Curriculum and Evaluation

Permanent URI for this collectionhttps://hdl.handle.net/20.500.14540/60

Browse

Recent Submissions

Now showing 1 - 20 of 216
  • Item
    कार्यालय सञ्चालन तथा लेखा विषयको पाठ्यक्रम कार्यान्वयनको अवस्था
    (2072) राई, लाल बहादुर; शान्तिराम दाहाल
    मा.वि. तहको ऐच्छिक विषयको रुपमा रहेको “कार्यालय सञ्चालन तथा लेखा विषयको पाठ्यक्रम कार्यान्वयनको अवस्था” शिर्षक अन्र्तगत मा.वि. तहको का.सं.ले. विषयको पाठ्यक्रमको कार्यान्वयनका अवस्थाको अध्ययन गर्नुु, उक्त विषयको शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक सामाग्रीको प्रयोगको अवस्था पत्ता लगाउनुको साथै समस्या पहिचान गरि समाधानका उपाय सुझाउने मूख्य उद्देश्य राखि गरिएको अनुसन्धान कार्यमा गुणात्मक तथा परिमाणात्मक दुबै ढाँचाको प्रयोग गरिएको छ । सुनसरी जिल्ला प्रकाशपुर श्रोतकेन्द्र अन्तर्गत सबै सामुदायिक तथा सस्थागत विद्यालयहरु मध्ये एउटा सामुदायिक र तिन वटा संस्थागत विद्यालयहरुमा मात्र यो विषय अध्यापन गराउने गरेको साथै छिमेकी श्रोतकेन्द्र अन्तर्गतको नजिकको विद्यालयहरुमा पनि उक्त विषय समावेश नगरेको पाइएकोले उक्त ४ वटा विद्यालयलाई उद्देश्यमुलक नमुना छनोट विधिको प्रयोग गरि नमुनाको आकार निर्धारण गरिएको छ ।जसमा ति विद्यालयका प्र.अ., विषय शिक्षक, दुइ दुइ जना कक्षा १० मा अध्ययनरत विद्यार्थि तथा श्रोत ब्यक्तिसँग अन्तरवार्ता, प्रश्नावली, अवलोकन फारम, दस्तावेज अध्ययन आदि साधनहरुको प्रयोग गरि तथ्याङ्क संकलन गरिएको छ । अध्ययनको क्रममा छनोटमा समावेश भएका विद्यालयहरु मध्ये अधिकाङ्स विषय शिक्षकहरुले का.स.ले. विषयको शिक्षकले विद्यालयबाट पाठ्यक्रम प्राप्त गरेको पाइयो । छनोटमा परेका विद्यालयका विषय शिक्षकसँग का.सं.ले. विषयको शिक्षक निर्देशिका नरहेको । उहाँहरुको भनाइअनुसार बजारमा उपलब्ध नभएको र माथिल्लो निकायबाट पनि प्रदान नगरेको गुनासो पाइयो । शैक्षणिक योजनाहरु मध्ये अधिकांश विषय शिक्षकहरुले दैनिक पाठ नोट कै भरमा अध्यापन गराउने गरेको पाइयो । प्रयोगात्मक कार्य अन्र्तगत गृहकार्य र समस्या समाधानमा जोड दिएको तर अध्ययन प्रतिवेदन तयारीलाइ बेवास्ता गरेको पाइयो । विद्यार्थी मुल्याङ्कण विधिहरु मध्ये सबै विद्यालयमा औपचारिक परीक्षाहरु पूर्वनिर्धारित योजना अनुसार सञ्चालन हुने गरेको तर अन्य विधिहरुको प्रयोग योजना बिहिन पाइयो । शिक्षण सिकाइ क्रियाकलाप अन्र्तगत पाठ्यपुस्तकको प्रयोगको सन्दर्भमा अधिकांश शिक्षकले पाठ्यपुस्तक विद्यार्थीबाट लिएर प्रयोग गरेको पाइयो । सन्दर्भ सामाग्रीको प्रयोग खासै नगरेको पाइयो । शैक्षिक सामाग्रीको प्रयोग गर्ने क्रममा कम मुल्य पर्ने तथा निशुल्क प्राप्त हुने सामाग्रीको उपयोग गरेको पाइयो । शिक्षण विधिको सन्दर्भमा ब्याख्यान,प्रश्नोत्तर जस्ता विधिको प्रयोग गरिए पनि प्रयोग विधि तथा सोधखोज विधि आदि विधिहरु प्रयोग हुन नसकेको पाइयो । कक्षाकोठाको ब्यवस्थापनमा ध्यान दिनु पर्ने देखियो भने शिक्षण क्रियाकलापमा विद्यार्थी सहभागिता ठिकै पाइयो । यस विषयको पाठ्यक्रम कार्यान्वयन प्रभाविकारी तरिकाले गर्नको लागि शिक्षकहरुलाई तालिम तथा गोष्ठीको आयोजना गर्नु जरुरी छ । विषय शिक्षकले शैक्षणिक योजना निर्माण गरि बिषयबस्तु सुहाउदो शिक्षण बिधिको प्रयोग गर्दै उपलब्ध हुन सक्ने स्थानिय श्रोतबाट प्राप्त शैक्षिक सामाग्रीको उपयोग गरि शिक्षण गर्नु अति आवश्यक देखिन्छ । बिद्यार्थीहरुलाई क्षेत्र भ्रमणको रुपमा विभिन्न सरकारी तथा गैरसरकारी र वित्तिय संस्थाहरुमा लगि अवलोकन गराएमा अझ ब्यवहारिक ज्ञान दिन सकिन्छ ।
  • Item
    विद्यार्थी सिकाईमा अभिभावक शिक्षाकाे प्रभाव
    (2015) राई, देवकुमारी ( Rai, Devkumari); टाेलनाथ काफ्ले
    शिक्षा सिकाउने र सिक्ने निरन्तर प्रक्रिया हो भने सिकाई पस्चात निस्चित उपलब्धि प्राप्त गर्नु यस प्रक्रियाको उदेश्य रहेको हुन्छ । जसले कुनै पनि शिक्षित ब्यक्तिलाई जीवन र जगत प्रतिको दृष्टिकोण निर्माण गर्न र ब्यवहारिक ज्ञान, जीवन उपयोगि सीप र आर्थिक दक्षता हा“सिल गरी गुणस्तरीय जीवन जिउने मद्दत पु¥याउ“दछ । यस शिक्षण सिकाई पद्धतीमा शिक्षक, विद्यार्थीको महत्वपुर्ण सम्बन्ध रहनुका साथै अभिभावक शिक्षाले पनि विद्यार्थीका कक्षागत उपलब्धि बढाउनमा उत्तिकै सहयोग गर्ने कुरालाई यस अध्ययनले पुष्टि गर्ने प्रयास गरेको छ । हाम्रो समाजमा रहेको सामूदायिक तथा संस्थागत विद्यालयहरुको उपलब्धिहरुलाई तुलना साथै अभिभावका शैक्षिक स्तरस“ग विद्यालय र विद्यालयको सम्पुर्ण वातावरणलाई कसरी प्रभाव परिरहेको छ भन्ने कुराको खोज तथा सर्वेक्षण अध्ययन गरी आउ“दा दिनहरुमा विद्यार्थीको उपलब्धि स्तर बृद्धि गराउन सूझाव गरिने कार्य योजनाहरुलाई पनि यस अध्ययनले मार्ग निर्देशन गरेको छ । यस अध्ययनले शैक्षिक स्तर अनुसार अभिभावक र उनीहरुको बालबच्चाको उपलब्धि स्तरको सम्बन्धलाई स्पष्ट पारिदिएको छ । अभिभावक शिक्षा कै कारण विद्यार्थी अनियमित हुने तथा सिप सिक्ने स्तर निर्धारण हुने तथा अन्तरक्रियात्मक ब्यवहारको विकास हुने, अनुशासन कायम गर्ने, भाषिक ज्ञानको क्षमता निर्धारण हुने, आफ्नो स्वाभावको परिवर्तन गर्न सक्ने र आफ्नो वरपरको ब्यक्ति तथा परिवेशस“ग अन्तरसम्बन्धित ब्यवहारलाई सन्तुलित रुपमा प्रदर्शन गर्न सक्ने जस्ता क्षमताको बिकास गर्न सहयोग पु¥याउने कुराको जानकारी यस अध्ययनको निष्कर्शले बताएको छ । त्यसैले एक सिकारुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने कार्य शिक्षक लगायत अभिभावक दुबैको उत्तिकै जिम्मेवारपुर्ण भूमिका रहेको कुरालाई यस अध्ययनले प्रमाण स्वरुप प्रस्तुत गरेको छ भने विद्यालय र घर वरपरको आर्थिक सामाजिक वातावरणले पनि विद्यार्थीको उपलब्धि स्तरलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पारेको तथ्य यस अध्ययनबाट प्राप्त भएको छ ।
  • Item
    प्रथामिक तहमा शैक्षिक सामग्री प्रयाेगकाे अवस्था
    (2015) तामाङ्ग, रामबहादुर ( Tamang, Rambahadur); भाेजराज घिमिरे
    प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम योजना र अभ्यास विषयको आंशिक आवश्यकता पूर्ति गर्ने प्रयोजनका निम्ति ‘‘प्राथमिक तहमा शैक्षिक सामग्रीको प्रयोगको अवस्था” शीर्षकमा यो शोधपत्र तयार गरिएको छ । यस अध्ययनको प्रमुख उद्देश्य प्राथमिक तहमा शैक्षिक सामग्री प्रयोगको अवस्था अध्ययन गर्नु रहेको छ । यस अध्ययनलाई पुरा गर्नका लागि ताप्लेजुङ्ग जिल्लाका स्रोत केन्द्रहरु मध्ये लेलेप स्रोत केन्द्र अन्तरगत रहेका तीनवटा विद्यालयका सरोकारवालालाई सांयोगिक नमुना छनौट विधिद्धारा नमुना छनौट गरी ती विद्यालयमा भएको शैक्षिक सामग्रीको अवस्था र कक्षाकोठामा तीनको प्रयोगको अवस्थालाई लक्षित गरी अध्ययन गरिएको छ । यस अध्ययनलाई पूर्णता दिन विशेष गरी परिमाणात्मक र गुणात्मक दुवै ढाँचा उपयोग गरिएको थियो । यसका लागि आवश्यक पर्ने तथ्याङ्क संकलन गर्न प्रश्नावली निर्माण गरी सोका माध्यमबाट विद्यालय सरोकारवाला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक , शिक्षक र विद्यार्थीसंग प्रत्यक्ष छलफल, कक्षा अवलोकन फारम र प्रश्नावली समेत भर्न लगाई प्राथमिक तहको शिक्षण सिकाइमा शैक्षिक