Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9339
Title: एउटा विचारको यात्रापथ कथाको सङकथन विश्लेषण{A concise analysis of the journey of an idea}
Authors: सिंह नेगी Singh Negi, विनोद Binod
Keywords: एउटा विचारको यात्रापथ Euta Vicharko Yatrapath;कथाविधा Kathavidha;सङकथन विश्लेषण Sankathan Visleshan
Issue Date: 2021
Publisher: नेपाली भाषा शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: प्रस्तुत शोधपत्र ‘एउटा विचारको यात्रापथ’ कथाको सङकथन विश्लषण शीर्षकमाआधारित भई तयार पारिएको छ । ‘एउटा विचारको यात्रापथ’ कथाको सङकथन विश्लेषणगर्नु यस अनसन्धानको मूलभूत उददेश्य हो भने ‘एउटा विचारको यात्रापथ’ कथामा प्रयुक्तव्याकरणिक सम्बदधकको पहिचान गर्नु, उक्त कथामा प्रयुक्त कोशीय सम्बदधकको पहिचानगर्नु र कथामा प्रयुक्त सम्बदधकको सङकथन निर्माणमा रहेको भूमिका विश्लेषण गर्नु यसकाविशिष्ट उददश्यहरू हुन । प्रस्तुत अनुसन्धान गुणात्मक अध्ययन ढाँचामा आधारित रहेको छ । यसअनुसन्धानमा पुस्तकालयीय अध्ययनमा आधारित भई सोददेश्यमूलक तरिकाले लेख्यसामग्रीहरूको सङकलन गरिएको छ । सामग्री सङकलनका क्रममा प्राथमिक र द्वितीयकस्रोतको उपयोग गरिएको छ । ‘कथास्था’ कथासङग्रह भित्रको ‘एउटा विचारको यात्रापथ’कथालाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने विभिन्न पुस्तक, शोधपत्र, शोधप्रबन्ध,लेखरचना एवमसन्दर्भ सामग्रीलाई द्वितीयक सामग्रीको रूपमा उपयोग गरिएको छ ।कथाको सङकथन विश्लषण गर्दा व्याख्यात्मक तथा विश्लेषणात्मक पदधतिको अवलम्वन गरीप्रतिशताङक तालिकाको माध्यमबाट निष्कर्ष निकालिएको छ । प्रस्तुत कथाको सङकथनविश्लषण गर्दा भाषावैज्ञानिक ह्यालिडे र हसनको सिदधान्तमा आधारित भएर गरिएको छ ।जसमा व्याकरणिक सम्बदधकअन्तर्गत सन्दभन, पतिस्थापन, लोप र संयाजनको खोजीगरिएको छ । कोशीय सम्बदधकमा पुनरूक्ति र सन्निधानको अध्ययन विश्लषण गरी तिनकासङकथन निर्माणमा रहेको भूमिकाको अध्ययन गरिएको छ । प्रस्तुत अध्ययनबाट ‘एउटा विचारको यात्रापथ’ कथामा व्याकरणिक र कोशीयसम्बदधकमध्ये कोशीय सम्बदधकको प्रयोग बढी रहेको दखिन्छ । व्याकरणिकसम्बदधकअन्तर्गत सन्दभनको प्रयोग अधिक रहेको छ, कोशीय सम्बदधकअन्तर्गतपुनरूक्तिको प्रयोग अधिक भएको देखिन्छ । यस अध्ययनमा पुरूषवाचक सन्दर्भनमा प्रथम,द्वितीय र तृतीय परूषका प्रयोग भएको छ, केही मात्रामा भेदक विशेषण (मेरो, उसको)प्रयोग भएको छ । पतिस्थापनअन्तर्गत नाम, क्रिया र उपवाक्यको प्रतिस्थापन भएको छ ।लोपअन्तर्गत नाम, क्रिया र उपवाक्यात्मक लोप भएको छ । जसमा नामिक लोप बढी भएकादेखिन्छ । सयोजनअन्तर्गत योगात्मक संयोजकको पयोग बढी भएको छ । पुनरूक्तिअन्तर्गत पुनरावृत्तिको अधिक प्रयोग गरिएको देखिन्छ । जसमा ‘जीवन’, र ‘फेरीवाल’ शब्दहरूसबैभन्दा बढी पटक प्रयोग भएको देखिन्छ । समग्रमा ‘एउटा विचारको यात्रापथ’ कथालाई सम्बदधकका दष्टिकोणबाट हेर्दा व्याकरणिक र कोशीय सम्बदधकको भूमिका महत्वपूर्ण रहेका देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9339
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover(1).pdf99.84 kBAdobe PDFView/Open
Chapter.pdf375.31 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.