Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9699
Title: महिनावारी : महिलाहरूका अवस्था र समस्याहरू {Menstruation: Women's condition and problems}
Authors: थापा Thapa, गोमा Goma
Keywords: महिलाहरूका अवस्था Women's condition;महिनावारी Menstruation
Issue Date: 2021
Publisher: Faculty of Sociology
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: यस शोधकार्यमा महिनावारीमा महिला तथा किशोरीहरूले भोगेका समस्याहरू र उनीहरूको समग्र अवस्थाको अध्ययन गरिएको छ । यो अध्ययन गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १६ अन्तर्गत लामाचौर अवस्थीत घाँटीपाटन क्षेत्रका महिनावारी भएका महिलाहरू तथा किशोरीहरूको वर्तमान अवस्थाका बारेमा थाहा पाउन र उनीहरूमा यस सम्बन्धी ज्ञान र अभ्यासहरू पत्ता लगाउने बारेमा गरिएको छ । यस शोधकार्यमा अन्तर्वार्ता अनुसूची, अवलोकन वैयक्तिक अध्ययन जस्ता विधिहरू प्रयोग गरी शोधकार्यलाई मूर्तरूप दिन खोजिएको छ । यस शोधकार्यमा प्रतिनिधी समग्रमा २०० जनसंख्याबाट १३२ जना ९ देखि ४९ उमेर समुहका महिनावारी हुने महिला तथा किशोरीहरूलाई उद्देश्यमूलक नमूना छनोट वि धी अवलम्बन गरी अन्तर्वार्ता गरिएको थियो ।यस अध्ययनले महिनावारीका विभिन्न समस्याहरूको पहिचान गरेको छ । मुख्यतया महिनावारीमा स्वास्थ्य सम्बन्धी समस्या हुन गरेको छ । स्वास्थ्यमा पनि शारीरिक समस्या हुनेगर्छ । स्वास्थ्य वाहेक महिनावारीमा महिलाहरूमा शैक्षिक, धार्मिक, सामाजिक र सुरक्षाका समस्या पनि देखा परेका छन । महिनावारीमा महिलालाई अलगाईन्छ र उनीहरूलाइ विभिन्न हिसा तथा भेदभाव गरिन्छ । सांस्कतिक मल्यमान्यता, विकृति र अन्धविश्वासले गर्दा यस्ता परम्पराले निरन्तरता पाईरहेका छन । अध्ययनका क्रममा यस क्षेत्रका महिलाहरूको अवस्था समगरूपमा सन्तोषजनक पाईएको छ । सरसफाई र महिनावारीमा गरिने अभ्यासहरूअरु क्षेत्रको जस्तो दर्दनाक र दयनीय छैन ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9699
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
Cover.pdf82.09 kBAdobe PDFView/Open
Chapter.pdf466.36 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.