Nepali

Permanent URI for this collectionhttps://hdl.handle.net/20.500.14540/25

Browse

Recent Submissions

Now showing 1 - 20 of 1695
  • Item
    नयनराज पाण्डेका उपन्यासमा पर्यावरण
    (2025) शर्मा, विष्णुदेवी; नारायणप्रसाद गडतौला
    प्रस्तुत शोधप्रबन्ध ‘नयनराज पाण्डेका उपन्यासमा पर्यावरण’ शीर्षकमा सम्बद्घ रहेको छ । पाण्डेका उपन्यासमा मानव र मानवेतर पर्यावरणको प्रभाव व्यापक देखिए पनि हालसम्म पर्यावरण शीर्षकमा अनुसन्धान नभएकोले यसलाई नै समस्या मानी मानव र मानवेतर पर्यावरणबिच केकस्तो सम्बन्ध रहेको छ ? र पर्यावरणीय स्वच्छता र ग्राम्यता कसरी अभिव्यक्त भएको छ ? भन्ने दुई ओटा शोधप्रश्नमा आधारित भएर अध्ययन अगाडि बढेको छ । प्रस्तुत शोधप्रबन्धमा पाण्डेका उपन्यासलाई पर्यावरणीय माध्यमबाट अध्ययन गरिएको छ । प्रस्तुत शोधप्रबन्धमा प्राथमिक र द्वितीयक स्रोतका सामग्री सङकलन गरी गुणात्मक ढाँचामा संरचित, पुस्तकालयबाट सामग्री सङकलन गरी पाठात्मक विधिको प्रयोगसँगै सामग्रीको विश्लेषणबाट शोधप्रबन्ध तयार पारिएको छ । यहाँ ग्लोटफेल्टी र गोविन्दराज भट्टराईको पर्या साहित्य सिद्घान्तको पर्यावरणीय विषयको आधारमा तयार पारिएका कृति विश्लेषणका पर्याधारअनुकूल पाण्डेका उपन्यासमा सम्बद्घ पर्यावरणीय पक्षहकरूलाई खोज गरी विश्लेषण गरिएको छ । यस शोधप्रबन्धमा पर्यावरणको खोज गर्ने क्रममा मानव र मानवेतर पर्यावरण, पर्यावरणीय स्वच्छता र ग्राम्यताको अध्ययन गर्ने काम गरिएको छ । जसमा मानव पर्यावरणअन्तर्गत औद्योगीकरण, सहरीकरण, युद्घ, मानव संस्कृति, जाति र भाषिक प्रयोग त्यस्तै मानवेतर पर्यावरणअन्तर्गत पञ्चमहाभूत, पशुपक्षी र बोटविरुवा, स्वच्छता र ग्राम्यताका आधारमा विश्लेषण गरिएको छ । पर्यावरणका सन्दर्भमा मानव पर्यावरण र मानवेतर पर्यावरण दुवैको सन्तुलित उपयोगले दीर्घ विकास सम्भव रहेको हुन्छ । हरेक मानवले आफ्नो आवश्यकता परिपूर्तिका निम्ति प्रकृतिको उपयोग गर्ने क्रममा संरक्षण तथा संवद्र्घनमा पनि सजग रहनुपर्दछ । मानिसका आवश्यकताको पूर्तिका निम्ति प्राकृतिक संसाधनको अनियन्त्रित दोहन भएकाले प्राकृतिक सन्तुलन बिग्रन गई आएका अनेक समस्याले मानिसको मात्र नभई अन्य जीवजन्तु र वनस्पति समेतको बासस्थान लोप हुँदै गएका विषयलाई उपन्यासले देखाएका छ । उलार उपन्यासका पात्रहरूमा द्रौपदी, प्रेमललवा, कलुवा र राजेन्द्रराजजस्ता सक्रिय पात्रहरूसँगै तराई क्षेत्रको परिवेश त्यस्तै गरी सल्लीपिर उपन्यासमा छिरिङ, ग्याल्जेन, पेमा, दावा, धामीझाक्री, डोल्मा, फुर्वा पात्रसँगै परिवेशमा सोलुखुम्बु, सैलुङ डाँडा, हिमाल, खुम्बु, चिसो हिउँ, जुठो छयाङ, खुला आकाश, संस्कार संस्कति, तिब्बतको सीमाना, चौरी खर्क, पाखापखेरा गरी हिमालका क्षेत्रहरूको चित्रण र लू उपन्यासमा रामआधार, छेदीलाल, इलैया, रेडियोलाल, रामबक्स चौधरी जस्ता सक्रिय पात्रहरूसँगै नेपालगञ्ज, तराई क्षेत्रको गाउँघर, मुसलधारे पानी, तातो लू चलिरहेको, भिन्गा बजार र पत्थरपुरुवा जस्तो परिवेशलाई पर्यावरणका रूपमा लिइएको छ । जल, जमिन र बोटबिरुवा समाप्त भई बाढी पहिरोको प्रकोप बढेर विस्थापनको समस्या बढदै गएर पृथ्वीमा मानिस नै परिचयको सङकटमा पर्दै गएको यथार्थ अभिव्यक्ति पाइएको हुँदा मानवले आफ्ना दायित्वहरू पनि राम्रोसँग पूरा गर्नुपर्ने हुन्छ, जसले पर्यावरणीय पक्षमा सुधार आउँछ भन्ने कुरालाई स्पष्ट पारिएको छ । प्रकृति विनाशले निम्त्याएका पर्यावरणीय सङकटसँगै मानिसको जीवनशैली नकारात्मक अथात तनावग्रस्त हुँदै गइरहेको छ र पर्यावरणीय विनाशले मानव मात्र होइन, सम्पूर्ण पृथ्वीका जीवजन्तु, वनस्पति र पारिस्थितिक प्रणालीमा समेत विशेष असर पर्दछ । मानिसले पर्यावरणमाथि गरेका नराम्रा क्रियाकलापहरूका कारण आफू लगायत अन्य प्रकृतिमा बसोबास गर्ने पशुप्राणीहरूसमेत सङकटको अवस्थामा गुज्रिएका हुन्छन । पर्यावरणको संरक्षणले एक व्यक्ति मात्र नभई सिङ्गो समाज र राष्ट्र नै कायापलट हुने भएकोले र मानवको स्वास्थ्यस्तरमा सकारात्मक प्रभाव पर्ने भएकोले समयमा नै सचेतता अपनाउनुपर्ने कुरालाई प्रस्तुत शोधप्रबन्धले पुष्टि गरेको छ ।
  • Item
    सत्तरीको दशकका नेपाली कथामा विधामिश्रण र विपठन
    (2025) लम्साल अनन्त; लक्ष्मणप्रसाद गौतम
    Not available
  • Item
    गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिकता
    (2025) सरस्वती पाण्डे; महादेव अवस्थी
    १.विषयपरिचय गोपालप्रसाद रिमाल (१९७५–२०३०) नेपाली साहित्यको मूलतः कविता, नाटकजस्ता विधामा कलम चलाउने स्रष्टा हुन् । कविता विधाका माध्यमबाट साहित्य यात्रा प्रारम्भ गरेका रिमालका साहित्यक कृतिहरूमा नाटक विधाअन्तर्गत मसान (२००३), यो प्रेम ! (२०१५) दुई पूर्णाङ्की नाटक र माया (२०१०) लघुनाटक प्रकाशित छन् । कविता विधाअन्तर्गत आमाको सपना (२०२०) कविता सङ्ग्रह प्रकाशित छ । रिमाल नेपाली समाजका यथार्थ विषयलाई नाटकमार्फत प्रस्तुत गरी नेपाली नाट्य क्षेत्रमा यथार्थवादको प्रारम्भ गर्ने नाटककारका रूपमा परिचित छन् । उनले विशेषतः नाट्यसाहित्यको क्षेत्रमा नै सिद्धि प्राप्त गरेका छन् । उनका मसान र यो प्रेम ! नाटकमा पितृसत्तात्मक समाजको यथार्थ चित्रण गरिएको छ । दुवै नाटकमा नारी अस्तित्व, स्वतन्त्रता र समानताको स्वर पाइन्छ । नेपाली समाजमा रहेको नारी र पुरुषबिचको वैवाहिक सम्बन्धभित्रको समस्यामा केन्द्रित नाटकमा नारीविद्रोहको स्वर प्रकट भएको छ । यसर्थ रिमाल मसान र यो प्रेम ! नाटक लैङ्गिकताका दृष्टिले महŒवपूर्ण रहेका छन् । लैङ्गिकता भनेको सामाजिक परिवेश, सांस्कृतिक अवस्थाबाट निर्धारित महिला र पुरुषको पहिचान हो । साथै यौनिकताका आधारमा निर्मित पहिचान र व्यवहारहरू पनि लैङ्गिकताभित्र पर्दछन् । लिङ्गकै आधारमा परिवार, समुदाय, राष्ट्र र अन्तर्राष्ट्रिय रूपमा व्यक्तिले निर्वाह गर्ने विभिन्न भूमिका तथा जिम्मेवारीहरूमा हुने विभेद र भिन्नता पनि लैङ्गिकताभित्र पर्छन् । लैङ्गिकताअन्तर्गत नारीवाद, पितृसत्ता र पुरुषव्यवहार, समलैङ्गिकता, लैङ्गिक विभेद, शोषण, शक्तिसम्बन्ध, उत्पीडन र हिंसा आदि विभिन्न विषयको अध्ययन गरिन्छ । रिमालका मसान र यो प्रेम ! सामाजिक यथार्थवादी नाटक हुन् । मसान नाटकमा पितृसत्तात्मक विचारधाराले महिलामाथि गरेको शोषणलाई कृष्ण, हेलेन र दुलहीका माध्यबाट प्रस्तुत गरिएको छ । कृष्णले हेलेनलाई आङ्खनो स्वार्थ पूरा गर्ने साधनका रूपमा प्रयोग गरेको छ भने दुलहीलाई सन्तान जन्माउने वस्तुका रूपमा लिएको छ । कृष्णको वास्तविक रूप अवगत भपछि यी दुवै पात्रले शोषणका विरुद्ध विद्रोहको स्वर उठाएको देखिन्छ । त्यस्तै यो प्रेम ! नाटकका पात्रहरू गङ्गा, शशि, शेखर र सानुबाबुका माध्यमबाट महिलामाथि गरिने शोषण र महिलामा जागृत चेतनालाई प्रस्तुत गरिएको छ । यी दुई नाटकका पात्रहरूद्वारा लैङ्गिक समानता जनाउने विषय प्रस्तुत गरी समाजमा विद्यमान लैङ्गिक विभेदको विरोध गरिएको छ । यसर्थ यी दुवै नाटक लैङ्गिक अध्ययनका कोणबाट विश्लेषण गर्नु उपयुक्त ठानिएको छ । रिमालकामसान र यो प्रेम ! नाटकको विधातŒव, मातृत्व चेतना, नारीवादी दृष्टिकोणलाई सैद्धान्तिक आधा बनाई अध्ययन विश्लेषण गरिए पनि लैङ्गिकताका दृष्टिले विश्लेषण नगरिएकाले प्रस्तुत शोधप्रबन्धमा गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिकता शीर्षक चयन गरिएको हो । प्रस्तुत शोधकार्यमा रिमालका नाटकमा निहित लैङ्गिकताको अध्ययनका लागि लैङ्गिकताका सैद्धान्तिक मान्यतालाई आधार बनाइएको छ । यहाँ विशेषतः लैङ्गिक समालोचनाअन्तर्गत पर्ने लैङ्गिक प्रतिनिधित्व र पहिचान, लैङ्गिक शक्तिसम्बन्ध, लैङ्गिक उत्पीडन र प्रतिरोधलाई मूल सैद्धान्तिक आधार बनाई रिमालका नाटकको विश्लेषण गरिएको छ । २. समस्याकथन गोपालप्रसाद रिमालका मसान र यो प्रेम † नाटकमा समाजमा विद्यमान पितृसत्ताले निम्त्याएका लैङ्गिक समस्याहरू अभिव्यक्त छन् । बहुविवाह र पुरुषमैत्री संस्कारको प्रभावमा हुर्केका मध्यमवर्गीय पुरुषहरूले नारीलाई प्रेम र विवाहका नाममा गरेको शोषण र नारीको हकअधिकार खोसिएपछि उनीहरूबाट निस्किएका विद्रोहका चेतना नाटकको प्रमुख विषयवस्तुका रूपमा प्रस्तुत भएको छ । रिमालका नाटकमा लैङ्गिक विषयवस्तु नै प्रमुख रूपमा प्रस्तुत गरिएको हुनाले नाटकमा प्रयुक्त नारी र पुरुष पात्रहरूको प्रतिनिधित्व र पहिचान, ती पात्रबिचको शक्तिसम्बन्ध र तिनै नारी र पुरुष पात्रले भोगेका उत्पीडन र प्रतिरोधी चेतनालाई मुख्य शोधसमस्याका रूपमा लिइएको छ । प्रस्तुत शोधको मुख्य प्राज्ञिक समस्यालाई निम्नलिखित प्रश्नात्मक बुँदाका आधारमा थप स्पष्ट पारिएको छ ः (क) गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचानको अवस्था केकस्तो रहेको छ ? (ख) गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक शक्तिसम्बन्ध कसरी कायम गरिएको छ ? (ग) गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोधको अभिव्यक्ति कसरी गरिएको छ ? ३. शोधको उद्देश्य समस्याकथनमा उल्लिखित शोधसमस्याहरूको प्राज्ञिक समाधान खोज्नु नै यस शोधकार्यको मुख्य उद्देश्य रहेको छ । यसर्थ उल्लिखित शोधसमस्याको समाधानार्थ यस शोधकार्यका उद्देश्यहरू निम्नानुसार रहेका छन् ः (क) गोपालप्रसाद रिमालका नाटकमा प्रस्तुत लैङ्गिक प्रतिनिधित्व र पहिचानको समीक्षा गर्नु, (ख) गोपालप्रसाद रिमालका नाटकमा प्रस्तुत लैङ्गिक शक्तिसम्बन्धको विवेचना गर्नु, (ग) गोपालप्रसाद रिमालका नाटकमा प्रस्तुत लैङ्गिक उत्पीडन र प्रतिरोधको विश्लेषण गर्नु । ४. अध्ययनको औचित्य र महत्व मसान र यो प्रेम † सामाजिक विषयवस्तुमा आधारित नाटक हो । समाज व्यवस्थाले नारी र पुरुषको शारीरिक भिन्नतालाई मूल आधार बनाई उनीहरूबिचको असमान पहिचान र शक्तिसम्बन्ध स्थापित गरेको कुरा नाटकको मूल विषयवस्तु हो । रिमालका दुवै नाटकमा समाजले स्थापित गरेको नारी र पुुरुषबिचको असमान भूमिका अभिव्यक्त भएको हुनाले प्रस्तुत शोध लैङ्गिकताका कोणबाट अध्ययन गर्नु यसको प्राज्ञिक औचित्य रहेको छ । प्रस्तुत पूर्वकार्यको समीक्षाले रिमालका नाटकमाथि नारीवादी दृष्टिकोण, पात्रका भूमिका, भाषिक संरचना, नाट्यतŒवका आधारमा मात्र रहेर अध्ययन अनुसन्धान भएको कुरा पुष्टि गरेको छ । साथै सोही पूर्वकार्यको अध्ययनबाट सांस्कृतिक अध्ययनभित्रको नवीन समालोचनात्मक सैद्धान्तिक अवधारणा लैङ्गिकताका कोणबाट अध्ययन अनुसन्धान नभएको कुरा स्पष्ट भएको छ । त्यसैले उल्लिखित नाटकमा अभिव्यक्त लैङ्गिक प्रतिनिधित्व र पहिचान, शक्तिसम्बन्ध, उत्पीडन र प्रतिरोधको चेतनाको अध्ययन गरिनु आवश्यक छ । प्रस्तुत शोध सोही आवश्यकता पूर्तिका निम्ति औचित्यपूर्ण रहेको छ । मसान र यो प्रेम † नाटकबारे अनुसन्धान गर्न चाहने उत्तवर्ती अनुसन्धाता र यसबारे जानकारी लिन चाहने जोकोहीका लागि यो शोध औचित्यपूर्ण रहेको छ । ५. अध्ययनको सीमाङ्कन गोपालप्रसाद रिमालका मसान र यो प्रेम गरी दुई पूर्णाङ्की नाट्यकृति र एक माया लघुनाटक प्रकाशित छन् । लघुनाटकलाई अध्ययनको विषयका रूपमा नलिई पूर्णाङ्की नाटकलाई मात्र अध्ययन अनुसन्धान गरिनु नै प्रस्तुत अध्ययनको सीमाङ्कन हो । मसान र यो प्रेम † नाटकमा लैङ्गिक चेतना सघन रूपमा प्रस्तुत भएको पाइन्छ । त्यसैले प्रस्तुत शोधमामसान र यो प्रेम † नाटकलाई विश्लेषणका लागि चयन गरिएको हो । लैङ्गिकताअन्तर्गत नारीवाद, पुरुषसत्ता, लैङ्गिक हिंसा, उत्पीडन, शोषण, अधीनस्थ, समलैङ्गिक, लैङ्गिक पहिचान, प्रतिरोध, शक्तिसम्बन्ध जस्ता विभिन्न विषयको अध्ययन गर्न सकिने भए तापनि उपर्युक्त नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचान, लैङ्गिक शक्तिसम्बन्ध, लैङ्गिक उत्पीडन र प्रतिरोधको चेतनाको प्रवाह सबल देखिएकाले प्रस्तुत शोध यिनै सैद्धान्तिक आधारमा केन्द्रित रहेको छ । ६.शोधविधि गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिकता शीर्षकको प्रस्तुत शोधकार्य सम्पन्न गर्नका लागि प्रयोग गरिने सामग्री सङ्कलन विधि र विश्लेषण विधिलाई देहायबमोजिम फरक फरक शीर्षकमा उल्लेख गरिएको छ ः ६.१ सामग्री सङ्कलन विधि प्रस्तुत अध्ययनको मूल सामग्रीका रूपमा गोपालप्रसाद रिमालका मसान रयो प्रेम † नाटकलाई लिइएको छ । नाटक विश्लेषणका आधार निर्माणका लागि लैङ्गिकतासम्बन्धी सिद्धान्त भएका र समस्याकथनमा उठाइएका तीनओटा प्राज्ञिक जिज्ञासा समाधानका लागि रिमालका दुवै नाटकमाथि अध्ययन अनुसन्धान भएका कृति, शोध, पत्रपत्रिकालाई सहायक सामग्रीको रूपमा लिइएको छ । यी दुवै प्राथमिक र द्वितीयक सामग्री पुस्तकालयीय अध्ययन कार्यबाट सङ्कलन गरिएको छ । ६.२ विश्लेषण विधि प्रस्तुत शोधमा किटान गरिएका प्राज्ञिक समस्यासँग सम्बद्ध सामग्री विश्लेषणका लागि लैङ्गिकता सिद्धान्तलाई प्रमुख आधार बनाइएको छ । यसका लागि फ्रान्सेली दार्शनिक फुकोको शक्तिसम्बन्धी मान्यता, लुई आल्थुसरको विचारधारासम्बन्धी मान्यता र ग्राम्चीको प्रभुत्वसम्बन्धी मान्यतालाई मुख्य रूपमा उपयोग गरिएको छ । लैङ्गिक अध्ययनका सिद्धान्तका आधारमा नाटकमा प्रस्तुत लैङ्गिक प्रतिनिधित्व र पहिचान, लैङ्गिक शक्तिसम्बन्ध तथा लैङ्गिक उत्पीडन र प्रतिरोधको अध्ययन गरिएको छ । मसान र यो प्रेम ! नाटकको लैङ्गिक विश्लेषणमा आधारित प्रस्तुत शोध गुणात्मक अनुसन्धान पद्धतिमा आधारित रहेको छ । नाटक विश्लेषणका व्रmममा व्याख्यात्मक र विश्लेषणात्मक अध्ययन विधिको प्रयोग गरिएको छ । प्रस्तुत शोधमा शोधप्रश्नका रूपमा उठाइएका समस्याको समाधानार्थ निम्नलिखित ढाँचा तयार गरिएको छ ः शोधप्रश्न (१) मा उल्लिखित गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचानको अवस्था केकस्तो रहेको छ भन्ने प्रश्नसँग सम्बद्ध रही निम्नलिखित उपशीर्षक चयन गरी सामग्री विश्लेषण गरिएको छ ः (क) मसान नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचान (ख) यो प्रेम † नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचान शोधप्रश्न (२) मा उल्लिखित गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक शक्तिसम्बन्ध कसरी कायम गरिएको छ भन्ने प्रश्नसँग सम्बद्ध रही निम्नलिखित उपशीर्षक चयन गरी सामग्री विश्लेषण गरिएको छ ः (क) मसान नाटकमा नारी र पुरुषबिचको शक्तिसम्बन्ध (ख) यो प्रेम † नाटकमा नारी र पुरुषबिचको शक्तिसम्बन्ध (ग) मसान नाटकमा नारी र नारीबिचको शक्तिसम्बन्ध (घ) यो प्रेम † नाटकमा नारी र नारीबिचको शक्तिसम्बन्ध शोधप्रश्न (३) मा उल्लिखित गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोधको अभिव्यक्ति कसरी गरिएको छ भन्ने प्रश्नसँग सम्बद्ध रही निम्नलिखित उपशीर्षक चयन गरी सामग्री विश्लेषण गरिएको छ ः (क) मसान नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोध (ख) यो प्रेम † नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोध ७.शोधप्रबन्धको रूपरेखा उपर्युक्त परिच्छेदअन्तर्गतका मूल शीर्षकहरूलाई अध्ययनको सरलताका लागि आवश्यकतानुसार विभिन्न उपशीर्षकहरूमा पनि विभाजन गरिएको छ । प्रस्तुत शोधकार्यलाई सुसङ्गठित र व्यवस्थित गर्नका लागि निम्नलिखित पाँच परिच्छेदमा विभाजन गरिएको छ ः पहिलो परिच्छेद ः शोधपरिचय दोस्रो परिच्छेद ः गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचान तेस्रो परिच्छेद ः गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक शक्तिसम्बन्ध चौथो परिच्छेद ः गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोध पाँचौ परिच्छेद ः सारांश र निष्कर्ष सन्दर्भ सामग्रीसूची ८.सारांश तथा निष्कर्ष यस शोधमा सारांश तथा निष्कर्षलाई निम्नलिखित रूपमा छुट्टाछुट्टै प्रस्तुत गरिएको छ । ८.१ सारांश गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिकता शीर्षकको प्रस्तुत शोधमा जम्मा पाँचओटा परिच्छेद रहेका छन् । शोधपरिचय शीर्षकको पहिलो परिच्छेदमा शोधशीर्षकको परिचय प्रस्तुत गर्दै गोपालप्रसाद रिमालका नाटकमा अभिव्यक्त लैङ्गिकताको विश्लेषण गर्ने कार्यलाई शोधसमस्याका रूपमा लिइएको छ । यसका लागि विवेच्य नाटकमा रेहेको लैङ्गिक प्रतिनिधित्व र पहिचान, लैङ्गिक शक्तिसम्बन्ध र लैङ्गिक उत्पीडन तथा प्रतिरोधलाई मूल समस्या बनाई यी समस्याका समाधानका लागि तीनओटा उद्देश्य निर्धारण गरिएको छ । यस शोधमा शोधशीर्षकसँग सम्बन्धित पूर्वकार्यको विवरणसहित समीक्षा प्रस्तुत गरी शोधको औचित्य पुष्टि गरिएको छ । यहाँ शोधको सैद्धान्तिक र प्रायोगिक पक्षको सीमाङ्कन गरी शोधका लागि आवश्यक सामग्री सङ्कलन र विश्लेषण विधिको छनोट गरिएको छ । शोधप्रबन्ध कुन सङ्गठनमा रहने भनी शोधको रूपरेखा यसै परिच्छेदमा राखिएको छ । प्रस्तुत शोधको दोस्रो परिच्छेदमा गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक प्रतिनिधित्व र पहिचान शीर्षक दिइएको छ । यस परिच्छेदमामसान रयो प्रेम ! नाटकभित्र रहेका पात्रहरूको प्रतिनिधित्व र पहिचानलाई अध्ययन विश्लेषण गर्नका लागि आवश्यक सैद्धान्तिक आधार प्रस्तुत गरिएको छ । प्रस्तुत नाटकहरूमा नारी तथा पुरुष पात्रहरूको भूमिकाका आधारमा पितृसत्तात्मक सामाजिक संरचनाले पारेको प्रभावको अध्ययन गरी नाटकमा रहेका पात्रको प्रतिनिधित्व र पहिचानलाई अध्ययन विश्लेषण गरिएको छ । शोधको तेस्रो परिच्छेद गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक शक्तिसम्बन्ध प्रस्तुत गरिएको छ । यसमा शक्तिसम्बन्धसम्बन्धी सैद्धान्तिक स्वरूपको परिचय प्रस्तुत गरी रिमालका मसान र यो प्रेम ! नाटकलाई लैङ्गिक शक्तिसम्बन्धका आधारमा अध्ययन विश्लेषण गरिएको छ । यसमा फ्रान्सेली चिन्तक फुकोका शक्तिसम्बन्धी मान्यताका आधारमा नाटकको विश्लेषण गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनामा पुरुष नै शक्तिकेन्द्रमा रहेका छन् । शक्तिपरिधिमा रहेका नारीलाई पुरुषले उत्पीडन गर्दा उनीहरू प्रतिकारमा उत्रिएर आफ्नो शक्ति प्रदर्शन गरेका छन् । यिनै आधारहरू लिएर यस परिच्छेदमा नाटकमा रहेका नारी र पुरुष र नारी र नारीबिचको शक्तिसम्बन्ध प्रस्तुत गरिएको छ । शोधको चौथो परिच्छेदमा गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोध प्रस्तुत गरिएको छ । यसमा लैङ्गिक उत्पीडन र प्रतिरोधसम्बन्धी सैद्धान्तिक स्वरूपको परिचय प्रस्तुत गरी त्यसकै आधारमा रिमालका मसान र यो प्रेम ! नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोधको अध्ययन विश्लेषण गरिएको छ । तत्कालीन पितृसत्तात्मक समाजमा पुरुष र नारीले भोग्नु परेका मानसिक तथा शारीरिक पीडालाई प्रस्तुत गरिएको नाटकलाई आधार लिई पुरुषशक्ति र सत्ताका आडमा पुरुषद्वारा नारीमाथि गरिने शारीरिक तथा मानसिक उत्पीडनको विश्लेषण गरिएको छ । साथै पुरुषको उत्पीडनप्रति प्रतिकार गरी आफ्नो पहिचान खोज्ने नारीहरूको प्रतिरोधको अध्ययन विश्लेषण गरिएको छ । अन्तिम अर्थात् पाँचौँ परिच्छेदमा शोधको सारांश र निष्कर्ष प्रस्तुत गरिएको छ । ८.२ निष्कर्ष प्रस्तुत शोध गोपालप्रसाद रिमालका नाटकमा लैङगिकता शीर्षकमा केन्द्रित छ । यसको अध्ययनका लागि मसान र यो प्रेम दुई नाटकलाई लैङ्गिक प्रतिनिधित्व र पहिचान, शक्तिसम्बन्ध, उत्पीडन र प्रतिरोधसम्बन्धी सैद्धान्तिक अवधारणालाई आधार बनाइएको छ । शोधशीर्षकसँग सम्बद्ध समस्याकथनमा उठाइएका तीनओटा प्रश्नको विश्लेषण गर्ने व्रmममा प्राप्त निष्कर्ष निम्नलिखित बुँदामा प्रस्तुत गरिएको छ ः १.गोपालप्रसाद रिमालका नाटकमा प्रस्तुत लैङ्गिक प्रतिनिधित्व र पहिचान केकस्तो देखाएको छ भन्ने प्रश्न यस अध्ययनको पहिलो समस्याको रूपमा रहेको छ । रिमालका मसान र यो प्रेम ! नाटक लैङ्गिक कोणबाट सशक्त छन् । उनका नाटकमा विशेषतः पितृसत्तात्मक समाजले नारीलाई वस्तुकरण गरेको तथा किनारामा पारिएको पक्षलाई प्रस्तुत गरिएको छ । उनको मसान नाटकमा कृष्ण, हेलेन र दुलही प्रमुख पात्रका रूपमा उपस्थित छन् । कृष्णले हेलेनलाई यौन तृप्तिको साधन मात्र बनाएर नारीको स्थान किनारामा पारेको देखिन्छ । पुरुषमैत्री समाजले नारीलाई पनि पुरुषको अधीनमा हिँडाएको र नारीको पहिचान परिधिमा पारेको कुरा हेलेनले कृष्णलाई दोस्रो विवाह गराएको प्रसङ्गबाट पुष्टि भएको छ । मुख्य पात्रका रूपमा रहेका हेलेन र दुलहीको भूमिका नाटकमा फरक फरक रहेको छ । नारीलाई पुरुषले प्रयोग गरेको थाहा नपाउँदा दुलही मानसिक रूपमा पीडित बनी प्राण त्याग गर्न विवश बनेकी छ भने पुरुषको वास्तविक रूप देखेपछि प्रतिकार गरी आफ्नो पहिचानका लागि हेलेन उत्रिएकी छ । तथापि पितृसत्तात्मक सामाजिक संरचनाले नारीलाई किनारामा राखी पुरुषलाई केन्द्रमा राखेको कुरा घर छोड्न बाध्य भएकी हेलेनबाट स्पष्ट भएको छ । यो प्रेम ! नाटकमा पितृसत्तात्मक विचारधाराकै कारण प्रेमकोे बहानामा नारीअस्मितामाथि खेलबाड गर्ने र प्रेमको नाममा नारीमाथि फोस्रो आडम्बर देखाउने पुरुषप्रवृत्तिको विषयलाई प्रस्तुत गरिएको छ । गङ्गा, शशि, सानोबाबु र शेखर प्रमुख पात्रका रूपमा उपस्थित भएका नाटकमा पुरुषको भूमिकालाई केन्द्रमा राखी नारीको भूमिकालाई परिधिमा राखिएको छ । पे्रमको बहानामा नारीको अस्मितामाथि खेलबाड गर्न तयार रहने पुरुषलाई समाजले प्रमुख स्थान दिएको र नारीलाई किनारामा राखी पीडित बनाएको कुरा नाटकमा प्रस्तुत भएका पुरुष र नारी पात्रका भूमिकाले प्रस्ट पारेको देखिन्छ । यो प्रेम ! नाटकमा पनि मसान नाटकमा जस्तै अन्तिममा नारी पात्रले पुरुषका वास्तविक रूप थाहा पाएपछि प्रतिकार गरी आफ्नो पहिचान खोजेको देखिन्छ । रिमालका यी दुवै नाटकमा समाजमा नारीको प्रतिनिधित्व र पहिचान गौण पारिए तापनि उनीहरूको आफ्नै अस्तित्व रहेको र अस्तित्व प्राप्तिका लागि नारीहरू पुरुषमैत्री समाजसँग लड्न तयार रहेको विषय प्रस्तुत भएको छ । २.गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक शक्तिसम्बन्ध केकस्तो देखाइएको छ भन्ने प्रश्न प्रस्तुत अध्ययनको दोस्रो समस्याका रूपमा रहेको छ । रिमालकामसान रयो प्रेम ! नाटकमा सामाजिक भूमिकामा नारीभन्दा पुरुषको स्थान प्रभुत्वशाली रहेको विषय प्रस्तुत छ । मसान नाटकमा कृष्ण निर्णायक भूमिकामा रहेको छ भने हेलेन र दुलही विद्रोही स्वभावका देखिए पनि पीडित र शोषित पात्रको भूमिकामा रहेका छन् । त्यस्तै यो प्रेम ! नाटकमा शेखर र सानुबाबुले गङ्गा र शशिलाई मान्छेको रूपमा भन्दा बढी मनोरञ्जनका साधनका रूपमा लिएका कारण उब्जिएको समस्या र त्यस समस्याले निम्त्याएको सम्बन्धको विखण्डन प्रस्तुत छ । मसान रयो प्रेम ! नाटकमा प्रभुत्वशाली वर्गले कमजोर वर्गलाई समाजले निर्धारण गरेको शक्तिको आडमा अधीनस्थ बनाई शोषण गरेको सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ । दुवै नाटकमा पुरुषलाई शक्तिशाली देखाइए तापनि नारीको अधिकार पनि पुरुषसरह रहेको छ भन्ने निष्कर्ष प्रस्तुत छ । ३. गोपालप्रसाद रिमालका नाटकमा लैङ्गिक उत्पीडन र प्रतिरोध केकस्तो देखाइएको छ भन्ने प्रश्न प्रस्तुत अध्ययनको तेस्रो समस्याका रूपमा रहेको छ । रिमालका मसान र यो प्रेम ! नाटकमा पितृसत्तात्मक सामाजिक संरचनाका कारण पुरुषले नारीलाई भोग्या र कमजोर ठानेर अस्तित्वहीन जीवन बाँच्न विवश बनाएको विषय प्रस्तुत गरिएको छ । मसान नाटकमा कृष्णले हेलेनको मातृत्व अधिकार खोसी यौन शोषण गरेको छ र दुलहीलाई सन्तान जन्माउनका लागि प्रयोग गरेको छ । दुवै नारीलाई उत्पीडन गर्ने कृष्णमाथि हेलेनले प्रतिरोध गरेकी छ भने दुलहीले पनि आफ्नो शरीरलार्ई वस्तुकरण गरिएको अवस्थाप्रति प्रतिरोध गरेकी छ । यो प्रेम ! नाटकमा आºनी श्रीमती हुँदाहुँदै पुरुषले अन्य नारीलाई वासनात्मक प्रेम गरी नारीको अस्तित्वमाथि खेलबाड गरेको विषय प्रस्तुत छ । गङ्गा, शशिले शेखर र सानोबाबुको वास्तविक रूप थाहा पाएपछि जङ्गली प्रेम भनी प्रतिरोध गरेका छन् । तथापि दुवै नाटकमा तत्कालीन पुरुष प्रधान समाजमा पुरुषद्वारा नारी उत्पीडनको सिकार बने तापनि र त्यसका विरुद्ध प्रतिरोध गरी नारीले पनि अस्तित्वको खोजी गर्न सक्छन् भन्ने निष्कर्ष प्रस्तुत छ । समग्रमा गोपालप्रसाद रिमालका नाटकको अध्ययन गर्दा उनका मसान र यो प्रेम ! नाटकमा लैङ्गिक रूपमा किनारीकृत बनाइएका नारी समुदायको प्रतिनिधित्व र पहिचान सशक्त रूपमा प्रस्तुत भएको देखिन्छ । उनका नाटकमा पुरुषमैत्री र उत्पीडनकारी सामाजिक संरचनाका आडमा पुरुषले विभिन्न बहानामा नारीलाई अन्याय तथा अत्याचार गरी लैङ्गिक रूपमा परिधिका पारेका छन् । पितृसत्तात्मक समाजका पुरुष मानसिकताबाट सञ्चालित नारीबाट नारी नै लैङ्गिक हिंसामा परेका देखिन्छन् । ती अस्तित्वहीन बनाइएका नारी आफ्नो अस्तित्व र पहिचान निर्माणका लागि पुरुषमैत्री व्यवस्था विरुद्ध उत्रिएका छन् । पितृसत्तात्मक संरचनाका आडमा सुरुमा पुरुषले नारीमाथि हिंसा गरी उनीहरूको प्रतिनिधित्व र पहिचान मेटाउन प्रयास गरे तापनि अन्तमा नाटकमा निहित नारी पात्रको मुख्य भूमिकामा उपस्थित पात्रहरूले आफूमाथिको हिंसा विरुद्ध प्रतिकार गर्न सफल भएकाले नारीको प्रतिनिधित्व र पहिचान शक्तिशाली बन्न पुगेको छ । यो नै रिमालका नाटकको मुख्य उपलब्धि मान्न सकिन्छ । रिमालले दुवै नाटकमा लैङ्गिक प्रतिनिधित्व, पहिचान, शक्तिसम्बन्ध, उत्पीडन र प्रतिरोध सन्दर्भलाई प्राथमिकता दिएर लैङ्गिक रूपमा परिधिमा रहेका नारी समुदायको आवाजलाई शक्तिशाली रूपमा प्रस्तुत गरेको देखिन्छ । यसरी पितृसत्तात्मक समाजका पुरुष र पुरुषमैत्री मानसिकताबाट ग्रसित नारीका कारण नारीमाथि गरिएका लैङ्गिक उत्पीडन तथा विभेदहरूको चित्रण गर्दै ती समस्याको समाधानार्थ लैङ्गिक समतामूलक समाज निर्माणमा नारी र पुरुष दुवै जुट्नुपर्छ भन्ने सचेत विचार रिमालका नाटकमा सघन रूपमा प्रस्तुत छ । गोपालप्रसाद रिमाल आफ्ना नाटकमा लैङ्गिक समस्यालाई मुख्य विषय बनाई त्यस समस्यालाई समाधान गर्न उन्मुख रहेका देखिन्छन् । उनका नाटकले नेपाली समाजको तत्कालीन समयमा व्याप्त लैङ्गिक विभेदपूर्ण सामाजिक संरचना र संस्कृतिलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन् । त्यस व्रmममा विभेदपूर्ण सामाजिक व्यवस्थाको परिवर्तनका लागि नारीको भूमिका महŒवपूर्ण हुन्छ भनी देखाउन उनले सक्षम नारी पात्रको सही प्रयोग गर्ने नाट्यकुशलता देखाएको कुरा यस अध्ययनबाट स्पष्ट भएको छ ।
  • Item
    आधुनिक नेपाली महाकाव्यमा दलित चेतना
    (2025) कार्की, संजिव; रमेशप्रसाद भट्टराई
    Not available
  • Item
    माधव घिमिरेका गीतिनाटकमा ध्वनिविधान
    (2081) रिजाल, पुष्करनाथ; लेखप्रसाद निरौला
    माधव घिमिरेका गीतिनाटकमा ध्वनिविधान शीर्षकको प्रस्तुत शोधकार्य ने.सं.वि. अनुसन्धान केन्द्रअन्तर्गत रही विद्यावारिधि उपाधिको प्रयोजनका लागि पूरा गरिएको हो । नेपालका राष्ट्रकवि माधव घिमिरे मूलतः कवि हुन । यस शोधमा उनलाई गीतिनाटककारका रूपमा लिइएको छ । उनको नेपाली गीतिनाटकका क्षेत्रमा पनि उच्च योगदान रहेको छ । यस अध्ययनमा माधव घिमिरेका प्रकाशित गीतिनाटक शकुन्तला (२०३८), मालती मङ ् गले (२०३९), विषकन्या (२०५०), अश्वत्थामा (२०५३), हिमालपारि हिमालवारि (२०५४), देउकी (२०५५) र बालकुमारी (२०६१) लाई विवेच्य कृतिका रूपमा लिई ध्वनि सिद्धान्तका आधारमा तिनको विश्लेषण गरिएको छ । संस्कृत काव्य मान्यताका स्रष्टा माधव घिमिरेका सातवटा गीतिनाटक प्रकाशित भएका छन । प्रस्तुत शोधमा घिमिरेका गीतिनाटकमा ध्वनिविधानको स्थिति केकस्तो छ ? भन्ने प्राज्ञिक समस्या रहको छ । शोध समस्यासँग सम्बन्धित प्रश्नका रूपमा घिमिरेका गीतिनाटकहरूमा केकस्ता रसध्वनि पाइन्छन ? घिमिरेका गीतिनाटकमा कुनकुन अलङकारध्वनि प्रयोग भएका छन ? र घिमिरेका गीतिनाटकमा वस्तुध्वनिको प्रयोग कसरी गरिएको छ ? भन्ने रहेका छन । यस शोधकार्यको प्रमुख उद्देश्य माधव घिमिरेका गीतिनाटकमा पाइने ध्वनिको विश्लेषण गर्नु रहेका छ । यसै उद्देश्य प्राप्तिका लागि शोधप्रश्नसँग सम्बन्धित उद्देश्यहरूमा ः (क) माधव घिमिरेका गीतिनाटकहरूमा पाइने रसध्वनिको निरूपण गर्नु, (ख) घिमिरेका गीतिनाटकहरूमा प्रयुक्त अलङकारध्वनिको पहिचान गर्नु र (ग) माधव घिमिरेका गीतिनाटकमा पाइने वस्तुध्वनिको विश्लेषण गर्नु रहेका छन । यसअघि माधव घिमिरे र उनका गीतिनाटक र अन्य रचनाका विषयमा केही अध्ययन अनुसन्धान भएको देखिन्छ । माधव घिमिरे र उनका रचनाका बारेमा भएका पूर्वकार्यहरूबाट आआफनै अध्ययनक्षेत्र रहेको स्पष्ट देखिन्छ । अध्येताहरूले उनका कविता र खण्डकाव्यका विषयमा सर्वाधिक चर्चा गरेका छन । घिमिरेका गीतिनाटकमा ध्वनिसम्बन्धी अध्ययन भने हालसम्म भएको नपाइनु यस शोधको अन्तराल रहेको छ । यही रिक्ततालाई पूर्णता दिन प्रस्तुत अनुसन्धान गरिएको होे । ध्वनिकै अभिव्यञ्जन प्रक्रियाको विस्तृत अध्ययन हुन नसक्नु यी पूर्वकार्यहरूको सीमा भए पनि प्रस्तुत शोधकार्यमा समस्याको पहिचान, सामग्रीहरूको सङकलन, सैद्धान्तिक ढाँचाको निर्धारण तथा घिमिरेका गीतिनाटकहरूको विश्लेषण र मूल्याङकन गर्नाका लागि पूर्वकार्यहरू उपयोग गरिएको छ । प्रस्तुत शोध गुणात्मक प्रकृतिको रहेको छ । शोधको समस्यासँग सम्बन्धित सामग्रीहरू प्राथमिक र द्वितीयक स्रोतमा आधारित छन । यस अध्ययनमा माधव घिमिरेका प्रकाशित गीतिनाटकहरू प्राथमिक स्रोतका रूपमा उपयोग भएका छन । यसैगी ध्वनिका सैद्धान्तिक पुस्तक, विभिन्न विद्वानका अनुसन्धानमूलक लेख, पुस्तक, शोधपत्र, शोधप्रबन्धहरूलाई द्वितीयक स्रोतका रूपमा प्रयोग गरिएको छ । यी सामग्रीहरू विभिन्न पुस्तकालयमा पुगी पुस्तकालय कार्यबाट सङकलन गरिएको छ । सङकलित सामग्रीहरूलाई आवश्यकताअनुसार उद्धरण गरी, सारसंक्षेप गरी वा भावका रूपमा उपयोग गरिएको छ । माधव घिमिरेका प्रकाशित सातवटा गीतिनाटकमा विधान गरिएको रसध्वनि, अलङकारध्वनि र वस्तुध्वनिको विश्लेषणमा मात्रै केन्द्रित रहनु यस शोधका सीमा रहेका छन । यस अध्ययनमा पूर्वमा साहित्य विश्लेषणका लागि महत्त्वपूर्ण आधार मानिने ध्वनिसिद्धान्तलाई सैद्धान्तिक आधार मानी ध्वनिका प्रमुख भेद मानिने रसध्वनि, अलङ्कारध्वनि र वस्तुध्वनिका आधारमा माधव घिमिरेका गीतिनाटकहरूको विश्लेषण र मूल्याङकन गरिएको छ । घिमिरेका गीतिनाटकमा के कस्ता रसध्वनि पाइन्छन भन्ने समस्यामा केन्द्रित भई अध्ययन गर्दा यिनका शकुन्तला र मालती मङ्गल गीतिनाटकमा शृङगार अङ्गी रस ध्वनित सुन्दर किसिमले भएको छ । यिनका विषकन्या, देउकी र बालकुमारी गीतिनाटकमा करुण अङ्गी रसको अभिव्यञ्जना भएको छ । यस्तै घिमिरेका हिमालपारि हिमालवारि र अश्वत्थामा गीतिनाटकमा शान्त रस अङ्गी रूपमा ध्वनित भई यी रचनालाई आस्वाद्य र विशिष्ट ध्वनिकाव्य बनाएका छन । कवि घिमिरेका गीतिनाटकहरूमा सबैकिसिमका रस अङ्ग रसका रूपमा व्यञ्जित भएका छन । यिनका गीतिनाटकमा अनुकुल किसिमका विभाव, अनुभाव र सञ्चारीभावको संयोजन गरी रसाभिव्यञ्जना गरिएकाले रस ध्वनिविधानका दृष्टिले उत्कष्ट र सबल गीतिनाटक बनेका छन । विभिन्न रसका साथमा स्वभाविक किसिमले अनेक अर्थ ध्वनित गर्ने काव्यकौशल घिमिरेमा रहेको छ । माधव घिमिरेका गीतिनाटकहरूमा रसध्वनिको व्यापकता रहेकाले काव्यिक गुणस्तरका हिसाबले समेत यी रचना उत्तम कोटिका बन्न पुगेका छन । रसध्वनि प्रयोगका अधारमा घिमिरे सिद्धहस्त गीतिनाटककार रहेका छन । माधव घिमिरेका गीतिनाटकहरूमा अलङकार ध्वनिको विभिन्न किसिमका अलङकार ध्वनिको स्वाभाविक संयोजन पाइन्छ । यिनका गीतिनाटकमा भाव प्रकाशनका सन्दर्भमा उपमा, रूपक, दृष्टान्त, समासोक्ति, उत्प्रेक्षा, अतिशयोक्ति आदि अलङ्कारबाट विभिन्न गीतहरूमा स्तःसम्भवी, कविप्रौढोक्ति र कविनिबद्ध वक्तृपौढोक्तिसिद्ध ध्वनिको समेत व्यञ्जना पाइन्छ । यस किसिमका ध्वनिबाट काव्यिक चमत्कार उत्पन्न भएको छ । उनका गीतिनाटकमा पूर्वीय संस्कृतिको आदर्श, प्रेमप्रणय, नेपाली समाज र संस्कृति, नेपाली लोक जीवनशैली, राजनीतिमा हुने दाउपेच, नेपालको अनुपम प्राकृतिक सौन्दर्य, युद्धको दुष्परिणाम, मानवतावादजस्ता वस्तु अनेक सन्दर्भमा ध्वनित भएका छन । यिनका गीतिनाटकहरूमा ध्वनि अभिव्यञ्जनका व्यापकता रहेकाले काव्यिक गुणस्तरका हिसाबले सबल, आस्वाद्य उच्च मूल्यका ध्वनिकाव्य बन्न पुगेका छन । यसबाट घिमिरे ध्वनियुक्त गीतिनाटक रचनामा सिद्धहस्त प्रतिभा हुन भन्ने पुष्टि भएको छ ।
  • Item
    देवकोटाका खण्डकाव्यमा रसविधान
    (2021) रोकाय, सर्पराज; लीलानाथ पौडेल
    १. विषयपरिचय लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको सृजनामा चार दशक (१९९६–२०१६) अवधिसम्म सक्रिय रहेका छन । उनले कविता, निबन्ध, कथा, नाटक र समालोचना विधामा कलम चलाएका छन । कविता विधामा उनका खण्डकाव्यहरू पनि चचित रहेका छन । उनका खण्डकाव्यमा विशेषतः स्वच्छन्दतावादी, प्रगतिवादी एवम मानवतावादी विचार पाइन्छ । उनका खण्डकाव्यमा विभिन्न रसको प्रयोग गरएको छ र यस शोधकार्यमा रस प्रयोगका प्रतिनिधिमूलक खण्डकाव्यका रूपमा मुनामदन, राजकुमार प्रभाकर, लूनी र मायाविनी सर्सी लिइएको छ र ती खण्डकाव्यहरूमा अभिव्यक्त रसतत्वको विवेचनामा प्रस्तुत शोधप्रबन्ध केन्द्रित छ । २. शोधको उद्देश्य तल उल्लिखित शोध प्रश्नहरूको समाधनको खोजी गर्नु नै प्रस्तुत अध्ययनको उद्देश्य हो । अध्ययनका विशिष्ट उद्देश्यहरू निम्न छन ः (क) मुनामदन खण्डकाव्यमा अङगी र अङगरसको निरूपण तथा विवेचना गर्नु । (ख) राजकुमार प्रभाकर खण्डकाव्यमा अङगी र अङगरसको निरूपण तथा विवेचना गर्नु । (ग) लूनी खण्डकाव्यमा अङगी र अङगरसको निरूपण तथा विवेचना गर्नु । (घ) मायाविनी सर्सी खण्डकाव्यमा अङगी र अङगरसको निरूपणतथा विवेचना गर्नु । प्रस्तुत देवकोटाका खण्डकाव्यमा रसविधान शीर्षकको शोधप्रबन्धक कार्यमा केन्द्रित नेपाली साहित्य कृतिको आत्माका रूपमा रहेको रसलाई आधार बनाएर विभिन्न पुस्तकालयबाट सङकलन गरिएका सामग्रीहरूको आधारमा नै भरतमुनि देखि वर्तमान सम्मका रससिद्धान्त मान्यतालाई आधार बनाई छनोट गरिएका प्रतिनिधिमूलक खण्डकाव्यहरूको अङगी र अङगरसको निरूपण तथा विवेचना गर्नु रहेको छ । मुनामदन खण्डकाव्य नेपाली साहित्यका क्षेत्रमा प्रकाशित भएका कृतिहरूमध्ये सबैभन्दा उत्कृष्ट रस्वादन भएको कृति हो । यसमा रससिद्धान्तका मूलमान्यतालाई अङगाली कान्तिपुर सहरमा बसोबास गर्ने मदनको पारिवारिक अवस्थाको चित्रणमा केन्द्रित छ । आर्थिक अवस्था सुधार गन र आमाका पाटी पौवा बनाउने सपनालाई पूरा गर्नका लागि ह्लासाबाट धन कमाएर घर आउँदा मुनाको मृत्यु भइसकेको र आमाको अन्तिम अवस्था रहेको छ । केही समयछि आमाको मृत्यु भइसकेपछि विरक्तिएको मदनको पनि मृत्यु हुन पुग्दछ र यस खण्डकाव्यको अङगी रस करुण सलबलाएको छ । त्यस अङगीरस करुणलाई रसावस्थामा पुयाउन शृङगार, भयानक, अदभुत, वीर र शान्त रसले सहयोग गरेका छन । राजकुमार प्रभाकर खण्डकाव्यमा प्रमुख पात्रका रूपमा राजकुमारले आफ्नो घरपरिवार छाडेर जङगलमा सिकार खेल्न जाँदा एउटा सुन्दरीसँग लामो समयसम्म भोगविलासमा बिताएका छन । यसमा मुख्य अङगीरस शान्त आएको छ । राजकुमार बसेको शान्त र सुन्दर महलले शान्तभाव प्रवाह गराएको छ । शान्त अङगी रसलाई रसावस्थामा पुयाउन शृङगार, वीर र भयानक रसले सहयोग गरेका छन । रसुवा जिल्लाको उत्तरी भागमा बसोबास गर्ने सेर्पा जातिको जीवनको चित्रणमा आधारित लूनी खण्डकाव्य पनि एउटा महत्वतपूर्ण हो । जसमा निम्न र उच्च वर्गका केटाकेटीको प्रेम प्रसङ्गसँग सम्बन्ध रहेको छ । लूनी चाङनाको एक अपसामा मायाप्रेमको बारेमा व्याख्या विश्लेषणमा आधारित भएकोले र अङगी रसका रूपमा शृङगार रस रहेको छ । त्यस रसलाई परिपाकमा पुयाउन वीर, रौद्र, करुण र वात्सल्यरसले सहयोग गरेका छन । मायाविनी सर्सी खण्डकाव्यमा वीर युलिसिसको समुन्द्री यात्रालाई लक्ष्यमा नै पुयाउने ध्येयका साथ अगाडि बढिरहेको छ । त्यस लक्ष्यलाई बिचैमा असफल बनाउने जादुगर्नी सर्सीको लक्ष्य पनि वीर युलिसिसका सामु सफल बन्न सकेको छैन । वीर युलिसिसले आफ्नो समुन्द्री यात्रालाई लक्ष्यमा न पुयाइ छाडेका छन । जसमा अङगीरसका रूपमा वीर रस छ र त्यसलाई परिपाक बनाउनमा अन्य भयानक, शान्त, हास्य र रौद्र अङगरसहरूले सहयोग गरेका छन । यी प्रतिनिधिमूलक रूपमा छनोट गरिएका खण्डकाव्यहरूको क्रमशः तत्वहरूको पनि विश्लेषण गरिएको छ । अन्त्यमा यस शोधकार्यको परिच्छेदगत तथा समग्र निष्कर्षलाई सातौँ परिच्छेदको उपसंहारमा समेटिएको छ ।
  • Item
    प्राथमिककालीन नेपाली काव्यमा संस्कृति
    (2025) भट्टराई, बद्रीप्रसाद; नारायणप्रसाद गडतौला
    नेपाली काव्यपरम्पराका प्राथमिककाल, माध्यमिककाल र आधुनिककालमध्ये प्राथमिककालीन नेपाली काव्यहरूमा हालसम्म विधागत धाराविभाजन, कवि र काव्यप्रवृत्ति, कवित्वका विश्लेषण, छन्दविधान, एक कृतिको अर्को कृतिसँग तुलना, विकासक्रम, इतिहास, परम्परा, लय, वर्णविन्यास र रससम्बद्ध अध्ययन भएका छन । रेमन्ड विलियम्स, लुइस अल्थुसर, एन्टोनियो ग्राम्सीजस्ता चिन्तकका प्रभुत्व, श्रेणीकरण, विचारधारा र प्रतिनिधित्वका सांस्कृतिक चेतनाको प्रभुत्वशाली तथा प्रतिप्रभुत्वशाली मान्यताको व्याख्यात्मक तथा विश्लेषणात्मक पद्दतिमा आधारित भइ वर्गीय, जातीय, लैङगिक, धार्मिक आस्था र विश्वासको संस्कतिको समग्र अध्ययन हालसम्म नभएको हुँदा यो नै प्रस्तुत अध्ययनको मुख्य अनुसन्धेय समस्या हो । यस समस्या समाधानका लागि प्रस्तुत शोधकार्यमा प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त वर्गीय संस्कृतिको विवेचना गर्नु, प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त जातीय संस्कृतिको विश्लेषण गर्नु, प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त लैङगिक संस्कृति विश्लेषण गर्नु, प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त धार्मिक आस्था र विश्वासको संस्कतिको मूल्याङकन गर्नुजस्ता उद्देश्यहरू निर्धारण गरिएका छन । प्रस्तुत अध्ययनको परिच्छद दुईमा प्राथमिककालीन नेपाली काव्यमा वर्गीय संस्कृति केकस्तो छ भन्ने शोध समस्याको समाधान गरिएको छ । उक्त कालमा नेपाली काव्यमा अभिव्यक्त भएको वर्गीय संस्कृतिमा शासक वर्गीय युद्ध संस्कृति, शासक वर्गीय श्रेष्ठता र शासित वर्गमाथि प्रभुत्व स्थापना, शासक वर्गीय सामाजिक संस्कृति, अधीनस्थ शासित वर्गमा मौनताको संस्कृति, अधीनस्थ शासित वर्गमा समर्पणको संस्कृति र प्रभत्वशाली उत्पीडनका विरूद्ध प्रतिप्रभुत्वशाली वर्गीय स्वतन्त्रताको चेतनाका प्रभुत्वशाली तथा प्रतिप्रभुत्वशाली संस्कृति रहेका छन । पृथ्वीन्द्रोदय, भाषारामायण महाकाव्य र प्रश्नोत्तरमाला, स्तुति–पद्य र श्रीकृष्णचरित्र (पूर्वार्ध) लघुकाव्यमा वर्गीय संस्कृतिमा विभिन्न वर्गको संलग्नता रहेको भए तापनि राज्यसत्ता र राज्यशासनसँग नजिक रहन सफल रहेको देवता र शासक वर्गको संस्कृतिले नै प्रभुत्वशाली वर्गीय संस्कृतिको रूप लिन सफल रहेको छ । देवता र शासक वर्गको राज्य सञ्चालन क्षमतामा प्रभुत्व रहेर देवाता र शासक वर्गको प्रभुत्वशाली वर्गीय संस्कृति रहको अध्ययनबाट प्राप्त हुन आएको छ । बाँदर, राक्षस र शासित वर्गले प्रभत्वशाली वर्गको संस्कतिको समर्थन वा उत्पीडनको विरुद्धमा आवाज उठाए तापनि यिनीहरूको वर्गीय संस्कृति अधीनस्थ भइ अवशिष्ट बनेको छ । प्रस्तुत अध्ययनको परिच्छेद तीनमा प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त जातीय संस्कृतिको विश्लेषण गरिएको छ । उक्त कालमा पृथ्वीन्द्रोदय र भाषारामायण महाकाव्य तथा प्रश्नोत्तरमाला, स्तुति पद्य, श्रीकृष्णचरित्र (पूर्वार्ध) र उदयलहरी लघकाव्यहरूमा विभिन्न जातिको संलग्नता रहेको भए तापनि प्रभुत्वशाली राज्यसत्ता र राज्यशासनसँग नजिक रहन सफल रहेको देवता, ब्राह्मण र क्षत्री जातिको संस्कृतिले नै प्रभुत्वशाली जातीय संस्कृतिको रूप लिन सफल रहेको छ । देवता, ब्राह्मण जातिको ज्ञान र क्षत्रीको राज्य सञ्चालन क्षमतामा प्रभुत्व रहेर देवता, ब्राह्मण र क्षत्री जातिको प्रभुत्वशाली जातीय संस्कृति रहेको पाइएको छ । बाँदर, राक्षस, गृदध्र, जटायु, भालु, वैश्य, शूद्र जातिले प्रभुत्वशाली जातिको संस्कतिको समर्थन वा उत्पीडनको विरुद्धमा आवाज उठाए तापनि यिनीहरूको जातीय संस्कति अधीनस्थ रहेको छ । प्रस्तुत अध्ययनको परिच्छेद चारमा प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त लैङगिक संस्कृतिको विश्लेषण गरिएको छ । उक्त कालमा मदन दीपिका, पृथ्वीन्द्रोदय र भाषारामायण महाकाव्य तथा प्रश्नोत्तरमाला, वधूशिक्षा, रामायण सुन्दरकाण्ड, कृष्णचरित्र, स्तुति पद्य, श्रीकृष्णचरित्र (पूर्वार्ध) लघुकाव्यहरूमा लैङगिक सम्बन्धको संस्कति रहेको छ । प्रस्तुत काव्यमा पुरुषले नारीलाई आफ्नो अधीनस्थ राख्न सफल रहेकाले पुरुषको संस्कृति प्रभुत्वशाली र नारीको संस्कृति अधीनस्थ बनेको छ । प्रस्तुत अध्ययनको परिच्छद पाँचमा प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त धार्मिक आस्था र विश्वास संस्कतिको विश्लेषण गरिएको छ । उक्त कालमा पृथ्वीन्द्रोदय र भाषारामायण महाकाव्य तथा प्रश्नोत्तरमाला, भक्तमाला, रामायण सुन्दरकाण्ड, कृष्णचरित्र, स्तुति पद्य र श्रीकृष्णचरित्र (पूर्वार्ध) लघुकाव्यहरूमा धार्मिक आस्था र विश्वासको संस्कतिमा शासकले शासितलाई आफ्नो अधीनस्थ राख्न सफल रहेकाले राम, कृष्ण, पृथ्वीनारायण शाहका माध्यमबाट देवता र ब्राह्मणको हिन्दु धार्मिक मान्यताको संस्कति प्रभुत्वशाली र बाँदर, राक्षस सीख, मुसलमान, फिरङ्गी, गरिबपरवर, अल्लाह र शासितको संस्कृति अवशिष्ट बनेको पाइएको छ । प्राथमिककालीन नेपाली काव्यमा संस्कृति शीर्षकको प्रस्तुत शोधकार्यबाट प्राथमिककालीन नेपाली काव्यमा वर्गीय संस्कृतिका राम, कृष्ण, पृथ्वीनारायण शाहजस्ता शासक वर्गको प्रभत्व रहेर शासित वर्गको संस्कति अधीनस्थ बनेको, जातीय संस्कृतिमा देवता, ब्राह्मण र क्षत्रीजस्ता शासक जातिको प्रभुत्व रहेर शासित जातिको संस्कृति अधीनस्थ बनेको, लैङगिक संस्कृतिमा पुरुषको प्रभत्व रहेर नारी अधीनस्थ बनेको तथा धार्मिक आस्था र विश्वासको संस्कृतिमा राम, कृष्ण र शासक राजालाइ ईश्वरीय रूपमा स्वीकार गर्दा हिन्दु धार्मिक आस्था र विश्वासका शासक प्रभत्वमा रहेर शासितको धार्मिक आस्था र विश्वास अधीनस्थ बनेको पाइएको छ । यही नै ज्ञानका क्षेत्रमा यसको प्रमुख योगदान हो । प्राथमिककालीन नेपाली काव्यमा अभिव्यक्त वर्गीय, जातीय, लैङगिक र धार्मिक आस्था र विश्वासको संस्कृतिको अध्ययनलाई स्थापित गर्नु, माध्यमिककाल र आधुनिककालको संस्कृतिको पहिचान र विश्लेषणको आधार सामग्री संस्कृति अध्ययनलाई प्रदान गर्नु यसको थप योगदान रहन गएको छ ।
  • Item
    नारायण ढकालका उपन्यासमा प्रगतिवाद
    (2081) धिताल, सराेज; खगेन्द्रप्रसाद लुइटेल
    Not available
  • Item
    इल्या भट्टराईका कथामा शरीर राजनीति
    (2081) पाण्डे, भगवती; महादेव अवस्थी
    प्रस्तुत शोध ‘इल्या भट्टराईका कथामा शरीर राजनीति’ शीर्षकसँग सम्बद्ध छ । इल्या भट्टराईद्वारा लिखित २०६० देखि २०७४ सालसम्म प्रकाशित मन मनै त हा , अनि ... , निःशब्द प्रश्नहरू, जीवनका रंगहरू र त्यो एउटा बिहान कथासङग्रहमा सङगृहीत सोद्देश्य छनोट गरिएका पच्चिसओटा कथाहरूमा चित्रित शरीर राजनीतिका प्रमुख दुई उपसूचक पितृसत्तात्मक सामाजिक दृष्टि र निर्वासनले महिला शरीरमाथि पारेको प्रभाव र तिनका सूचक यौनिकता र प्रजनन, शक्ति र प्रभुत्व, लैङगिकता, द्वन्द्व र युद्ध साथै उपभोक्तावादी संस्कृतिको प्रभाव र प्रयोगको अध्ययनका ढाँचासँग यो शोधकार्य सम्बद्ध छ । उक्त कथासङग्रहमा सङगृहीत सतत्तरओटा कथाहरूको सर्वेक्षण एवम गहन पठनबाट प्राप्त निष्कर्षका आधारमा महिला शरीर राजनीतिका दृष्टिले इल्या भट्टराईका पच्चिसओटा कथाहरू महत्वपूर्ण भएकाले तिनको सघन विश्लेषण गरिएको छ भने सांस्कृतिक अध्ययनका क्षेत्रमा चर्चित एन्टोनियो ग्राम्सीको ‘हिजेमनी’, मिसेल फुकोको ‘शक्ति सम्बन्ध’, सिमोन द बुभायरको ‘द सेकेन्ड सेक्स’ र लेखकीय विचारधारालाई कथा विश्लेषणका आधार बनाइएको छ । यहाँ मूलत महिला शरीर प्रयोगको प्रबलतालाई आधार बनाएर उद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङक सङकलन गरी कथाहरूको सघन विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा चयनित सामग्रीको विश्लेषण गरी अर्थापनमा पुग्नका निम्ति गुणात्मक पद्धतिअन्तर्गत विषयवस्तु विश्लेषण विधिको उपयोग गरिएको छ । शरीर राजनीतिको अध्ययन सांस्कृतिक क्षेत्रमा पछिल्ला समय देखा परेको समालोचना पद्धति हो । सांस्कृतिक अध्ययन बहुविषयात्मक अध्ययन पद्धति भएकाले यसको क्षेत्र बृहत रहेको छ । शरीर राजनीति भनेको शरीरमाथि हुने सामाजिक, सांस्कृतिक र राजनीतिक शक्ति सम्बन्धको खेल हो । शक्ति एक केन्द्रमा मात्र निहित नभई समाजका विभिन्न तहमा छरिएर रहन्छ । शक्ति शरीरमाथिको व्यवहार हो । शक्तिले मानिसको व्यवहार र जीवनशैलीलाई परिभाषित गर्छ । शरीरको राजनीतिक अध्ययनले शरीरलाई केवल भौतिक अस्तित्वको रूपमा मात्र नलिई सांस्कृतिक र सामाजिक संरचनासँग जोडेर अध्ययन गछ । यहाँ महिला शरीरप्रति पितृसत्तात्मक सामाजिक दृष्टिकोणसम्बन्धी शरीर राजनीति केकसरी प्रस्तुत भएको छ ? महिला शरीरमाथि निर्वासनको प्रभाव केकस्तो रहेको छ ? भन्ने विषयको अध्ययन गरी निष्कर्ष निकालिएको छ । प्रस्तुत शोधमा इल्या भट्टराईका कथाहरूलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारी शरीरमाथिको राजनीतिका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङकन गरेर चयनित कथाहरूको वैचारिकता निरूपण गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनामा पोषित पुरुषसत्ताको प्रभुत्वशाली संस्कृतिले यौन तथा प्रजनन अधिकारमाथि गरिएका पाशविक अमानवीय व्यवहार, उत्पीडनका कारण प्रताडित नारीको चित्रण गर्दै नारी शरीरमाथिको शोषण एवम दमनका उदघाटन गरी नारी शरीर र पितृसत्ताको वर्चस्वका बिचको पारस्परिक सम्बन्ध स्थापित गर्नु यस शोधको उद्देश्य हो । इल्या भट्टराईका कथाहरूमा सामाजिक सांस्कृतिक परिवेशका आधारमा गरिएका दमन, शोषण, उत्पीडन एवम हिंसाजन्य विषयवस्तुसँग सम्बद्ध चरित्र, परिवेश एवम भाषाको अन्तर्घुलन भई त्यसबाट प्राप्त हुने समष्टिगत सौन्दर्यको प्रस्तुतिले इल्या भट्टराईका कथामा प्रयुक्त शरीर राजनीतिलाई तथ्यपरक मूल्यसहितको संज्ञानसँग जोडेको हुनाले कथाहरू सशक्त बनेका छन । शरीर राजनीति उनका सम्बद्ध विषयवस्तुको सघनता, मानवीय संवेदनाको कलात्मक अभिव्यक्तिका कोणबाट भट्टराईको ‘नियति’, ‘निःशब्द प्रश्नहरू’, ‘डोल्मा’, ‘जीवनको अर्थ खोज्दै’, ‘म के गरुँ’, ‘कठै ! इन्दिरा’, ‘अनुवाद’, ‘विप्लवी’, ‘आखिर त्यही भयो’, ‘नसिमा अकस्मात पराई भइन’ र ‘टाँकीको र एक जोडी आँखा’ शीर्षकका कथा निकै स्तरीय ठहरिएका छन । भट्टराईका उक्त कथाका अधिकांश पात्रहरूमा आफुमाथि भएका अन्याय र अत्याचारको प्रतिरोधको चेतना रहे तापनि प्रत्यक्ष रूपमा प्रतिरोध गर्न नसकको देखिन्छ भने कतिपय पात्रहरूमा आफुमाथि अन्याय, शोषण एवम दमनका विरुद्ध प्रतिरोध गर्ने चेतना र क्षमता विकास भएको देखिन्छ । पुरुषको तुलनामा महिलाहरूले परिवार र समाजबाट निकै हेला, दुव्र्यवहार, घृणा, शारीरिक एवम मानसिक पीडा पाएको देखिन्छ र यसको पछाडि पितृसत्तात्मक समाज व्यवस्थाको महत्वपूर्ण हात छ भन्ने विचारालई स्थापित गर्दै नारी अस्मिता, स्वत्व एवम पहिचान रक्षार्थ समय परिवर्तन हुनुपर्ने मूल्यचेत सशक्त रूपमा अभिव्यक्त गरिएको छ ।
  • Item
    नयनराज पाण्डेका उपन्यासमा शक्तिसम्बन्ध
    (2081) चाैधरी, आदित्यकुमारी; महादेव अवस्थी
    नयनराज पाण्डेका उपन्यासमा पाइने शक्तिसम्बन्धको विश्लेषण गर्नु नै प्रस्तुत शोधको मुख्य विषय हो । नयनराज पाण्डे (२०२३) आधुनिक नेपाली साहित्यका विकास प्रक्रियामा देखा परेका एक महत्वपूर्ण आख्यानकार हुन । उनको आख्यानकारिताको महत्वपूर्ण सिजनात्मक उपलब्धि उनैले रचेका उपन्यास हुन । ‘मलाई सन्चै छ’ (२०३९) शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यका क्षेत्रमा देखापरेका पाण्डेका नाङ् गो मान्छेको डायरी (२०४४), विक्रमादित्य एउटा कथा सुन ! (२०४४), अतिरिक्त (२०५०), उलार (२०५५), लू (२०६८), घामकिरी (२०७०) र सल्लीपिर (२०७२) गरी जम्मा सातओटा उपन्यासहरू प्रकाशित छन । उनले लेखेका यी उपन्यासहरू साहित्यशास्त्रका विभिन्न सिद्धान्त र वादका साथै विधासिद्धान्तका दृष्टिले पनि अध्ययनीय छन भने अन्तविषयक अध्ययनका सन्दर्भमा यिनको सांस्कृतिक अध्ययन पनि गर्न सकिने नै देखिन्छ । प्रस्तुत शोधमा चाहिँ उनका उपन्यासबार भएका पूर्वकार्यहरूको सर्वेक्षण गर्दा सांस्कृतिक अध्ययन अन्तर्गतको शक्तिसम्बन्ध सम्बन्धी मान्यताका आधारमा तिनको विश्लेषण भएको नपाइएकाले त्यसैको अध्ययन गर्नुलाई मुख्य विषय बनाइएको छ । त्यस क्रममा शक्तिसम्बन्धको सबल अभिव्यक्ति भएका उनका नाङगो मान्छेको डायरी (२०४४), उलार (२०५५), लू (२०६८) र सल्लीपिर (२०७२) गरी चारओटा उपन्यासहरूको मात्र विश्लेषण यस शोधमा गरिएको छ । प्रस्तुत शोध साहित्यिक अध्ययनसँग सम्बन्धित भएकाले यसका निम्ति आवश्यक सम्पूर्ण सामग्रीहरू पुस्तकालयीय अध्ययन कार्यका आधारमा सङकलन गरिएको छ । त्यसक्रममा प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको सङकलन र उपयाग गरी यो शोधकार्य सम्पन्न गरिएका छ । यस शोधका सामग्री नयनराज पाण्डेले रचेका सबै सातओटै उपन्यास हुन तापनि ती सबैलाई सांस्कृतिक अध्ययनको शक्तिसम्बन्धका दृष्टिले हेर्दा ती मध्येका जम्मा चारओटा उपन्यासमा वर्गीय, जातीय र लैङगिक शक्तिसम्बन्ध विशेष सघन एवम सबल रूपमा व्यक्त भएको पाइन्छ । तसर्थ प्रस्तुत शोधकार्यमा उठाइएका शोधसमस्याको समाधानार्थ सामग्रीको सोद्देश्य छनौट गर्ने विधिका आधारमा पाण्डेका नाङ् गो मान्छेको डायरी (२०४४), उलार (२०५५), लू (२०६८), र सल्लीपिर (२०७२) गरी चारओटा उपन्यासहरूलाई विश्लेषणका निम्ति चयन गरिएका छ । यस शोध्यविषयसँग सम्बन्धित समालोचनात्मक ग्रन्थ, लेख, रचना र शोधपत्रबाट प्रस्तुत शोधका निम्ति आवश्यक द्वितीयक स्रोत सामग्रीको सङकलन गरिएको छ । यसमा शक्तिसम्बन्धसम्बन्धी सैद्घान्तिक मान्यता पनि द्वितीयक स्रोतबाटै सङकलन गरी उपयोग गरिएको छ । प्रभुत्वशाली र अधीनस्थ वर्ग, कथित उपल्लो जाति र तल्लो जाति तथा महिला र पुरुषबिचको सम्बन्धको अध्ययन गर्न मिसेल फुकोको शक्तिसम्बन्धसम्बन्धी मान्यता र ग्राम्सीको हैकमसम्बन्धी मान्यताको आधारमा कृति विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा उल्लिखित सिद्धान्तका आधारमा समस्यालाइ व्याख्यात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरी निष्कर्षमा पुगिएको छ । समग्रमा हेर्दा नयनराज पाण्डेका उपन्यासहरूमा शक्तिसम्बन्धको प्रस्तुति सघन रूपले गरिएको देखिन्छ । उनका उपन्यासमा प्रभुत्वशाली वर्गले सीमान्तीकृत वर्गलाई, कथित उच्च जातिले कथित निम्न जातिलाई, पुरुषले महिलालाई विभिन्न प्रक्रियाबाट शोषण, उत्पीडन, अन्याय, अत्याचार र दमन गरी सीमान्त अवस्थामा पु¥याएको पाइन्छ । ती निम्नवर्गीय पात्रहरूमध्ये केही नारीपात्र आफ्नो पहिचानका लागि सङघर्षरत छन भने अधिकांश नारीपात्र आवाजविहीन अवस्थामा रहेका छन । सीमान्त समुदायका केही जाति र वर्गका पात्रहरूमा प्रतिरोधी चेतना उच्च रहेका कारण तिनमा शक्तिप्राप्तिका लागि सङघर्ष गर्ने प्रवृत्ति देखा परेको छ तापनि धेरैजसो पात्रहरू आवाजविहीन र अधिकारविहीन अवस्थामा बाँच्न विवश देखिन्छन । सीमान्त समुदायका एकाध पात्रहरू आफ्नो पहिचान बनाउनका निमित्त शक्तिसङघर्ष गर्न सक्षम रहेका छन । ती उपन्यासका धेरैजसो सीमान्तीकृत पात्रहरू प्रभुत्वशाली वर्ग, जाति र पितृसत्ताबाट शोषण र दमन सहेर पहिचानविहीन अवस्थामा बाँच्न बाध्य भएका छन । यी सबै कुराहरू नेपाली समाजमा रहेको शक्तिसम्बधगत यथार्थका प्रतिविम्ब हुन । यस सामाजिक यथार्थको चित्रणद्वारा शक्तिसङघर्षका दृष्टिले नेपाली समाजमा वर्गीय, जातीय र लैङगिक किसिमका विभेद रहेको देखाई यस्ता विभेदको अन्त्य गर्नुपर्ने अभिप्राय नयनराज पाण्डेका उपन्यासमा परोक्ष रूपमा व्यक्त भएको छ । पाण्डेका उपन्यासहरूलाई शक्तिसङघर्षको परिप्रेक्ष्यबाट विश्लेषण गर्दा उनले रचेका समग्र उपन्यासहरूमध्ये नाङ मान्छेको डायरी, लू, उलार, सल्लीपिर जस्ता चारओटा उपन्यासहरू निकै सबल रहेको निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ । उनले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय र लैङगिक विभेदको असङगत यथार्थलाई आफ्ना उपन्यासमा कथानकीय घटनाक्रम, पात्रका कार्यव्यापार एवम परिवेश योजनाको बुनोटका साथै विषयवस्तुगत योजनाबाट व्यक्त हुने अभिप्राय तथा उद्देश्यलाई औपन्यासिक पात्रका दृष्टिविन्दुमार्फत व्यक्त गरी कलात्मक मार्मिकता प्रदान गरेका छन भने त्यस शक्तिसम्बन्धगत सामाजिक यथार्थको कलात्मक प्रतिविम्बन गर्ने कौशलद्वारा उनले आफ्ना उपन्यासलाई शक्तिशाली र प्रभावकारी पनि बनाएका छन भन्ने निष्कर्ष नै यस शोधको मुख्य प्राप्ति हा ।
  • Item
    याेगमाया उपन्यासमा पात्रविधान
    (2081) साउद, सुमन्द्रा कुमारी; राजुमान डङगाेल
    Not available
  • Item
    आधुनिक नेपाली उपन्यासमा अपाङ्गता
    (2081) भण्डारी, मुक्तिप्रसाद; रमेशप्रसाद भट्टराई
    ‘आधुनिक नेपाली उपन्यासमा शीर्षकको प्रस्तुत अध्ययनमा अपाङगता सम्बद्ध नेपाली उपन्यासहरूको सर्वेक्षणबाट प्राप्त अपाङगता विषयक १९ वटा नेपाली उपन्यासहरूमध्ये अपाङगता अध्ययनका दृष्टिले महत्वपूर्ण प्रमुख तीनवटा उपन्यास लङ गडा साथी, ह्वाइट केन र सञ्जीवनीको विश्लेषण गरिएको छ । विश्लेषणका लागि अपाङगताका प्रमुख चार मोडल (नैतिक, चिकित्सा, सामाजिक र सांस्कृतिक) लाई सैद्धान्तिक आधार मानिएको छ भने सांस्कृतिक अध्ययनका क्षेत्रमा चर्चित एन्टोनियो ग्राम्सी, स्टुआर्ट हल लगायतका विद्वानहरूका पहिचान, प्रतिनिधित्व र प्रतिरोध चेतना सम्बन्धी अवधारणाका साथै अपाङग पात्रहरूको स्वयंप्रतिको दृष्टिकोण र अपाङगताप्रतिको लेखकीय विचारधारालाई कृति विश्लेषणका आधार बनाइएको छ । वि.सं. २००८ मा प्र्रकाशित लङ गडाको साथी लाई नेपाली साहित्यको पहिलो अपाङगता विषयक उपन्यास निक्र्यौल गरी त्यसयता वि.स. २०८१ सम्म प्रकाशित नेपाली उपन्यासहरूको विस्तृत सर्वेक्षणबाट प्राप्त अपाङगता विषयक १९ वटा उपन्यासहरूमध्ये सोद्देश्यमूलक ढङगले तीनवटा उपन्यासहरूलाई विश्लेषणका निम्ति चयन गरिएको छ । अपाङगता भएका पात्रहरूको प्रयोग गरी उपन्यास लेख्ने परम्परालाई विकसित गर्नमा यी उपन्यासहरूको ऐतिहासिक महत्व रहेको, साहित्यमा अपाङगताको पहिचान, प्रतिनिधित्व र प्रतिरोध चेतनाबारे अध्ययनका लागि उपयुक्त सामगी भएको, अपाङगता भएका व्यक्तिहरूले आफू स्वयंलाइ हेर्ने र उनीहरूलाई समाजले हर्ने दृष्टिकोण प्रतिबिम्बित भएको र अपाङगताप्रतिको लेखकीय धारणा बुझनका लागि उपयुक्त सामग्री भएकाले अध्ययनका लागि यी उपन्यासहरूलाई चयन गरिएको छ । प्रस्तुत अध्ययनमा चयनित सामग्रीको विश्लेषण गरी अर्थापनमा पुग्नका निम्ति गुणात्मक शोधढाँचाअनुरूप पाठविश्लषण विधिको उपयोग गरिएको छ । अपाङगता अध्ययन सांस्कृतिक अध्ययनका क्षेत्रमा पछिल्लो समय देखापरेको अन्तविषयक समालोचना पद्धति हो जसले साहित्य, चलचित्र, मिडिया आदिमा अपाङगहरूको पहिचान र प्रतिनिधित्व कस्तो छ ? उनीहरूको सामाजिक तथा आर्थिक अवस्था कस्तो छ र उनीहरूले आफू स्वयंलाई हेर्ने दृष्टिकोण र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण कस्तो छ ? साथ अपाङगताप्रतिको साहित्य, चलचित्र र मिडियाका निर्माताहरूको दृष्टिकोण कस्तो छ ? भन्ने कुराको अध्ययन गरिन्छ । अपाङगता अध्ययनमा अपाङगतालाई हेर्ने वा बुझने दृष्टिकोणलाई अपाङगताको मोडलका रूपमा लिइन्छ । अपाङगताका विभिन्न मोडलहरूमध्ये सबैभन्दा पुरानो तर हालसम्म पनि कतिपय समाजमा अस्तित्वमा रहिरहेको नैतिक मोडलले अपाङगतालाई पापको परिणाम वा दैवी परीक्षाका रूपमा व्याख्या गर्दै प्रायश्चित्त वा सामाजिक बहिष्करणलाई समाधानको रूपमा व्याख्या गर्छ । यसैगरी द्वितीय विश्वयुद्धमा लाखौँ मानिसहरू अङगभङग भएपछि त्यसैको प्रभाव स्वरूप विकास भएको चिकित्सा मोडलले अपाङगतालाई पापको परिणाम वा दैवी परीक्षा नभई उपचार गरेर वा पुनस्र्थापना केन्द्रमा राखेर निको पार्न सकिने शारीरिक समस्याका रूपमा व्याख्या गर्छ ।औँल्याउँदै विकास भएको सांस्कृतिक मोडलले अपाङगतालाई व्यक्तिको शारीरिक अवस्था वा सामाजिक संरचनालाई नभई सामाजिक र सांस्कृतिक संरचनामा गहिरोसँग जरा गाडेको विश्वास, मान्यता र सांस्कृतिक अभ्यासलाई अपाङगताको कारण मान्दै साहित्य, मिडिया, इतिहास र सामाजिक मान्यताहरूको पुनव्र्याख्या, अपाङगता सम्बन्धी सकारात्मक प्रतिनिधित्व आदिलाई समाधानको रूपमा व्याख्या गर्छ । अपाङगता अध्ययन अपाङगताका यी चार मोडलहरूमध्ये सामाजिक र सांस्कृतिक मोडलसँग बढी निकट छ । अपाङगता विषयक आधुनिक नेपाली उपन्यासको सर्वेक्षण तथा विश्लेषणका लागि छनोट गरिएका उपन्यासहरूको अध्ययन तथा विश्लेषणबाट नेपाली साहित्यमा अपाङगता सम्बद्ध विषय तथा अपाङग पात्रहरूको प्रयोग गरेर अत्यन्त कम सङख्यामा उपन्यासहरू लेखिएको पाइयो । प्राप्त कृतिहरूको अध्ययन गर्दा अपाङगतालाई हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन भएसँगै साहित्यिक कृतिहरूमा अपाङगता सम्बद्ध विषय र पात्रको उपस्थिति पनि राम्रो हुँदै गएको देखियो । प्रारम्भिक चरणका नपाली उपन्यासहरूमा अपाङगको पहिचान केवल दयाको पात्रका रूपमा रहेकोमा पछिल्लो चरणसम्म आइपुग्दा अपाङगता भएका पात्रहरूमा समाजले दिएको पहिचानप्रतिको असन्तुष्टि र नयाँ पहिचान निर्माणको तीब्र्र चाहना देखिन्छ । त्यसैगरी प्रारम्भिक चरणका उपन्यासहरूमा अपाङगहरूको प्रतिनिधित्व प्रभुत्वशाली (हेजेमोनिक) प्रकृतिको देखिन्छ भने उत्तराद्र्ध चरणका उपन्यासहरूमा अपाङगताको वैकल्पिक प्रतिनिधित्व पाइन्छ । प्रारम्भिक चरणका उपन्यासहरूमा अपाङगता र अपाङग पात्रहरूका लागि प्रयोग गरिएको भाषा र त्यसमार्फत सिर्जना गरिएका बिम्बहरू अत्यन्त अपमानजनक देखिन्छन । पछिल्ला समयमा लेखिएका उपन्यासहरूमा भने अपाङगता र अपाङग पात्रहरूलाई प्रयोग गरिने भाषा विस्तारै सम्मानजनक बन्दै गएको देखिन्छ । त्यसैगरी प्रारम्भिक चरणका नेपाली उपन्यासहरूमा अपाङगहरू दयाका पात्र हुन; यिनीहरूलाई दया र करुणा भावले हेर्नुपर्छ भन्ने परम्परागत विचारलाई समर्थन गरिएको पाइन्छ भने पछिल्लो चरणमा लेखिएका उपन्यासहरूमा अवसर पाएमा अपाङग व्यक्तिहरूले पनि आत्मनिर्भर भई जीवनयापन गर्न सक्छन र उनीहरूले पनि परिवार, समाज र राष्ट्रलाई योगदान दिन सक्छन भन्ने विचारलाई स्थापित गर्ने चाहना देखिन्छ । त्यस गरी प्रारम्भिक चरणमा लेखिएका उपन्यासका अपाङग पात्रहरूमा आफूमाथि भएका अन्याय र अत्याचारको प्रतिरोध गर्ने चेतना रहे तापनि प्रतिरोध क्षमता नभएको देखिन्छ भने पछिल्लो समयमा लेखिएका उपन्यासका पात्रहरूमा आफूमाथि भएका अन्याय र दुव्र्यवहारका विरुद्ध प्रतिरोध गर्ने चेतना र क्षमता समेत विकास हुँदै गएको देखिन्छ । यतिमात्र नभई पछिल्लो समयका उपन्यासहरूमा अपाङग पात्रहरूलाई कसैल दुव्र्यवहार गर्दा समाजका अन्य साङग व्यक्तिहरू समेत प्रतिरोधमा उत्रिएको देखिन्छ । यसका साथै अपाङगता भएका व्यक्तिहरूमध्ये अपाङग पुरुषको तुलनामा अपाङग महिलाहरूले परिवार र समाजबाट धेरै अपमान र यातना पाएको देखिन्छ र यसको पछाडि पितृसत्तात्मक समाज व्यवस्थाको पनि हात छ भन्ने विचारलाई स्थापित गर्न खोजिएको छ । प्रारम्भिक चरणमा लेखिएका नेपाली उपन्यासहरूका अपाङग पात्रहरूको आफू स्वयंप्रतिको दृष्टिकोण अत्यन्त नकारात्मक एवं हीनताग्रस्त देखिन्छ भने पछिल्लो समयका उपन्यासहरूका अपाङग पात्रहरूमा आफू स्वयंप्र्रतिको दृष्टिकोण सकारात्मक एवं आशावादी बन्दै गएको देखिन्छ । त्यसैगरी प्रारम्भिक चरणका उपन्यासहरूमा अपाङगताप्रति लेखकहरूको दृष्टिकोण दयाभावमा आधारित देखिन्छ । उनीहरूले अपाङग पात्रहरूका लागि प्रयोग गरेको भाषा अपमानजनक हुनु र त्यस्ता पात्रहरूको प्रयोग गर्नुको उद्देश्य पाठकहरूमा करुणा भाव जागृत गराउनु रहेको देखिनुले प्रारम्भिक चरणका उपन्यासकारहरूमा अपाङगताप्रतिको दृष्टिकोण नैतिक मोडलमा आधारित थियो भन्ने स्पष्ट हुन्छ । पछिल्लो समयमा लेखिएका उपन्यासहरूले अपाङगता भएका पात्रहरूलाई प्रयोग गरेको भाषा क्रमशः सम्मानजनक हुँदै जानु तथा अपाङगताको परम्परागत पहिचानलाई चुनौती दिँदै नयाँ पहिचान निर्माणका लागि अगसर भएको देखाउनुले पछिल्लो समयका उपन्यासकारहरू अपाङगताप्रति सकारात्मक दृष्टिकोण भएका देखिन्छन । समग्रमा अपाङगताप्रतिको सामाजिक दृष्टिकोणमा आएको सुधारसँगै लेखकहरूमा पनि अपाङगतालाई हेर्ने दृष्टिकोणमा व्यापक सुधार भएको र त्यसैको परिणामस्वरूप नेपाली उपन्यासहरूमा अपाङगताको पहिचान, प्रतिनिधित्व र प्रतिरोध चेतना समेत राम्रो हुँदै गएको देखिन्छ । यसर्थ प्रारम्भिक चरणका उपन्यासहरू अपाङगतालाई हेर्ने परम्परागत नैतिक मोडलबाट प्रभावित देखिए तापनि पछिल्लो चरणका नेपाली उपन्यासहरू अपाङगतालाई हेर्ने सामाजिक र सांस्कृतिक मोडलतर्फ सर्दै गएको पाइयो । तर आधुनिक नेपाली उपन्यासमा अपाङगताको चिकित्सा मोडलमा आधारित विचारको उपस्थिति अत्यन्त न्यून पाइयो । अतः आधुनिक नेपाली उपन्यासमा अपाङगताको पहिचान, प्रतिनिधित्व र प्रतिरोध, अपाङग पात्रको स्वयंप्रतिको दृष्टिकोण र अपाङगताप्रतिको लेखकीय विचारधारा स्थिर नभई समयसँगै परिवर्तन हुँदै गएको देखिन्छ । यो नै यस अध्ययनको प्राप्ति हो ।
  • Item
    दौलतविक्रम विष्टका उपन्यासमा सीमान्तीयता
    (2081) फुयाल, रुकमनकुमार; कृष्णप्रसाद न्यौपाने
    दौलतविक्रम विष्टका उपन्यासमा सीमान्तीयता शीर्षकको प्रस्तुत अध्ययनको मुख्य उद्देश्य विष्टका उपन्यासमा सीमान्तीयताको पहिचान र त्यसको विश्लेषण गर्नु रहेको छ । यस प्रयोजनका लागि सीमान्तीयताका कोणबाट उनका मञ्जरी (२०१६) बिग्रिएको बाटा े २०३३) र भोक र भित्ताहरू (२०३८) उपन्यासको सूक्ष्म रूपमा अध्ययन एवम विश्लेषण गरिएको छ । यस क्रममा उक्त उपन्यासमा अभिव्यक्त वर्गीय, जातीय तथा लैङगिक प्रतिनिधित्व र पहिचानको अवस्था तथा आवाज र प्रतिरोधी चेतनासम्बन्धी पात्रगत अवस्थाको अधययन गरिएको छ । विष्टका उपन्यासमा वर्गीय, जातीय र लैङगिक रूपमा सीमान्तीकृत पात्रहरूको प्रतिनिधित्व र पहिचानको अवस्थाको खोजी र त्यसको विश्लेषण, ती पात्रहरूको प्रतिरोधी चेतनाको अवस्थाको मूल्याङकन गर्नु यस अध्ययनको मुख्य समस्या हो र ती समस्याको खोजी गरी त्यसको यथाथपरक विश्लेषण गर्नु यसको उद्देश्य रहेको हुनाले दौलतविक्रम विष्टका शोध्य उपन्यासमा केन्द्रित भई सम्बन्धित विषयवस्तुको सूक्ष्म रूपमा अध्ययन र निश्चित सैद्धान्तिक विधि तथा पद्धतिको आधारमा समस्याको समाधान गरिएको छ । प्रस्तुत अध्ययन साहित्यिक अध्ययनसँग सम्बन्धित भएको हुँदा यसको अध्ययन प्रक्रिया पाठविश्लेषण विधिमा आधारित छ । अध्ययन एवम विश्लेषणका लागि विष्टका विश्लेष्य उपन्यासहरू प्राथमिक सामग्रीका रूपमा र ती उपन्याससँग सम्बन्धित विभिन्न अनुसन्धानात्मक कार्य, समीक्षात्मक टिप्पणी तथा स्थापित सीमान्तीय सिद्धान्त र त्यसको अवधारणात्मक आधारसँग सम्बन्धित भएर लेखिएका पुस्तक तथा लेख रचनाहरूलाई द्वितीयक स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । अध्ययनका लागि छनोट गरिएका उपन्यासको विश्लेषणका क्रममा निर्धारित शाध्य प्रश्न तथा उद्देश्यहरूमा केन्द्रित रही पात्रहरूको वर्गीय, जातीय र लैङगिक आधारमा सीमान्तीय पक्षको मूल्याङकन गरिएको छ । प्रस्तुत अध्ययनको सैद्धान्तिक आधारका रूपमा स्थापित सीमान्तीय सिद्धान्तका साथै त्यससँग सम्बन्धित अवधारणा रहेकोे छ र यसैमा आधारित भई विश्लेष्य उपन्यासमा वर्गीय, जातीय तथा लैङगिक रूपमा सीमान्तीकृत पात्रहरूको प्रतिनिधित्व र पहिचानको अवस्था र सीमान्त समुदायको आवाज र उनीहरूमा विकसित प्रतिरोधी चेतनासम्बन्धी अवस्थाको अध्ययन गरिएको छ । उपन्यासमा प्रभुत्वशाली समुदायको वर्चस्वबाट अधीनस्थ सीमान्तीकृत वर्ग तथा समुदायका पात्रहरूले भोग्नु परेको शोषण र दमनको स्थिति र त्यसबाट आफूहरू सामाजिक रूपमा किनारीकृत अवस्थामा पारिएको बोध गरी आफ्नो अस्तित्व रक्षार्थ सामाजिक प्रतिनिधित्व र पहिचान कायम गर्न स्थापित परम्परागत सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक संरचनात्मक मूल्य र मान्यताका विरुद्ध सीमान्तीकृत समुदायका पात्रहरूले उठाएको आवाज र प्रतिरोधी अभ्यास जस्ता पक्षहरूको अध्ययन गर्दै उनीहरूको आवाजका सम्बन्धमा के कस्तो सुनवाई भएको छ भन्ने कुरालाई विभिन्न उद्धरण र सन्दर्भहरूका आधारमा सूक्ष्म ढङगले विश्लेषण गरिएको छ । समग्रतः सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक आदि कारणाट सिर्जित वर्गीय, जातीय र लैङगिक विभेद र अन्यायका विरुद्ध सामाजिक जनचेतना अभिवृद्धि गरी आफ्नो सामाजिक अस्तित्व र पहिचान स्थापित गर्न सीमान्तीकृत वर्ग तथा समुदायबाट भएका विरोध, प्रतिरोध तथा सङघर्ष र क्रान्ति जस्ता प्रतिरोधी चेतनाका प्रक्रियाबाट सामाजिक परिवर्तन सम्भव हुने लेखकीय दृष्टिकोण रहेको देखिन्छ । यसरी विष्टका उपन्यासमा तत्कालीन नेपाली समाजको सामाजिक एवम सांस्कृतिक पक्षको यथार्थपरक प्रस्तुति भएको छ । यस सन्दर्भमा अधीनस्थ एवम उत्पीडित वर्ग तथा समुदायका मानिसहरूको जीवनभोगाइको अवस्थालाई मूल विषयवस्तु बनाइएको र सामाजिक असमानता र अन्यायको विरुद्धमा आवाज उठाई न्याय स्थापनार्थ त्यस्ता उत्पीडित पात्रहरूलाई सशक्त रूपमा प्रस्तुत गरिएको हुनाले सीमान्तीय दृष्टिले उनका उपन्यास सशक्त छन भन्ने निष्कर्ष निकालिएको छ ।
  • Item
    किरात थुलुङ् मुन्दुममा गाइने रिसियामा विश्वद्धष्टि
    (2081) राई, बलराम; रमेशप्रसाद भट्टराई
    ‘मुन्दुम’ नेपालका प्राचीन जाति किरातको संस्कार एक पद्धति हो । मुन्दुममा किरातहरूको संस्कृति र समाजशास्त्रको वर्णन पाइन्छ । किरातअन्तर्गत मुख्य गरी पूर्वी नेपालका राई, लिम्बू, याक्खा र सनुवारलाई मानिन्छ । यी जातिले आफ्ना सामाजिक सांस्कृतिक पद्धतिका रूपमा ‘मुन्दुम’लाई मानेका छन । मुन्दुम अलिखित थुतुरीवेदका रूपमा संरक्षण हुँदै आएको एउटा दर्शन हो । किरात मुन्दुमको लयात्मक अभिव्यक्ति न रिसिया हो । रिसिया गीत विशुद्ध किरात संस्कारको मौलिक मुन्दुमी लय वा सङगीत हो । मुन्दुम किराती समुदायको मार्ग दशक भएकोले यसभित्र मानव इतिहास, धर्म, संस्कार, संस्कृति, रहनसहन, भाषा, साहित्य, गीत, सङगीत वा सम्पूर्ण सामाजिक गतिविधिहरू समेटिएको हुन्छ । यस शोधप्रबन्धमा किरात थुलुङ राइहरूका मुन्दुममा गाइने रिसिया गीतको विश्वदृष्टिबारे अध्ययन गरिएको छ । २. समस्याकथन यस अध्ययनमा किरात थुलुङ राई जातिको मुन्दुमी रिसियाहरूमा विश्वदृष्टिको क कसरी प्रस्तुत भएका छन, भन्ने समस्यालाई दुई वर्गमा विभाजन गरिएको छ । पहिलो किरात ‘थुलुङ मुन्दुम’ मा जन्मदेखि मृत्युपूर्वका संस्कारमा गाइने रिसियामा विश्वदृष्टि र दोस्रा मृत्य पश्चातका संस्कारमा गाइन रिसियामा विश्वदृष्टिको बारेमा अध्ययन गन रहेको छ । ३. शोधका उददेश्य यस अध्ययनका समस्या समाधानार्थ निम्नलिखित उद्देश्यहरू तय गरिएका छन, १. किरात ‘थुलुङ मुन्दुम’ मा जन्मदेखि मृत्युपूर्वका संस्कारमा गाइने रिसियामा विश्वदृष्टिको विश्लेषण गन, र २. किरात ‘थुलुङ मुन्दुम’ मा मृत्यु पश्चातका संस्कारमा गाइने रिसियामा विश्वदृष्टिको विश्लेषण गर्नु । ४. शोधका सीमाङकन यस शोधकार्य सुकराज राई, खुक्सङ खम्बु राई र जसिहव थुलुङद्वारा सङकलन तथा सम्पादन गरिएको ‘थुलुङ मुन्दुम’ (२०७७) मा सङकलित मुन्दुमी रिसियाहरूमा विश्वदृष्टिको अध्ययन गरिएको छ । यस शोधमा फ्रान्सेली चिन्तक लुसिएं गोल्डमानद्वारा प्रतिपादित विश्वदृष्टि सम्बन्धी सिद्धान्तका आधारमा अध्ययन तथा विश्लेषण गरिएको छ । ४. शोधविधि र सैद्धान्तिक आधार यस अध्ययनका लागि ‘थुलुङ मुन्दुम’ प्राथमिक सामग्रीको रूपमा रहेको छ । यस शोधमा द्वितीयक सामग्रीको रूपमा साहित्यको समाजशास्त्रीय तथा केही समाजशास्त्रीय अध्ययन तथा व्याख्या विश्लेषण गरिएका पुस्तक तथा लेख, समालोचनाहरू उपयाग गरिएको छ । सामग्री सङकलनका निम्ति पुस्तकालयको प्रयोग गरिएको छ । यस शोधप्रबन्धका लागि सैद्धान्तिक आधार साहित्यको समाजशास्त्रीय अध्ययनको विभिन्न सिद्धान्तहरूमध्ये फ्रान्सेली चिन्तक लुसिएं गोल्डमानद्वारा प्रतिपादित विश्वदृष्टिसम्बन्धी सिद्धान्तलाई लिइएको छ । यसमा मुन्दुममा गाइने रिसियाको पाठ वश्लेषण विधिमा रही विश्लेषण गरिएकाले प्रस्तुत शोध गुणात्मक प्रकृतिको रहेको छ शोधप्रबन्धको रूपरेखा प्रस्तत शाधप्रबन्धलाइ मलतः आमख, मल पाठ र सन्दभ सामगीसची गरी तीन खण्डमा विभाजन गरी आवश्यकता अनसार तिनलाइ थप शीषक एवम उपशीषकहरूमा बाडिएका छन । मल पाठअन्तगत रहका ४ वटा परिच्छद अन्तगतका मल शीषकहरूमा क्रमशः शाधपबन्धका परिचय, किरात ‘थुलुङ मुन्दुम’ मा जन्मदेखि मृत्युपूवका संस्कारमा गाइने रिसियामा विश्वदृष्टि, किरात ‘थुलुङ मुन्दुम’ मा मृत्यु पश्चातका संस्कारमा गाइने रिसियामा विश्वदृष्टि र सारांश र निष्कष रहेका छन । ६. शोधप्रबन्धको निष्कष यस शोधका निष्कर्षलाई निम्नानसार उल्लेख गरिएको छ १. थुलुङ राई समुदायमा मानिसको जन्मपश्चातको पहिलो संस्कारगत कर्म नै नङ प्रमु (न्वारान) हो । थुलुङ राई समुदायमा आफ्नो तीन चुलालाई पवित्र स्थान वा शक्तिको प्रतीकको रूपमा मान्नुपुर्ने विश्वदृष्टि रहेको पाइन्छ । यस्ता कार्यमा नराम्रो शक्तिले दःख दिन नहुने तर दुःख दिएमा सबैले गाली गलौज गर्नुपन विश्वदृष्टि रहेको पाइन्छ । किरात थुलुङ राईहरूको जुनसुक पनि राम्रो संस्कारगत कर्ममा भान्सेको शिर उभ्याउनी कार्यक्रम गर्नुपर्ने र भान्सेले पनि त्यसको स्वीकार गर्दै आशीर्वाद दिनुपर्ने विश्वदृष्टि रहेको पाइन्छ ।
  • Item
    विश्वेश्वरप्रसाद काेइरालाका उपन्यासमा लैङ्गिक सीमान्तीयता
    (2081) पाेखरेल, ठाकुरप्रसाद; नेत्रमणि सुवेदी
    Not available
  • Item
    ‘ताप’ उपन्यासमा पात्रविधान
    (2081) सुभद्रा नकमी; ईश्वरीप्रसाद गैर
    Not available
  • Item
    भुसको आगो नाटकको परिवेशविधान
    (2081) चौधरी, हेमा; नेत्रमणि सुवेदी
    Not available
  • Item
    बाî कथा’ का कथामा समाजशास्त्रीय अध्ययन
    (2073) अधिकारी, रमेशकुमार; रमेशप्रसाद भट्टराई
    Not available
  • Item
    कवि शङ्कर सुवेदीको जीवनी, व्यक्तित्व र कुतित्वको अध्ययन
    (2067) श्रेष्ठ, हरिप्रसाद; कुल प्रसाद ढङ्गाना
    Not available