकन संकाय
Level: Masters
Abstract: प्रस्तुत अध्ययन ओलढङ्गा जिल्ला सुनकोशी गाँउ पालिका स्थित श्री कालिका मा.वि सिस्नेरी स्रोतकेन्द्रमा पर्ने पाँचओटा सामुदायिक विदयालयको प्राथमिक तह निरन्तर विदयार्थी मूल्याङकन प्रणालीका कार्यन्वयनको अबस्थामा आधारित भएर तयार पारिएको छ । यस शोध अध्ययनको उद्दश्य प्राथमिक तहको कक्षा १–३ को निरन्तर मूल्याङकन प्रणालीको नितिगतप्रावधान र विदयालयमा यसको कार्यन्वयनको स्थिति पहिचान गर्ने, निरन्तर मूल्याङकन प्रणालीका प्रभावकारीता विश्लेषण गर्ने र निरन्तर विदयार्थी मूल्याङकन प्रणालीको कार्यन्वयनमा देखिएका समस्या पहिचान गरी समाधानको उपायहरूको खोजी गर्ने रहेको छ भने यसको परिस्थितिमा कालिका मा.विसिस्नेरी स्रोत केन्द्रमा पर्ने ५ वटा सामुदायिक विदयालयको निरन्तर मूल्याङकन प्रणालीकाकार्यन्वयनमा मात्र केन्दित रहेको छ । शोधपत्रलाई वस्तुपरक ढङगले तार्किक निष्कर्षमा पु¥याउनेशोधसँग सम्बन्धित लेखरचना कृतिहरूका पुनरावलोकनका साथै ऋक्ष्एए ःयमभ िर लेविनको सिद्धान्तलाइएकाकार गरिएको छ । स्रोतकेन्द्र मध्य बाट एउटा स्रोतकेन्द्र गोलाप्रथाबाट, स्रोतकेन्द्र भित्रका २० वटा विदयालय मध्य वाटगोलाप्रथावाट ५ विदयालय छनौट, स्रोत व्यक्ति, वि.नि., जि.शि.अ. स्वत, ५ विदयालयको ५ अध्यक्ष, ५प्र.अ.स्वत, शिक्षक, विदयार्थी र अभिभावक गोला प्रथावाट छनौट गरिएको छ । शोधपत्र तयार गर्ने क्रममा मिश्रित ढाँचालाई अवलम्बन गरिएको छ भने जनसङख्याबाट नमुना छनोटविधि तथा उद्दश्यमूलक छनोटबाट गरिएको छ । प्रश्नवाली, अवलोकन फारम, लक्षित समूह छलफलनिदशिकालाई अध्ययनका साधनर विधिका रूपमा अन्तरवार्ता, छलफल, अवलोकनलाई प्रयोग गरिएकाछ । शोध अध्ययनको उद्देश्य पूरा गर्न चाहिने तथ्याङक सङकलन गर्न प्राथमिक र द्वितीय दुबै स्रोतबाटतथ्याङक सङकलन गरी तथ्याङकलाई उद्देश्यको क्रमानुसार व्याख्या विश्लेषण गरिएको छ । निरन्तर मूल्याङकनको प्रणालीको स्थिति पहिचान गर्ने क्रममा नीतिगत प्रावधान र उपयोगको अवस्थाहेर्दा प्राथमिक तह कक्षा १–३ मा निरन्तर मूल्याङकन प्रणाली उदार कक्षोन्नति गर्ने नीतिगत व्यवस्थाभए पनि नमुना छनोटमा परेको विदयालयको उपयोगको स्थिति हेर्दा निरन्तर मूल्याङकन प्रणालीकासाथसाथै परीक्षा पणाली अपनाइएको पाइयो । कक्षा १–३ सम्म १००% को आधारमा उदार कक्षोन्नती गराउनु पर्ने व्यवस्था छ । यही व्यवस्था अनुरूप विदयालयको निरन्तर मूल्याङकन प्रणाली अपनाउनझञ्झट लिने गरेको दखियो भने निरन्तर विदयार्थी मूल्याङकनपति सरोकारवाला धारणा बुझ्दा निरन्तरमूल्याङकन प्रणालीबाट उदार कक्षोन्नतीबाट गर्दा नीतिगत व्यवस्था स्पष्ट नहुनु, शिक्षकहरूले झन्झटमान्नु, शिक्षकलाई पुनर्ताजकी तालिमको व्यवस्था नगर्नु सरोकारवालाहरूको समन्वय नहुनु जस्ताधारणा रहेको पाइयो । निरन्तर विदयार्थी मूल्याङकनलाई उपयोग गर्ने क्रममा विदयालयले भोग्नु परेकासमस्याहरूमा भौतिकस साधनको अभाव हुनु, शिक्षकले तालिममा सिकेको कुरा कक्षाकोठामा प्रयोगनगर्नु, नियमित अनुगमन तथा सुपरिवेक्षण नहुनु, शिक्षकलाई दण्ड र पुरस्कार व्यवस्था नहुनु, आर्थिकअवस्था सुदृढ नहुनु रहेको पाइयो । कक्षा एकदेखि तीनसम्मका लागि व्यवस्था भएको निरन्तरमूल्याङकन प्रणालीको व्यवस्थापनको थालनी भएतापनि प्रभावपूर्ण नभएको पाइयो । साथै परीक्षणअवधिमा निरन्तर मूल्याङकन प्रणाली प्रभावकारी रहेको पाइएतापनि परीक्षणको असर सकारात्मक रहेकापाइएन । निरन्तर मूल्याङकन प्रणाली लागू गर्न शिक्षक तालिमको अभाव, औजार तथा सूचकफारामको अभाव, भौतिक व्यवस्थाको अभाव, मूल्याङकन विधिको अस्पष्टता, प्रधानाध्यापक÷प्राचार्य,शिक्षक, अभिभावक तथा सरोकारवालामा यसप्रतिका विश्वासको सङकट जस्ता मुख्य समस्या रहेकापाइयो । निरन्तर मूल्याङकन प्रणाली लागू गर्न शिक्षक तालिम, भौतिक व्यवस्था, अभिभावक सचेतना कार्यक्रम,वैज्ञानिक औजार तथा सूचक फाराम विकास तथा सघन राष्ट्रिय अभियान चाल्नुपर्ने देखिन्छ । दखिएका समस्या समाधान गर्न सरकारले शिक्षक तालिम र यसका लागि उपयुक्त भौतिक साधन स्रोत जुटाउन विशेष पहल गर्न अब ढिलाई गर्न नहुने कुरा अध्ययनबाट देखिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8806
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover(1).pdf80.72 kBAdobe PDFView/Open
Chapter.pdf399.43 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.