Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9386
Title: तामाङ जातिहरुको आर्थिक र शैक्षिक स्थितिको तुलनात्मक अध्ययन बर्रे गा.वि.स. उदयपुर{A comparative study of the economic and educational status of the Tamang castes in Barre VDC. Udaipur}
Authors: तामाङ tamang, राधिका कुमारी Radhika kumari
Keywords: तामाङ जाति Tamang caste;शैक्षिक स्थिति Educational status
Issue Date: 2013
Publisher: अर्थशास्त्र शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: तामाङ जातिहरुको आर्थिक र शैक्षिक स्थितिको तुलनात्मक अध्ययन वरगा.वि.स. उदयपुर अध्ययनमा अध्ययन क्षेत्रका तामाङहरुको आर्थिक अवस्थालाई प्रमुख रुपमा अध्ययन तथा विश्लेषन गद त्यसको शैक्षिक अवस्थामा प्रभावको आँकलन गनकोशिस गरिएको छ । यसो गर्ने क्रममा यस क्षेत्रका तामाङहरुको समग्र आर्थिक अवस्थाकाचिरफार राष्ट्रिय जीवनस्तर सवेक्षणसँगको तुलनात्मक अध्ययनर शैक्षिक उन्नतिमादेखिएको ह्रासलाई जोडन खोजिएको छ । अध्ययन उद्देश्यहरु पुरा गन प्राथमिक र द्वितियश्रोतबाट तथ्याङहरु सङकलन गरिएका छन । प्राथमिक श्रोतबात तथ्याङक सङकलन गनयस अध्ययन क्षेत्र बर्रे गा.वि.स १,५ र ७ का कल तामाङ घरधुरी २२७ मध्ये ५० भरधुरीकातामाङ जातिलाई मात्र नमुना छनौटको लागि लिइएको छ । नमूना छनौट परेका ५०घरपरिवार शतप्रतिशतनै कुषि व्यवसायमा आधारित छन भने जीविकापार्जनका लागि अन्यपेशाहरु प्नि अंगालेका छन जस्तै ः ज्याला मजदुरी (३८ घरपरिवार ), बासका विभिन्नसामग्रीहरु बनाउन ( ८ घरपरिवार ) नोकरी – शिक्षक, प्रहरी ७ घरपरिवार ), ससानाउद्योग– मिल, घटटा ) , व्यापार र वैदेशिक रोजगार(खाडिमुलुक ) २ घरपरिवार छन ।यसै गरि सबे घरपरिवारको जग्गा जमिन भएता पनि बर्षभरि खान पुग्ने घरपरिवार संख्याभने १० घरपरिवार मात्र पाइयो । आफ्नो गर्दो टार्न तथा विविध कार्य गर्न ३ देखि ६पतिशत घरपरिवारले बैंक तथा वितिय संस्थाहरुबाट ऋण लिइएको पाइन्छ भने ७८प्रतिशत घरपरिवारले साहु महाजन र आफन्तबाट ऋण लिएको पाइन्छ । ऋण नलिनेमाकेवल २० पतिशत घरपरिवार मात्र देखिन्छ । यसरी बहुसङख्यक घरपरिवारल चर्को व्याजमासाहुमहाजनसँग ऋण लिएको कारण अधिकांस आम्दानी जिविका चलाउन र ऋण तिर्न नखर्चिने दखिन्छ । जम्मा कूल ५० घर मध्ये १३ घरपरिवारको बार्षिक आम्दान ि१५ हजारभन्दाकम , २७ घरपरिवारको वार्षिक आम्दानी१५ देखि ३० हजार र मात्र ३ घरपरिवारका३० हजार भन्दा माथि देखिन्छ । यसरीअध्ययन क्षेत्रका तामाङहरुको वार्षिक पतिव्यक्ति आयराष्ट्रिय प्रतिव्यक्ति बार्षिक आय(२०६६÷२०६७ तथ्याङक अनुसार)को तुलनामा ज्यादै कमपाइयो । यसै गरि व्यायको स्थिति हर्दा पनि अया भन्दा बढी दखिएकोले उनिहरुको बचतशून्य दखिन्छ जसका कारण आर्थिक अवस्था ज्यादै कमजोर रहेको बुझिन्छ । जहाँसम्म शैक्षिक स्थितिका सवालछ वडा नं. १ का स्कूल जाने उमेरका ५४ जनामध्ये ४१ ज्ना मात्र स्कूल जाने गरेको पाइया । यसै गरि, वडा नं. ५ र ७ को हकमा ख क्रमशः ५७ जना मध्ये ३२ र ७२ जना मध्ये ५३ पाइयो । यसै गरि विद्याथी भर्ना दरकातुलनामा उत्तिर्ण संख्या सन्तोषजनक देखिदन । जति जति ठूला कक्षाहरु चढदगयो उतिउति तामाङ विद्यार्थी संख्या घटदो देखिन्छ । अपेक्षाकृत रुपमा विद्यालयमा तामाङ बालबालिकाहरुले प्रगति र यथेष्ट सहभागिताजनाउन नसक्नुमा प्रमुख कारण समस्या तामाङ जातिको आर्थिक अवस्थालाई नै जोडनसकिन्छ । अधिकांसको घरको आर्थिक अवस्था अत्ययन्त कमजोर रहेको हुँदा घरको काममासघाउनु पर्ने हुनाले स्कुल जान नपाउने अवस्था छ । यसै गरि नि.मा.वि, मा.वि र उच्चमा.विमा कमजोर आर्थिक, अवस्थाका कारण विद्यालय शुल्क तिन नसकि शिक्षालाई अघिबढाउन नसकेको स्थिति पनि पाइन्छ । अन्य कारणहरुमा अभिभावकमा शिक्षा सम्वन्धिजनचेतनाको कमी पनि देखिन्छ । यी यावत समस्याहरुलाई सम्भावित तवरले कसरीनिराकरण गर्न सकिन्छ भन्ने बारे अध्ययनको निष्कर्ष सुझाबहरु दिइएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9386
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf115.38 kBAdobe PDFView/Open
chapter.pdf479.32 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.