सामग्रीको प्रयोगको अवस्थाका बारेमा स्थलगत अध्ययन गर्नुका साथै विद्यालय अभिलेखका आधारमा तथ्यांक संकलन गरी अनुसन्धान गरिएको थियो । संकलन गरिएका तथ्याङ्क विभिन्न चार्ट तथा तालिकामा प्रस्तुत गरी सो का आधारमा तथ्याङ्ककको विश्लेषण र व्याख्या गरी समस्या पहिचान गर्नका साथै समाधानका उपाय समेत पत्ता लगाइएका थिए । शैक्षिक सामग्री प्रयोगको अवस्थासँग सम्बन्ध राखी संकलन गरिएको तथ्यांकको परिणामको व्याख्या विश्लेषण गरिएको छ । शैक्षिक सामग्री प्रयोगको अवस्थासम्म पु¥याउन आवश्यक प्रकृयाकहरुमा सामग्रीको उपलब्धता प्रभावकारिता, उपयोगिता र देखिएका समस्या समाधानका उपायहरुलाई आधार मानी तथ्यांक संकलन गरिएकोमा उपलब्धता अन्तर्गत पहिचान तथा भण्डारणसँग सम्बन्धित रहेर प्रधानाध्यापक तथा शिक्षकबाट प्रश्नावली र छलफलको माध्यमले तथ्यांक संकलन गरिएको थियो । यसै गरी प्रभावकारिता अन्तर्गत शिक्षक र स्रोतव्यक्तिसँग साथै उपयोगिता अन्तर्गत शिक्षक र विद्यार्थी तथा समस्या समाधानको पहलतर्फ प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति प्रतिनिधिसँग सम्बन्ध राखेर संकलन गरिएको तथ्यांकलाई तालिकीकरण गरी व्याख्या विश्लेषण गरिएको छ । जसले शैक्षिक सामग्रीको प्रयोगको प्रभावकारिता र महत्वलाई प्रष्ट पारेको छ । विषय अनुसारको शैक्षिक सामग्री सन्दर्भसामग्री, पाठ्यक्रम, शिक्षक निर्देशिका, विद्यार्थीहरुको नियमितता, उत्सुकता, र शिक्षकहरुको कार्यकुशलता समेतले शिक्षण सिकाइ कार्यमा प्रभाव पारेको हुन्छ । शैक्षिक सामग्रीको संरक्षण निर्माण र व्यवस्थापन भएमा सिकाइ दिगो र प्रभावकारी हुने देखिएको छ । शिक्षकहरुको सक्रियता रहेतापनि उक्त सक्रियतालाई उच्च स्तरमा पु¥याउन समय सापेक्ष तालिमको व्यवस्था खड्किएको अवस्था रहेको छ । समय समयमा तालिम पाउने गरेता पनि तालिमका सीपहरुलाई व्यवहारमा देखाउनलाई नसकीरहेको अवस्था पाइन्छ । सीमित स्रोत र साधनको प्रयोग गरी शिक्षण कार्य गर्दै विद्यार्थीहरुको सिकाइ उपलब्धी भने वृद्धि भएको अवस्था रहेको छ । सिकाइ उपलब्धी उच्च बनाउन शिक्षकको सक्रियता, शैक्षिक सामग्री निर्माण, सङ्कलन, प्रयोग, र भण्डारण तथा व्यवस्थापन पक्षमा जोड दिनुपर्ने रहेको देखिन्छ । यस अनुसन्धानमा देखिएका समस्या समाधान गर्ने उपायहरुलाई सुझावको रुपमा प्रत्येक विद्यालयमा शैक्षिक सामग्री भण्डारण कक्षा निर्माण तथा व्यवस्थापन गर्नु पर्ने विषयगत शैक्षिक सामग्री निर्माण र प्रयोगमा शिक्षक सक्रिय रहनु पर्ने विद्यार्थीहरुको उमेर स्तर सुहाउदो शैक्षिक सामग्री सङ्कलन तथा निर्माण गर्नु पर्ने शैक्षिक सामग्रीको प्रयोगमा सुधार गर्नु पर्ने तथा विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण शैक्षिक सामग्रीहरुको समयमा नै व्यवस्थापन गरी सञ्चालनमा ल्याउनु पर्ने अवस्था देखिएको छ । त्यसैले प्राथमिक तहमा मात्र नभएर शिक्षण सिकाइको हरेक क्षेत्रमा शैक्षिक सामग्री प्रयोगको आवश्यकता टड्कारो रुपमा रहेको छ । त्यसमा पनि आजको वैज्ञानिक युगका शैक्षिक सामग्री प्रयोग बिनाको शिक्षण सिकाइले त्यति महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हुँदा यसप्रति सरोकारवाला सबै पक्षले सचेत हुन वा ध्यानाकृष्ट गर्न जरुरी देखिन्छ भन्ने ठहर गरिएको छ । अध्ययनको क्रममा जे जति विषयहरू उठेका छन् तिनले समाज र राज्यको विभिन्न संकटहरूको अन्त्य गर्न शिक्षा क्षेत्रको के कस्ता दायित्व हुन ? कुन कुन पक्षमा कसको जवाफदेहिता रहने ? स्रोत साधनमा पहुँच र पहिचानको अधिकार जस्ता सवालहरू पनि प्रष्ट रूपमा देखिएका छन । शिक्षक विद्यार्थी अनुपात, तहगत र विषय शिक्षकको व्यवस्था, विद्यालयको भौतिक निर्माण र विकास शिक्षकको पेशागत सुरक्षा तथा पेशाप्रतिको जवाफदेहिता विद्यालयको समग्र शैक्षणिक कार्यक्रमको अनुगमन आदि कार्यहरू के कस्ता मापदण्ड र प्रक्रियाबाट अवलम्बन गर्दा वैज्ञानिक शिक्षा प्रणालीको विकास हुन्छ भन्ने कुराको व्यापक अनुसन्धान हुनु आवश्यक छ । यो अनुसन्धान प्राथमिक तहमा शैक्षिक सामग्रीको प्रयोगलाई प्रभावकारी बनाउने सबालसँग मात्र सम्बन्धित नभएर हाल विद्यमान मुलुकको समग्र शैक्षिक पुर्नसंरचनाको सवालसँग समेत सम्बन्धित छ भन्ने स्पष्ट हुन जान्छ । त्यसैले शिक्षा क्षेत्रमा वैज्ञानिक शिक्षा प्रणालीको विकास गरी शैक्षिक उपलब्धि वृद्धि गर्नुपर्ने कार्यहरूको अनुसन्धान हुन नितान्त आवश्यक भएको पुष्टि हुन्छ ।
  • Item
    निरन्तर विद्यार्थी मुल्याङ्कन प्रणालीकाे क्रियान्वयनकाे अवस्था
    (2011) लुईटेल, भीमप्रसाद ( Liutel Bhimprasad ); भाेजराज घिमिरे
    निरन्तर विद्यार्थी मूल्याङ्कनप्रणालीको क्रियान्वयनको अवस्था नामक शोध शीर्षकमा गरिएको यस अनुसन्धान कार्यको मुख्य उद्देश्य निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको क्रियान्वयनको स्थिति पहिचान गर्ने रहेको छ । प्रस्तुत अध्ययनलाई व्यवस्थित तरिकाले अघि बढाउन आवश्यकताअनुसार परिमाणात्मक र गुणात्मक अध्ययन ढाँचा मिश्रित रूपमा प्रयोग गरिएको छ । नमुना विद्यालय, प्रअ, स्रोतव्यक्ति तथा विनिको छनोट उद्देश्यमूलक र शिक्षक, अभिभावक तथा विद्यार्थीको छनोट सम्भावनायुक्त नमुना छनोट विधिबाट गरिएको छ । यस अध्ययनका लागि पथरी स्रोतकेन्द्रअन्तर्गतका पथरी र शनिश्चरे गा.वि.स.भित्र रहेका २० वटा सामुदायिक विद्यालयहरूमध्ये ६ वटा विद्यालयका ६ जना प्रअ, १२÷१२ जना शिक्षक, विद्यार्थी, अभिभावक र १ जना स्रोतव्यक्ति तथा १ जना विनि नमुना आकारका रूपमा रहेका छन् । यस अध्ययनका लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्न विद्यालय सर्वेक्षण फाराम, प्रश्नावली, अवलोकन, अभिलेख अध्ययन जस्ता साधनहरूको प्रयोग गरिएको छ । यस अध्ययनबाट यी प्राप्तिहरू प्राप्त भएका छन् ः यस कार्यक्रमअन्तर्गतको कक्षा सहभागिताको स्थिति निम्नस्तर रहेको पाइयो । त्यस्तै कक्षाकार्य र परियोजना कार्यको स्थिति सन्तोषजनक पाइएन तर गृहकार्यको स्थिति भने सन्तोषजनक नै पाइयो । त्यस्तै यस मूल्याङ्कनप्रणालीका लागि पाठ्यक्रमले तोकेका मूल्याङ्कनका मापदण्डहरूलाई समानुपातिक ढङ्गले प्रभावकारी रूपमा अपनाइएको देखिएन तर यस मूल्याङ्कन प्रणालीको क्रियान्वयनले विद्यार्थी नियमिततामा ५.७ र सिकाइ उपलब्धिमा १.९२ औसत प्रतिशतले वृद्धि हुनुले सकारात्मक सङ्केतको सुरूवात देखायो । यस मूल्याङ्कन प्रणालीमा अपनाइने शिक्षण विधिहरूको प्रयोग पनि सन्तोषजनक पाइएन । प्रवचन विधिको प्रयोग नै अत्यधिक देखियो । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको क्रियान्वयनलाई अभैm प्रभावकारी बनाउन विद्यालयले योजना बनाई शिक्षक–विद्यार्थी अनुपात र शिक्षक कक्षाभारमा ध्यान दिँदै विद्यार्थी तथा शिक्षकलाई नियमित रूपमा गृहकार्य, कक्षाकार्य, परियोजना कार्य जस्ता व्यावहारिक पक्षमाथि अभ्यस्त गर्न गराउन पहल गर्नुपर्ने देखिन्छ । त्यसका लागि बालमैत्री वातावरणमा यस मूल्याङ्कन प्रणालीका विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाई व्यवस्थित अनुगमन तथा सुपरीवेक्षणका साथ बालकको सिकाइमा चौतर्फी गुणात्मक स्थिरता ल्याउनु पर्ने देखिन्छ ।
  • Item
    कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यन्वयनमा प्रभाव पार्ने कारक तत्वहरु
