हास्यव्यङ्गकार विष्णु नवीनकाे हास्यव्यङ्गात्मक निबन्धहरुकाे अध्ययन विश्लेषण र मुल्याङ्कन (Hasyabyangkar Bishnu Nabinko hasyabyangatamk nibandhaharuko adhyayan vishleshan ra mulyakaan)
| dc.contributor.author | मुखिया, युवराज Mukhiya, Yubraj | |
| dc.date.accessioned | 2024-02-06T04:48:16Z | |
| dc.date.available | 2024-02-06T04:48:16Z | |
| dc.date.issued | 2010 | |
| dc.description.abstract | शोधशीर्षकः हाँस्यव्यङ्गयकार विष्णु नवीनको हाँस्यव्यङ्गयात्मक निबन्धहरुको अध्ययन विश्लेषण र मूल्याङ्कन । शोधनिर्देशन : रामप्रसाद गुरागाँई, सहप्राध्यपक, नेपाली विभाग, महेन्द्ररत्न बहुमखी क्याम्पस, इलाम शोधार्थी : युवराज मुखिया शोधप्रयोजनः त्रिभुवा विश्वविद्यालय, मानाविकी तथा सामाजिकशास्त्र संकाय अन्र्तगत नेपाली विभाग महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको स्नातकोत्तर तह दोस्रो वर्षको दसौं पत्रको प्रयोजनका लागि शैक्षिक सत्र : २०५९/२०६१ प्रस्तुत मिति ः २०६७÷१२÷२४ प्रस्तुत हाँस्यव्यङ्गयकार विष्णु नवीनको हाँस्यव्यङ्गयात्मक निबन्धहरुको अध्ययन विश्लेषण र मूल्याङ्कन शीर्षकको शोधपत्रमा परिच्छेद विभाजन निम्न प्रकार गरिएको छ । परिच्छेद एक : शोधपरिचय परिच्छेद दुई : साहित्यकार विष्णु नवीनको संक्षिप्त जीवनी र व्यक्तित्व परिच्छेद तीनः विष्णु नवीनको विभिन्न विधाका पुस्तकाकार कृतिहरुको संक्षिप्त अध्ययन परिच्छेद चार : नेपाली निबन्धको ऐतिहासिक दिग्दर्शन परिच्छेद पाँच : उसिंहारः सारांश तथा निष्कर्ष परिच्छेद एकमा शोेधशीर्षक, शोधप्रयोजन, समस्या कथन शोधकार्यको उद्देश्य, पूर्वकार्यको समिक्षा, शोधकार्यको औचित्य, महत्व र उपयोगिा, शोधकार्यको सीमाङ्कन, सामाग्री संकलन विधि र शोधकार्यको रुपरेखाका बारेमा जानकारी गराईएको छ । परिच्छेद दुईमा साहित्यकार विष्णु नवीनको संक्षिप्त नविनी र व्यक्तित्व प्रस्तुतिकरणको क्रममा जन्म र बाल्यकाल, शिक्षादीक्षा, वयसक र कार्यक्षेत्र सम्मान र पुरस्कार, गार्हस्थ्य नीवन र आर्थिक अवस्था, लेखनका निम्ति प्रेरणा र प्रभाव, लेखन प्रारम्भ र साहित्यक जीवन, देवासान, व्यक्तित्वको प्रमुख आधार, शारीरिक व्यक्तित्व र स्वभाव, अध्यापक व्यक्तित्व, जागिरे व्यक्तित्व, पत्रकार व्यक्तित्व, साँस्कृतिक व्यक्तित्व, वैचारिक व्यक्तित्व, विकृत व्यक्तित्व, साहित्यिक व्यक्तित्वका बारेमा चर्चा गरिएको छ । परिच्छेद तीनमा विष्णु नवीनको विभन्न विधाका पुस्तकाकार कृतिहरुको संक्षिप्त अध्ययनको क्रममा साहित्यकार विष्णु नवीन, नेपाली कथा परम्परामा विष्णु नीवन, विष्णु नवीनको कथात्मक रचनाहरु, विष्णु नवीनको कथाकारिता, लोग्ने स्वास्नी कथा संग्रह सालो होटलमा चिया, कविता क्षेत्रमा नवीन, विष्णु नवीनको काव्यकारिता, विष्णु नवीनको