Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9949
Title: सुत्केरी अवस्थालाई संस्कृतिले पार्ने प्रभाव {Influence of culture on maternity condition}
Authors: दास Das, अनुपमकुमारी Anupamkumari
Keywords: सुत्केरी अवस्था Maternity condition;वैवाहिकअवस्था Marital status
Issue Date: 2019
Publisher: स्वास्थ्य तथा जनसंख्या संकाय
Level: Masters
Abstract: सुत्केरी अवस्थामा संस्कृतिले पार्ने प्रभावशीर्षकमा यो शोधपत्रतयार पारिएको छ । यो अनुसन्धान पुरा गर्नकालागि मोरङ जिल्लाअन्तर्गत सुन्दरहरैँचानगरपालिका वडा नं. १२ को न्युनतम १ सन्तानलाई जन्मदिएकी ३७५ जनामहिलालाई नमुनासंख्याको रुपमालिइएको छ र सम्बन्धितमहिलाहरुसँग प्रत्यक्षअन्तर्वार्ता सुचि, अवलोकनतथा छलफलको माध्यमबाट प्राप्ततथ्याङ्कलाई गुणात्मक तथा परिमाणात्मक ढाँचा अन्तर्गत तुलनात्मक रुपमाप्रयोग तथाविश्लेषण गरिएको छ । ३७५ जनामहिलालाई सम्भावना रहितनमुना छनौट अन्तर्गत उद्देश्यमूलकनमुना छनौट प्रकृयाद्वारा छनौट गरिएको छ । यस अनुसन्धानका उद्देश्यहरु सुत्केरी अवस्थामा संस्कृतिले सकारात्मक र नकारात्मकप्रभावहरु पत्तालगाउनु, सुत्केरी अवस्थामा देखापर्ने पारिवारिक प्रभावपत्तालगाउनु र नकारात्मकप्रभावहरुको न्युनिकरण गर्ने उपायहरु पत्तालगाउनु रहेका छन् । यहाँहिन्दु धर्मावलम्बीको बाहुल्यता र कृषी पेशामा बढी संख्यामामहिलाहरुको सम्लग्नता रहेको देखिन्छ । अध्ययन क्षेत्रमा २० वर्ष भन्दाकमउमेरमाविवाहगर्ने महिला संख्या ५९.४७प्रतिशत रहेको छ । ३० वर्षको उमेरपछि विवाहगर्ने महिला संख्या १.८७प्रतिशतमात्र रहेको छ । सुत्केरी अवस्थामा स्वास्थ्य परीक्षण गराउनु पर्ने कुरामाबाहुन समुदायका ५८.८२ प्रतिशत, नेवार, थारु, तेली र कुम्हार समुदायकाक्रमशः ५.८८, ६२.५, ६२.५ र ६६.६७प्रतिशतमहिलाले सुत्केरी अवस्थामा स्वास्थ्य परीक्षण नगराएको पाइन्छ । सुत्केरी महिलाको हेरचाहगर्न आवश्यक छैन भन्ने महिला७४.६७प्रतिशत रहेको देखिन्छ भने सुत्केरी महिलाले १५ दिनआरामगर्दा पुग्छ भन्ने महिला संख्या७९.४७प्रतिशत रहेको छ । गर्भावस्थामाआराममात्रगर्नुपर्ने कुरामा २.४ प्रतिशतमात्र रहेको पाइन्छ । परिवारको सदस्यमध्ये श्रीमानको सहयोग पाउनेको संख्या ५२ प्रतिशत रहेको पाइन्छ । ुसुत्केरीको सही परिभाषादिने महिलासंख्या १५.४७प्रतिशतमात्र रहेको देखिन्छ । सुत्केरी अवस्थामा थपखानाखानुपर्ने सम्बन्धी १३.३३ प्रतिशतमहिलालाई जानकारी नरहेको देखिन्छ । पहिलो खानाको रुपमाकुम्हार र तेली समुदायको क्रमशः ३५ र ६८ जनाले मरीचको धुलो र तोरीको तेल प्राप्त गरेको देखिन्छ भने थारु समुदायको ६० जनाले अदुवा, नुन र भात, त्यसैगरी नेवार समुदायको ७५ जनाले कुखुराको झोल र भात साथै बाहुन समुदायको ६५ जनामहिलाले ज्वानोको झोल प्राप्त गरेको देखिन्छ । कुम्हार र तेली समुदायमाआमाले ६ दिन पछी र बच्चालाई जन्मीएकै दिननुहाउनुपर्ने कुरामाबहुमत रहेको पाइन्छ भने थारु समुदायमाआमा र बच्चादुवैले ६दिन पछि नुहाउनु पर्ने कुुरामाबहुमत रहेको देखिन्छ ।कपालकोर्न नहुने विषयमा सबैभन्दा बढी तेली समुदाय र दात सफागर्न ब्रस र टुथपेस्टको प्रयोग गर्न नहुने कुरामा सबैभन्दा बढी थारु समुदायकामहिलाहरुको सहमती रहेको देखिन्छ । सुत्केरी अवस्थामाबाहिर निस्कनहुँदैन भन्ने पक्षमा तेली समुदायको ४५ जना र थारु समुदायको ४८ जनामहिलाको सहमती रहेको देखिन्छ । सुत्केरी अवस्थामाचर्पीको प्रयोग गर्ने सबैभन्दाकममहिलासंख्याथारु र तेली समुदायको रहेको देखिन्छ भने सबैभन्दा बढी चर्पी प्रयोग गर्नेसमुदायबाहुन र नेवार महिलाहरु रहेको पाइन्छ । सन्तानजन्माउनपारिवारिक दबाब रहेको बताउने महिलासंख्या७३.३३ प्रतिशत रहेको छ । त्यसैगरी आर्थिक उन्नतीले सुत्केरी अवस्थालाई प्रभाव पार्छ भनी सहमतीजनाउनेमा ६७.४७प्रतिशतमहिला संख्या रहेको देखिन्छ । बच्चालाई विगौतीदुधनखुवाउने आमाको संख्या तेली र कुम्हार समुदायमा २५–२५ जना, थारु समुदायमा २० जना र बाहुनतथा नेवार समुदायमाक्रमशः ५ र ७जना रहेको देखिन्छ । सुत्केरी अवस्थामाआमा र बच्चादुवैको लागि महत्वपूर्ण अवस्थाहुनाले विशेष हेरचाहको आवश्यकता पर्ने गर्दछ । सुत्केरी महिलाले आरामगर्नुपर्ने हुन्छ, सरसफाइमाविशेष ध्यानदिनुपर्दछ, पौष्टीक खानाखानुपर्ने हुन्छ र समय समयमा स्वास्थ्य परीक्षण समेत गराउनुपर्दछ । सुत्केरी सम्बन्धी सहीजानकारी सुत्केरी महिलातथा परिवारलाई निजी, सरकारी तथा गैह्र सरकारी स्तरबाट विभिन्नकार्यक्रममार्फत प्रदानगरिनु पर्दछ । जसकारण संस्कृतिले पार्ने नकारात्मक र सकारात्मक असरलाई सजीलै पहिचान गरी सकारात्मकपक्षलाई निरन्तरतातथानकारात्मक असरलाई न्यूनीकरण गर्न सक्ने क्षमताको विकास हुन जान्छ साथै पारिवारिक सम्बन्धपनी राम्रो हुन जान्छ र परिवारबाट पाउनुपर्ने आवश्यक सहयोग सुत्केरी महिलालाई प्राप्त हुन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9949
Appears in Collections:Health Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf85.1 kBAdobe PDFView/Open
Chapter.pdf239.63 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.