    (2072) राई, रत्नबहादुर; गणेशप्रसाद दाहाल
    यस अध्ययनको मुख्य शीर्षक “कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा प्रभाव पार्ने तत्वहरू” रहेको छ । यस अध्ययनले कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यान्वयनले स्थानीय क्षेत्रमा पारेको प्रभावको मूल्याङकन र विश्लेषणका साथै प्रभावकारी कार्यन्वयनका उपायहरूको बारेमा भौतिक, प्रशासनिक, शैक्षिक पूर्वाधार, पाठ्यवस्तु, शिक्षणसिकाइ क्रियाकलाप, शैक्षिक सामग्री, मूल्याङ्कन प्रक्रिया र सरोकारवालाहरूको भूमिका पत्ता लगाउने मुख्य उद्देश्य लिएको छ । यो अध्ययन विश्लेषणात्मक सर्वे ढाँचामा आधारित रहेको छ । अनुसन्धानका लागि संखुवासभा जिल्लाको ताम्कु गाविसमा रहेका ११ वटा सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षकहरू, प्र.अ., अभिभावक, सम्वन्धित विद्यालयका वि.व्या.स. अध्यक्ष र शैक्षिक वर्ष २०७१ मा ऐच्छिक विषय कुलुङ भाषा अध्ययनरत कक्षा १–३ सम्मका विद्यार्थीहरूको जनसंख्याको रुपमा लिइएको छ । नमूना अध्ययनका लागि ११ वटा सामुदायिक विद्यालय मध्ये छनौटमा परेका ४ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने १६ जना विद्यार्थी, ४ जना शिक्षक, ४ जना विद्यालय प्र.अ., ४ जना विद्यालयका विद्यालय व्यवस्थापन सतितिका अध्यक्ष, ८ जना अभिभावक र कुलुङ भाषा विज्ञ ५ जना गरी जम्मा ४१ जनाको जनसंङ्ख्या नमूनाको आकार निर्धारण गरिएको छ । सुचना सङ्कलनका लागि प्रश्नावली, अन्तर्वार्ता र अवलोकन विधिको प्रयोग गरिएको छ भने प्राथमिक र द्वितीय स्रोतको उपयोग गरी सम्वन्धित क्षेत्रमा आफैँ उपस्थित भई तथ्याङ्क सङ्कलन गरिएको छ । कुलुङ मातृभाषा पाठ्यक्रम लागू गर्नका लागि विद्यालयहरूमा भौतिक पूर्वाधार सङ्कलन र निर्माणमा अभिभावकको सहयोग भएको पाइएको छ । पाठ्यक्रम विकास केन्द्रको वेवास्ताले शिक्षक दरबन्दीको अभाव, निजि स्रोतमा कम योग्यता भएका तालिम अप्राप्त शिक्षक नियुक्ति गरिएकोले विषयवस्तुको पर्याप्त ज्ञानको अभाव रहेको पाइएको छ । पाठ्यक्रमअनुसारका पाठ्यपुस्तकहरू समयमानै विद्यालयमा नपुग्ने, शिक्षण सामग्री तथा विधिहरू अस्पष्ट भई शिक्षण भएकाले अन्य विषयको तुलनामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यसका लागि शिक्षक, विद्यार्थी र अभिभावक सवै जिम्मेवार ढंगले लाग्नुपर्ने देखिएको छ । घर बालबालिकाको पहिलो पाठशाला हो । घरमा सिकेको भाषा उसको आधारस्तम्भ हो । विद्यालयमा मातृभाषामा शिक्षण गर्दा बालबालिकालाई आफ्नो परिवार र समुदायमै रहेर अध्ययन गरेको महसुस हुनेछ, फलस्वरुप स्थानीय कुलुङ समुदायका बालबालिकाले विद्यालय बिच मै छोड्ने, विद्यालय आउन डराउने, शिक्षकसंग डराउने र स्वातन्त्ररुपले बोल्न नसक्ने कार्यहरूमा सुधार हुनेछ । यसरी विद्यालयमा विद्यार्थीले स्वातन्त्र भएर विद्यालयमा अध्ययन गर्न सकेमा मात्र उ भित्र रहेको आन्तरिक ज्ञानको प्रश्फूटन हुन सक्दछ र भयमुक्त वातावरणमा सिकाइ हुनसक्दछ फलस्वरुप सिकाइ उपलव्धिमा सुधार हुनेछ । यसैलाई आधार मानेर संखुवासभा जिल्लाको ताम्कु गाविसमा रहेका विद्यालयहरूमा स्थानीय कुलुङ समुदायको भाषाको पाठ्यक्रमलाई ऐक्षिक विषय समावेस गरिएको छ । विद्यालयमा स्थानीय कुलुङ समुदायको भाषाको पाठ्यक्रम कार्यान्वयन गर्दा प्रभाव पार्ने तत्वहरूको अध्ययन गरिएको छ । अध्ययनबाट प्राप्त नतिजा अनुसार स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नका लागि विद्यालयको पहलबाट पाठ्यक्रम विकास केन्द्रबाट समयमै पाठ्यपुस्तक उपलव्ध गराएर तालिम प्राप्त गरेका दक्ष र योग्य शिक्षकले शिक्षण गर्न सकिएमा सिकाइ उपलव्धिमा सुधार हुनेछ ।
  • Item
    शिक्षक र विद्यार्थीको अनुशासन सम्बन्धी अवधारणा
    (2071) चौलागाई, साबित्री; विश्ववाला थापा
    वर्तमान परिवेश शिक्षा क्षेत्रमा सरकारी तवरबाट अधिक खर्च गरिएता पनि अपेक्षित रूपमाशैक्षिक उपलब्धी हात पनि सकेको देखिदैन । मानव जीवनको भविष्य निर्धारण तथा मानिसले भविष्यमा के वन्ने तथा कुन लक्ष्य लिएर जीवन अगािड वढाउने भन्ने कुरा विद्यालय तहदेखि नै निर्धांराण हुन्छ । यसरी विद्यार्थीको पढाइ स्तरमा सुधार गर्ने विभिन्न तत्वहरू मध्ये अनुशासन पनि एक महत्वपूर्ण तत्व हो । प्रस्तुत अध्ययन शीर्षक “ शिक्षक र विद्यार्थीको अनुशासन सम्बन्धी अवधारणा” नवलपरासी जिल्ला सुनवल नगरपालिका वार्ड नंः ७ मा पर्न) श्री ज्योती उच्च मा.विका कक्षा ८ र ९ का १५ जना विद्यार्थी र १० जना शिक्षकहरूमा सिमित रहेको थियो । प्रस्तुत अध्ययनका उद्देश्यहरू शिक्षक र विद्यार्थीको अनुुशासन सम्वन्धी अपेक्षा पहिचान गर्नु, विद्यालयमा अनुशासनको वर्गमान अवस्थाप्रतिको दृष्टिकोण विश्लेषण गर्नु र विद्यालयमा अनुशासन सम्बन्धी समस्या र अपनाइएका समाधानका उपायहरू पहिचान गर्नुमा केन्द्रित रहेका थियो । जसको लागि शिक्षक र विद्यार्थी दुवैलाई अन्र्तवार्ता प्रश्नावली गरिएको थियो । अनुशासन सम्बन्धी अपेक्षालाई हेर्दा विद्यार्थीहरूमा देखिएका व्यवहारमा असल व्यवहार गर्ने, विद्यार्थीहरूले प्रश्न सोध्दा शिक्षकहरूले झर्को नमानी वताइदिने, असल व्यवहार गर्ने, विद्याथीहरूले मनोभावना वुझि शिक्षण गर्ने, प्रयोगशालाको उचित प्रयोग गरी शिक्षण गर्ने गरेका पाइयो भने शिक्षकहरूका सम्वन्धमा पनि विद्यार्थीहरू कम अनुशाशित रहेका पाइयो, शिक्षकहरूका सम्बन्धमा पनि विद्यार्थी कम अनुशाशित रहेका पाइयो, शिक्षकहरूलाई नटेर्ने, आपसमा झै–झगडा गर्न तथा विद्यालयको भैतिक व्यवस्थापन, वरिपरिको वातावरण साथैं विद्यालयमा प्रर्याप्त मात्रामा शिक्षण सामग्रीको अभावका साथै विद्यार्थीहरूको कक्षाकोठामा वसाइको व्यवस्था उचित नहुनु, साथै शिक्षकहरू पनि विषयवस्तमाु पूर्ण दक्ष नरहेको पाइयो त्यस्तैगरि विद्यालयबाट पनि शिक्षकहरूलाई दिइने पारिश्रामिकले गर्दा पनि शिक्षकहरू शिक्षण कार्य प्रति पूर्णता दिन नसकेको हो की? भन्ने कुराहरू पाइयो । कक्षाकोठामा प्रत्यक्षरूपमा गई अवलोकन गर्दा केटाहरूभन्दा केटीहरू वढी अनुशािसत पाइयो । अनुशासन सुदृढरूपमा संचालन गर्न शिक्षक–विद्यार्थी सक्रियताको महत्वपूर्ण भूमिका निभाएको पाइयो । कक्षाकोठामा अनुशासन संख्याात्मक रूपमा राम्रो देखिए पनि सानो संख्याका गैर अनुशाशित शिक्षक तथा विद्यार्थीका कारण असल शिक्षक तथाविद्यार्थीको कक्षा कार्यमा बाधा पारेका देखियो । विद्यालयमा अनुशासन सम्वन्धी समस्या र अपनाइएका समाधानका उपायहरू तथा अनुशासन कायम गर्न विद्यार्थी प्रोत्साहन तथा दण्ड, विद्यार्थी शिक्षक र शिक्षक–विद्यार्थी वीचको सम्बन्ध, शिक्षक विद्यार्थी आचारसंहिताको निर्माण र प्रयोग, अनुशासित विद्यार्थीलाई र शिक्षकलाई पुरस्कार र प्रमाण पत्रको साथै छापवृत्ति प्रदान गरिनुपर्ने देखियो । यसरी शिक्षक तथा विद्यार्थीमा देखिएका व्यवहारका आधारमा उनीहरूमा राम्रा व्यवहारलाईअभैm राम्रो र नराम्रा व्यवहारलाई राम्रा व्यवहारमा रूपान्तरण गर्न निम्न क्रियाकलापहरू गर्नु पर्ने देखिन्छ । शिक्षक विद्यार्थी वीचको सम्बन्ध हरेक गुरु चेलाको जस्तो हुनुपर्ने, अनुशाशित शिक्षक तथा विद्यार्थीलाई प्रमाण पत्र तथा पुरस्कार प्रधानाध्यापकबाट प्रदान गरिनुपर्ने, सरकारी तवरवाट पनि अनुशासन तथा नैतिक शिक्षासम्बन्धी नितिनियम, शिक्षक तथा विद्यार्थी आचारसंहिताको पालना तथा कार्यन्वयन र विद्यालय निरीक्षण तथा अनुगमन गरिनुपर्ने साथै अभिभावकहरूले पनि आफ्ना छोरीछोरीको शैक्षिक उपलब्धी समय–समयमा हेरी शिक्षक तथा प्र.अ संग अनुशासनलाई अझै उचाइमा पुर्याउन तथा अनुशासन कायम गरी विद्यार्थीको भविष्य उज्जवल गर्न सहयोग हुने देखिन्छ ।
  • Item
    थारु विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा प्रभाव पार्ने बाह्य तत्वहरुको पहिचान सम्बन्धी एक अध्ययन
    (2071) चौधरी, प्रभुनारायण; राजन शर्मा
    नेपालमा उच्च माध्यमिक विद्यालयहरू अन्तर्गत पर्ने विशेष गरी तराईका जिल्लाहरूमा विगतका केही वर्षहरूमा शिक्षाशास्त्र सङ्कायमा अध्ययन गर्ने थारु विद्यार्थीहरूको सङ्ख्या उच्च रहेकामा हाल आएर अन्य सङ्कायहरूको तुलनामा कम रहेको छ । पूर्वाञ्चल विकास क्षेत्रभित्र पर्ने सुनसरी जिल्लाका न.पा. र गा.वि.स. अन्तर्गत पर्ने संस्थागत र सामुदायिक उच्च मा.वि.हरूमा थारु विद्यार्थीहरूको शैक्षिक अवस्था कस्तो रहेछ ? शैक्षिक उपलब्धिमा प्रभाव पार्ने तत्वहरू कुन कुन रहेछन् ? शिक्षा शास्त्र सङ्कायमा अध्ययनरत थारु विद्यार्थीहरूको विषयगत शैक्षिक उपलब्धि कस्तो रहेको छ ? आदि जस्ता अवस्थाहरू पत्ता लगाई समाधान गर्नुपर्ने आवश्यकता देखिएको हु“दा थारु विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा प्रभाव पार्ने बाह्य तत्वहरूको पहिचान सम्बन्धी एक अध्ययन शीर्षकमा केन्द्रित भई अध्ययन गर्ने कोशिस गरिएको थियो । यस अध्ययनबाट थारु सम्बन्धी नीति निर्माता, योजनाकार, शिक्षाविद्, संघसंस्था, सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई उपयुक्त नीति निर्माण र योजना बनाउन सहयोग पु¥याउनुका साथै अन्य अनुसन्धानकर्ताहरूलाई आगामी दिनमा विशेष सहयोग पुर्याउन सक्ने भएकाले औचित्यपूर्ण मानिएको थियो । अध्ययनका उद्देश्यहरू उ.मा.वि.मा अध्ययनरत थारु विद्यार्थीहरूको शैक्षिक अवस्था पहिचान गर्नु, शैक्षिक उपलब्धिमा प्रभाव पार्ने बाह्य तत्वहरूको पहिचान गर्नु र शिक्षाशास्त्र सङ्कायमा थारु विद्यार्थीहरूको विषयगत उपलब्धिको लेखाजोखा गर्नु रहेको थियो । यसका लागि सुनसरी जिल्लाका इटहरी न.पा.का दुई संस्थागत उ.मा.वि. र चार गा.वि.स.का सामुदायिक उ.मा.वि.हरू सुविधायुक्त छनोट विधिबाट छनोट गरी परिमाणात्मक र गुणात्मक अनुसन्धान ढा“चाको माध्यमबाट प्राथमिक र द्वितीय तथ्याङ्कका स्रोतहरू उपयोग गरी अध्ययन गरिएको थियो । सामुदायिक उ.मा.वि.मा अध्ययन गर्ने थारु विद्यार्थीहरू वार्षिक परीक्षामा अधिकतम सङ्ख्यामा अनुत्तीर्ण भएका थिए । तुलनात्मक रूपमा अध्ययन गर्दा संस्थागत उ.मा.वि.मा अध्ययन गर्ने थारु विद्यार्थीहरूको उत्तीर्णदर र औसत प्राप्ताङ्क पनि बढी थियो । सामुदायिक उच्च मा.वि.का सम्बन्धित सरोकारवाला, अभिभावकहरूमा शिक्षाको चेतनाको कमी, गैर जिम्मेवारी उत्तरदायित्व, परिवारको सङ्ख्या ठूलो, बेरोजगारी भएर बस्नु, सामाजिक संस्कारमा अनावश्यक बढी खर्च गर्नु, भाषिक कठिनाई हुनु आदि जस्ता तत्वहरूले शैक्षिक अवस्था र विषयगत उपलब्धिमा प्रभाव पारेको थियो । उच्च मा.वि.मा अध्ययन गर्ने थारु विद्यार्थीहरूको शैक्षिक अवस्थालाई माथि उकास्न शिक्षकहरूले पाठयोजना बनाई सरल र सहज ढङ्गले पढाउनु पर्ने, विद्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा विद्यार्थी र सरोकारवाला अभिभावक अनिवार्य उपस्थित हुनुपर्ने, उचित शुल्क निर्धारण गर्नुपर्ने, विद्यालयको शैक्षिक वातावरण एवम् भौतिक सुविधामा सुधार गर्नुपर्ने, गरिब तथा जेहेनदार थारु विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने जस्ता सुझावहरू उत्तरदाताहरूबाट प्राप्त भएको थियो ।
  • Item
    कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यन्वयनमा प्रभाव पार्ने कारक तत्वहरु
    (2016) राई, रत्नबहादुर; गणेशप्रसाद दहाल
    यस अध्ययनको मुख्य शीर्षक “कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा प्रभाव पार्ने तत्वहरू” रहेको छ । यस अध्ययनले कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यान्वयनले स्थानीय क्षेत्रमा पारेको प्रभावको मूल्याङकन र विश्लेषणका साथै प्रभावकारी कार्यन्वयनका उपायहरूको बारेमा भौतिक, प्रशासनिक, शैक्षिक पूर्वाधार, पाठ्यवस्तु, शिक्षणसिकाइ क्रियाकलाप, शैक्षिक सामग्री, मूल्याङ्कन प्रक्रिया र सरोकारवालाहरूको भूमिका पत्ता लगाउने मुख्य उद्देश्य लिएको छ । यो अध्ययन विश्लेषणात्मक सर्वे ढाँचामा आधारित रहेको छ । अनुसन्धानका लागि संखुवासभा जिल्लाको ताम्कु गाविसमा रहेका ११ वटा सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षकहरू, प्र.अ., अभिभावक, सम्वन्धित विद्यालयका वि.व्या.स. अध्यक्ष र शैक्षिक वर्ष २०७१ मा ऐच्छिक विषय कुलुङ भाषा अध्ययनरत कक्षा १–३ सम्मका विद्यार्थीहरूको जनसंख्याको रुपमा लिइएको छ । नमूना अध्ययनका लागि ११ वटा सामुदायिक विद्यालय मध्ये छनौटमा परेका ४ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने १६ जना विद्यार्थी, ४ जना शिक्षक, ४ जना विद्यालय प्र.अ., ४ जना विद्यालयका विद्यालय व्यवस्थापन सतितिका अध्यक्ष, ८ जना अभिभावक र कुलुङ भाषा विज्ञ ५ जना गरी जम्मा ४१ जनाको जनसंङ्ख्या नमूनाको आकार निर्धारण गरिएको छ । सुचना सङ्कलनका लागि प्रश्नावली, अन्तर्वार्ता र अवलोकन विधिको प्रयोग गरिएको छ भने प्राथमिक र द्वितीय स्रोतको उपयोग गरी सम्वन्धित क्षेत्रमा आफैँ उपस्थित भई तथ्याङ्क सङ्कलन गरिएको छ । कुलुङ मातृभाषा पाठ्यक्रम लागू गर्नका लागि विद्यालयहरूमा भौतिक पूर्वाधार सङ्कलन र निर्माणमा अभिभावकको सहयोग भएको पाइएको छ । पाठ्यक्रम विकास केन्द्रको वेवास्ताले शिक्षक दरबन्दीको अभाव, निजि स्रोतमा कम योग्यता भएका तालिम अप्राप्त शिक्षक नियुक्ति गरिएकोले विषयवस्तुको पर्याप्त ज्ञानको अभाव रहेको पाइएको छ । पाठ्यक्रमअनुसारका पाठ्यपुस्तकहरू समयमानै विद्यालयमा नपुग्ने, शिक्षण सामग्री तथा विधिहरू अस्पष्ट भई शिक्षण भएकाले अन्य विषयको तुलनामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यसका लागि शिक्षक, विद्यार्थी र अभिभावक सवै जिम्मेवार ढंगले लाग्नुपर्ने देखिएको छ । घर बालबालिकाको पहिलो पाठशाला हो । घरमा सिकेको भाषा उसको आधारस्तम्भ हो । विद्यालयमा मातृभाषामा शिक्षण गर्दा बालबालिकालाई आफ्नो परिवार र समुदायमै रहेर अध्ययन गरेको महसुस हुनेछ, फलस्वरुप स्थानीय कुलुङ समुदायका बालबालिकाले विद्यालय बिच मै छोड्ने, विद्यालय आउन डराउने, शिक्षकसंग डराउने र स्वातन्त्ररुपले बोल्न नसक्ने कार्यहरूमा सुधार हुनेछ । यसरी विद्यालयमा विद्यार्थीले स्वातन्त्र भएर विद्यालयमा अध्ययन गर्न सकेमा मात्र उ भित्र रहेको आन्तरिक ज्ञानको प्रश्फूटन हुन सक्दछ र भयमुक्त वातावरणमा सिकाइ हुनसक्दछ फलस्वरुप सिकाइ उपलव्धिमा सुधार हुनेछ । यसैलाई आधार मानेर संखुवासभा जिल्लाको ताम्कु गाविसमा रहेका विद्यालयहरूमा स्थानीय कुलुङ समुदायको भाषाको पाठ्यक्रमलाई ऐक्षिक विषय समावेस गरिएको छ । विद्यालयमा स्थानीय कुलुङ समुदायको भाषाको पाठ्यक्रम कार्यान्वयन गर्दा प्रभाव पार्ने तत्वहरूको अध्ययन गरिएको छ । अध्ययनबाट प्राप्त नतिजा अनुसार स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नका लागि विद्यालयको पहलबाट पाठ्यक्रम विकास केन्द्रबाट समयमै पाठ्यपुस्तक उपलव्ध गराएर तालिम प्राप्त गरेका दक्ष र योग्य शिक्षकले शिक्षण गर्न सकिएमा सिकाइ उपलव्धिमा सुधार हुनेछ ।
