Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9362
Title: सल्यान जिल्लाको सामाजिक भाषिका {salyan jillako samajik bhasika}
Authors: शर्मा Sharma, बालकृष्ण Balkrishana
Keywords: सामाजिक भाषिका;सल्यानी सामाजिक भाषिका
Issue Date: 2006
Publisher: नेपाली विभाग
Institute Name: Central Department of Nepali
Level: Masters
Abstract: सल्यानी सामाजिक भाषिकाको क्षेत्रः सल्यान जिल्ला हवाइजहाजको आकृतिमा निर्मित छ । पूर्व दार्मा गा.वि.स. देखि पश्चिम संग्रही देवस्थलसम्म र उत्तर चौरजहारु िसीमादेखि दक्षिण फालावाङ्ग गा.वि.स. सम्म फैलिएको छ । यसरी हेर्दा पूर्व रोल्पा, रुकुम पश्चिम सुर्खेत दक्षिण दाङ्ग र उत्तरको रुकुम जिल्लासँगको निकटवर्ती क्षेत्रको रुपमा चिनिएको छ । यति भएर पनि यो जिल्ला स्वशासित एवम् खुला जिल्लाको सेरोफेरोमा रहेको छ । सामाजिक भाषिकाको निर्धारणः सल्यानी भाषिका पूर्वेली भाषिकाअन्तर्गत समावेश गरिन्छ । नेपाली भाषाको उत्पत्ति सिंजा वा सो क्षेत्रबाट प्रसारित हुँदै जाजरकोट, रुकुमबाट प्रसाद हुँदै सल्यानमा प्रभाव पारेको देखिन्छ । प्रायः कर्णाली प्रदेशमा बोलिने भाषाका केह िशब्द वा वाक्य सल्यान क्षेत्रमा भाषिकाको रुप देखाएको छ । कर्णाली र भेरी क्षेत्रबाट सिंचित भई नदीको किनारै–किनार यसै भाषाको बोलचाल गरिने भएकाले पनि सल्यानी भाषिकालाई खस भाषाको मूलरुप मान्न सकिन्छ । यस भाषाका भाषिकाहरू निर्धारण गर्दा क्षेत्रगत रुपमा (कुमाख क्षेत्र, खलङ्गा क्षेत्र, कोर्वाङ्ग क्षेत्र लक्ष्मीपुर क्षेत्र र फालावाङ्ग क्षेत्र) गरी ५ भागमा विभाजन गर्न सकिन्छ । यसको अन्य भाषिक अध्यनय गर्ने हो भने भाषिक क्षेत्रमा सङ्ख्या बढाउन वा घटाउन पनि सकिन्छ । सल्यानी सामाजिक भाषिकाको प्रभावित क्षेत्रः खास गरी सल्यानी सामाजिक भाषिककाको प्रभावित क्षेत्रअन्तर्गत ५४ वटै गा.वि.स.हरू पर्दछन् । किनकि एक स्थान, टोल वा समूहको भाषिकाको अन्तर दोस्रो व्यक्तिमा तत्काल असर पर्दछ । एउटा गा.वि.स.मा बोल्ने व्यक्ति महिला, पुरुष, बालक, तन्नेर,ि बुढो अर्को इलाका वा गा.वि.स.मा फरक पर्दछ । उच्च पहाडी वस्तीका बासिन्दाहरू र बेसीमा आश्रितहरूबीच भाषिक विभेद देखिन्छ । प्रायः कुमाख क्षेत्र र खलङ्गाक्षेत्र रुकुम र जाजरकोट जिल्लाको निकटतम सम्बन्ध भउकाले त्यसमा भाषिकाहरूको प्रभाव परेको देखिन्छ । व्यक्ति बोलीको निर्धारणः एउटै गा.वि.स.मा थरिथरि समुदायको सम्बन्ध र सम्पर्क हुने भएकाले साझा भाषाको काम मानक नेपाली भाषाले गर्दछ, तरपनि समाजका धनी, गरिब, उच्च, निम्न, लोग्ने मानिस, स्वास्नी मानिसहरूका भाषिक सम्पर्क र बोलचालमा फरक देखिन्छ । धनी वा सम्भ्रान्त वर्गले उच्च आदरार्थी र निम्न आदरार्धीको प्रयोग गर्दछन् भने मध्यम वा निम्नमध्यम वर्गले समान्यार्थक सम्वोधनको प्रयोग गर्दछन् । अझै निम्नस्तरको व्यक्ति वा जातिले तुच्छार्थी र अपशब्दको प्रयोग भएको पनि पाइन्छ ब्राह्मण, क्षेत्री र ठकुरीहरूले प्रायः शिष्ट वा सरल वाक्यको प्रयोग गर्दछन् । भाषिकाको व्यकरणिक संरचनाः यसअन्तर्गत शब्द निर्माण प्रकृया र स्वरुप, समास र समासका शब्दगत विविधता, सन्धि एवम् सन्धिका नियम, द्वित्वपद्धति र यससँग सम्बन्धित शब्दहरू पर्दछन् । व्याकरणिककोटीका आधारणमा वर्गीकरण गर्दै व्याकरणिक नियमअनुसार व्याकरणिक संरचनाको विश्लेषण प्रयोग गर्ने अभ्यास गरिएको छ । उखान र टुक्काको अध्ययनः यस सामाजिक भाषिकाको अध्ययन गर्ने क्रममा जिल्लाकै उखान र टुक्काको प्रयोग गरिएको छ । यस्ता उखान र टुक्काहरू सामाजिक, गृहस्थी जीवन, धार्मिक र सामाजिक विषयवस्तुमा केन्द्रित भई उल्लेख गरिएको छ । यसमा प्रायः घरायसी सामग्री, निषेध वाणीहरू तथा प्राणीहरू पर्दछन् । नीति, ज्ञान, दर्शन र सामाजिक चेतनाको बृद्धि गर्नु यी उखानहरूको मुख्य भूमिका रहेको पाइन्छ । त्यस्तै उखानहरूको अलावा घरायसी सामग्री, शरीर र रोगसम्बन्धी नामहरू, पशुपञ्क्षी जस्ता नामिक शब्दहरूको पनि परिचय दिइएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9362
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
Full Thesis.pdf617.26 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.