महिला विरुद्ध हुने मनोवैज्ञानिक हिंसाका कारण र त्यसको असर पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ कृष्ण टोलमा आधारित {Reasons for psychological violence against women Pokhara Lekhnath Municipal Corporation Wada No. 9 based on Krishna Tolma}

dc.contributor.authorशर्मा (ढकाल), तीर्थ Tirtha
dc.date.accessioned2022-06-16T07:04:00Z
dc.date.available2022-06-16T07:04:00Z
dc.date.issued2018
dc.description.abstractमहिला माथि हुने शारिरीक र मानसिक मात्र नभई सामाजिक, आर्थिक, धार्मिक, कानुनी जुनसुकै रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष यातनालाई महिला विरुद्धको हिंसा मान्नु पर्दछ । जुन कार्यले वा व्यवहारले कसको मनोभावना, दिलमा चोट पु¥याउने तरिकाले पिडित बनाइन्छ भने त्यस्तो हिंसालाई मनोवैज्ञानिक हिंसा भनिन्छ । यस्ता हिंसा भित्र कुटपिट बलत्कार, यौन दुव्र्यवहार, बहुविवाह, बोक्सी आरोप वा सजाय, चरित्र हत्या, घरबाट निकाला, खान लगाउन बञ्चित गर्ने, गाली गलौज, एसिड खन्याउने, दाइजोको कारण हुने व्यवहार, यातना, झुट्टा चारित्रीक आरोप र धम्की आदि भावनात्मक चोट पु¥याउने कार्य पर्दछन । जसको कारणले महिलाको आत्मबल घटने समाजमा घुलमिल हुन नसक्ने तनाव उत्पन्न भई डिप्रेशनमा आउने र अन्तमा आत्महत्या गर्न अग्रसर बन्ने अवस्था आउदछ । मनोवैज्ञानिक हिंसा सवै वर्ग, जात, पेशा, धर्म भुगोलमा व्यप्त रहेको पाइन्छ । यस्ता हिंसा जन्य कार्यले महिलाको जीवनमा बहुपक्षिय असर परेको हुन्छ भने परिवार, समाज र देशलाई नै अस्वस्थ तथा पछौटे बनाएको हुन्छ । समाजमा घरेलु हिंसा, शारिरीक हिंसा, यौनिक हिंसा मुल वा स्पष्ट रूपमा देखिएको छ तर मनोवैज्ञानिक हिंसालाई हिंसाको रूपमा अगाडि ल्याइएको छैन तर मनोवैज्ञानिक हिंसाले महिलालाई भित्री रूपमा पिडा भइरहेको हुन्छ । देशका अन्य स्थानमा जस्तै नेपालको विकासित मध्येको शहर पाखरा लेखनाथ महानगरपालिका वडा नं. ९ अन्र्तगत कृष्णटोलका महिलाहरुको सामाजिक अवस्था र उनीहरु माथि हुने गरेका मनोवैज्ञानिक हिंसाको स्वरुप, कारण र असरहरुको अध्ययन गरिएको छ । अन्र्तवार्ताको माध्यमद्वारा हिंसा पिडित महिलाहरु हिंसामा पर्नुको कारण असर र रोकथाम प्रतिको उत्तरदाताको धारणा यथार्थ प्रष्ट पारिएको छ । अन्तमा यस प्रकारका हिंसाहरु रोक्न चल्नुपर्ने कदमहरु समेत सुझाव लिइएको छ । यस अध्ययनको उद्देश्य महिला विरुद्ध हुने मनोवैज्ञानिक हिंसाको स्वरुप पत्ता लगाउने, महिलाहरु मनोवैज्ञानिक हिंसामा पर्नुका कारण र असरको खोजी गन मनौवैज्ञानिक हिंसा सम्बन्धि केही मात्रामा शोध पत्रको रुपमा अध्ययन भएको छ जुन चाहि कुनै कथालाई आधार मानेर मात्र लेखिएको छ र द्वितिय श्रोतको प्रयोग गरिएको छ । कार्य क्षेत्र तोकेर कार्य क्षेत्रबाट नै आध्ययन गरिएको छैन । धेरै जसो सोध पत्रहरु घरेलु हिंसाको बारेमा अध्ययन गरिएको हुँदा यो सोधपत्र कार्य क्षेत्रमा नै पुगेर पिडित उत्तरदाताको रायलाइ जस्ताको तस्तै अध्ययन गरि तथ्याङ्कक संकलन मनोवैज्ञानिक हिंसाका स्वरुप, कारण र असरहरु पत्ता लगाइएको छ । यस अध्ययनमा वर्णनात्मक एवं विश्लेषणात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । तथ्याङ्क संकलन स्थलगत सर्वेक्षणबाट गरिएको छ । जम्मा २०३ घरधुरी मध्ये १३२ घरधुरीका १३२ महिलाहरुलाई सम्भाव्यता नमुना छनौटको माध्यमबाट छनौट गरि अध्ययन गरिएको छ । अन्र्तवार्ता अनुसूचि (१३२ जना) र वैयक्तिक अध्ययन १३२ जना मध्ये ९जना लिइएको छ । दृष्टिकोण (हेराई), बोलाई (भाषा), धम्कि, आरोप, बहुविवाह, घर निकाला आदि मनोवैज्ञानिक हिंसाका स्वरुपहरु रहेका छन । सबै स्वरुपलाइ हेर्दा ११३ जना वा ८४.८४% महिलाहरु हराइबाट पिडित भएका छन । मनोवैज्ञानिक हिंसामा पर्नुका सबै कारणहरु केलाउदा श्रीमानले मदिरा सेवान गर्नाले मनोवैज्ञानिक हिंसा पिडित भया भन्ने १०८ वा ८१% रहेका छन र महिलाहरुमा परेको असरलाई केलाउदा आत्मबल घटेको छ भन्ने महिला बढी देखिएका छन । १३२ जना मध्ये ११२ जना वा ८४% रहेका पाइएको छ । जुनसुकै प्रकारका हिंसा भएतापनि हिंसाले पहिला मानसिक असर पारेको हुन्छ तर कुनै पनि सोधपत्रमा यसको सही व्याख्या पाइएको छैन । घरेलु हिंसा, यौन हिंसा, शारिरीक हिंसा आदिम पर्दा अरुले देख्न सक्छन तर मनावैज्ञानिक हिंसा झट्टा देख्न सकिन्न । यसकारण महिलामा कस्तो असर परेको छ भन्ने कुरा अवगत नभएको यस सम्बन्धि धेरै अध्यायन अनुसन्धान नभएको आजको सान्दर्भिक र संवेदनशिल विषय भएको हुँदा यस सम्बन्धि अध्ययन अनुसन्धान गर्नु आवश्यक ठानेकी छु ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11324
dc.language.isoneen_US
dc.publisherFaculty of Sociologyen_US
dc.subjectमनोवैज्ञानिक हिंसा psychological violenceen_US
dc.subjectमहिला हिंसा women violenceen_US
dc.titleमहिला विरुद्ध हुने मनोवैज्ञानिक हिंसाका कारण र त्यसको असर पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ कृष्ण टोलमा आधारित {Reasons for psychological violence against women Pokhara Lekhnath Municipal Corporation Wada No. 9 based on Krishna Tolma}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
123.56 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
526.15 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections