झापा जिल्लाका उच्च माध्यमिक विद्यालयहरुको शैक्षिक स्थितिःएक अध्ययन {Jhapa jillaka uchcha madhyamik bidyalayaharuko shaikshik stithi: eak adhyayan}
| dc.contributor.author | सापकोटा, इन्द्रनारायण Sapkota, Indranarayana | |
| dc.date.accessioned | 2022-03-29T06:55:57Z | |
| dc.date.available | 2022-03-29T06:55:57Z | |
| dc.date.issued | 2007 | |
| dc.description.abstract | समयानुसार शिक्षामा परिमार्जन गर्दै लैजानु पर्ने यथार्थतालाई स्वीकार्दै तथा १२ कक्षा सम्मको शिक्षा विद्यालयमै प्रदान गर्ने अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्यनजर गर्दै नेपालमा उच्च माध्यमिक शिक्षा संचालन शुरु भएको १३ वर्ष पुगिसकेको छ । यस अवधीमा उच्च मा.वि.हरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । उच्च शिक्षाको प्रवेशद्वार तथा आधारको रुपमा रहेको उच्च माध्यमिक तहमा शैक्षिक स्थितीको उचित प्रवन्ध तथा विद्यमान समस्याहरुको सही समाधान हुन नसकेमा विद्यार्थीहरुमा अपेक्षा गरे अनुरुपको उपलब्धी प्राप्त हुन सक्दैन । प्रस्तुत शोधकार्य “ झापा जिल्लाका उच्च माध्यमिक विद्यालयहरुको शैक्षिक स्थिति ” शीर्षकमा पूरा गरिएको हो । यो शोधकार्य उच्च मा.वि. हरुको शैक्षिक अवस्था, त्यसमा प्रभाव पार्ने पक्षहरुको स्थिती तथा विद्यमान शैक्षिक समस्याहरु पहिचान गर्ने उद्देश्यले गरिएको थियो । यो अध्ययन झापा जिल्लामा संचालित ३५ वटा उच्च मा.वि.हरुमध्ये उद्देश्यपूर्ण नमूना छनौट विधिबाट ७ वटा (२०%) उच्च मा.वि.हरुलाई छनौट गरी गरिएको थियो । अध्ययन क्षेत्रका ३ वटै नगरपालिकाहरुबाट एक एक वटा गरी ३ वटा र अन्य गा.वि.स.हरुमध्ये झापा जिल्लाको भौगोलिक प्रतिनिधित्व हुनेगरी ४ वटा गरी जम्मा ७ वटा उच्च मा.वि. हरु छनौट गरिएको थियो । उच्च माध्यमिक तहको शैक्षिक अवस्था सम्बन्धि तथ्य तथ्याङ्क तथा प्रतिक्रियाहरु लिन प्राचार्य, शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई यस अध्ययनको मुख्य उत्तरदाता बनाइएको थियोे । उनीहरुबाट विद्यालयको भौतिक पक्षसँग सम्बन्धित सत्य तथ्य विषयवस्तु संकलन गर्न प्रश्नावली र अवलोकन फारम प्रयोग गरिएको थियो । यसरी प्राप्त भएका तथ्य तथ्याङ्क तथा प्रतिक्रियाहरुलाई आवश्यकता अनुसार तालिका तथा चित्रमा देखाउनुका साथै साधारण तथ्याङ्कशास्त्र समेत प्रयोग गरी व्याख्या विश्लेषण गरिएको छ । अध्ययन क्षेत्रका उच्च मा.वि. हरुमा स्नातकोत्तर तह उत्तीर्ण शिक्षकहरुद्वारा पठनपाठन हुने गरेको भएपनि महिला शिक्षकहरुको संख्या अत्यन्त न्यून रहेको पाइयो । एक तिहाइ भन्दा बढी आंशिक शिक्षकहरुद्वारा अध्यापन हुने ती विद्यालयहरुमा जम्मा विद्यार्थी संख्याको आधा भन्दा केही कम छात्राहरु अध्ययनरत पाइन्छन् । शैक्षिक सामग्री तथा पर्याप्त पुस्तकहरु सहितको पुस्तकालयको अभाव रहेका ती उच्च मा.वि. हरुको विद्यार्थी उत्तिर्ण ३० प्रतिशतको हाराहारीमा पाइन्छ भने नियमित निरीक्षण अनुगमनको अभाव देखिन्छ । सवै पक्की भवनमा संचालित ती उच्च मा.वि.हरुमा कक्षाकोठा, फर्निचर, पिउने पानी तथा शौचालयको व्यवस्था भएको देखियो। शुल्क निर्धारण सम्बन्धि स्पष्ट निती नभएको तथा सरकारी अनुदानको अभाव देखिन्छ र विद्यालयहरु विद्यार्थी शुल्कमा निर्भर रहेका देखिन्छन् । खुल्ला प्रतिस्पर्धाद्वारा शिक्षक कर्मचारी नियुक्त गरिने ती विद्यालयहरुमा उच्च माध्यमिक तहको छुट्टै विद्यालय व्यवस्थापन समितिको अभाव देखिन्छ । ती उच्च मा.वि.हरुले विभिन्न शैक्षिक समस्याहरुको सामना गरिरहेका पाईन्छन् । शिक्षकहरुलाई समय समयमा उपलब्ध गराउनु पर्ने तालिमको अभाव देखिन्छ भने पर्याप्त शैक्षिक सामग्री तथा सुविधायुक्त र पर्याप्त पुस्तकहरु भएको पुस्तकालयको पनि कमि देखिन्छ । उच्च माध्यमिक तहको शिक्षालाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायहरुबाट नियमित निरीक्षण अनुगमनको अभाव देखिन्छ । उच्च माध्यमिक शिक्षालाई अझ गुणस्तरीय, समयसापेक्ष र जीवनोपयोगी बनाउन अध्ययन अध्यापन कार्यको नियमित निरीक्षण तथा अनुगमन गर्नुपर्दछ । सरकारको तर्फबाट उचित अनुदान र शिक्षक दरवन्दीको व्यवस्था गर्नुपर्दछ । समय समयमा शिक्षक तालिम, पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था, शुल्क निर्धारणको प्रष्ट निती, निश्चित संरचना, शैक्षिक उपलब्धीका आधारमा पुरस्कार र दण्डको व्यवस्था तथा सम्वन्धन दिंदा पूर्वाधार एवं शर्तहरु कडाईका साथ पुरा गरेको हुनुपर्दछ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/9580 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | पाठयक्रम तथा मूल्याड्ढन विभाग | en_US |
| dc.subject | माध्यमिक विद्यालय Madhyamik bidyalaya | en_US |
| dc.subject | शैक्षिक स्थिति Shaikshik sthiti | en_US |
| dc.title | झापा जिल्लाका उच्च माध्यमिक विद्यालयहरुको शैक्षिक स्थितिःएक अध्ययन {Jhapa jillaka uchcha madhyamik bidyalayaharuko shaikshik stithi: eak adhyayan} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Central Department of Education | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
