Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9397
Title: लघु जलविद्युत परियोजनाले स्थानीय जनताको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेका प्रभाव ग्वालिचौर गा.वि.स., बागलुङ{Impact of Small Hydropower Project on Economic and Educational Sector of Local People Gwalior VDC, Baglung}
Authors: आचार्य Acharya, गीता Gita
Keywords: जलविद्युत परियोजना Hydropower project;शैक्षिक क्षेत्र Educational sector
Issue Date: 2016
Publisher: अर्थशास्त्र शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: यस अध्ययनको साधारण उद्देश्य लब्धीखोला लघु जलविद्यत परियोजनाल स्थानीयजनताको आर्थिक(कृषि तथा गैरकृषि) र शैक्षिक क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्नु हो ।यस अध्ययनको विशिष्ट उद्देश्यहरुमा लघ जलविद्यत परियोजनाले स्थानीय जनताको कृषितथा गैर कृषि क्षेत्रमा पारेको प्रभावको विश्लषण गर्नु, लघु जलविद्युत परियोजनामा कार्यरतश्रमिकको पारिवारिक आर्थिक अवस्थाको विश्लेषण गर्नु, लघु जलविद्युत परियोजनालस्थानीय जनताको शैक्षिक क्षेत्रमा पारेको प्रभावको विश्लेषण गर्नु हो । यस अध्ययनका उद्देश्य पूरा गर्न गुणात्मक, सङख्यात्मक तथा साधनहरुकामाध्यमद्वारा वर्णनात्मक तथा विश्लेषणात्मक तरिकाले तथ्याङकहरुको विश्लषण गरिएको छ। यसका लागि पहिलो खण्डका लब्धीखोला लघु जलविद्युतबाट प्रभावित ग्वालिचौर गा.वि.स.का वडा १, २, ३ र ७ मा रहेका ५८२ घरधुरी मध्ये कृषि पेशामा संलग्न ३८८किसानहरुबाट नमनाको रुपमा १५० घरधुरी किसान, व्यापार व्यवसायमा संलग्न १९४घरधुरी व्यापारी तथा उद्यमीबाट नमुनाको रुपमा ६३ घरधुरी व्यापारीलाई समानुपातिकनमुना छनोट विधि अन्तर्गत चिठ्ठा विधिको सहयागबाट २१३ घरधुरी र परियोजनामाकार्यरत ५ श्रमिक, १ परियोजना सञ्चालकलाई संगणना विधिको माध्यमबाट सतप्रतिशतछनोट गरी २१९ छनोट गरिएको छ । प्राथमिक तथ्याङक सङकलनका रुपमा नमुनाछनोटमा परेका किसान, व्यापारी, परियोजना सञ्चालक, परियोजनामा कार्यरतश्रमिकहरुरहेका छन भने द्वितीय तथ्याङक सङकलनका रुपमा परियोजनाको वार्षिक अभिलेख,प्रकाशित तथा अप्रकाशित पुस्तक, पत्रपत्रिका, गा.वि.स. र जिल्ला विकास समिति, राष्ट्रिययोजना आयाग, केन्द्रीय तथ्याङक विभाग र नेपाल राष्ट्र बैंकबाट आवश्यक सूचनाहरुसंकलन गरिएको छ । यस अनसन्धानका सङकलित तथ्याङकहरुको विश्लेषणमा लब्धीखोला लघजलविद्युत परियोजना निर्माण गर्दा ग्रामीण विद्युतीकरण विकास परियोजनाले ३९,२०,०००अनुदान, जि.वि.स. बाट ५०,००० अनुदान, गा.वि.स. बाट ७,००,००० अनुदान, कषिविकास बैंकबाट ४,२०,००० ऋण गरी समग्रमा ५०,९०,००० लगानी गरिएको थियो ।परियोजनाको निर्माण कार्य २०५६सालदेखि सुरु भई २०६० सालदखि विद्युत वितरणगरिएको थियो । २०६० साल देखि २०७१ साल सम्म वार्षिक आम्दानी ८२,९२,००० वार्षिक ष्ख औषत आम्दानी ६,९१,००० वार्षिक खर्च ७७,१३,०००, वार्षिक औषत खर्च ६,४२,७५०वार्षिक नाफा ५,७८,००० औषत वार्षिक नाफा ४८,१६७ रहेको छ । परियाजनाले निर्माणहुनुभन्दा पहलिा (२०६० भन्दा अघि) गैरकृषि क्षेत्रका उद्योग व्यवसायहरु ७४ थिए भनपरियोजनाको निर्माण पश्चात२०७२ साल सम्म व्यापार व्यवसाय १९४ रहेका छन । परियोजनाबाट प्रभावित नमुना छनोटमा परका १५० घरधुरीका किसानले कृषि,जागिर र वैदेशिक रोजगारबाट वार्षिक आम्दानी ३,४४,७६,०००, औषत वार्षिक आम्दानी२,२९,८४०प्राप्त गरेका थिए भने उपभोग, शिक्षा, स्वास्थ्य, चाडपर्व रअन्यमा वार्षिक खच२,९१,००,०००, औषत वार्षिक खर्च १,९४,००० थियो भने वार्षिक बचत ५३,७६,०००,औषत वार्षिक वचत ३५,८४० थियो । त्यस्तै गरी नमुना छनोटमा परेका ६३ घरधुरीकाव्यापारीहरुले कृषि, व्यापार व्यवसाय, जागिर र वैदेशिक रोजगारबाट वार्षिक आम्दानी२,५०,९२,०००, औषत वार्षिक आम्दानी ३,९८,२८५.