कविताहरु, उनको स्मृतिमा खण्डकाव्य, नेपाली निबन्ध परम्परामा विष्णु नवीन, विष्णु नवीनका निबन्ध रचनाहरु, विष्णु नवीको निबन्धकारिताको चर्चा गरिएको छ । परिच्छेद चारमा नेपाली निबन्धको ऐतिहासिक दिग्दर्शन प्रस्तुतिकरणमा परिचय, निबन्धका तत्वहरु, वैचारिकता, हार्दिकता, विषयबस्तु, संक्षिप्तता, भाषाशैली, उद्देश्य, साहित्यको अन्य विधाको सापेक्षतामा निबन्धको स्वरुप, निबन्ध र कविता वीचको सम्बन्ध, निबन्ध र नाटक वीचको सम्बन्ध, निबन्ध र कथा वीचको सम्बन्ध, निबन्ध र उपन्यास वीचको सम्बन्ध, आधुनिक नेपाली निबन्ध परम्परा, आधुनिक नेपाली निबन्धको विकास प्रक्रिया, प्रथम चरण (वि.स.१९९१–२००२), द्धितिय चरण, (वि.स. २००३–२०१६), तेस्रो चरण (वि.स.२०१७–२०३०) चौथो चरण समसामायिक युग (वि.स.२०२१–हालसम्म) नेपाली निबन्धमा हाँस्यव्यङ्गग, नेपाली निबन्धमा हाँस्यव्यङ्गयको विकास प्रक्रिया, प्रथम चरण (वि.स. १९९२–२०१६) सम्म द्धितिय चरण (वि.स.२०१७–२०३०) तेसो चरण (वि.स.२०३१–हाल सम्म) निष्कर्ष रहेको छ । परिच्छेद पाँचमा हाँस्यव्यङ्गय क्षेत्रमा रहेको विशिष्ट कृतिहरुको अध्ययन विश्लेषण र मूल्याङ्कनको प्रस्तुतिकरणमा पृष्ठभूमी, निबन्ध लेखनको प्रेरणा र प्रभाव, विष्णु नवीनको निबनधकारिता, बस्तु, शैली, उद्देश्य, विष्णु नवीनको हाँस्यव्यङ्गय निबन्धहरुको अध्ययन, छातीमा नआँटेका कुरा हाँस्यव्यङ्गय संगालोका निबन्धहरु, श्रीमतीले पान खादा अप्रकाशित हाँस्यव्यङ्गय संगालोका निबन्धहरु, केही सोधि – केही खोजी, : निबन्धात्मक लेखहरु, श्रीमतीसित एकदिन हाँस्यव्यङ्गय संगालोका निबन्धहरु, इलाम एक परिचय, मूल्याङ्कन र निष्कर्ष उल्लेख गरिएको छ । परिच्छेद छ सोध कार्यको उपसंहारः सारांश तथा निष्कर्ष हो । उपसंहारः सारांश तथा निष्कर्षमा अघिल्लो प्रत्येक परिच्छेदको बारे निष्कर्षात्मक टिप्पणी गरिएको छ साथै अन्त्यमा यस शोधकार्यसँग सम्भावित शोधशीर्षकको समेत उल्लेख गरिएको छ भने यस शोधमा विष्णु नवीनको परिवारको अन्त्यमा शोधकार्यमा प्रयोग गरिएको सन्र्दभ सामाग्रीहरुको सूची समेत उल्लेख गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/21705 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली विभाग | en_US |
| dc.subject | हाँस्यव्यङ्गयात्मक निबन्ध Hasyabyangatmak nibandh | en_US |
| dc.subject | हाँस्यव्यङ्गकार Hasyabyangkar | en_US |
| dc.title | हास्यव्यङ्गकार विष्णु नवीनकाे हास्यव्यङ्गात्मक निबन्धहरुकाे अध्ययन विश्लेषण र मुल्याङ्कन (Hasyabyangkar Bishnu Nabinko hasyabyangatamk nibandhaharuko adhyayan vishleshan ra mulyakaan) | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Mahendra Ratna Multiple Campus, Ilam | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