  • Item
    स्थानीय पाठ्यक्रमको विकास र कार्यान्वयन प्रक्रिया
    (2010) भण्डारी, उमलाल; तीर्थराज पराजुली
    यस शोध अध्ययनको शीर्षक “स्थानीय पाठ्यक्रमको विकास कार्यान्वयन प्रक्रिया” रहेको छ । यो अध्ययनका लागि उद्देश्यहरू विभिन्न विषयमा स्थानीय पाठ्यक्रम निर्माण प्रक्रिया, स्थानीय आवश्यकता र पाठ्यक्रम बीचको तादात्म्यता र स्थानीय पाठ्यक्रम कार्यान्वयनको अवस्था पहिचान गर्नु राखिएको छ । यस अध्ययनको क्षेत्र सल्यान जिल्लाको थारमारे गा.वि.स. अन्तर्गत शान्ति प्राथमिक विद्यालय रात्पहरा, अमरज्योति प्राथमिक विद्यालय चौरपानी र सरस्वती प्राथमिक विद्यालय ठिङ्गवाङ्ग गरी जम्मा ३ वटा विद्यालयहरू रहेका थिए । अध्ययनका उद्देश्यहरू पूरा गर्नका लागि सूचनाका स्रोतहरूमा अध्ययन क्षेत्रका प्र.अ., शिक्षक, विद्यार्थी, वि.व्य.स., छनोट गरिएको थियो भने सूचनाका साधनहरूमा प्रश्नावली, अन्तर्वार्ता समूह छलफल, कक्षा समूह छलफल र कक्षा अवलोकन जस्ता साधनको निर्माण गरिएको थियो । अध्ययनका क्रममा प्राप्त भएका सूचना अनुसार अध्ययन क्षेत्रका विद्यालयहरूमा स्थानीय पाठ्यक्रम स्थानीय विषयको मात्र निर्माण गरी पठन पाठन गरेको पाइयो । यस विषयको पाठ्यक्रम स्रोत व्यक्तिको नेतृत्वमा निर्माण गर्ने गरेको पाईयो । निर्माण कार्यमा प्रअ., शिक्षक, वि.व्य.स. विद्यार्थी, स्रोत व्यक्ति र विद्यार्थीका अभिभावकलाई मात्र संलग्न गराएको पाइयो भने अध्यनय क्षेत्रमा बसोवास गर्ने अन्य व्यक्तिहरू जस्तै : महिला, वृद्धवृद्धा, विभिनन संघसंस्थाका व्यक्तिहरू, वुद्धिजिवि र जातजातिका व्यक्तिहरू र पाठ्यक्रमविद आदि व्यक्तिहरूलाई संलग्न गराएको पाईएन । स्थानीय विषयको स्थानीय पाठ्यक्रम प्रक्रियाका सबै चरणहरूको प्रयोग गरेर निर्माण गरेको पाईएन । निर्माण प्रक्रिायका चरणहरूमा आवश्यकता पहिचान विषयवस्तुको छनोट, शिक्षण सिकाई प्रक्रिया र समय निर्धारणलाई मात्र प्रयोग गरेको पाईयो । अन्य चरणहरू उद्देश्यको निर्धारण, कक्षागत सिकाई उपलब्धि र विद्यार्थी मूल्याङ्कन जस्ता चरणहरूको प्रयोग गरेको पाईएन । स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गरे पनि पूर्ण रूपले निर्माण प्रक्रिया समबन्धी थाहा नपाएको र तालिम प्राप्त नभएको पाईयो । त्यसै गरी स्थानीय विषय बाहेक अन्य विषयहरू सामाजिक अध्ययन, शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयको पाठ्यक्रम निर्माण गरेको पाईएन । यी विषयको स्थानीय विषयवस्तु केन्द्रीय पाठ्यक्रमलाई आधार मानेर पाठ्यक्रम निर्माण गरी केही स्थानीय विषयवस्तु पढाउने गरेको पाइयो । यी विषयहरूको विषयवस्तु छनोट विद्यालय तहको नेतृत्वमा छनोट गर्ने गरेको पाईयो भने छनोट कार्यमा शिक्षक, विद्यार्थीहरू र केहि विद्यालयमा वि.व्य.स. लाई मात्र संलग्न गराउने गरेको पाईयो । विषयवस्तु छनोटका चरणहरू कुनै पनि प्रयोग नगरेको तर संयोगवस केही चरणहरू छनोट प्रक्रियामा मिल्न गएको पाईयो । अध्ययनका क्षेत्रका स्थानीय आवश्यकताहरू स्थानीय विषय अनतर्गतका आवश्यकताहरूमा अदूवा खेति, सून्तला खेति, चोयाको काम, धान, कमै खेति र व्यापार तथा बैदेशिक रोजगार रहेको पाईयो भने सामाजिक विषयका स्थानीय आवश्यकताहरू खैरावाङ्ग मन्दिर, कुमाखको सिद्धनाथ बाबाको मन्दिर, सोरटि नाच, मयुर नाच, कुपिण्डे दह, विभिन्न जातजातिका जातिय आवश्यकता र शौचालय, पिउने पानी, प्राथमिक उपचार जस्ता स्थानीय आवश्यकता रहेको पाईयो । त्यसै गरी शारीरिक शिक्षा सम्बन्धी स्थानीय रूपमा कुनै आवश्यकता नरहेको पाईयो भने सिर्जनात्मक कला विषयमा मयूर नाच र सोटरी नाच लगायत अन्य सिलाई बुनाई सम्बन्धी आवश्यकता रहेको पाईयो । तर अध्ययन क्षेत्रका स्थानीय पाठ्यक्रम र विषयवस्तुमा यी सबै आवश्यकतालाई नसमेटेर अदूवा बाली, खैराबाङ्ग दुर्गामाता मन्दिर, कुमाखको सिद्धनाथ बाबा मन्दिर र आवश्यकताभन्दा बाहिरका विषयवस्तु सम्बन्धी मात्र पठनपाठन गर्ने र गराउने भएकाले स्थानीय आवश्यकता र पाठ्यक्रमबीचको तादात्म्यता प्रभावकारी नभएको पाइयो । अध्ययन क्षेत्रका विद्यालयहरूमा स्थानीय पाठ्यक्रम कार्यान्वयन प्रभावकारी रूपमा भएको पाईएन । स्थानीय पाठ्यक्रम अनुसारको पाठ्पुस्तक उपलब्ध नभएको, स्थानीय पाठ्यक्रम उल्लेख गरे अनुसारका शिक्षण विधि र सामाग्री प्रयोग गरेको पाईएन । स्थानीय पाठ्यक्रमको मर्म अनुसारको प्रक्रिया अनुसार पाठ्यक्रम निर्माण नभएको, निर्मण गरेको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक निर्माण गर्न नसकेको कारणले विद्यार्थीहरूले घरमा गएर पढ्न नपाउने, विद्यालयमा पढाई भए पनि क्रमिकता अर्थात् क्रबद्धता अनुसार पढाई नहुने, शिक्षण सामाग्री प्रयोग गरेर मात्र पठनपाठन गर्ने पाठलाई पनि व्याख्या विधिबाट मात्र पढाएको पाईयो । शैक्षिक भ्रमण गराउनै पर्ने विषयवस्तुमा शैक्षिक भ्रमण नगराएको पाईयो । विद्यालय स्थानीय पाठ्यक्रम अनुसारको दक्ष शिक्षकको अभाव रहेको शिक्षकहरूलाई स्थानीय पाठ्यक्रमसमबन्धी तालिमको अभाव भएको आदि कारणले कार्यान्वयन प्रभावकारी नभएको पाईयो त्यसैगरी विद्यार्थी मूल्याङ्कन पनि स्थानीय पाठ्यक्रमको मर्म अनुसार नगरी अर्धवार्षिक र बार्षिक परीक्षाको माध्यमबाट मूल्याङ्कन गर्ने त्यसमा पनि अन्य विषयमा ल्याएको प्राप्ताङ्कको आधारमा विद्यार्थीलाई अंक प्रदान गर्ने नाजूक मूल्याङ्क प्रक्रियाले स्थानीय पाठ्यक्रम कार्यान्वयनको अवस्था प्रभावकारी नभएको पाईयो । यी माथि उल्लेखित राम्रा नराम्रा पक्षहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन र कार्यान्वयन गर्नको लागि विद्यालयमा शिक्षण गर्ने शिक्षक, स्रोत व्यक्तिलाई स्थानीय पाठ्यक्रम सम्बन्धी तालिमको व्यवस्था, विद्यालयहरूलाई जिल्ला शिक्षा तथा केन्द्रबाट र सबै सम्बन्धित निकायबाट सहयोग, विद्यालयको आर्थिक अवस्थालाई बलियो पार्ने, सूचना तथा सञ्चार माध्यमबाट व्यापक रूपमा कार्यान्वयन गर्न र गराउन लगाएमा स्थानीय पाठ्यक्रम निर्माण गर्ने गराउने तथा बनाउने, केन्द्र र जिल्ला तहबाट सबे विद्यालयहरूमा निरीक्षण परामर्श र निर्देशन तथा नीति, नियम र योजनालाई व्यापक पारेमा निर्माण प्रक्रियादेखि कार्यान्वयन प्रक्रियासम्म सुधार हुने सम्भावना देखियो ।
  • Item
    प्राथमिक तहमा अतिरिक्त क्रियाकलाप कार्यान्वयनको अवस्था {Prathamik tahama atirikta kriyakalap karyanbayanko abastha}
    (2013) दाहाल, विद्या (Dahal, Bidya); यशोधरा पन्त (Yashodhara pant)
    बालबालिकाहरुको सर्वाङ्र्गीण विकासका लागि देश, काल, समय र परिस्थिति अनुसार समय सापेक्ष हुने गरी औपचारिक ज्ञान विद्यालयको माध्यमबाट दिइएको हुन्छ भने विद्यार्थीहरुको चौतर्फी विकास गराउन विद्यालय स्तरमा विभिन्न किसिमका अतिरिक्त कार्यक्रमहरु संञ्चालन गरी उनीहरुको शारिरीक, मानसिक, संवेगात्मक, सामाजिक विकासका साथसाथै ब्यक्तित्व विकासमा सहयोग पुर्याइने गरिन्छ । विद्यार्थीहरुमा ज्ञान, सीप, अभिवृद्धि र क्षमताको विकास गराउन उनीहरु माझ संञ्चालन गरिने शारिरीक, मानसिक, सामाजिक र संवेगात्मक पक्षसंग सम्बन्धित विभिन्न किसिमका कार्यक्रमहरुलाई अतिरिक्त क्रियाकलाप भनिन्छ । सर्लाही जिल्ला अन्र्तगतको भक्तिपुर गा.वि.स.मा रहेका तीनवटा श्री सरस्वती उच्च मा.वि.भक्तिपुर, श्री नि.मा.वि.शंकरगंन्ज र श्री नि.मा.वि.हरिनगर राइटरखोरमा ‘‘ प्राथमिक तहमा अतिरिक्त क्रियाकलाप कार्यान्वयनको अवस्था” शीर्षकमा केन्द्रित रही यो अध्ययन गरिएको छ । यस अध्ययनको उद्देश्य प्राथमिक तहमा अतिरिक्त क्रियाकलाप कार्यान्वयनको अवस्था पहिचान गर्नु, अतिरिक्त क्रियाकलाप सम्बन्धमा सरोकारवालाहरुको धारणा पत्ता लगाउनु, अतिरिक्त क्रियाकलाप संञ्चालनमा देखिएका कमीकमजोरी पत्ता लगाउनु रहेको छ । यस अध्ययनमा उद्देश्य अनुरुपका सूचना संकलन गर्नका लागि छनोटमा परेका विद्यालयका प्र.अ., शिक्षक, अभिभावकहरुसंग असंरचित अन्र्तवार्ता, विद्यार्थीहरुसंग लक्षित समूह छलफल गरिएको थियो । अध्ययनबाट प्राप्त सूचनालाई गुणात्मक विधि अन्र्तगत वर्णनात्मक अनुसन्धान मार्फत् विश्लेषण र व्याख्या गरिएको छ । यस अध्ययनको प्राप्ति अनुसार अध्ययन गरिएका विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप संञ्चालन गर्दा व्यक्तिको सर्वाङ्र्गीण विकासमा सहयोग पुग्ने खालको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासका क्रियाकलापहरु समावेश गरेको देखिन्छ । अतिरिक्त क्रियाकलापलाई अन्तर सदन र अन्तर विद्यालय गरी दुई भागमा विभाजन गरी संञ्चालन गर्ने गरेको देखिन्छ । अतिरिक्त क्रियाकलाप संञ्चालनको लागि छुट्टै शिक्षकको व्यवस्था नरहेको र शिक्षकहरुलाई अतिरिक्त क्रियाकलाप सम्बन्धि तालिमको व्यवस्था नभएको पाइयो । विद्यालयमा अतिरिक्त क्रियाकलाप संञ्चालनको निमित्त छुट्टै रुपमा जि.शि.का.बाट बजेटको व्यवस्था नभएको पाइयो । अध्ययनका क्रममा अतिरिक्त क्रियाकलाप संञ्चालनमा देखिएका कमीकमजोरीहरु अन्र्तगत खेलमैदान, खेल खेल्नका लागि आवश्यक सामग्रीहरु, प्राथमिक उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु, शिक्षकहरुलाई छुट्टै तालिमको व्यवस्था नहुनु, विद्यार्थीहरुको न्युन उपस्थिति र सहभातिगता, अभिभावकहरुमा चेतनाको कमी हुनु, विद्यालयको आर्थिक पक्ष कमजोर हुनु, पुरस्कार वितरणमा ढिलाइ हुनु रहेका छन । अतिरिक्त क्रियाकलापलाई सफल रुपमा कार्यान्वयनमा ल्याउन विद्यालयमा खेल खेल्नका लागि आवश्यक सामग्रीहरुको व्यवस्था गर्नुपर्ने, प्राथमिक उपचारका लागि आवश्यक पर्ने सामग्रीहरुको व्यवस्था मिलाउनु पर्ने, शिक्षकहरुलाई तालिम उपलब्ध गराइ विशेष शिक्षक निर्माण गर्नुपर्ने, विद्यार्थी सहभागिता बढाउन बालमैत्री वातावरण सिर्जना गरी हौसला र पे्ररणा दिनुपर्ने, अभिभावकहरुलाई अतिरिक्त क्रियाकलाप सम्बन्धि जानकारी गराउनुपर्ने, विद्यालयको आर्थिक पक्षलाई सुदृढ बनाउन जि. शि. का. बाट छुट्टै आर्थिक व्यवस्था गरिनु पर्ने, विद्यार्थीहरुलाई समय मै पुरस्कारको व्यवस्था गरिनुपर्ने, यससंग सम्बन्धित निर्देशिका सामग्रीहरु उपलब्ध गराउनु पर्ने, स्रोतकेन्द्र, जिल्लाबाट समय–समयमा विद्यालय निरीक्षण, अनुगमन र मूल्यांकन गर्नुपर्ने जरुरी देखिन्छ ।
  • Item
    अतिरिक्त क्रियाकलापको प्रभावकारिता {Atirikta kriyakalapko prabhabkarita}
    (2014) पालुङ्वा, योगेन्द (Palunwa, Yogendra); राजन शर्मा (Rajan Sharma)
    विद्यार्थी विद्यालय परिवारको एक महत्वपूर्ण पक्ष हो । यिनै विद्यार्थीहरुलाई पाठ्यक्रमले निर्देशित गरेको उद्देश्य र सिकाइ उपलब्धी हासिल गराउनु विद्यालयको प्रमुख कार्य रहेको हुन्छ । तर सिकाइका लागि पाठ्यपुस्तक र कक्षा कोठा भित्रको सिकाइ मात्र पर्याप्त हुँदैन । किनकी विद्यार्थीहरुको लागि चौतर्फी विकासको आवश्यकता पर्दछ । विद्यार्थीहरुको व्यक्तित्व विकासमा शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक पक्षसँग सम्बन्धित रही कक्षा कोठाको शिक्षण बाहेक अतिरिक्त समयमा सञ्चालन गरिने विभिन्न कृयाकलापहरुलाई अतिरिक्त कृयाकलाप भनिन्छ । अतिरिक्त कृयाकलापहरुले विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न सहयोग गर्दछ । प्रस्तुत अध्ययन सामुदायिक विद्यालयमा अतिरिक्त कृयाकलापको प्रभावकारिता शीर्षक राखी सोको पहिचान गर्न यो शोधकार्य गरिएको हो । यो अध्ययन अतिरिक्त कृयाकलाप सम्बन्धि सरोकारवालाहरुको धारणा, अतिरिक्त कृयाकलापका कार्यक्रमहरुको प्रभावकारिता र अतिरिक्त कृयाकलापमा छात्राछात्रहरुको सहभागिता पत्ता लगाउन केन्द्रित रहेको थियो । यो अध्ययन विद्यालय तहमा अतिरिक्त कृयाकलापको अवस्था पत्ता लगाउन साथै अतिरिक्त कृयाकलाप र यसले विद्यार्थीको सिकाइमा पारेको प्रभाव विश्लेषण गर्न यो अध्ययन केन्द्रित रहेको थियो । यो अध्ययन सुनसरी जिल्ला अन्तरगतको धरान नगरपालिका भित्रका ५ वटा सामुदायिक विद्यालयहरुमा गरिएको अतिरिक्त कृयाकलापसँग केन्द्रित रहेको छ । यस अध्ययनमा आवश्यक सूचनाहरु संकलन गर्न अन्तर्वार्ता, प्रश्नावली, लक्षित समूह छलफल र अवलोकन अध्ययन आदिको प्रयोग गरिएको थियो । विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी एवं अभिभावकहरुबाट आवश्यक सूचनाहरु संकलन गरिएको थियो । अतिरिक्त कृयाकलाप सम्बन्धी सरोकारवालाहरुको धारणा लेखाजोखा गर्दा विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयहरुमा कक्षा शिक्षण बाहेक अतिरिक्त समयमा सञ्चालन हुने कार्यक्रमलाई अतिरिक्त कृयाकलापको रुपमा लिइएको पाइयो । विद्यार्थीहरुको कला, सौन्दर्य र सृजनात्मक क्षमता उजागर गर्ने कृयाकलापलाई पनि अतिरिक्त कृयाकलापको रुपमा लिइएको पाइयो । अतिरिक्त कृयाकलापले कक्षा कोठामा सिकेको ज्ञान वा शीपलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सहयोग गरेको देखियो । अतिरिक्त कृयाकलाप अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरुमा खेलकुद, साँस्कृतिक कार्यक्रम, साहित्यिक गतिविधि, नाटक, प्रतियोगिता, सरसफाई कार्यक्रम, चित्रकला र हस्तकला प्रतियोगिता, हाजिरीजवाफ र हिज्जे प्रतियोगिता आदि रहेको देखियो । यी कार्यक्रमहरुलाई विद्यालयले उपलब्ध स्थानीय स्रोत साधन र सामग्री अनुसार सञ्चालन गर्ने गरेको पाइयो । कार्यक्रमहरुको लागि आवश्यक पर्ने स्रोत र सामग्रीहरुमा खेल मैदान लगायत, खेल सामग्री अन्तर्गत भलिबल, फुटबल, क्यारामबोर्ड, रिङ्ग, डोरी आदि रहेको पाइयो । यसैगरी साँस्कृतिक कार्यक्रम र नाटक प्रदर्शनीका लागि हार्माेनियम, मादल, झ्याम्टा, साउण्ड सिष्टम आदि आवश्यक पर्ने देखियो । चित्रकला र हस्तकला आदिको लागि विभिन्न किसिमका रंग, ब्रस, कागज र कपडा रहेको पाइयो । अतिरिक्त तथा सहकृयाकलाप स्रोत पुस्तिका (२०६१) मा उल्लेख गरिएका साधनहरुमध्ये आफ्नो विद्यालयहरुमा थोरै साधन र सामग्रीहरु रहेको सरोकारवालाहरुको प्रतिकृया रहेको पाइयो । विद्यालयहरुमा उपलब्ध स्रोत र साधनहरुप्रति प्र.अ., शिक्षक र विद्यार्थीहरुको आंशिक सन्तुष्टि रहेको पाइयो । अतिरिक्त कार्यक्रमले विद्यार्थीहरुमा नियमित अध्ययन गर्ने बानीको विकास, बोल्न सक्ने र नेतृत्व लिन सक्ने क्षमता प्रदान सृजनात्मक सोच, अनुशासित रहने बानीको विकास तथा शीप विकासका पक्षहरुमा सहयोग गरेको देखियो । अतिरिक्त कृयाकलापका कार्यक्रमहरुलाई छनौटमा परेका सबै विद्यालयहरुले अन्तर सदनको आधारमा सञ्चालन गर्ने गरेको पाइयो । प्रतिभाको दृष्टिकोणबाट सन्तुलित र व्यवस्थित हुने गरी विद्यार्थीहरुलाई सदनमा विभाजन गर्ने गरेको पाइयो । छनौटमा परेका विद्यालयहरु मध्ये एउटा विद्यालयले महिनामा २ पटक र एउटा विद्यालयले मात्र प्रत्येक शुक्रबार कार्यक्रमहरु गर्ने गरेको पाइयो । २ वटा विद्यालयले वार्षिक कार्य योजनामा नै कार्यक्रमहरुको विवरण उल्लेख गरेको पाइयो भने एउटा विद्यालयले वार्षिक कार्य योजनामा कार्यक्रमहरु उल्लेख गरेको पाइएन । अतिरिक्त कृयाकलाप सञ्चालनको आधारहरुमा सबै विद्यार्थीहरुको समान सहभागिता, विद्यार्थी केन्द्रित कृयाकलाप, लैंगिक समानता, विद्यालयको आवश्यकता, आर्थिक अवस्था र प्राप्त सुविधाहरु तथा विद्यालयका प्रधानाध्यापक शिक्षक र विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको पाइयो । विद्यालयको खेल मैदान र खेल सामग्रीको अभाव विद्यालयको आर्थिक स्रोत, भौतिक सामग्री, दक्ष जनशक्ति वा तालिम प्राप्त शिक्षकको अभाव, विद्यालयमा हुने लैंगिक र जातिगत भेदभाव विद्यार्थीहरुको न्यून सहभागिता, अनुशासनको कमी, प्र.अ. शिक्षक र विद्यार्थीहरुबीचमा सहमति र सहयोगको अभाव तथा अतिरिक्त कृयाकलापहरुको निरन्तर मूल्यांकन र अनुगमन नहुनु जस्ता पक्षहरु अतिरिक्त कृयाकलाप सञ्चालनमा बाधा गर्ने तत्वको रुपमा रहेको पाइयो । अतिरिक्त कृयाकलापहरुलाई नियमित र स्तरीय बनाउनुको लागि कार्यक्रमहरुसँग सम्बन्धित पक्षहरुको एक आपसमा प्रकार्यात्मक सम्बन्ध, प्रतिभाको दृष्टिकोणबाट सन्तुलित र व्यवस्थित हुने गरी विद्यार्थीहरुलाई सदनमा विभाजन, कार्यक्रममा भाग लिने विद्यार्थीहरुलाई पुरस्कार र प्रोत्साहन, कार्यक्रमका लागि आवश्यक पर्ने आर्थिक एवं भौतिक स्रोत जुटाउने, लैंगिक र जातीय भेदभावको अन्त्य, विद्यार्थीहरुप्रति समान व्यवहार, कार्यक्रमहरुको बारेमा पूर्व जानकारी र योजना निर्माण, विद्यार्थी केन्द्रित कार्यक्रम तथा कार्यक्रम सञ्चालन व्यवस्थापन र मूल्यांकनमा एकरुपता ल्याउनु पर्ने सुझाव प्रस्तुत गरिन्छ । छनौटमा परेका सबै विद्यालयहरुमा अध्ययनमा राम्रो दखल भएका विद्यार्थीहरु नै अतिरिक्त कृयाकलापमा सहभागिता बढी भएको देखियो । लैंगिक रुपमा विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलापमा समान सहभागिता भएको पाइयो । यसरी यस अध्ययनबाट अतिरिक्त क्रियाकलापको सम्बन्धमा देखिएका प्रभावहरुले विद्यालयसँग सम्बन्धित सबै पक्षलाई सहयोग गरेको छ ।
  • Item
    भौतिक स्रोतको व्यवस्थापन र शैक्षिक गुणस्तरमा त्यसको प्रभाव {Bhautik srotko byabasthapan ra shaikshik gunastarma tyasko prabhab}
    (2016) शाह, हरिकान्त (Shah, Harikant); शान्तिराम दाहाल (Shantiram Dahal)
    भौतिक स्रोतको व्यवस्थापन र शैक्षिक गुणस्तरमा त्यसको प्रभाव शीर्षकमा तयार गरिएको शोधपत्र सामुदायिक प्राथमिक विद्यालयमा शिक्षकको व्यवस्थापन र विद्यालयका भौतिक व्यवस्थापनले सिकाइ उपलब्धिमा प्रभाव पार्ने तथ्यगत विषयलाई समेटेको छ । यो शोधपत्रको प्रमुख उद्देश्य प्राथमिक विद्यालयको भौतिक स्रोत व्यवस्थापनले शैक्षिक गुणस्तरमा पार्ने प्रभावको अध्ययन गर्नु, उक्त भौतिक स्रोत व्यवस्थापनमा सरोकारवालाको धारणा पहिचान गर्नु तथा उक्त कुरा व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी सुझाउनु जस्ता उद्देश्य राखेर गरिएको यो शोधकार्य सुनसरी जिल्लाको इटहरी उप–महानगरपालिका भित्र सञ्चालित ६ वटा सामुदायिक विद्यालयको प्राथमिक स्तर र सम्बन्धित विद्यालयका प्र.अ., २÷२ जना शिक्षक, १÷१ जना वि.व्य.स.का पदाधिकारी समेतलाई अध्ययन भित्र सीमित गरिएको छ । वैज्ञानिक व्यवस्थापनको सिद्धान्त र मानवीय संसाधन सिद्धान्तले मार्ग निर्देश गरे अनुसार प्राप्त तथ्याङ्कलाई प्रस्तावनामा उल्लेख गरिएका उद्देश्यहरूको आधारमा तथ्याङ्कलाई विश्लेषण गरिएको छ । यो अध्ययन कार्यलाई अगाडि बढाउन अन्तर्वार्ता, तालिका अवलोकन, समूह छलफल र अभिलेख अध्ययन जस्ता साधनबाट तथ्याङ्क सङ्कलन गरी गुणात्मक तथा परिमाणात्मक दुवै ढा“चाको सहयोगबाट तथ्याङ्कलाई तालिकीकरण गर्दै तथ्याङ्कशास्त्रीय विधिको प्रयोग गरी सैद्धान्तिक खाका र सम्बन्धित साहित्यको अध्ययन गर्दै व्याख्या र विश्लेषण गरिएको छ । विद्यालयको प्राथमिक तहमा शिक्षक व्यवस्थापन हेर्दा पुरुष भन्दा महिला शिक्षकको सङ्ख्या बढी रहेको, प्राथमिक स्तरमा नियुक्ति प्रक्रियामा पुरुष भन्दा महिलालाई प्राथमिकता दिएको, शिक्षक नियुक्तिका प्रकार स्थायी, राहत, अस्थायी र निजी गरी ४ किसिमको रहेको, विद्यार्थीको व्यवस्थापन तर्फ हेर्दा १ः४२ शिक्षक विद्यार्थी अनुपात रहेको देखियो । त्यस्तै कक्षाकोठामा झ्याल, ढोका र प्रकाशको व्यवस्थापन सामान्य अवस्थामा देखियो । डेक्स, बेञ्चलाई विश्लेषण गर्दा १ः५ डेक्स बेञ्च र विद्यार्थीको अनुपात देखियो । यसैगरी विद्यालयमा उपलब्ध संसाधन र भौतिक स्रोत व्यवस्थापनका सम्बन्धमा मिश्रित किसिमको धारणा प्रस्तुत गरेका छन् । विद्यालयको प्राथमिक तहमा भौतिक स्रोत व्यवस्थापन र शैक्षिक गुणस्तरमा त्यसको प्रभाव सन्दर्भमा नमुना क्षेत्रमा शिक्षक दरबन्दी अभाव, न्यूनतम शैक्षिक योग्यता भएका शिक्षकको सङ्ख्या अत्याधिक हुनु, महिला शिक्षकको सङ्ख्या बढी हुनु, कर्मचारीको उचित व्यवस्थापन हुन नसकेको विद्यालयमा शैक्षिक सामग्रीको उचित व्यवस्थापन हुन नसकेको, विद्यालयको कक्षा सञ्चालन आÏनै निजी भवनमा भएता पनि फर्निचरको समस्या, झ्याल, ढोकाको प्रबन्ध नहुनु, डेस्क, बेन्च विद्यार्थी उमेर सङ्ख्या अनुसारको नहुनु, कक्षाकोठामा हावा, प्रकाश बत्तीको उचित प्रबन्ध मिलाउन नसक्नु, शैक्षिक सामग्रीको अभाव, खानेपानी शौचालयको प्रबन्ध नरहेको देखिन्छ । यसैगरी विद्यालयमा सुरक्षाका लागि कम्पाउण्ड वाल, स्वास्थ्य उपचारको व्यवस्था, फूलबारी बगै“चा समेत नरहेको अध्ययनको निष्कर्ष रहेको छ । विद्यालयमा कार्यरत शिक्षकहरूलाई राज्यले सुरक्षा प्रदान गर्दै समय सापेक्ष तालिमको व्यवस्था गर्नुपर्ने, भौतिक स्रोत व्यवस्थापनमा राज्यको तर्फबाट उचित व्यवस्थापन गरिनु पर्ने जस्ता सुझावहरू पेस गरिएको छ ।
  • Item
    प्राथमिक तहको गणित विषयको वर्तमान विद्यार्थी मूल्याङ्कन प्रणालीको तुलनात्मक अध्ययन {Prathamik tahako ganit bishayko bartaman bidyarthi mulyankan pranaliko tulanatmak adhyayan}
    (2016) कोइराला, शान्ता (Koirala, Shanta); Not available
    प्राथमिक तहमा अधिकतर विद्यार्थीहरु गणित विषयमा अनूतिर्ण हुने, सामुदायिक तथा संस्थागत विद्यालयको उपलब्धिबिच फरक हुने, छात्र र छात्राको गणित विषयको उपलब्धी फरक हुने जस्ता विद्यमान समस्याहरुका कारक तत्वहरु उत्खनन गर्ने मनसायले ‘प्राथमिक तहको गणित विषयको वर्तमान विद्यार्थी मूल्याङ्कन प्रणालीको तुलनात्मक अध्ययन’ शीर्षकमा यो शोध पत्र तयार पारिएको हो । यो शोध पत्रको अध्ययनबाट शिक्षक, विद्यार्थी, अभिभावक लाई लाभ पुग्नाको साथै मन्त्रालय, विभाग, क्षे.शि.नि., जि.शि.का. तथा अन्य सबै सरोकारवाला शैक्षिक योजनाकारहरुलाई संस्थागत र सामुदायिक विद्यालय बिच बढ्दै गएको दुरी वा खाडल कम गर्न सहयोग पु्ग्ने छ भन्ने विश्वास राखिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको प्राथमिक तहको गणित विषयको उपलब्धी लेखाजोखा गर्ने, परीक्षाको परिणाम बिच फराकिलो खाडल हुनाका कारणहरु पत्तालगाउने र गणित विषयको शैक्षिक उपलब्धीमा देखा परेका खाडल कम गर्न सुझावहरु प्रस्तुत गर्ने उद्देश्यका साथ शोध पत्र तयार गरिएको छ । यो अध्ययन २०७१ सालको विद्यार्थीको परीक्षाफलमा केन्द्रित गरी सुनसरी जिल्लाको इटहरी उप–महानगर पालिकामा अवस्थित स्रोत केन्द्र अन्तर्गतका ६ वटा विद्यालयहरुमा ३ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयको प्राथमिक तहमा सिमित गरिएको छ । नमूना छनौटमा परेका विद्यालयका ६ जना प्रधानाध्यापक र सम्बन्धित विद्यालयका प्राथमिक तहको गणित विषयको विषय शिक्षकलाई उद्देश्यात्मक नमूना छनौट विधिबाट छनौट गरी अन्तरवार्ता, अनूसुचि मार्फत प्रतिकृया लिइएको छ भने नमूना छनौटमा परेका विद्यालयका विद्यार्थीहरुलाई समान सम्भाव्यता नमूना छनौट विधिबाट गरिएको छ । अन्तरवार्ता, अनूसचि, प्रश्नावली तथा अवलोकन फारमबाट प्राथमिक सूचना तथा विभिन्न पत्र–पत्रिकाबाट, सहायक सूचना तथा तथ्याङ्कहरु प्राप्त गरी तालिकीकरण गरी स्थम्भ चित्र र रेखा चित्र मा प्रस्तुत गरिएृको छ । यसका अतिरित्त समग्र सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले गणित विषयमा प्राप्तगरेको उपलब्धीको विस्वसनिय परीक्षण गर्न र ति विद्यार्थीहरुको मध्यको अन्तरको विश्वसनियता परीक्षण गर्न तथ्याङ्क शास्त्रिय विधिहरुको उपयोग गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका जम्मा ६० जना विद्यार्थीहरुकै औसत उपलब्धी ७० र प्रमाणिक त्रुटी २.१६ पाइएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले गणित विषयमा प्राप्त गरेको औसत उपलब्धी ७० को ५ प्रतिशत लेबल र १ प्रतिशत लेबलमा विश्वसनियता परीक्षण गर्दा क्रमशः ६३.५९ देखि ७६.४० भन्दा बाहिर र ६४.४३ देखि ७५.५७ भन्दा बाहिर पर्ने दखिएको छ । सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले गणित विषयमा प्राप्त गरेको औसत उपलब्धी (मध्यक) को अन्तरको विश्वसनियता परीक्षण गरिएको छ । वर्तमान सामुदायिक र संस्थागत विद्यालयमा प्राथमिक तहको गणित विषयको विद्यार्थी मूल्याङ्कन प्रणालीको तुलनात्मक अध्ययन गर्दा विद्यार्थी मूल्याङ्कनका साधनहरु मध्ये सामुदायिक विद्यालयले शतप्रतिसत शिक्षक निर्मित साधनहरुको प्रयोग गर्ने गरेको देखियो भने संस्थागत विद्यालयले ३३.३३ प्रतिशतले शिक्षक निर्मित र बाँकी ६६.६७ प्रतिशतले सबै साधनहरुको प्रयोग गरेको देखिएको छ । त्यसैगरी मूल्याङ्कनका साधनहरु मध्ये निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई सबैभन्दा बढी सामुदायिक विद्यालयबाट शतप्रतिसत तथा संस्थागत विद्यालयले पनि शतप्रतिसत नै प्रयोग गर्ने गरेको पाइयो । पोर्टफोलियोको प्रयोगको सन्दर्भमा सामुदायिक विद्यालयका ३३.३३ प्रतिशतले प्रयोग गर्ने गरेको र ६६.६७ प्रतिशतले प्रयोग नगरेको पाइयो भने संस्थागत विद्यालयका ६६.६७ प्रतिशतले प्रयोग गर्ने गरेको र ३३.३३ प्रतिशतले प्रयोग नगर्ने गरेको पाइयो । प्रश्नपत्र निर्माण सम्बन्धी सामुदायिक विद्यालय ६६.६७ प्रतिशतले लिखित र ३३.३३ प्रतिशतले लिखित र मौखिक निर्माण गर्नेगरेको पाइयो भने संस्थागत विद्यालयका १०० प्रतिशतले नै लिखित र मौखिक दुवै खालका प्रश्न निर्माण गर्ने गरेको पाइयो । त्रुटी विश्लेषणको सन्दर्भमा सामुदायिक विद्यालयका ३३.३३ प्रतिशतले विरलै र ६६.६७ प्रतिशतले कहिलेकाँही गणित विषयको त्रुटी विश्लेषण गर्ने गरेको पाइयो भने अर्को तिर संस्थागत विद्यालयले ३३.३३ प्रतिशत कहिलकाँही र ६६.६७ प्रतिशतले प्रायः त्रुटी विश्लेषण गर्ने गरेको पाइयो । सामुदायिक तथा संस्थागत विद्यालका विद्यार्थीहरुको गणित विषयको शैक्षिक उपलब्धी बिच भिन्नता (खाडल) देखिनुका कारणहरुमा विद्यालयले परीक्षाफल विश्लेषण नगरेको, शिक्षण सामग्रीको राम्रो प्रबन्ध नभएको, कक्षाकोठा व्यवस्थापनमा कमिकमजोरी रहेको, गणित संग सम्बन्धित अतिरिक्त सन्दर्भ सामग्रीको प्रयोग नगरिएको, विद्यालय खुलाई नियमित नभएको, तल्ला कक्षाहरुमा गणित विषय अनुत्तिर्ण हुँदै आएको, विद्यार्थीको कक्षाकोठामा नियमित उपस्थिति नभएको, गणित शिक्षण सामग्रीको प्रयाग जती प्रयोग गुर्न पर्ने हो त्यती प्रयोग नगरेको, आश्यक शैक्षिक सामग्री पर्याप्त मात्रामा उपलब्ध नभएको, अतिरिक्त पाठ्यपुस्तकको प्रयोग नगरिएको, सबै शिक्षकहरु तालिम प्राप्त नभएका तथा अन्य विषयहरुको तलनामा गणित विषको विद्यार्थी मूल्याङ्कन अति उत्तम नभएको, अनुगमन र सुपरिवेक्षण संधै गर्ने नगरेको गणित विषयको परीक्षाफलहरु निरासाजनक हुनुका विभिन्न कारक तत्वहरु रहेको, सरकारी तवरबाट हुने अनुगमन र सुपरिवेक्षाण बढी मात्रामा नभएको शिक्षक तथा विद्यालय प्रशासनद्वारा शैक्षणिक योजनाको उचित कार्यन्वयन नगरिएको, निरन्तर मूल्याङ्कन प्रणालीलाई शिक्षण शिकाई क्रियाकलापको अभिन्न अंगको रुपमा नलिइएको जस्ता कारक तत्वहरु फेला परेका छन् । उक्त कारक तत्वको पहिचान गरी समस्याको न्यूनिकरण वा निराकरण गर्नका लागि सामुदायिक विद्यालयमा नियमित रुपमा विद्यालय खोल्नु पर्ने, कक्षामा शिक्षकको उपस्थिति वृद्धि गर्नुपर्ने, शिक्षकको योग्यतामा वृद्धि गर्नुपर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनुपर्ने, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउनुपर्ने, पुनरताजगी तालिमको व्यवस्था गर्नुपर्ने, परीक्षा तथा मूल्याङ्कनमा सुधार गर्नुपर्ने जस्ता सुझावहरु औंल्याएका छन् ।
  • Item
    क्षिक्षककाे पेशागत विकास तालिम कार्यान्वयनकाे अवस्था { Sikshakako pesagat bikash talim karyanyayanko awastha}
    (2015) तामाङ्, गंगाबहादुर ( Tamang, Gangabahadur); वेगबहादुर काफ्ले ( Begabahadur Kafle)
    Available in fulltext
  • Item
    सिकाइ उपलब्धिकाे स्थिति र त्यसलाई प्रभाव पार्ने तत्वहरुकाे विश्लेषण { Sikai upalabdhiko sthiti ra tyashlai parbhab parne tatwaharuko bishlesan}
    (2015) वस्नेत, लालबहादु्र ( Basnet, Lalbahadur; शान्तिराम दहाल ( Shantiram Dahal )
    Available in fulltext
  • Item
    विज्ञान विषयमा शैक्षिक सामाग्री प्रयाेग { Bigyan bisayama saikshik samagriko paryog}
    (2016) मंडल, रामचन्द्र ( Mandal, Ramchandra); ऋषिराज धिमाल ( Rishiraj Dhimal)
    Available in fulltext
  • Item
    सामाजिक अध्ययन विषयकाे पाठ्यक्रम कार्यान्वयनकाे अवस्था { Samajik adhyayana bisayako pathyakram karyanayanko avastha }
    (2008) धिमाल, ऋषिराज ( Dhimal, Rishiraj); लक्ष्मीकुमार श्रेष्ठ ( Laxmikumar Shrestha)
    Available in fulltext
  • Item
    कक्षा दशमा गणित विषयको शिक्षण सिकाइ क्रियाकलापको अवस्था अध्ययन {Kaksha dashma ganit bisayako shikshana sikai kriyakalapko abastha adhyayan}
    (2012) सापकोटा, शरद राज Sapkota, Sharad Raj; चोलाकान्त घिमिरे Cholakant Ghimire
    Available in fulltext
  • Item
    सामुदायिक विद्यालयको एस.एल.सी.को नतिजामा प्रभाव पार्ने तत्वहरू {Samudayik bidyalayko S.L.C. ko natijama prabhab parne tatwaharu}
    (2012) कडायत, करुण कुमार Kadayat, Karun Kumar; ध्रुव प्रसाद निउरे Dhruv Prasad Niure
    Available in fulltext