७१ प्राप्त गरेका थिए भने उपभोगशिक्षा, स्वास्थ्य, चाडपर्व र अन्यमा वार्षिक खर्च १,७७,००,०००, औषत वार्षिक खर्च२,८०,९५२.३८ भएको थियो भने वार्षिक बचत ७३,९२,०००, औषत वार्षिक बचत१,१७,३३३ भएको थियो र परियोजनामा कार्यरत ५ जना श्रमिकका परिवारल, कृषि, जागिरर व्यापारबाट वार्षिक आम्दानी ११,७०,००० प्राप्त गरेका थिए भने उपभोग, शिक्षा, स्वास्थ्य,चाडपर्व र अन्यमा, वार्षिक खर्च ८,३०,००० र वार्षिक बचत ३,४०,०००औषत वार्षिकबचत ६८,०००भएको थियो । लब्धीखोला लघु जलविद्यत परियोजनाबाट प्रभावित नमुना छनोटमा परेका कृषिपेशामा संलग्न १५० घरधरी कृषक, ६३ घरधुरी उद्यमी तथा व्यापारी र परियाजना कार्यरत५ जना श्रमिकको आर्थिक प्रभाव कस्तो रहेको छभनी सोधिएको प्रश्नमा कृषकका ३०घरधुरी अर्थात२० प्रतिशतले न्यून, ५९ घरधरी अर्थात३९.३३ प्रतिशतले मध्यम र ६१घरधुरी अर्थात४०.६७ प्रतिशतले परियोजनाले उच्च प्रभाव पा¥र्याे भन्ने प्रतिक्रिया दिएकाछन । त्यस्तै गरी व्यापारी तथा उद्यमीका ३ घरधुरी अर्थात ४.७८ प्रतिशतले न्यून, ५घरधुरी अर्थात ७.९३ पतिशतले मध्यम र ५५ घरधुरी अर्थात ८७.३० प्रतिशतलपरियोजनाले आर्थिक क्षेत्रमा उच्च प्रभाव पा¥र्याे भन्ने प्रतिक्रिया दिएका छन । भनपरियोजनामा कार्यरत ५ जना श्रमिकहरु मध्ये १ घरधुरी अर्थात२० प्रतिशतले न्यून, २घरधुरी अर्थात४० प्रतिशतले मध्यम र २ घरधुरी अर्थात४०प्रतिशतलपरियोजनाले उच्च ख प्रभाव पा¥र्याे भन्न पतिक्रिया दिएका छन । १५० घरधुरी कृषकमध्ये ५३ घरधुरीकाबालबालिकाहरुले निजी विद्यालयमा, ९७ घरधुरकिा बालबालिकाहरुले सरकारी विद्यालयमाअध्ययन गर्दछन । भन ६३ घरधुरीका उद्यमी तथा व्यापारी मध्ये ३४ घरधुरीकाबालबालिकाहरुले निजी विद्यालयमा र २९ घरधुरीका बालबालिकाहरुले सरकारी विद्यालयमाअध्ययन गर्दछन भने परियोजनामा कार्यरत ५ जना श्रमिकमध्ये २श्रमिककाबालबालिकाहरुले सरकारी विद्यालय र३ श्रमिकका बालबालिकाहरुले निजी विद्यालयमाअध्ययन गर्दछन । परियोजनाको आगमनले सूचना तथा सञ्चारको क्षेत्रमा स्थानिय जनताहरुको पहुँचविस्तार गरेको छ । जसबाट विश्वमा घटेका ताजा घटना एवमजानकारीहरु तत्काल प्राप्तगर्ने सहज वातावरण सिर्जना भएको छ । अध्ययन क्षेत्रको शैक्षिक विकासको लागि आधुनिकशैक्षिक सामग्री, कम्प्युटर, इमेल, इन्टरनेट आदि सविधाहरुको प्रयोगमा पनि उल्लेख्य वृद्धिभएको छ । परियोजनाको निर्माण पछि स्थानीय स्तरको व्यापार व्यवसाय, उद्योग धन्दा रकषि क्षेत्र आदिको विकासको साथै रोजगारीका अवसरहरुको सिर्जनाबाट स्थानीय जनताकाआयआर्जनमा समेत वृद्धि भएको छ । अध्ययन क्षेत्रमा शतप्रतिशत घरधुरीले विद्युतकाउपयोग गर्न पाएका छन । यसप्रकार लब्धीखोला लघु जलविद्युत परियोजनाले स्थानीयजनताको आर्थिक तथा शैक्षिक क्षेत्रको विकासमा निकै राम्रो प्रभाव पारेको छ । साथै केन्द्रीयप्रसारण लाइन पुग्न नसकर अध्यारोमा बस्नबाध्यभएका स्थानीय जनताहरुले लोसेडिङ्गमक्तजीवन बिताउन पाउनुका साथै ग्वालिचौर गा.वि.स. ले आर्थिक, शैक्षिक लगायत समगपक्षको विसकामा ठुलो फडको मारेको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9397
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
cover.pdf123.11 kBAdobe PDFView/Open
Chapter.pdf631.54 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.