Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9944
Title: कक्षा छ को हाम्रो नेपाली किताबमा प्रयुक्त उखान र टुक्काको अध्ययन {Kakshya Chha ko Hamro Nepali Kitabma Prayukta Ukhan ra Tukkako Adhyayan}
Authors: तिम्सिना Timsina, कृष्णकुमारी Krishnakumari
Keywords: हाम्रो नेपाली किताब Hamro nepali kitab;उखानटुक्का Ukhantukka
Issue Date: 2017
Publisher: नेपाली भाषा, शिक्षाशास्त्र सङ्काय
Level: Masters
Abstract: प्रस्तुत शोधकार्यको शीर्षक कक्षा ‘छ’ को नेपाली पाठ्यपुस्तकमा प्रयुक्त उखान र टुक्काको अध्ययन रहेको छ । यस शोधकार्यको उद्देश्य छ को नेपाली पाठ्यपुस्तकमा प्रयुक्त उखान र टुक्कको पहिचान गर्नु, छनोट र स्तरणको विवेचना गर्नु र कमजोरीहरु पहिचान गरी सुधारका लागि सुझाव दिनु रहेको छ । यस शोधकार्यमा परिच्छेद एकमा अध्ययनको पृष्ठभूमि, समस्याको कथन, अध्ययनको उद्देश्यहरू, अनुसन्धानात्मक प्रश्न, अध्ययनको महत्त्व, अध्ययनको परिसीमा प्रस्तुत गरिएको छ । परिच्छेद दुई अन्तर्गत सैद्धान्तिक साहित्यको पुनरवलोकन, सम्बन्धित साहित्यको पुनरवलोकन, अध्ययनको लागि पुनरवलोकन उपादेयता र सैद्धान्तिक अवधारणामक ढाँचाको बारेमा उल्लेख गरिएको छ । परिच्छेद तीनमा अध्ययनको ढाँचा र विधि, जनसङ्ख्या नमुना र नमुना छनोटको रणनीति तथ्याङ्क सङ्कलन प्रक्रियाको बारेमा प्रस्तुत गरिएको छ । परिच्छेद चारमा नतिजाको व्याख्या र विश्लेषण र परिच्छेद पाँचमा निष्कर्ष र सुझाव प्रस्तुत गरिएको छ । चौथो परिच्छेदमा उखान टुक्काको वितरण अन्तर्गत पाठ्यपुस्तकमा समाविष्ट उखान टुक्काहरूको पाठगत अध्ययन, पाठगत रूपमा कक्षा ‘छ’ हाम्रो नेपाली किताबमा समावेश गरिएका उखान टुक्काहरूको वितरण, तालिकीकरण गरी विश्लेषण प्रस्तुत गरिएको छ । छनोट र स्तरणका आधरमा निर्दिष्ट उखान टुक्काको समीक्षा अन्तर्गत स्तरण र छनोट, कक्षा ‘छ’ को नेपाली पाठ्यपुस्तकका उखान टुक्काहरूको छनोट र निष्कर्ष दिइएको छ । पाँचौ परिच्छेदमा निष्कर्ष र सुझावहरू अन्तर्गत निष्कर्षमा उखान टुक्का अध्ययनका क्रममा पाइएका सबल पक्ष, सुधार गर्नुपर्ने पक्ष, सुझाव, शैक्षणिक प्रयोजन र भावी शोधका लागि सम्भावित शीर्षकहरू समेत दिइएको छ । यी भावी शोध शीर्षकहरू इच्छुक भावी अनुसन्धानकर्ताहरूलाई उपयोगी हुनेछ । साथै यसै अध्ययनको अन्त्यमा सन्दर्भ ग्रन्थसूची राखिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9944
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf58.78 kBAdobe PDFView/Open
Chapter.pdf346.65 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.