प्रौढ शिक्षाले ग्रामीण समाजका महिलाहरुमा ल्याएको परिवर्तन सम्बन्धी समाजशास्त्रीय अध्ययन{A Sociological Study of the Changes that Adult Education has brought to Women in Rural Society}
| dc.contributor.author | आचार्य Acharya, अर्जुन Arjun | |
| dc.date.accessioned | 2022-04-07T07:06:42Z | |
| dc.date.available | 2022-04-07T07:06:42Z | |
| dc.date.issued | 2014 | |
| dc.description.abstract | स्नातकोत्तर तहको द्वितीय वर्षको आंशिक पूर्ति गर्नका लागि प्रौढ शिक्षाले ग्रामीण समाजका महिलाहरुमा ल्याएको परिवर्तन शीर्षकको यस अध्ययनमा महिलालाई मात्रै समेटेर अध्ययन गरिएको छ । यस अध्ययन निम्न उद्देश्यमा आधारित भई गरिएको छ : १) ग्रामीण समाजका महिलाहरुले औपचारिक शिक्षा प्राप्त गर्न नसक्नाका कारणहरु पत्ता लगाउने । २) प्रौढ शिक्षाको कक्षामा सहभागी हुँदा ग्रामीण समाजका महिलाहरुले भोग्नु परेका समस्याको खोजी गर्दै प्रौढ शिक्षाले ल्याएको परिवर्तनको विश्लेषण गर्ने यस अध्ययनमा उत्पादन प्रणाली, आधार संरचना र उपरी संरचना, सामाजिकीकरण, लैङ्गिक तथा महिलावादी सिद्धान्तको प्रयोग गरिएको छ । यस अध्ययन शहरीकरणको प्रभाव परेको क्षेत्र कास्की जिल्लाको सार्दीखोला गा.वि.स. वडा नं. १ मा गरिएको छ । यहाँका प्रौढ शिक्षाका कक्षामा सहभागी भइसकेका १९३ जना महिलाहरु मध्येबाट उमेरगत विविधता र जातिगत विविधतालाई आधार मानी २३ जनालाई मात्र उद्देश्यमुलक नमुना छनौट विधिबाट उत्तरदाताको रुपमा छानिएको छ । यस अध्ययनमा तथ्याङ्क सङ्कलनको मुख्य विधिको रुपमा वैयक्तिक अध्ययन विधि प्रयोग गरिएको छ भने सहायक विधिको रुपमा अवलोकन विधि र मुख्य सूचनादाता विधिको पनि प्रयोग गरिएको छ भने प्राथमिक तथ्याङ्कको प्रयोग गरिएको छ । यस अध्ययनमा वर्णनात्मक एवम् अन्वेषणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ भने वर्णनात्मक एवम् विश्लेषणात्मक विधिको प्रयोग गरी व्याख्या गरिएको छ । यस अध्ययनको प्राप्तिमा आर्थिक लैङ्गिक, सामाजिक साँस्कृतिक, धार्मिक जस्ता कारणले ग्रामीण समाजका महिलाले औपचारिक शिक्षा प्राप्त गर्न नसकेको देखिन्छ भने प्रौढ शिक्षाको कक्षामा सहभागी हुँदा परम्परागत कृषि पेशा, श्रम विभाजन, लैङ्गिक भूमिका जस्ता पक्षका कारण समस्या भोग्नु परेको देखिन्छ साथै यस शिक्षाले ग्रामीण समाजका महिलाहरु मा सामाजिक प्रतिष्ठा, आर्थिक क्रियाकलापमा सहजता, अवसर प्राप्ति जस्ता जीवनका विविध पक्षमा परिवर्तन ल्याउन सकेको देखिन्छ । यस अध्ययनको निष्कर्षमा आर्थिक र लैङ्गिक कारण नै औपचारिक शिक्षा प्राप्त गर्न नसक्नुको प्रमुख कारण मान्न सकिन्छ भने जिविका निर्वाह गर्ने प्रणाली, श्रम विभाजन, लैङ्गिक भूमिका जस्ता समस्याले प्रौढ शिक्षालाई सहज रुपमा पढ्न गाह्रो परिरहेको देखिन्छ जसमा पारिवारिक सहयोग नभएका कारण नै ग्रामीण समाजका महिलाहरुले सहज रुपमा प्रौढ शिक्षा पढ्न पाइरहेको देखिदैन र यस शिक्षाले ग्रामीण समाजका महिलाहरुको जिविका निर्वाह गर्ने तरिकामा परिवर्तन ल्याएर उनीहरुलाई शशक्तिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ जसको कारणले यो भन्न सकिन्छ कि प्रौढ शिक्षा ग्रामीण समाजका महिलाहरुको जीवन पद्धतिमा सहजिकरण गरी परिवर्तन गर्ने प्रमुख तथा आधारभूत तत्व हो । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/9734 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | समाजशास्त्र सङ्काय | en_US |
| dc.subject | प्रौढ शिक्षा Adult education | en_US |
| dc.subject | समाजशास्त्रीय अध्ययन Sociological studies | en_US |
| dc.title | प्रौढ शिक्षाले ग्रामीण समाजका महिलाहरुमा ल्याएको परिवर्तन सम्बन्धी समाजशास्त्रीय अध्ययन{A Sociological Study of the Changes that Adult Education has brought to Women in Rural Society} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Prithivi Narayan Campus, Pokhara | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
