राष्ट्रिय साक्षरता अभियानको कार्यान्वयन अवस्था

dc.contributor.advisorरमाकान्त सापकोटा
dc.contributor.authorसुवेदी, शान्ता
dc.date.accessioned2026-05-15T04:59:33Z
dc.date.available2026-05-15T04:59:33Z
dc.date.issued2067
dc.description.abstractनिरक्षरता उन्मुलनका लागि सञ्चालन गरिएको राष्ट्रिय साक्षरता अभियानको कार्यान्वयन अवस्था शीर्षक राखेर गरिएको यो शोध अध्ययनमा तीनवटा उद्देश्यहरु राखिएको छ । पहिलो उद्देश्य अनौपचारिक शिक्षा केन्द्रद्वारा सञ्चालित राष्ट्रिय साक्षरता अभियानको कार्यान्वयन अवस्थाको लेखाजोखा गर्ने रहेको छ । दोस्रो उद्देश्यमा साक्षरता अभियान सञ्चालन गर्दा देखिएका समस्याहरु पहिचान गर्ने रहेको छ । त्यसै गरी तेस्रो उद्देश्यमा राष्ट्रिय साक्षरता अभियान सञ्चालनमा देखिएका समस्याहरुको समाधानका उपायहरु सुझाउने रहेको छ । यस अध्ययनलाई सरल सहज र उद्देश्यपूर्ण बनाउनका लागि उद्देश्य मूलक नमूना छनौट विधि अन्तर्गत यो अध्ययन गुणात्मक विधिमा आधारित छ । अवलोकन, अन्तर्र्वाता, छलफल विधि अन्तर्गत यो अध्ययन पूरा गरिएको छ । चितवन जिल्ला भरतपुर नगरपालिका अन्तरगतका ४० वटा वडाहरु मध्ये ४ वटा वडा का २,२ वटा साक्षरता कक्षा केन्द्रका १,१ वटा साक्षरता स्वयमसेवक, सहभागी, स्थानीय निरीक्षक र संयोजक गरी जम्मा २० जनालई यस अध्ययनको नमूनाका रुपमा समेटिएको छ । प्रारम्भिक तथ्यांक संकलनका लागि छनाटमा परेको जनसंख्यालाई म आफै उपस्थित भई संयोजक, निरीक्षक र स्वमयसेवको सहयोग र सहभागिताबाट प्रश्नावली भरी तथ्यांक संकलन गर्ने कार्य गरिएको छ । द्वितीय तथ्यांक अन्तर्गत विभिन्न पत्र पत्रिका, सम्बन्धित विषयका शोधपत्रहरु लेख रचनाहरुलाई आधार मानिएको छ । प्राप्त तथ्यांकहरुलाई व्याख्या विश्लेषण गर्ने क्रममा साक्षरतासँग सम्बन्धित ज्ञान सीपलाई आधारभूत आवश्यकता मानि विश्लिेषण गर्ने कार्य मास्लोको अभिप्रेरणा र आवश्यकताको श्रेणी सम्बन्धी सिद्धान्तको व्याख्यासँग सम्बन्धित गराई अध्ययन गरिएको छ । यस अध्ययनको नमूना छनौटमा परेका ४०वडा वडाहरु मध्ये ४ वटा वडाहरुमा सञ्चालन भएको साक्षरता अभियानको कार्यान्वयन अवस्थालाई हेर्दा सहभागीहरुको उपस्थिति राम्रो भएको पाइयो । कुनै कुनै कक्षाकेन्द्रहरुमा सहभागीहरुको चाप अत्यन्त बढी भएकोले पाठयपुस्तकहरु अपुग भएको पाइयो । अध्ययनका लागि धेरैजसो विद्यालयको कक्षाकोठा र घरको वरण्डा प्रयोग गरेको पाइयो । प्रत्येक महिनाको अन्तिममा स्थानीय निरीक्षकबाट गरिनुपर्ने अनुगमन निरीक्षण नभएको पाइयो । सहभागीहरु र स्वयमसेवक बीचको सम्बन्ध राम्रो भएको पाइयो । अध्ययनका क्रममा निरक्षरता उन्मूलनका लागि चालिएको साक्षरता अभियानको कार्यान्वयनको अवस्थाका बारमा सम्बन्धित व्यक्तिहरुको भनाईबाट पनि प्रष्ट पारिएको छ । यसका लागि साक्षरता अभियानसँग सम्बन्धित पक्षहरुले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ । निरक्षरता उन्मूलन गर्ने सम्पूर्ण निकाय तथा सर्वपक्षीय सदासयताले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने यथार्थ जानकारी हुँदा हुँदै पनि सम्पूर्ण निकायहरुमा अनुगमन र निरीक्षणको कमी, अभियानमा दलीय स्वार्थको भावना, सेवा सुविधामा कमी, तालिमको अभाव, पूरानै परिपाटीमा कार्यक्रम, वास्तविक तथ्यांक पाउन गाह्रो, लक्षित वर्गको पहुँचमा कमी, अव्यवहारिक कार्यक्रम कार्यान्वयन, समयमा कार्यक्रम नै प्राप्त नहुनु, जस्ता समस्या रहेको पाइयो । राष्ट्रिय साक्षरता अभियानको सफल कार्यान्वनका लागि साक्षरता अभियानलाई दलीय स्वार्थबाट टाढा राखिनु पर्दछ, शिक्षामा रानीतीकरण गरिनु हुँदैन । हुन त साक्षरता अभियानमा सम्पूर्ण रानीतिक दलको सहभागिता हुनुपर्दछ भनिएतापनि वैधानिक प्रावधान अनुसार सञ्चालन हुन सकेको भने पाइएन । केन्द्रिय स्तरको अनौपचारिक केन्द्र देखि लिएर स्थानीय स्तरको गा.वि.स. र नगरपालिका सम्मका निकाय बीच अभियानका बारेमा स्पष्ट र दोहोरो सञ्चार हनुपर्ने देखियो । कार्यक्रमको पारदर्शीता समबन्ध र समन्य हुनु जरुरी छ । अभियान कार्यान्वयन गर्न खटिएका व्यक्तिहरु संयोजक, निरीक्षक र स्वयम सेवकलाई तालिमको व्यवस्था हुनुपर्ने । साक्षरता स्वयमसेवक घरघरमा गएर तथ्यांक संकलन गनुपर्ने, केन्द्रिय स्तरबाट कार्यक्रम समयमा पठाउनु पर्ने, सहभागीहरुलाई प्रत्यक्ष लाभ हुने खालका जीवनोपयोगी जस्तै ः सिलाई, बुनाई, स–साना घरेलु सीप सम्बन्धी कार्यक्रम सञ्चालन गरिनु पर्ने जस्ता कुराहरु सुझावको रुपमा पेश गरिएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26699
dc.language.isone
dc.subjectराष्ट्रिय साक्षरता
dc.subjectसाक्षरता अभियान
dc.titleराष्ट्रिय साक्षरता अभियानको कार्यान्वयन अवस्था
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleSaptagandaki Multiple Campus Bharatpur, Chitwan

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
697.81 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: