Nepali
Permanent URI for this collectionhttps://hdl.handle.net/20.500.14540/25
Browse
Recent Submissions
Item कवि शङ्कर सुवेदीको जीवनी, व्यक्तित्व र कुतित्वको अध्ययन(2067) श्रेष्ठ, हरिप्रसाद; कुल प्रसाद ढङ्गानाNot availableItem Item दौलतविक्रम विष्टका उपन्यासमा सामाजिक यथार्थ(2081) जोशी, महानन्द; महादेव अवस्थीप्रस्तुत शोधप्रबन्धको शीर्षक दौलतविक्रम विष्टका उपन्यासमा सामाजिक यथार्थ रहेको छ । दौलतविक्रम विष्ट आधुनिक नेपाली साहित्यका विकासप्रक्रियामा देखा परेका महŒवपूर्ण आख्यानकार हुन । उनका मञ्जरी (२०१६), एक पालुवा अनेकौँ याम (२०२६), चपाइएका अनुहार (२०३०), बिग्रिएको बाटो (२०३३), थाकेको आकाश (२०३४), भोक र भित्ताहरू (२०३८), ज्योति ज्योति महाज्योति (२०४५), हिमाल र मान्छे (२०४५) र फा ँ सीको फन्दा (२०५३) गरी नौवटा उपन्यास प्रकाशित छन । उनका यिनै उपन्यासलाई शोधक्षेत्र बनाई तिनमा सामाजिक यथार्थको अभिव्यक्ति केकसरी भएको छ भन्ने प्रश्नलाई यस शोधमा मूल प्राज्ञिक समस्या बनाइएको छ । त्यसैले उनका २०१६ देखि २०५३ सालसम्म प्रकाशित भएका नौवटा उपन्यासहरू यस शोधका विश्लेष्य सामग्री हुन र यी सामग्रीहरू सामाजिक यथार्थवादका मान्य चिन्तन र पद्धतिका दृष्टिले अनुसन्धेय पनि छन । दौलतविक्रम विष्टका यी उपन्यासहरूका बारेमा विभिन्न आधारमा अध्ययन एवम अनुसन्धान पनि भएका छन तर सामाजिक यथार्थवादी मान्यताका कोणबाट यिनका बारेमा हालसम्म शोधमूलक अध्ययन भएको भने पाइँदैन । यसमा यही शोधरिक्तताको परिपूर्तिका लागि उनका उपन्यासमा अभिव्यक्त सामाजिक यथार्थलाई मूल प्राज्ञिक समस्याका रूपमा लिई त्यसैको प्रामाणिक समाधान पहिल्याउने काम गरिएको छ । यसका लागि प्राथमिक स्रोतका रूपमा रहेका उनका नौवटा उपन्यासहरूमध्ये सामाजिक यथार्थको सशक्त प्रस्तुति भएका र औपन्यासिक कलात्मकताका दृष्टिले स्तरीयता प्राप्त गरेका मञ्जरी, एक पालुवा अनेकौ ँ याम, भोक र भित्ताहरू, ज्योति ज्योति महाज्योति र हिमाल र मान्छे उपन्यासहरूको मात्र यस शोधको उद्देश्यअनुरूप सामग्री सङकलनका सोद्देश्य छनोट विधिका आधारमा सूक्ष्म पठन गरी आवश्यक सामग्रीको सङकलन गरिएको छ । यसका साथै दौलतविक्रम विष्टका उपन्यासका सन्दर्भमा विमर्श गरिएका पुस्तक, अनुसन्धान, लेख, टिप्पणी, पत्रपत्रिका, कृति समीक्षाहरू र शोधप्रबन्धका साथै सामाजिक यथार्थवादसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, शोधप्रबन्ध आदिमा गरिएको अध्ययनलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । प्रस्तुत शोधप्रबन्धसँग सम्बन्धित सामग्रीहरूको विश्लेषणका लागि सामाजिक यथार्थवादलाई मूल आधार बनाइएको छ । त्यसका लागि सामाजिक यथार्थवादका सैद्धान्तिक स्थापना, मूल्यमान्यता तथा अवधारणामा आधारित भएर उपन्यास विश्लेषणका निम्ति स्थापित प्रतिमानका आधारमा उपन्यास विश्लेषणको मूलढाँचा बनाइएको छ र यसका आधारमा विष्टका उपन्यासमा अभिव्यक्त सामाजिक यथार्थको अध्ययन यस शोधप्रबन्धमा गरिएको छ । दौलतविक्रम विष्टका उपन्यासमा नेपालको राणाशासनकालीन (२००७ साल निकट पूर्वको) सामन्ती सामाजिक परिपाटीका साथै २००७–२०१५ सालको प्रजातन्त्रकालीन सङक्रमणशील सामाजिक यथार्थ र २०१७–२०४५ सालका बिचको पञ्चायतकालीन सामन्ती सामाजिक यथार्थका विशिष्ट पक्षहरू प्रतिविम्बित छन । त्यस क्रममा दौलतविक्रम विष्टका उपन्यासमा परम्परागत सामाजिक संरचनामा आधारित सामाजिकता र सामाजिक सम्बन्धका यथार्थका साथै नेपाली समाजमा विद्यमान हिन्दु धार्मिक संस्कति तथा हिमाली शेर्पाजनजातीय संस्कृतिका यथार्थ र वस्तुवादी चेतनालाई देखाइएको छ । त्यस्तै उनका उपन्यासमा एकातिर वर्गीय समाज तथा परम्परागत धार्मिक, सांस्कृतिक, प्रशासनिक र न्यायिक व्यवस्थाका कारण निम्नवर्गको जीवन शोषित, पीडित र सङकटग्रस्त भएको पाइएको छ अर्कातिर हिमाल, पहाड र तराईका भूगोलमा पाइने पात्रीय अभिव्यक्ति, सामाजिक रहनसहन, खानपान, पेसा, व्यवसाय, धर्म, संस्कति जस्ता क्षेत्रीय विषयलाई भौगोलिक यथार्थका रूपमा र तत्कालीन सन्दर्भका विषयलाई सामाजिक यथार्थका रूपमा अभिव्यक्ति गरिएको छ । यस प्रकार उनका उपन्यासका सहरिया तथा ग्रामीण परिवेशको चित्रणमा प्रयुक्त मानक भाषा, स्थानीय बोली, सामाजिक भाषिका, उखान र टुक्काको समुचित विन्यासबाट सामाजिक यथार्थको दुरुस्त प्रस्तुति हुन गएको छ । नेपाली उपन्यासको सामाजिक यथार्थवादी अध्ययन परम्परामा दौलतविक्रम विष्टका उपन्यासमा पाइने सामाजिक यथार्थसम्बन्धी यो मौलिक किसिमको शोध पनि थपिन पुगको छ । यस शोधले उनका उपन्यासमा पाइने राणाकालीन तथा २०१६ सालदेखि २०४५ सालसम्मको नेपाली सामाजिक जनजीवन, राजनीतिक परिस्थिति, भौगोलिक विविधता, सांस्कृतिक अनेकता, जातीय बहुलता र वर्गीय समाजका यथार्थ जस्ता सामाजिक यथार्थसम्बन्धी ज्ञान थप हन गई विशेष योगदान पुयाएको छ । यस शोधकार्यमा सामाजिक यथार्थवादका सैद्धान्तिक मान्यताबाट निर्दिष्ट रही सामाजिक यथार्थवादी उपन्यासको विश्लेषण गर्ने ढाँचा बनाइएको छ र त्यसैका आधारमा अन्य कृतिको पनि अध्ययन गरी सामाजिक यथार्थका विविध पक्षको उदघाटन गर्न सकिने हुनाले प्रस्तुत शोधको उपादेयता पनि सिद्ध हुन्छ ।