Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9199
Title: समुदायद्वारा व्यवस्थापन गरिएका र नगरिएका सामुदायिक विद्यालयको व्यवस्थापकीय पक्षको तुलनात्मक अध्ययन {Samudayadwara Byabesthapan Gariyeka ra Nagariyeka Samudayik Bidhyalayeko Byabasthapakiya Pakshyako Tulanatmak Adhyayan}
Authors: पुरी Puri, कृष्ण Krishna
Keywords: सामुदायिक विद्यालय Samudayik bidhyalaye;विद्यालय व्यवस्थापन Bidhyalaye byebasthapan
Issue Date: 2011
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: समुदायद्वारा व्यवस्थापन गरिएका र नगरिएका सामुदायिक विद्यालयको व्यवस्थापकीय पक्षकातुलनात्मक अध्ययन शिर्षकमा गरिएको यस अनुसन्धानात्मक कार्यको मुख्य उद्देश्य समुदायद्वारा व्यवस्थापन गरिएका र नगरिएका सामुदायिक विद्यालयको व्यवस्थापकीय पक्षको अवस्था पहिचान गर्नु रहेको छ । यो शोधपत्र गुणात्मक अध्ययन विधिमा आधारित छ । वास्तविकताको गहिराइसम्म पुगीयथार्थता बुझन गुणात्मक अध्ययन विधि नै बढी उपयुक्त देखिएकोले उद्दश्य, अन्तर्वार्ता, समुहछलफल र दस्तावेज पुनरावलोकन गरिएको छ, जुन गुणात्मक अध्ययनका महत्वपूर्ण तत्वहरुपनि हुन । अध्ययनको उद्दश्य पुरा गर्न उद्देश्यमलक नमूना छनौट विधि अनुसार समुदायद्वाराव्यवस्थापन गरिएका र नगरिएका २, २ वटा विद्यालयहरुलाइ नमुनाको रुपमा लिई तथ्याङकसंकलनका लागि वि.व्य.स.का पदाधिकारी, प्र.अ. शिक्षक र अभिभावकहरुलाई छनौट गरिएकाछ । यसका साथै अध्ययनको वैधता र विश्वसनीयता कायम गर्न समूह छलफल र खुल्लाअन्तर्वार्ताबाट आएका प्रतिक्रियाहरुलाई अवलोकन र अभिलेखसँग भिडाउने र एक अर्कासँगत्रिकाणात्मक सम्बन्ध समत कायम गरी विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा समुदायद्वारा व्यवस्थापन नगरिएका विद्यालयभन्दा व्यवस्थापनगरिएका विद्यालयको व्यवस्थापकीय पक्ष सवल रहेको देखिएको छ । यसको कारणको रुपमापरीक्षा प्रणालीमा गरिएको सुधार, वि.व्य.स.को सक्रिय भूमिका, अभिभावकहरुको विद्यालयपतिचासो बढनु, शिक्षक र विद्यार्थीको नियमितता जस्ता कारणहरु मुख्य रुपमा देखिएका छन । कक्षाकार्य, गृहकार्य र आन्तरिक मूल्यांकन पद्धतिमा विद्यार्थीलाई संलग्न गराउनवातावरण निर्माण गर्न सक्दा व्यवस्थापकीय पक्षमा वृद्धि हुने र वि.व्य.स. लगायत विद्यालयकाअन्य पक्षहरुमा समानुपातिक रुपले समावेशिकरण गर्दा विद्यालय हाम्रो सामाजिक सम्पत्ति हाभन्ने धारणाको विकास हुने र यसले व्यवस्थापकीय पक्षमा समेत सुधार गर्न सकिने जस्तानिष्कर्ष निकालिएको छ । विद्यालयहरुलाई समुदायद्वारा संचालित हुन प्रेरित गर्ने, शिक्षाका कार्यक्रमहरुल्याउँदा तल्लो निकायबाट पनि सल्लाह र सुझावहरु बटुल्ने, थप प्रोत्साहन अनुदान उपलब्धगराउँदै जाने, वि.व्य.स. लाई अभिमूखिकरण कार्यक्रम र तालिम संचालन गर्ने, विद्यालयसँगसम्बन्धित सम्पूर्ण गतिविधिहरु सरोकारवालाको प्रत्यक्ष सहभागितामा संचालन गर्नुपर्ने यसअध्ययनको सिफारिस रहेको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9199
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
first.pdf66.51 kBAdobe PDFView/Open
chapter(2).pdf250.4 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.