Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9840
Title: देउराली गा.वि.स. का नेवार जातिको संस्कृतिमा आएको परिवर्तन एक समाजशास्त्रीय अध्ययन {Deurali VDC in the Culture of the Newar Caste Change is a Sociological Study}
Authors: श्रेष्ठ Shrestha, मनिता Manita
Keywords: नेवार जाति Newar caste;समाजशास्त्रीय अध्ययन Sociological studies
Issue Date: 2014
Publisher: समाजशास्त्र सङ्काय
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: नेपालमा बहुजाति, बहुभाषिक, बहुसंस्कृति रहेको छ । ती मध्ये नेवार जातिको उत्पति र बसोबासका बारेमा व्याख्या गरिएको छ । नेवार जाति संस्कृति र रितिरिवाजमा धनी मानिन्छ । यो जातिको रितिरिवाज र संस्कृतिमा पहिलेको तुलनामा हाल के परिवर्तन देखिएको छ भनि पहिचानको लागि यो अध्ययन गरिएको छ । यस शोधपत्रमा देउराली गा.वि.स.का नेवार जातिको संस्कृतिमा आएको परिवर्तनको बारेमा विश्लेषण गर्न खोजिएको छ । यसका उद्देश्यमा देउराली गा.वि.स.मा बसोबास गरेका नेवार जातिले अंगिकार गरेका प्रमुख सामाजिक संस्कारहरु चाडपर्वहरु र रितिरिवाजको बारेमा अध्ययन गर्नु रहेको छ । त्यस्तै उनीहरुको सामाजिक संस्कार चाडपर्व र रितिरिवाजमा आएको परिवर्तनको विश्लेषण गर्नु पनि रहेको छ । यसका लागि अनुसन्धानात्मक र वर्णनात्मक अध्ययन विधिको उपयोग गरिएको छ । सूचनाको प्रकृति प्राथमिक र द्वितीय तथ्याङ्क संकलन विधिको उपयोग गरिएको छ जस अन्तर्गत घरधुरी सर्वेक्षण, प्रश्नावली सूची, प्रत्यक्ष सम्पर्क, अवलोकन र अन्तर्वार्ता आदिको प्रयोग गरी तथ्याङ्क संकलन गरिएको छ । यस अध्ययनको लागि नमूना छनौटको रुपमा पा“च गाउ“बाट दश–दश घरधुरी पर्ने गरी पचास घरधुरीलाई उत्तरदाताको रुपमा छनौट गरिएको छ । यस शोधपत्रमा नेवार जातिको प्रमुख संस्कार चाडवाड र रितिरिवाजको बारेमा अध्ययन गरी त्यसमा देखिएका परिवर्तनका बारेमा विश्लेषण गरिएको छ । नेवार जातिको सामाजिक संस्कार, रितिरिवाज चाडपर्व मनाउने तरिका, भेषभुषा, पेशा आदिमा परिवर्तन हु“दै गइरहेको छ । जन्म संस्कार, मृत्यु विवाह आदि जस्ता संस्कारमा परिवर्तन देखिएका छन् । त्यस्तै पेशामा पनि नया“ पेशा अपनाउन थालेका छन् । मातृभाषा बोल्नेको संख्या कम हु“दै गएको छ । घण्टाकर्ण, योमरी पुन्ही आदि चाड मनाउन छाडेका छन् । दशैं तिहार जस्ता चाड मनाउने तरिकामा परिवर्तन आएको छ । जसको कारण खोज्दा समयको अन्तराल, विभिन्न जातिको संगत, समयको अभाव, परसंस्कृतिकरण, आधुनिकता आदिका कारण परिवर्तन हु“दै गइरहेको देखिएको छ । विशेष गरी ब्राम्हण समुदायको संस्कारको छाप बढी परेको देखिन्छ । ..........................
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9840
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
Full Thesis.pdf414.96 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.