Item बेनी जगन्नाथ क्षेत्रमा प्रचलित लाेकगीतमा रसविधान(2068) बानियाँ, शिव ( Baniya, Shiva ); कुसुमाकर न्याैपानेNot availableItem प्रगतिवादी नेपाली कवितामा नारीवादी चेतना(2081) शर्मा, अमृतादेवी ( Sharma, Amritadevi ); सुधा त्रिपाठीप्रस्तुत शोधकार्यको मूल विषयक्षेत्र प्रगतिवादी नेपाली कविताहरूमा अभिव्यक्त नारीवादी चेतनासँग सम्बद्ध रहेको छ । नारीचेतनायुक्त प्रगतिवादी कविताको आरम्भ गोकुलपसाद जोशीको ‘नयाँ ज्योति’ (२०१२) बाट भएको हो । त्यस यता प्रगतिवादी कविता निरन्तर विकसित हुँदै समृद्धसमेत बन्दै गएको छ । माक्र्सवाद जीवनजगतलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेर्ने र निम्नवर्गीय मुक्तिको कामना गर्ने दर्शन र विचारधारा हो भने माक्र्सवादी नारीवाद नारीअधिकार र नारीमुक्तिको विचारधारा हो । यी दुवै दर्शनले समाजमा नारी र पुरुषबिच भएका विभेद प्राकृतिक कारणहरूमा आधारित नभएर सामाजिक कारणहरूद्वारा निर्धारित छन भन्ने मान्यता राख्दछन । यी दुवैले वर्गीय संरचनायुक्त सामन्तवादी र पुँजीवादी उत्पादनव्यवस्था पितृसत्तात्मक व्यवस्था हुन भन्ने धारणा राख्दछन र सामाजिक न्यायका लागि सङघष गर्दछन । नेपाली प्रगतिवादी कविताका सम्बन्धमा भएका पूर्ववर्ती अध्ययनमा अन्य कोणबाट विश्लेषण भए पनि माक्र्सवादी नारीचेतना र माक्र्सवादी नारीवादी चेतनाका कोणबाट विशिष्ट अध्ययनको भने अभाव रहेको छ । यस रिक्ततालाई पुरा गर्न प्रस्तुत शोधमा विश्लेष्य कविताहरूमा अभिव्यक्त नारीचेतनाको अध्ययन गर्ने कामलाई मुख्य शोधसमस्याका रूपमा ग्रहण गरिएको छ र तिनमा नारीउत्पीडनको स्वरूप कसरी प्रस्तुत भएको छ र नारीमुक्तिका सम्बन्धमा कस्तो दृष्टिकोण प्रस्तुत भएको छ भन्ने जिज्ञासाको समाधान गरिएको छ । प्रस्तुत अध्ययनका निमित्त निर्धारित समय (२०१२ देखि २०७९) मा प्रकाशित प्रगतिवादी कवितामध्ये सोद्देश्य नमुना छनोटका आधारमा चयन गरिएका एक सय जना कविका एक सय पैँतिस ओटा कविताको विश्लेषण गरिएको छ । यो अध्ययन प्रगतिवादी कवितामा अभिव्यक्त सामन्तवादी र पुँजीवादी समाजको आर्थिक नारीउत्पीडन, सांस्कृतिक नारीउत्पीडन, सामाजिक नारीउत्पीडनको कारण र परिणतिको विश्लेषणका साथै वर्गीय समाजको नारीनारी र नारीपुरुष अन्तर्सम्बन्ध र दृष्टिकोण अनि नारीमुक्तिको चेतनाका विश्लेषणमा केन्द्रित छ । यसका लागि माक्र्सवादी चिन्तकहरू फ्रेडरिक एङगेल्स, क्लारा जेटकिनलगायतका श्रमविभाजन, पितृसत्ता, नारीशोषण र नारीमुक्तिसम्बन्धी अवधारणाका साथै माक्र्सवादी नारीवादी चिन्तकहरू म्यागडग, ह्यारिसन, मारिया माइस, मारिया रोजा डाला कोस्टा, तिथि भटटाचार्यलगायतका श्रमशक्तिको शोषणसम्बन्धी सिद्धान्त, पितृसत्ता र उत्पादनस्वरूपको सम्बन्धसम्बन्धी चिन्तन र सामाजिक पुनरुत्पादन सिद्धान्तलाई कविताविश्लेषणको प्रमुख आधारका रूपमा उपयोग गरिएको छ । प्रजातन्त्रको स्थापनापछि (२००७ पछि) को नेपाली समाज सामन्तवादी र पुँजीवादी व्यवस्थामा आधारित रहेको र यिनीहरू नारीउत्पीडनकारी पितृसत्तात्मक व्यवस्था रहको तथ्यलाईItem Item खोटाङ जिल्लाको दिक्तेल–रूपाकोट–मझुवागढी क्षेत्रमा प्रचलित नेपाली लोककथाको संरचना(2081) श्रेष्ठ अर्जनकुमार; कृष्णप्रसाद न्यौपानेNot availableItem Item भैरव अर्यालका निबन्धमा संज्ञानात्मक सन्दर्भार्थ(2079) ओझा, बाबुराम; गोविन्द प्रसाद शर्माNot availableItem जगतमर्दन थापाको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन(2065) थापा,डम्बरबहादुर; मोतीलाल पराजुलीNot availableItem नियात्रा सिदधान्तका आधारमा भुइँफुलको देश कृतिको विश्लेषण(2015) चापागाई, भोजराज; यमनाथ तिमिल्सिनाNot availableItem भक्तपुर जिल्लाको पूर्वी भेगमा प्रचलित नेपाली लोककथाहरूका सङकलन र विश्लेषण(2072) हरिसुन्दर पोतामाहाँNot availableItem गाेविन्दप्रसाद ' कुसुमकाे जीवनी ' व्यक्तित्व र कृतित्वकाे अध्ययन(2065) कटुवाल, सुवर्ण ( Katuwal, Subarna ); केशव सुवेदीNot availableItem आनन्ददेव भट्टकाे निवन्धकािरिताकाे अध्ययन(2065) काेइराला, अन्जु ( Koirala, Anju ); कृष्णप्रसाद घिमिरेNot availableItem माधव घिमिरेका कविताकाव्यमा देशभक्ति(2068) गुप्ता, शिवप्रसाद ( Gupta, Shivaprasad ); दामाेदर डकालNot availableItem रामबहदुर श्रेष्ठकाे जीवनी, व्यक्तित्व र कृतित्वकाे अध्ययन(2069) काफ्ले, शाेभा ( Kafle, Shobha); डिल्लीराज भट्टराईNot availableItem लक्ष्मीनाथ ज्ञवालीकाे जीवनी व्यक्तित्व र कृतित्वकाे अध्ययन(2069) श्रेष्ठ, वन्दना ( Shrestha, Bandana); घनश्याम न्याैपानेNot availableItem नेपाली कवितामा विधाभञ्जन(2082) अधिकारी, अनिल; लक्ष्मणप्रसाद गौतमप्रस्तुत शोधप्रबन्धको शीर्षक ‘नेपाली कवितामा विधाभञ्जन’ हो । यस शोधप्रबन्धको क्षेत्रनेपाली कविता हो भने यसको विषय विधाभञ्जन हो । यसमा यही विषयलाई शोधसमस्याकारूपमा लिइएको छ । कविता सौन्दर्यानुभूतिप्रधान तथा पाठकलक्ष्यित कम आग्रह अभिव्यञ्जना हुनेसाहित्यिक विधा हो । कवितामा जीवनजगत्सँग सम्बन्धित अनुभूतिलाई लयमा अभिव्यक्त गर्नेसाहित्यिक विधा रहेकाले यसमा अनुकृति, आख्यानीकरण र विचारका तुलनामा मुक्तगायन गरिनेभेद हो । नेपाली कविताको आधुनिक काल विभिन्न भावधारा, सौन्दर्य र शिल्पमा संरचित छन् ।नेपाली कविताको (२०३६–२०७८) अवधिको काव्यधारा बहुलताको प्रतिबिम्बन गर्ने अनेकविषयलाई अन्तर्वस्तुका रूपमा चयन गरी सृजना गरिएका छन् । नेपाली कवितामा विधान्तरणकोअवस्था, विधामिश्रणको प्रक्रिया र अन्तर्पाठीयताका आधारमा चयन गरिएका कविताकोविश्लेषण रमूल्याङ्कन गरिएको यस शोधप्रबन्धमा विधान्तरण गरिएका कविताको विवेचना, विधामिश्रण भएकाकृतिको विश्लेषण तथा अन्तर्पाठीयताका कोणबाट मूल्याङ्कन गर्ने उद्देश्य राखिएको छ । नेपालीकवितामा विधाभञ्जन भएको विषयका साथै साहित्यका अन्य विधामा विधाभञ्जनसम्बन्धीअध्ययनसँग सम्बन्धित ज्ञाननिर्माण गर्ने प्रस्तुत शोधकार्यको औचित्य र महत्व पनि पुष्टि हुन्छ । प्रस्तुत शोधप्रबन्धमा पुस्तकालयबाट सामग्रीको सङ्कलन गरिएको छ । यसमा प्राथमिकस्रोतका सामग्री (२०३६–२०७८) अवधिमा पुस्तकाकार कवितासङ्ग्रहमा सङ्गृहीत कविताकाअतिरिक्त विधाभञ्जन सघन रहेका छापा प्रकाशनमा प्रकाशित एकसय तेह्र कवितालाई चयनगरिएको छ । यी कविता चयन गरिनुको आधार यी कृतिभरि विद्यमान इतरविधाका अभिलक्षणकोअन्तर्घुलन, मिश्रण र अन्तर्पाठीयतालाई बनाइएको छ । द्वितीयक स्रोतका सामग्रीका रूपमा विभिन्नपुस्तक, पत्रपत्रिकामा प्रकाशित लेख, साहित्यकोश, शोधप्रबन्ध तथा यस विषयसँग सम्बन्धित छापार विद्युतीय स्रोतमा प्रकाशित सामग्री रहेका छन् । यस शोधप्रबन्धमा सामग्री विश्लेषणका लागिगुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण विधिको उपयोग गरिएको छ भने विधाभञ्जनलाईसैद्धान्तिक आधारका रूपमा लिइएको छ । विधाभञ्जन विनिर्माणको साहित्यसम्बन्धी अध्ययन गर्नेसिद्धान्त हो । यसले साहित्यिक विधासम्बन्धी पूर्ववर्ती केन्द्रीकृत मान्यतालाई खण्डिन गरी एकैपाठमा विद्यमान बहुविधात्मक अभिलक्षणलाई स्वतन्त्र पठनका माध्यमबाट अध्ययन गरी तीकृतिका सहयोगी नभई स्वतन्त्र पाठ हुन् भन्ने पक्षको अध्ययन गर्दछ । कृतिमा विधान्तरण,विधामिश्रण र अन्तर्पाठीयताका आधारमा कविता कसरी विघटित हुन्छन् भन्ने पक्षको अध्ययन,विश्लेषण र मूल्याङ्कन गर्दछ । नेपाली कविता इतरविधाको अभिलक्षण अन्तर्घुलन भई विधान्तरण भएका छन्। विधान्तरणकवितामा इतरविधाका अभिलक्षण समग्र पाठभरि अन्तर्घुलन भई प्रस्तुत हुने सैद्धान्तिक अवधारणाहो । कविताको नाटक, आख्यान र निबन्धमा विधान्तरण गरिएका रचनामा तत्तत् विधाकाअभिलक्षणको उपस्थितिका कारण ती बहुविधात्मक विशेषतायुक्त पाठमा परिणत भएका छन् ।विधामिश्रण कविताको निश्चित सन्दर्भ, खण्ड, पङ्क्तिगुच्छमा इतरविधाका अभिलक्षण प्रस्तुत भइ विधाविघटन हुन्छ भन्ने पक्षको अध्ययन गर्ने सैद्धान्तिक अवधारणा हो । नेपाली कवितामाइतरविधाको विधामिश्रण भएका रचनामा कवितामा दृश्य, संवाद, द्वन्द्व र नाटकीय शिल्पको प्रयोगभई नाटकीयता, कथानक, समाख्याता र आख्यान शिल्पका कारण आख्यानात्मक र निजात्मकता,विचार र निबन्धात्मक शिल्पका कारण निबन्धात्मक सौन्दर्यको अन्तर्मिश्रण भएको छ ।अन्तर्पाठीयता कृति रचनाका क्रममा पूर्वपाठको विपठनको पुनर्पठन र उत्तरपठन स्वरूपकामाध्यमबाट नयाँ कृति रचना गर्ने सैद्धान्तिक अवधारणा हो भने यसले यसप्रकार संरचित कृतिलाईबहुविधात्मक विशेषता भएका पाठ मान्दछ । नेपाली कविताको रचनाका क्रममा पूर्वपाठकोपुनर्पठन र उत्तरपठन गरी संरचित कृतिहरू पूर्वपाठको अवशेषका कारण दुई भिन्न कृतिकोसौन्दर्यलाई अभिव्यक्त गर्ने प्रयोजनलाई मूर्तता दिने विशेषतायुक्त छन्। नेपाली कवितामा २०३६–२०७८ अवधिका कृति बहुविधात्मक अभिलक्षणलाई सृजन परम्परामा स्थापित गर्ने, सौन्दर्यको अन्तर्मिश्रण गर्ने तथा विनिर्मित पाठको रचनातर्फ अग्रसर रहे पनि यिनले साहित्यको पूर्ववर्तीपरम्पराले स्थापित गरेको विधागत आदानप्रदान र सहअस्तित्वको निरन्तरताका साथै एकै पाठमाबहुविधात्मक सौन्दर्यबोध र आस्वादनका लागि मार्गप्रशस्त गरेको छ ।Item ध. च. गाेतामेका उपन्यासमा वर्गीयता(2023) पाेख्रेल, मनमाया ( Pokharel, Manmaya); नेत्रमणि सुवेदीNot availableItem आधुनिक नेपाली उपन्यासमा मधेसी प्रतिनिधित्व(2082) केवरत, चतुर्भुजलाल दास; रजनी ढकालप्रस्तुत शोध आधुनिक नेपाली उपन्यासमा मधेसी प्रतिनिधित्व शीर्षकको विश्लेषणमाकेन्द्रित छ । आधुनिक नेपाली उपन्यासको आरम्भ रूपमती (वि.सं.१९९१) भए पनि दौलतविक्रम विष्टको एक पालुवा अनेकौँ याम (वि.सं. २०२६) उपन्यासदेखि मधेस र मधेसीविषयवस्तुको प्रयोग भई क्रमशः विकसित हुँदै आएको छ । वि.सं. २०३७ कोजनमतसङ्ग्रहसँगै नेपाली जनमानसमा राजनीतिक चेतनाको प्रखर रूपमा विकास भएकोहो र उक्त चेतनाको प्रखर प्रभाव मधेसी समुदायमा पनि पर्न गएको हो । यस समयपछिप्रकाशित कृतिहरूमा मधेसी समुदायका सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिकसन्दर्भहरूको सघन र सचेत प्रस्तुति भएको छ । यस अध्ययनमा स्टुआर्ट हलद्वारा प्रतिपादितप्रतिनिधित्व सिद्धान्तलाई आधार मानी पाठपरक, विषयपरक तथा सन्दर्भपरकविश्लेषणमार्फत औपन्यासिक पात्रहरूको अवस्थाको व्याख्या गरिएको छ । वि.सं. १९९१ देखि वि.सं. २०८० सालसम्म प्रकाशित आधुनिक नेपालीउपन्यासहरूको सर्वेक्षण गरी मधेस–मधेसी समुदायका सामाजिक, आर्थिक, सांस्कृतिक रराजनीतिक विषयवस्तु प्रखर रूपमा अभिव्यक्त भएका ६ उपन्यासहरू अलिखित (२०४०),उलार (२०५६), घुर (२०६४), गुलरको फूल (२०७१), मालिकहरूको मधेस (२०७५) रदुलारी (२०७६) छनोट गरी विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा वर्गीय, जातीय,लैङ्गिक तथा विचारधारात्मक प्रतिनिधित्वलाई मुख्य आधार बनाइएको छ । यसका साथैसीमान्त मधेसी समुदायका आवाज र प्रतिरोधी चेतना एवम्अर्थ र भाषिक दृष्टिले मधेसीसमुदायको प्रतिनिधित्वका बारेमा विश्लेषण गरिएको छ । उत्पादनका साधनमा नियन्त्रणभएका समूहलाई अभिजात वर्ग र श्रमजीवी, गरिब तथा निम्न आयस्रोत भएको वर्गलाईनिम्न वर्गका रूपमा व्याख्या गरिएको छ । साथै, थारूलाई आदिवासी जनजाति, अन्यमूर्तिपूजकलाई मधेसी, दलित समुदायलाई सामाजिक–सांस्कृतिक निर्मितिका आधारमाशोषित–उत्पीडित, उपेक्षित वर्ग र नेपालको सन्दर्भमा मुस्लिम समुदायलाई धार्मिकअल्पसङ्ख्यक समुदायका रूपमा विश्लेषण गरिएको छ । प्रस्तुत शोधमा विश्लेषण गरिएका उपन्यासहरूमा शासक वर्गको प्रभुत्वशाली रशासित वर्गको अधीनस्थ विचारधारा, पुरुष नेतृत्वमा आधारित पितृसत्तात्मक विचारधारातथा धार्मिक–आध्यात्मिक चिन्तनलाई आदर्शवादी विचारधाराका रूपमा पहिचान गरिएको छ । सीमान्तीकृत मधेसी पात्रहरूले प्रभुत्वशाली वर्ग, जाति र लिङ्गका विरुद्ध व्यक्त गरेकाआवाजलाई वाचिक तथा कायिक प्रतिरोधका रूपमा विश्लेषण गरिएको छ । यससँगैसर्जकको दृष्टिकोणबाट अर्थ उत्पादन र पात्रको दृष्टिकोणबाट अर्थ ग्रहण पद्धतिको व्याख्यागरिएको छ । छनोट गरिएका उपन्यासहरूमध्ये अलिखित, उलार, गुलरको फूल रमालिकहरूको मधेस उपन्यासहरूमा पुरुष पात्रका नायकत्व प्रमुख रहेकाले ती कृतिहरूपरम्परागत रहेका छन् भने घुर र दुलारी उपन्यासमा महिला पात्रका नायकत्व प्रस्तुतभएकाले ती नवप्रवर्तनशील छन्। समग्रमा यी कृतिहरूमा मधेसी जीवनका विविध पक्षहरूसशक्त रूपमा अभिव्यक्त भएका छन् । प्रस्तुत शोधको मुख्य योगदान प्रतिनिधित्वसिद्धान्तको प्रयोगमार्फत मधेसी समुदायको आख्यानात्मक विश्लेषण गर्नु रहेको छ । मधेसीपहिचान परम्परागत छविबाट चेतनात्मक उपस्थितितर्फ अगाडि बढेको पुष्टि भएको छ ।विश्लेषण गरिएका उपन्यासमा मधेसी पहिचान स्थिर नभई गतिशील रहेको तथ्य प्रकट भएको छ । नेपालमा भएको मधेस आन्दोलनपश्चात् मधेसी समुदायमा राजनीतिक चेतनाक्रमशः अभिवृद्धि भई पहिचान र प्रतिनिधित्वको खोजीकार्य तीव्र गतिमा अगाडि बढेको छ ।सीमान्तीकृत मधेसी पात्रहरूले राज्यका विभिन्न एकाइका असमान व्यवहारका विरुद्ध कडाप्रतिक्रिया जनाएका तथ्यहरूको यथार्थपरक प्रस्तुति भएको छ । मधेसी पात्रहरूले राजकीयतहमा सम्मानजनक प्रतिनिधित्व नभएकाले आक्रोशित भएर अन्याय, अत्याचार र असमानव्यवहारका विरोधमा एकताबद्ध भएर आन्दोलन गरेका विषयवस्तुको तथ्यको प्रकटीकरणभएको छ । आन्तरिक औपनिवेशीकरण, मधेसी र गैरमधेसीका बिचको सत्ताशक्तिसम्बन्ध,प्रतिरोधी चेतना र मैथिली, भोजपुरी र थारू राष्ट्र भाषाका कलात्मक प्रस्तुति यसअध्ययनका प्रमुख नवीन उपलब्धि हुन् । वस्तुतः प्रस्तुत अध्ययनबाट छनोट गरिएकाउपन्यासमा मधेसी समुदायको प्रतिनिधित्व भएका विषयवस्तुको पुष्टि भएको छ ।
