प्रथामिक तहमा शैक्षिक सामग्री प्रयाेगकाे अवस्था

dc.contributor.advisorभाेजराज घिमिरे
dc.contributor.authorतामाङ्ग, रामबहादुर ( Tamang, Rambahadur)
dc.date.accessioned2026-04-07T10:06:04Z
dc.date.available2026-04-07T10:06:04Z
dc.date.issued2015
dc.description.abstractप्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम योजना र अभ्यास विषयको आंशिक आवश्यकता पूर्ति गर्ने प्रयोजनका निम्ति ‘‘प्राथमिक तहमा शैक्षिक सामग्रीको प्रयोगको अवस्था” शीर्षकमा यो शोधपत्र तयार गरिएको छ । यस अध्ययनको प्रमुख उद्देश्य प्राथमिक तहमा शैक्षिक सामग्री प्रयोगको अवस्था अध्ययन गर्नु रहेको छ । यस अध्ययनलाई पुरा गर्नका लागि ताप्लेजुङ्ग जिल्लाका स्रोत केन्द्रहरु मध्ये लेलेप स्रोत केन्द्र अन्तरगत रहेका तीनवटा विद्यालयका सरोकारवालालाई सांयोगिक नमुना छनौट विधिद्धारा नमुना छनौट गरी ती विद्यालयमा भएको शैक्षिक सामग्रीको अवस्था र कक्षाकोठामा तीनको प्रयोगको अवस्थालाई लक्षित गरी अध्ययन गरिएको छ । यस अध्ययनलाई पूर्णता दिन विशेष गरी परिमाणात्मक र गुणात्मक दुवै ढाँचा उपयोग गरिएको थियो । यसका लागि आवश्यक पर्ने तथ्याङ्क संकलन गर्न प्रश्नावली निर्माण गरी सोका माध्यमबाट विद्यालय सरोकारवाला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक , शिक्षक र विद्यार्थीसंग प्रत्यक्ष छलफल, कक्षा अवलोकन फारम र प्रश्नावली समेत भर्न लगाई प्राथमिक तहको शिक्षण सिकाइमा शैक्षिक सामग्रीको प्रयोगको अवस्थाका बारेमा स्थलगत अध्ययन गर्नुका साथै विद्यालय अभिलेखका आधारमा तथ्यांक संकलन गरी अनुसन्धान गरिएको थियो । संकलन गरिएका तथ्याङ्क विभिन्न चार्ट तथा तालिकामा प्रस्तुत गरी सो का आधारमा तथ्याङ्ककको विश्लेषण र व्याख्या गरी समस्या पहिचान गर्नका साथै समाधानका उपाय समेत पत्ता लगाइएका थिए । शैक्षिक सामग्री प्रयोगको अवस्थासँग सम्बन्ध राखी संकलन गरिएको तथ्यांकको परिणामको व्याख्या विश्लेषण गरिएको छ । शैक्षिक सामग्री प्रयोगको अवस्थासम्म पु¥याउन आवश्यक प्रकृयाकहरुमा सामग्रीको उपलब्धता प्रभावकारिता, उपयोगिता र देखिएका समस्या समाधानका उपायहरुलाई आधार मानी तथ्यांक संकलन गरिएकोमा उपलब्धता अन्तर्गत पहिचान तथा भण्डारणसँग सम्बन्धित रहेर प्रधानाध्यापक तथा शिक्षकबाट प्रश्नावली र छलफलको माध्यमले तथ्यांक संकलन गरिएको थियो । यसै गरी प्रभावकारिता अन्तर्गत शिक्षक र स्रोतव्यक्तिसँग साथै उपयोगिता अन्तर्गत शिक्षक र विद्यार्थी तथा समस्या समाधानको पहलतर्फ प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति प्रतिनिधिसँग सम्बन्ध राखेर संकलन गरिएको तथ्यांकलाई तालिकीकरण गरी व्याख्या विश्लेषण गरिएको छ । जसले शैक्षिक सामग्रीको प्रयोगको प्रभावकारिता र महत्वलाई प्रष्ट पारेको छ । विषय अनुसारको शैक्षिक सामग्री सन्दर्भसामग्री, पाठ्यक्रम, शिक्षक निर्देशिका, विद्यार्थीहरुको नियमितता, उत्सुकता, र शिक्षकहरुको कार्यकुशलता समेतले शिक्षण सिकाइ कार्यमा प्रभाव पारेको हुन्छ । शैक्षिक सामग्रीको संरक्षण निर्माण र व्यवस्थापन भएमा सिकाइ दिगो र प्रभावकारी हुने देखिएको छ । शिक्षकहरुको सक्रियता रहेतापनि उक्त सक्रियतालाई उच्च स्तरमा पु¥याउन समय सापेक्ष तालिमको व्यवस्था खड्किएको अवस्था रहेको छ । समय समयमा तालिम पाउने गरेता पनि तालिमका सीपहरुलाई व्यवहारमा देखाउनलाई नसकीरहेको अवस्था पाइन्छ । सीमित स्रोत र साधनको प्रयोग गरी शिक्षण कार्य गर्दै विद्यार्थीहरुको सिकाइ उपलब्धी भने वृद्धि भएको अवस्था रहेको छ । सिकाइ उपलब्धी उच्च बनाउन शिक्षकको सक्रियता, शैक्षिक सामग्री निर्माण, सङ्कलन, प्रयोग, र भण्डारण तथा व्यवस्थापन पक्षमा जोड दिनुपर्ने रहेको देखिन्छ । यस अनुसन्धानमा देखिएका समस्या समाधान गर्ने उपायहरुलाई सुझावको रुपमा प्रत्येक विद्यालयमा शैक्षिक सामग्री भण्डारण कक्षा निर्माण तथा व्यवस्थापन गर्नु पर्ने विषयगत शैक्षिक सामग्री निर्माण र प्रयोगमा शिक्षक सक्रिय रहनु पर्ने विद्यार्थीहरुको उमेर स्तर सुहाउदो शैक्षिक सामग्री सङ्कलन तथा निर्माण गर्नु पर्ने शैक्षिक सामग्रीको प्रयोगमा सुधार गर्नु पर्ने तथा विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण शैक्षिक सामग्रीहरुको समयमा नै व्यवस्थापन गरी सञ्चालनमा ल्याउनु पर्ने अवस्था देखिएको छ । त्यसैले प्राथमिक तहमा मात्र नभएर शिक्षण सिकाइको हरेक क्षेत्रमा शैक्षिक सामग्री प्रयोगको आवश्यकता टड्कारो रुपमा रहेको छ । त्यसमा पनि आजको वैज्ञानिक युगका शैक्षिक सामग्री प्रयोग बिनाको शिक्षण सिकाइले त्यति महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हुँदा यसप्रति सरोकारवाला सबै पक्षले सचेत हुन वा ध्यानाकृष्ट गर्न जरुरी देखिन्छ भन्ने ठहर गरिएको छ । अध्ययनको क्रममा जे जति विषयहरू उठेका छन् तिनले समाज र राज्यको विभिन्न संकटहरूको अन्त्य गर्न शिक्षा क्षेत्रको के कस्ता दायित्व हुन ? कुन कुन पक्षमा कसको जवाफदेहिता रहने ? स्रोत साधनमा पहुँच र पहिचानको अधिकार जस्ता सवालहरू पनि प्रष्ट रूपमा देखिएका छन । शिक्षक विद्यार्थी अनुपात, तहगत र विषय शिक्षकको व्यवस्था, विद्यालयको भौतिक निर्माण र विकास शिक्षकको पेशागत सुरक्षा तथा पेशाप्रतिको जवाफदेहिता विद्यालयको समग्र शैक्षणिक कार्यक्रमको अनुगमन आदि कार्यहरू के कस्ता मापदण्ड र प्रक्रियाबाट अवलम्बन गर्दा वैज्ञानिक शिक्षा प्रणालीको विकास हुन्छ भन्ने कुराको व्यापक अनुसन्धान हुनु आवश्यक छ । यो अनुसन्धान प्राथमिक तहमा शैक्षिक सामग्रीको प्रयोगलाई प्रभावकारी बनाउने सबालसँग मात्र सम्बन्धित नभएर हाल विद्यमान मुलुकको समग्र शैक्षिक पुर्नसंरचनाको सवालसँग समेत सम्बन्धित छ भन्ने स्पष्ट हुन जान्छ । त्यसैले शिक्षा क्षेत्रमा वैज्ञानिक शिक्षा प्रणालीको विकास गरी शैक्षिक उपलब्धि वृद्धि गर्नुपर्ने कार्यहरूको अनुसन्धान हुन नितान्त आवश्यक भएको पुष्टि हुन्छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26229
dc.language.isone
dc.subjectप्राथमिक तह
dc.subjectशैक्षिक सामग्री
dc.titleप्रथामिक तहमा शैक्षिक सामग्री प्रयाेगकाे अवस्था
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
308.68 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: