Curriculum and Evaluation
Permanent URI for this collectionhttps://hdl.handle.net/20.500.14540/60
Browse
Recent Submissions
Item कक्षा दशमा गणित विषयको शिक्षण सिकाइ क्रियाकलापको अवस्था अध्ययन {Kaksha dashma ganit bisayako shikshana sikai kriyakalapko abastha adhyayan}(2012) सापकोटा, शरद राज Sapkota, Sharad Raj; चोलाकान्त घिमिरे Cholakant GhimireAvailable in fulltextItem सामुदायिक विद्यालयको एस.एल.सी.को नतिजामा प्रभाव पार्ने तत्वहरू {Samudayik bidyalayko S.L.C. ko natijama prabhab parne tatwaharu}(2012) कडायत, करुण कुमार Kadayat, Karun Kumar; ध्रुव प्रसाद निउरे Dhruv Prasad NiureAvailable in fulltextItem निरन्तर मुल्याङ्कन प्रणाली { Nirantar mulyankan parnali}(2016) सुवेदी, दुर्गा Subedi, Durga; गणेशप्रसाद दाहाल Ganeshprasad DahalAvailable in fulltextItem टिपिडी तालिम प्रति शिक्षककाे दृष्टिकाेण { Tipidi talim parti sikshakako dristikon}(2017) न्याैपाने, कमलप्रसाद Neupane, Kamalprasad; ऋषिराज धिमाल Rishiraj Dhimalशोधसार टिपिडी तालिम प्रति शिक्षकको दृष्टिकोण नामक शोध शीर्षकमा गरिएको यस अनुसन्धान कार्यको मुख्य उद्देश्य टिपिडी तालिमप्रति शिक्षकको दृष्टिकोण, यसको आवश्यकता, यसको प्रयोगमा आएको समस्या र टिपिडी तालिमलाई प्रभावकारी बनाउने उपायको पहिचान गर्ने कुरामा केन्द्रित छ । प्रस्तुत अध्ययनलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यकता अनुसार परिमाणात्मक र गुणात्मक अध्ययन ढाँचा मिश्रित रुपमा प्रयोग गरिएको छ । नमूना विद्यालय र प्रअ.को छनोट उद्देश्य मुलक र शिक्षकको छनोट सम्भावनायुक्त नमुना छनोट विधिबाट गरिएको छ । यस अध्ययनको लागि पथरी स्रोतकेन्द्रमा पर्ने वयरवन गा.वि.स.का १२ वटा सामुदायिक विद्यालय मध्ये ४ वटा सामुदायीक विद्यालयका १\१ जना प्र.अ. र २\२ जनाका दरले जम्मा ८ जना शिक्षकगरी १२ जनालाई नमुना आकारको रुपमा लिएको छ । यस अध्ययनको लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्न प्रश्नावलीको प्रयोग, उनीहरुलाई भेला गराई छलफल र विद्यालयको अभिलेखबाट प्राप्त विवरण संकलन गरिएको छ । टिपिडी तालिम प्राप्त शिक्षकको यस अध्ययनबाट प्राप्त भएका प्राप्तिहरु निम्नानुसार छन् । टिपिडी तालिमले शिक्षकको पेशागत ज्ञान, सीपको विकास गर्ने ज्ञान,को पुनर्ताजगी गर्ने नयाँ विधि र प्रविधिको प्रयोग गर्न सहयोग गर्ने शिक्षकलाई पेशाप्रति जिम्मेवार बनाउने भएकाले यस तालिमप्रति शिक्षकको दृष्टिकोण सकारात्मक पाइयो । टिपिडी तालिम लिए पछि कक्षा शिक्षण प्रभावकारी हुने योजनाको निर्माण गर्न सहयोग गर्ने, शैक्षिक सामग्री प्रयोग गरी शिक्षण गर्न सहयोग गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्ने, बालकेन्द्रित शिक्षण विधिको प्रयोग गर्न सहयोग गर्ने पेशागत विकासलाई ज्ञान र अनुभवबाट निर्माणात्मक सुधार गर्न सहयोग गर्न मद्दत गर्ने भएकाले यस तालिमको आवश्यकता छ । टिपिडी तालिममा समय कम हुने तालिममा प्राप्त भएको ज्ञान, सीपलाई शिक्षणमा प्रयोग गर्ने शैक्षिक सामग्री नहुनु, शिक्षण सिकाइ प्रति विद्यार्थीको चासो कम हुनु, केन्द्रिकरण प्याकेज हुनु, शिक्षक स्वयमले समस्याको पहिचान गर्न नसक्नु, माग अनुसारको प्रशिक्षण नहुनु, प्रशिक्षक सहजकर्ता नभई प्रशासकको रुपमा उपस्थित हुनु, प्रभावकारी र निष्पक्ष अनुगमनतथा सुपरिवेक्षण नहनुु यस तालिमका समस्या रहेका छन् । तालिम सञ्चालन गर्दा शिक्षकको मनोविज्ञान बुझेर सञ्चालन गरेमा माग अनुसार तालिम सञ्चालन गरेमा समयलाई बढाएमा, तालिममा प्राप्त ज्ञान, सीपलाई कक्षाकोठामा प्रयोग गर्ने वातावरण भएमा, प्रभावकारी अनुगमन र निरीक्षण भएमा, कार्य सम्पादनको सही मुल्याङ्कन भइ राम्रो गर्ने शिक्षकलाई पुरस्कृतगरेमा यो तालिम प्रभावकारी हुने थियो । समग्रमा टिपिडी तालिम सम्पूर्ण तालिमको समष्टिगत रुप हो जसले कक्षाकोठाको शैक्षिक समस्या समाधान मात्र गर्दैन त्यहाँ उत्पन्न भएका अन्य समस्या समाधान गर्न पनि सहयोग गर्छ । यस तालिमले व्यवहारिकताको विकास गरी नरम सीपअनुसार शैक्षिक गुणस्तर वृद्धि गर्ने भएकाले यस टिपिडी तालिम प्रति शिक्षकको सकारात्मक दृष्टिकोण पाइन्छ ।Item विज्ञान विषयकाे शिक्षणमा शैक्षिक सामाग्रीकाे प्रयाेगकाे अवस्था { Bigyan bisayako sikshanma saikshik samagriko paryogko awasthsa}(2017) सुवेदी, पुष्प Subedi, Puspa; ऋषिराज, धिमाल Rishiraj Dhimalशोधसार विज्ञान विषयको शिक्षणमा शैक्षिक सामग्रीको प्रयोगको अवस्था शीर्षक अन्तर्गत गरिएको यस सोधकार्यको उद्देश्यहरू विज्ञान विषयमा शैक्षिक सामग्रीको प्रयोगको अवस्था पहिचान गर्नु र प्रयोगमा देखिएका समस्याहरू पत्ता लगाई त्यसलाई समाधान गर्ने उपायहरू रहेका छन् । यस अनुसन्धान कार्यमा परिमाणात्मक र गुणात्मक दुवै अनुसन्धान विधिको प्रयोग गरिएको छ । तथ्याङ्कको सङ्कलनको लागि प्रश्नावली, स्थलगत अध्ययन अवलोकन फारम, लक्षित समूह छलफल निर्देशिका जस्ता साधनको प्रयोग गरिएको छ । जनसंख्या छनोटको लागि बयरवन र केरौन गाविस अन्तर्गत ६ ओटा सामुदायिक मा.वि.हरू मध्ये तीन ओटा सामुदायिक विद्यालयहरूका ३ जना प्रधानाध्यापक, ३ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, ३ जना विज्ञान विषय शिक्षक र कक्षा ९ एवम् कक्षा १० का १०/१० जनाका दरले जम्मा ६० जना गरी कुल ६९ जना तथ्याङ्कको स्रोतका रुपमा प्राथमिक र द्वितीय स्रोतको प्रयोग गरिएको छ । तथ्याङ्क विश्लेषण गरी तालिका र प्रतिशतमा प्रस्तुत गरिएको छ । यो अध्ययन पूरा गर्ने क्रममा प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक र विद्यार्थीको लागि च्बलमयm छनोट विधिको प्रयोग गरिएको छ । लक्षित समूह छलफल विधिका लागि विज्ञान विषय शिक्षक छनोट गरिएको छ । नमुना छनोटमा परेका विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरूले शैक्षिक सामग्रीको रुपमा पाठ्यपुस्तक निःशुल्क प्राप्त गरेका छन् । विद्यालयहरूमा अनुभवी र तालिम प्राप्त शिक्षकहरू भएका कारणले विषयवस्तु लामो समय देखि अध्यापन गर्दा कण्ठस्त भएको हुँदा कक्षाकोठामा पाठ्यपुस्तक नलगी शिक्षण गरिएको छ । विज्ञान विषयको प्रयोगात्मक कार्यमा लागि पाठ्यभार नतोकिएको पाइएको छ । विज्ञान विषयको शिक्षकले केही पाठ्यपुस्तकको पूर्व तयारी गरेको पाइएको छ । शिक्षण विधिहरूमध्ये सबैभन्दा बढी व्याख्यान विधि नै प्रयोग गरिएको पाइयो । विज्ञान विषयमा भएको क्रियाकलाप मध्ये ४३ प्रतिशत मात्र गराइएको देखियो । प्रयोगात्मक कार्यको लागि पर्याप्त शैक्षिक सामग्री, व्यवस्थित प्रयोगशाला र पाठ्यभार मिलाएर विद्यालयमा प्रयोगात्मक कार्यको वातावरण बनाउँदै गरेको पाइएको छ । विज्ञान विषय शिक्षकले विना मूल्य तथा कम मूल्यको शैक्षिक सामग्रीहरू सबै विद्यालयहरूमा रहेको र प्रयोग गर्ने गरेको पाइयो । तर रसायन, माइक्रोस्कोप जस्ता महँगा शैक्षिक सामग्रीहरू युनिसेफ बाट र केही गैर सरकारी संस्थान तथा केहि विद्यालयले आफैं व्यवस्था गरेको पाइयो । समग्रमा ३५ प्रतिशत सामग्री उपलब्ध तथा प्रयोग गरिएको पाइयो । सबैभन्दा बढी शैक्षिक सामग्री श्री जनकल्याण मावि बयरवनले प्रयोग गरेको पाइयो । नमुना छनोट विद्यालयहरूमा व्यवस्थित प्रयोगशाला, आधुनिक शिक्षण विधि र प्रभावकारी शिक्षणमा ध्यान दिनुपर्ने आवश्यकता छ । शिक्षकको पेशाप्रति अभिरुचि बढाउने शिक्षण नै जीविकोपार्जनको आधार बनाइनुका साथै स्रोतकेन्द्र स्तरीय विषयगत छलफल, विज्ञान सिर्जनाको खोजी, विज्ञान प्रर्दशनी र विज्ञान मेला समय समयमा सञ्चालन गरी विज्ञानप्रति विद्यार्थीको रुचि बढाउन आवश्यक छ । साथै स्थानीय स्तरमा पाइने सामग्री सङ्कलन, निर्माण र प्रयोग गर्न लगाई विज्ञान विषय शिक्षणप्रति रुचि बढाउन आवश्यक देखिन्छ । विज्ञान प्रयोगात्मक कार्यका लागि प्रयोगशाला व्यवस्था गरिनुपर्ने शिक्षक र विद्यार्थीको अनुपातमा शिक्षक दरवन्दी व्यवस्था गरिनु पर्ने तथा नवीनतम शिक्षण विधि अपनाउनु पर्ने आवश्यकता महसुस गरिएको छ ।Item उद्धारकक्षोन्नती कार्यान्वयनकाे अवस्था(2017) कार्की, चेतबहादुर Karki, Chetbahadur; भोजराज घिमिरेAvailable in fulltextItem बालमैत्री कक्षाकाेठामा किताब कुनाकाे प्रयाेग { Balmaitri kakshakothama kitab kunako pryog}(2017) भुजेल, पदमबहादुर Bhujel, Padambahadur; भाेजराज घिमिरे Bhojraj Ghimireशोधसार यस शोध अध्ययनको शीर्षक बालमैत्री कक्षाकोठामा किताब कुनाको प्रयोग छनोट गरिएको छ । अध्ययन अनुसान्धानको लागि किताब कुनाको प्रयोगले सिकाइमा पारेको प्रभाव पत्ता लगाउनु मुख्य उद्देश्य रहेको छ । यस शोध अध्ययनको लागि गुणात्मक र परिमाणात्मक दुवै मिश्रित ढाँचा प्रयोग गरिएको छ । शोध अध्ययन अगाडी बढाउनको लागि धनकुटा जिल्लामा १० वटा सामुदायिक विद्यालयहरूमा युनिसेफ, विश्वशिक्षा र शिक्षा मन्त्रालयको त्रिपक्षीय सहयोगमा बालमैत्री शिक्षा लागु भई हाल कक्षाकोठामा किताब कुनाको प्रयोग भएको छ । किताब कुना लागु भएका पाख्रिवास स्रोतकेन्द्र अन्तरगतका दुइवटा विद्यालयहरू श्री जनकल्याण नि.मा.वि. सान्ने ८ र श्री ढुङ्गेधारा नि.मा.वि. पाख्रिवास ७ लाई उद्देश्यपूर्ण ढंगबाट नमूना छनोटमा लिइएको छ । ४७ जनाको उद्देश्य पूर्ण ढंगबाट नमूना छनोट गरिएको छ । तथ्यांक संकलन गर्नको लागि प्राथमिक र सहायक दुवै स्र्रोतहरू प्रयोग गरी खुल्ला प्रश्नावली, अन्तर्वार्ता अनुसूची साथै निर्देशिका प्रश्नावली जस्ता तथ्यांक संकलनका साधनहरू प्रयोग गरी शोध अध्ययन पुरा गर्ने कार्य गरिएको छ । कक्षाकोठामा किताब कुनाको प्रयोगले सिकाइमा पारेको प्रभावको अध्ययनको क्रममा किताब कुना प्रयोग गर्न भौतिक सामग्रीहरू अन्तर्गत प्रत्येक कक्षाकोठामा टीनको बाकस, बुककेस, र्याक, दराज, टेवल र डोरीहरू प्रयोग गरिएको पाइयो । बाल सन्दर्भ सामग्रीहरू, विद्यार्थीहरूद्वारा निर्मित सन्दर्भ सामग्रीहरू प्रत्येक कक्षाकोठामा राखिएको पाइएको छ । बाल सन्दर्भ सामग्रीहरू शिक्षक र विद्यार्थी दुवै पक्षले शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग गर्ने गरिएको र विद्यार्थीको सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता भाषिक सीपका चारवटै पक्षमा प्रभाव पारेको पाइयो । नेपाली, गणित र अंग्रेजी विषयको औषत सिकाइ उपलब्धि वृद्धि भएता पनि गणित विषयमा ह्रास आएको पाइयो । किताब कुनाको प्रयोगमा प्रभाव पार्ने तत्वहरूमा मुख्य रूपले तालिम, आर्थिक, शिक्षण पद्धति तथा भौतिक सामग्रीहरू जस्ता पक्षहरू रहेको पाइयो । किताब कुना प्रयोगको समस्याहरूमा बाल सन्दर्भ सामग्री पर्याप्तता नहुनु, पुनर्ताजकी तालिमको अभाव, सुपरिवेक्षणको कमी र भौतिक सामग्रीहरूको उचीत प्रबन्ध नभएको पाइयो । विषयतग रूपमा किताब कुनाकोे कम प्रयोग भएको पाइयो । कक्षा शिक्षण गर्ने शिक्षकलाई एक पटक तालिम दिएपछि पुनः पुनर्ताजकि तालिमको व्यवस्था नगर्दा शिक्षण सिकाइ क्रियाकलापमा किताब कुनाको प्रयोग परम्परागत ढङ्गबाटनै सञ्चालन हुनसक्ने निष्कर्ष निकालिएको छ । किताब कुनाको प्रयोगबाट बालबालिकामा रचनात्मक क्षमताको विकास तथा छलफल गर्ने वानिको विकास जस्ता सिकाइ उपलब्धीलाई सकारात्मक प्रभाव पारेको छ । किताब कुनाको प्रायोगले बालबालिकाको सर्वाङ्गीण विकासमा समेत सहयोग पु¥याएको देखिन्छ । किताब कुनाको जानकारी हाल सबै पक्षमा थाहा नपाई सकेको अवस्था रहेको हुँदा शैक्षिक चेतनामूलक कार्यक्रम मार्फत सर्वत्र परिचित गराउनु पर्ने देखिन्छ । किताब कुनाको प्रयोग विद्यार्थी केन्द्रित शिक्षण विधि मार्फत प्रयोग गर्नु पर्ने, बालमैत्री शिक्षणको अवधारणा अनुरूप शिक्षण सिकाइ क्रियाकलापलाई आत्मसाथ गरी अगाडि बढाउनु पर्ने साथै कक्षा शिक्षण गर्ने शिक्षकलाई समय समयमा तालिमको व्यवस्था गर्नु पर्ने र सम्पूर्ण सम्बद्ध पक्षले किताब कुनाको प्रयोगमा सहयोग प्रदान गर्नु पर्ने देखिन्छ ।Item गणित विषयकाे शिक्षण सिकाईमा विषय वस्तु प्रस्तुतिकरणकाे अवस्था {Ganit bishayko shikshan sikaima bishaybastu prastutikaranko awastha}(2016) ठाकुर, रामप्रसाद Thakur Ramprasad; ऋषिराज धिमाल Rishiraj Dhimalगणित शिक्षण सिकाइमा विषयवस्तु प्रस्ततिकरणको अवस्था नामक शोध शीर्षकमा गरिएको यस अनुसन्धान कार्यको मुख्य उद्देश्य सामुदायिक विद्यालयमा गणित शिक्षणका अवस्था पहिचान गर्ने रहेको छ । यस अध्ययनलाई अघि बढाउन आवश्यकता अनुसार परिमाणात्मकर गुणात्मक ढाँचा मिश्रित रुपमा प्रयोग गरिएको छ । यस अध्ययनको नमुना छनोटका विद्यालय, प्र.अ.,शिक्षक तथा विद्यार्थीहरुका रेण्डम नमूना छनोटको विधिको प्रयोग गरिएको छ । यसअध्ययनका लागि मोरङ जिल्ला अन्तर्गत बाहुनी श्रोतकेन्द्र भित्र पर्ने ५ वटा सामुदायिक विद्यलायहरु उक्त विद्यालयका प्र.अ. हरु १० जना, शिक्षकहरु तथा २० जना, विद्यार्थीहरु नमुनाका आकारका रुपमा रहेका छन । यो अध्ययनका लागि अवलोकन, अन्तर्गत प्रश्नावली, अभिलेख अध्ययन जस्ता साधनहरुको प्रयोग गरिएको छ । गणित शिक्षण सिकाइमा विषयवस्तु प्रस्तुत गर्ने कला शिक्षकको शैक्षिक, प्राविधिक तथा पेशागत गुणको आधारमा सृजना भई विद्यार्थीहरुमा सार्ने गरेको पाइयो । विद्यार्थीहरुमा सिकाइ प्रक्रिया बालबालिकाहरुको सामाजिक, शारीरिक, बौद्धिक एवं संवेगात्मक विकासका आधारमा गर्ने गरेको पाइयो । सफल गणित शिक्षणमा शिक्षकले विद्यार्थीहरुको सक्रियतामा छलफल, प्रश्नोत्तर, व्याख्यान, प्रदर्शन, प्रयोगात्मक, आगमन, निगमन, समस्या समाधान जस्ता विधिको प्रयोग गरी शिक्षण गर्ने गरेको पाइएको छ । गणित शिक्षण सिकाइमा विषयवस्तु प्रस्तुत गर्ने क्रममा प्रर्याप्त मात्रामा कमी कमजोरीहरु देखिएका छन । ती कमजोरीहरु, उपयुक्त शिक्षण विधिको प्रयोग नगर्नु, शैक्षिक सामग्रीको अभाव, मूल्याङकन तथा गृहकार्यमा कन्जुसी, शिक्षण सिकाइ क्रियाकलापमा आलस्य, शिक्षक निर्देशिक तथापाठयक्रमको अभाव, न्यून अभ्यास, दक्ष जनशक्तिको अभाव, निरीक्षण, सुपरिवेक्षण तथामूल्याङकन र अनुगमनको कमी जस्ता समस्याहरु रहेका छन भने माथि उल्लेखित समस्याहरु समाधानका लागि बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकास अनुसार विषयवस्तुको लागि उपयुक्त शिक्षण विधि, शैक्षिक सामग्री, सिकाइ क्रियाकलाप, मूल्याङकन तथा गृहकार्यको व्यवस्थापन गर्नुपर्ने हुन्छ । शिक्षकले गणित शिक्षणमा विषयवस्तको गहिरो अध्ययन गरी, गणितका नयाँ नयाधारणा, प्रविधी, सोच प्रति सजग रही पाठयक्रमले ताकेको लक्ष्य अनुसारका विषयवस्तुहरु मोडेल सेट,अभ्यास पुस्तक,गणित किताब, एस.एल.सी.का प्रश्नहरु तथा विभिन्न लेखकका अभ्यास गराउने सहयोगी कितावहरुको अध्ययन, अध्यापन गरी सो अनुसारका प्रस्तुतीकरण गरेर गणित सिकाइलाई प्रभावकारी, वैज्ञानिक र प्रयोगिक बनाउन सकिन्छ । गणितको प्रयोग घरायसी, व्यवहारिक,अध्ययन, अनुसन्धान, उद्योग, कार्यालय आदि ठाउँमा हुने भएकोले यस्ता सर्वोपरी बिषयमा विद्यार्थीलाई बढी भन्दा बढी अभ्यास गराउने,क्रियाशिल बनाउने तिर उन्मुख भएर गणित शिक्षणको प्रस्तुतीकरण गर्नुपर्दछ । गणितमा बढी असफल हुने कारण विषयवस्तुको चाहिदो अभ्यास नगरेर हो । यस विषयमा मिहिनेत गर्ने विद्यार्थीहरुले एस.एल.सी.मा १०० अंक पनि ल्याइएको पाइन्छ । त्यसैले अनुभवी तथा दक्ष शिक्षकले नै गणित शिक्षण प्रभावकारी तथा उपलब्धीमूलक प्रस्तुतीकरण गर्न सक्छ ।Item A study on the adequacy and appropriateness of computer science curricula in Nepali secondary schools(2024) Yadav, Ajay Kumar; Dil Prasad ShresthaThis study analyzes the Computer Science (CS) curricula for Grades 9 and 10 in Nepalese schools. The mixed-method research design was used in this study. Data and information were collected through questionnaire surveys and interviews with curriculum designers, CS textbook authors, school principals, CS teachers, and CS students. Random and purposive sampling techniques were used to select the study respondents / participants. The quantitative data was analyzed using Microsoft Excel. The qualitative information was analyzed through thematic and content analysis techniques. The Pinar, and TPACK models, and 21st- Century Learning Skills were used as theoretical framework. The study reveals that the present CS curriculum introduces students to HTML, CSS, QBasic, C, and MS Access database, providing them with foundational exposure to programming concepts and database management. There are significant opportunities to further enhance the CS curriculum aligned with students' needs and social context. The study also concludes that (a) the CS curriculum has limited flexibility, allowing students to explore their individual interests in areas such as programming, graphics, or content creation, (b) textbooks are insufficiently- balanced regarding the distribution of easy and difficult units across the academic session, (c) there has been less emphasis on hands-on learning and skill development by allocating more teaching hours to theoretical classes, (d) it demands customizable CS curriculum based on school facilities and infrastructures to cover a broad range of schools in Nepal, and (e) a teacher's guidebook, along with teacher training program, is essential for the effective implementation of the CS curriculum. The study proposes a revised framework and committee for developing a CS curriculum. The committee is to include present and alumni CS students for designing the curriculum as student-centric. The study presents significant implications for curriculum developers and education policy-managers to develop a student-centric CS curriculum at the secondary school level aligned with social context.Item निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले कक्षा छोड्ने दरमा पारेको प्रभाव {Nirntar bidyarthi mulyankan pranalile kaksha chodne darma pareko prabha}(2011) पाण्डे, तिलकसिंह Pandey, Tilak Singh; भोजराज घिमिरे Bhojraj Ghimireप्रस्तुत निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले कक्षा छोड्ने दरमा पारेको प्रभाव शीर्षकको शोधपत्रमा अध्ययन क्षेत्रका सामुदायिक विद्यालयहरुको निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले विद्यार्थीहरुको कक्षा छोड्ने दरमा पारेको प्रभावलाई विश्लेषण गर्ने मूख्य उद्देश्य राखी तयार पारिएको छ । यस शोध अध्ययनलाई झापा जिल्लाको पथरिया श्रोतकेन्द भित्र रहेका सामुदायिक विद्यालयहरुमा सीमित गर्दै सामान्य सयोगिक नमुना छनौट विधिद्वारा संकलित सूचनाहरुको आधारमा व्याख्यात्मक र परिमाणात्मक रुपको अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । तथ्याङ्क संकलनका लागि प्राथमिक तथ्याङ्क संकलनमा प्रश्नोत्तर, अन्तरर्वर्ता, समुह छलफल तथा क्षेत्र अवलोकन विधिहरुको प्रयोग गरिएको छ भने द्वितीय तथ्याङ्क संकलनमा विद्यालयको शैक्षिक अभिलेख श्रोतकेन्द्र स्तरीय शैक्षिक अभिलेख, विभिन्न लेख, रचना तथा शोधपत्रहरुलाई प्रयोग गरिएको छ । यस शोध अध्ययन कार्यमा संलग्न गराइएको विद्यालयहरुको प्राथमिक तहको खुद भर्ना दर निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु हुनु पूर्व (शै.स. २०६१) र लागु भए पश्चातका अवस्थामा कक्षा १ को औषत वृद्धिदर क्रमशः २८.५ जना बाट वृद्धि भई ४१.५ जना गरी औषत वृद्धि ३०% पुगेको छ । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु हुनुपूर्व र निरन्तर विद्यार्थी मुल्याङ्क प्रणाली लागु भए पश्चात कक्षा छोड्ने विद्यार्थी विवरणलाई हेर्दा कक्षा १ र २ मा औषत रुपमा क्रमशः १६.१६% र १५.१६% बाट क्रमशः ४.१६% र ३.८३% मा झरेको पाइएको छ । यसबाट निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले विद्यार्थीको कक्षा छोडने दरमा सकारात्मक प्रभाव पारेको पाइएको छ । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागुहुनु पूर्व कक्षा १ र २ को उत्तीर्ण प्रतिशत सरदर ८५% रहेकोमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु भएपश्चात उत्तीर्ण दरको अवस्थासतप्रतिशत पुगेको पाइयो । कक्षा १ र २ को आषत शैक्षिक उपलब्धी क्रमशः ३६% र ३९%रहेकोमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु भएपश्चात कक्षा १ र २ मा क्रमशः ५२% र६०% पुगेको छ । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु हुुनुपूर्व अध्ययन क्षेत्रमा रहेको विद्यालयहरुको कक्षा १ र २ को विद्यार्थी औषत उपस्थिति १४० दिन र १४२ दिन रहेकोमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु भएपश्चात क्रमशः १८० दिन र १७९ दिन पुगेका पाइयो । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु हुनुपूर्व कक्षा १ र २ का अभिभावकहरुको उपस्थिति २ देखि ४ दिन सम्म हुने गरकोमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु भएपश्चातयो उपस्थिति दिन वृद्धि भइ ७ देखि १२ दिन सम्म पुगेको छ । यस शोध अध्ययनबाट आएको निष्कर्षको आधारमा कक्षा छोड्ने दर कम गर्न निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले पारेको प्रभावलाई अझ व्यापक र प्रभावकारी बनाउनको लागि सम्बन्धित पक्षहरुलाई सुझाव पेश गर्न आवश्यक ठानिएको छ । केन्द्रिय तहबाट न निरन्तर विद्यार्थी मूल्याङ्कनमा आधारित निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको लागि अभिलेख व्यवस्थापनलाइ अनिवार्य गरी व्यवस्थित र नियमित गरउन समय समयमा अनुगमनको आवश्यकता महशुस गरिएको छ । शिक्षकहरुलाई अभिलेख व्यवस्थापन सम्बन्धी छोटो अवधीको तालिमको व्यवस्था समेत गरिनु पर्छ निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको उद्देश्य र महत्व प्रष्टयाउन व्यापक रुपमा प्रचार प्रसार गरिनु पर्छ । साथै शिक्षक प्र.अ., अभिभावक र सरोकारवाला सबैले यसका कार्यान्वयनमा सहयोग पु¥याउनु पर्ने देखिन्छ ।Item सामुदायिक र संस्थागत विद्यालयमा छात्राहरुकाे सहभागिताकाे तुलनात्मक अध्ययन {Samudaik ra sasthagat bidhayalayama chhatraharuko sahabhagitako tulanatmak adhyayana}(2015) थापा, पवित्र Thapa, Pabitra; शिवराज बढू Shivraj Badhuशोधसार प्रस्तुत अध्ययन “सामुदायिक र संस्थागत विद्यालयमा छात्रा सहभागिताको तुलनात्मक अध्ययन” शिर्षक अन्तर्गत कपिलवस्तु जिल्लामा अवस्थित हथौसा गा.वि.स. लाई छनोट गरी उक्त क्षेत्रमा संचालित एउटा सामुदायिक र एउटा संस्थागत विद्यालयलाई नमुनाको रुपमा छनोट गरिएको थियो । यस अध्ययनमा सामुदायिक र संस्थागत विद्यालयमा छात्राहरुको जातिगत सहभागिताको अवस्था पत्ता लगाउनु र छात्राहरुको विद्यालयमा सहभागिता वारे सरोकारवालाहरुको धारणा पहिल्याउनु मुख्य उद्देश्य राखिएको थियो । यस अध्ययनको उद्देश्य अनुसार अध्ययन क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयको २०७० सालको कक्षा १ देखि १० सम्मको जातिगत रुपमा छात्रा विद्यार्थीको भर्नालाई अध्ययन गर्दा संस्थागत विद्यालयको प्राथमिक विद्यालय तहमा मुसलमान र मधेसी दलित जातिका छात्राहरुको भर्ना शून्य रहेको पाइयो भने सामुदायिक विद्यालयमा ती जातिका छात्राहरुको भर्ना नगन्य रुपमा रहेको देखियो । त्यस्तै सामुदायिक विद्यालयको निम्न माध्यमिक विद्यालय तहमा मधेसी दलीत जातिका छात्राहरु शून्य रहेको तर संस्थागत विद्यालयमा भने पहाडि दलित,मधेसी दलित र मुसलमान जातिका छात्राहरुको भर्ना शून्य रहेको पाइयो । त्यसैगरी सामुदायिक विद्यालयको माध्यमिक विद्यालय तहमा पनि प्रा.वि र नि.मा.वि. तहमा जस्तै मुसलमान जातिका छात्राहरुको भर्ना शून्य रहेको देखिन्छ भने पहाडी जनजाति,पहाडी दलित र मधेसी दलित जातिका छात्राहरुको भर्ना संस्थागत विद्यालयमा शून्य रहेको पाइयो । छात्राको लैंगिक अनुपात सामुदायिकमा ५१% रहेको तर संस्थागतमा तिनीहरुको अनुपात ३१% रहेको पाइयो । यसरी संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा छात्रा भर्ना बढी हुनुमा न्यून आर्थिक अवस्था,अभिभावकमा जनचेतनाको कमी जस्ता तत्व जिम्मेवार रहेको भनी शिक्षकहरुको जवाफ रहेको थियो भने आर्थिक अवस्था कमजोर, केटा र केटीमा गरीने असमानता, संस्थागत विद्यालयमा शैक्षिक शुल्क महङ्गो हुनाले पनि संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा छात्रा भर्ना वढी भएको भन्ने जवाफ अभिभावकले दिएको पाइयो । छनौटमा परेका दुवै विद्यालयको कक्षा ९ का विद्यार्थीहरुको विद्यालयमा उपस्थिति हेर्नका लागि वि. सं.२०७० सालमा भर्ना भएका विद्यार्थीहरुको हाजिरी रेकर्ड अध्ययन गर्दा सामुदायिक विद्यालयका एक जना विद्यार्थीको शैक्षिक सत्र २०७० सालमा औसत उपस्थित हुने दिन १४३.५० (७४.७४%) रहेको र संस्थागत विद्यालयका एक जना विद्यार्थीको एक शैक्षिक सत्रमा औसत उपस्थित हुने दिन १९४.२५ (८८.२९%) रहेको पाइयो । त्यस्तै सामुदायिक विद्यालयका एक जना विद्यार्थी एक वर्षमा औसत अनुपस्थित दिन ४८.५ (२५.२६%) रहेको र संस्थागत विद्यालयका एक जना विद्यार्थी एक वर्षमा औसत अनुपस्थित दिन २५.७५ (११.७०%) रहेको पाइयो । यसरी सामुदायिक विद्यालयका विद्यार्थीहरुले भन्दा संस्थागत विद्यालयका विद्यार्थीहरुले ५०.७५औसत उपस्थित दिन वढी पढ्न पाएका रहेछन् भने संस्थागत विद्यालयका विद्यार्थीहरुको भन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरुको औसत अनुपस्थित दिन २२.७५ धेरै रहेको देखिन्छ । सामुदायिक विद्यालयका केटाहरुको औसत उपस्थित दिन १३६ (७१.२६%) र केटीहरुको औसत उपस्थित दिन १४८ (७७.३६%) र संस्थागत विद्यालयमा केटाहरुको औसत उपस्थित दिन १९४.५ (८८.४०%) र केटीहरुको औसत उपस्थित दिन १९४.०८ (८८.२१%) रहेको पाइयो । त्यस्तै सामुदायिक विद्यालयका केटाहरुको औसत अनुपस्थित दिन ५०.१३ (२८.७१%) र केटीहरुको औसत अनुपस्थित दिन ३८.४६ (२२.२६%) रहेको र संस्थागत विद्यालयका केटाहरुको औसत अनुपस्थित दिन २५.५ (११.५९%) र केटीहरुको औसत अनुपस्थित दिन २५.९२ (११.७८%) रहेको पाइयो ।तुलनामा संस्थागत विद्यालयमा विद्यार्थी वढि उपस्थित हुने गरेको र अनुपस्थित पनि कम हुने गरेको पाइयो । त्यस्तै अभिभावकहरुको कृषि पेशा हुनु, बाली लगाउने र थन्काउने वेलामा विद्यालय जान नपाउनु, घरमा भाईबहिनी हेर्नपर्नु, घरमा कोही विरामी भए हेरचाह गर्नुपर्ने, गाँउघरमा विवाह पूजा हुँदा र पानी परेको समयमा विद्यालय जान नपाउने जस्ता कारणहरु जिम्मेवार रहेकाले विद्यालयमा नियमित उपस्थित हुन नसक्ने भन्ने जवाफ अभिभावकले दिएको पाइयो । विद्यालयमा कक्षा छाड्ने छात्राहरुमा धेरैजसो मधेसी, दलित ,थारु र पहाडी जनजाति जातिका छात्राहरु रहेको भनी सामुदायिक र संस्थागत दुवै विद्यालयका शिक्षकहरुले जवाफ दिएको पाइयो । जसको कारण ; घरायसी कामधन्दाले पढ्न नपाउनु, फेल हुनु, कक्षाको तुलनामा उमेर बढी हुनु, छिटो विवाह हुनु, अभिभावकको अन्धविश्वास जस्तै ; छोरीलाई जति पढाए पनि अर्काको घरमा काम गर्न पठाउनै पर्छ भन्ने सोचाई जस्ता तत्वहरु जिम्मेवार रहेको भनी शिक्षकहरुको जवाफ रहेको पाइयो । त्यस्तै छोरीको शिक्षा प्रतिसामुदायिक विद्यालयका सरोकारवालाहरु भन्दा संस्थागत विद्यालयका सरोकारवालाहरु वढी सकारात्मक र सचेत रहेको पाइयो । वास्तवमा जातिगत रुपमा छात्राहरुको विद्यालयमा सहभागिता वढाउन अभिभावकको आर्थिक पक्ष सवल बनाउने किसिमका रोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने, अभिभावकमा चेतनाको विकास गराउने, छुवाछुतको धारणालाई कम गर्ने, छात्रा छात्रवृत्ति, ड्रेस लगायतका छात्रा विद्यार्थीलाई पढ्न आवश्यक पर्ने सामाग्री निशुल्क उपलब्ध गराउनुपर्ने, विद्यालयको वातावरण छात्रा मैत्री वनाउनु पर्ने, छात्राहरुलाई नियमित उपस्थित गराउनका लागि प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था सामुदायिक विद्यालयका साथै संस्थागत विद्यालयले अवलम्वन गर्नुपर्ने देखिन्छ । साथै विशेष गरी अभिभावकको सहभागिता वढाउन जोड दिनुपर्ने र अभिभावकसँगको संबन्ध अझ सुदृढ गराउनुपर्ने जस्ता उपायहरु अपनाउनु पर्ने देखिन्छ ।Item एस. एल. सी परीक्षामा ब्राह्मण र राई जातिकाे गणित विषयकाे नतिजा प्रवृतिकाे तुलनात्मक अध्ययन { S.L.C parikshama brahman ra rai jatiko ganit bisayako natija parbirtiko tulanatmak adhyayn}(2016) न्याैपाने, बाबुराम Neupane, Baburam; शान्तिराम दाहाल Shantiram Dahalशोधसार यस शोध अध्ययनमा “एस.एल.सी. परीक्षामा ब्राहमण र राई जातिको गणित विषयको नतिजा प्रवृतिको तुलनात्मक अध्ययन” शीर्षकको अध्ययनमा नतिजा प्रवृतिको तुलना गर्ने, नतिजा उच्च÷न्युन हुने कारण पहिचान गर्ने र नतिजा बढाउने उपायहरु पहिचान गर्ने उद्देश्यमा आधारित भएर सुविधाजनक विधिबाट भोजपुर जिल्ला, उद्देश्यपूर्ण, क्लस्टर, रेण्डम विधिबाट ६ ओटा सामुदायिक मा.वि., उद्देश्यपूर्ण विधिबाट प्र.अ., शिक्ष्ँक, स्रोतव्यक्ति, अध्यक्ष, अभिभावक १२, विद्यार्थी ६० नमूना छनोट गरिएको थियो । प्रश्नावली, अन्तर्वार्ता,लक्षित समूह छलफल निर्देशिका, नतिजा अभिलेख फाराम, रुजुसूची र अवलोकन फाराम जस्ता साधन प्रयोग गरी सूचना संकलन गरिएको थियो । संकलित सूचनाहरुका आधारमा परिमाणात्मक तथ्याङ्कहरुलाई तालिकीकरण र स्तम्भचित्रका माध्यमबाट व्याख्या र विश्लेषण गरिएको थियो भने गुणात्मक सूचनाहरुलाई वर्णनात्मक रुपमा व्याख्या र विश्लेषण गरिएको थियो । यस अध्ययनमा भोजपुर जिल्लाको २०६५ देखि २०६९ सालसम्मको एस.एल.सी. परीक्षाको गणित विषयको नतिजाको आधारमा मा.वि.मा भर्ना भएका ब्रा≈मण १७९(९८५) र राई ७६७(८७५), एस.एल.सी. परीक्षामा सहभागी हुने ब्रा≈मण १७५(९८५) र राई ६८२(८९५), गणित विषय उत्तीर्ण गर्ने ब्रा≈मण १२९(७४५) र राई ३४३(५०५) रहेको पाइयो । ब्रा≈मण र राईको नतिजा तुलना गर्दा राईको भन्दा ब्रा≈मणको नतिजा उच्च रहेको पाइयो । नतिजा उच्च÷न्युन हुने कारणहरुमा शिक्षण विधि, शैक्षिक सामग्री, शिक्षक तालिम, विद्यार्थी सहभागिता र नियमितता, मूल्याङ्कन र पृष्ठपोषण, सन्दर्भसामग्री र अतिरिक्त कक्षाको व्यवस्था, अभिभावकको आर्थिक तथा शैक्षिक सुविधा आदि पक्षले नतिजालाई प्रभाव पारेको यस अध्ययनको निष्कर्ष रहेको छ । यस अध्ययनको निष्कर्षको आधारमा गणित विषयको नतिजा बढाउन, छात्रवृत्ति छनोट गर्न, आर्थिक÷शैक्षिक सुविधा विस्तार गर्न, प्रतिविद्यार्थी एक ल्याप्टप कार्यक्रम लागु गर्न, गणित प्रयोगशालाको लागि अनुदान प्रदान गर्न नीतिगत तहका लागि सुझाव पेश गरिएको छ । अभिभावक शिक्षा सञ्चालन गर्न, शिक्षक तालिमको प्रयोग गर्न, विद्यार्थी केन्द्रित विधिको प्रयोग गर्न, शैक्षिक सामग्रीको निर्माण र प्रयोग गर्न, शिक्षण सिकाइलाई आवश्यक पर्ने स्रोतसाधन व्यवस्था गर्न, उत्प्रेरणा जागरण गराइ वालमैत्री सिकाइ गर्न, आधुनिक शिक्षण प्रविधिको प्रयोग गरी सिकाइमैत्री वातावरण सिर्जना गर्न, अनुगमन, निरीक्षण र मूल्याङ्कन गरी पृष्ठपोषण प्रदान गर्न, निरन्तर विद्यार्थी मूल्याङ्कन गरी सुधारात्मक शिक्षण गर्न, विद्यार्थीको वैयक्तिक अध्ययन गरी उपचारात्मक शिक्षण गर्न अभ्यास तहका लागि सुझाव पेश गरिएको छ । यस शोध अध्ययनमा अध्ययन अनुसन्धान गर्दागर्दै समय र स्रोतसाधनको सीमितताले अध्ययन गर्न नसकिएका पक्षहरु ः अभिभावकको शिक्षा र विद्यार्थीको नतिजा बीचको सम्बन्ध अध्ययन गर्न, विद्यार्थी सहभागिता र नियमिततामा प्रभाव पार्ने तत्वहरु अध्ययन गर्न, गणित विषयको उच्च÷न्युन नतिजामा प्रभाव पार्ने तत्वहरु अध्ययन गर्न, आधुनिक शिक्षण प्रविधिले सिकाइ क्रियाकलापमा पार्ने प्रभावकारीताको अध्ययन गर्न आवश्यक देखिएकाले अनुसन्धान तहका लागि सुझाव पेश गरिएको छ । तुलनात्मक अध्ययन अनुसन्धान गर्न चाहने व्यक्ति, संघसस्था निकाय तथा सम्बन्धित सरोकारवाला समेतलाई यो अध्ययनले आगामी दिनमा सहयोग पुग्न सक्दछ ।Item उदारकक्षाेउन्नतिकाे उपादेयता [Udarkakchhounnatiko upadeyata](2014) काफ्ले, सुरेन्द्रराज kafle, Surendraraj ; भोजराज घिमिरे Bhojraj GhimireAvailable in fulltextItem स्थानीय विषयका रुपमा उर्दुभाषा पाठ्यक्रमको कार्यान्वयनको अवस्था {Sthaniya bisayaka rupama urdubhasa pathyakramako karyanbayanako abastha}(2015) लम्साल, टीकानिधी Lamsal, Tikanidhi; होमनाथ सापकोटा Homanath SapkotaAvailable in fulltextItem सामुदायिक र संस्थागत विद्यालयको पाठ्यक्रम कार्यान्वयनको तुलना {Samudayik ra sansthagat bidhyalaya pathyakram karyanayanko tulana}(पाठ्यक्रम तथा मूल्याङ्कन विभाग, 2016) चौधरी, राधा कुमारी Chaudhary, Radha KumariAvailable in fulltextItem विद्यालयमा आधारित बालविकास केन्द्रको वर्तमान अवस्था {Bidhyalayama aadharit balbikas kendrako bartaman awastha}(पाठ्यक्रम तथा मूल्याङ्कन विभाग, 2014) राउत, हरिराम Raut, HariramAvailable in fulltextItem निरन्तर मूल्याङ्कन प्रणालीले शिक्षण सिकाइ प्रक्रियामा पारेको प्रभाव {Nirantar mulyankan pranalile shikshyan sikai prakriyama pareko prabhab}(पाठ्यक्रम तथा मूल्याङ्कन विभाग, 2015) ढकाल, हरि Dhakal, HariAvailable with full textItem गणित विषयको पाठ्यक्रम कार्यान्वयनको अवस्था {Ganit bishayako pathyakram karyanoyanko awastha}(पाठ्यक्रम तथा मूल्याङ्कन विभाग, 2016) कोइराला, मेघनाथ Koirala, MeghnathAvailable with full textItem प्राथमकि तहमा सामाजिक पाठ्यक्रमकाे मूल्याङ्कन {Prathamik tahama samajik pathyakramko mulyankan}(पाठ्यक्रम तथा मूल्याङ्कन विभाग, 2014) खनाल, विन्दु Khanal, BinduAvailable in fulltextItem बालविकास तहमा पाठ्यक्रम कार्यान्वयनको अवस्था {Balbikash tahama pathyakram karyanwayanko awastha}(पाठ्यक्रम तथा मूल्याङ्कन विभाग, 2013) भन्डारी, देवीकुमारी Bhandari, Devi KumariAvailable in fulltext