माध्यमिक विद्यालयको विज्ञान विषयमा, प्रयोगात्मक पक्षको शिक्षण एवं मूल्याङ्कन {Madhyamik bidyalayako bigyan bisayama, prayogatmak pakshako shikshan ebam mulyankan}

dc.contributor.authorभण्डारी, बिष्णुप्रसाद Bhandari, Bishnuprasad
dc.date.accessioned2022-02-25T09:50:40Z
dc.date.available2022-02-25T09:50:40Z
dc.date.issued2007
dc.description.abstractवैज्ञानिक ज्ञान तथा सीपको विकास गराउन प्रयोगात्मक पक्षको ठूलो महत्व हुन्छ । प्रयोगात्मक पक्षको शिक्षण एवं मूल्याङ्कन राम्रो हुन सकेन भने सैद्धान्तिक पक्षले मात्र विज्ञान अधुरो रहन्छ । विद्यार्थीहरुले विज्ञान विषयलाई एक कठीन विषयको रुपमा लिएका र एस. एल.सी परीक्षामा पनि राम्रो नतिजा आउन नसक्नुको मुख्य कारण प्रयोगात्मक पक्षलाई ध्यान नदिनु मान्न सकिन्छ । अतः माध्यमिक शिक्षाको विज्ञान विषयमा प्रयोगात्मक पक्षको शिक्षण एवं मूल्याङ्कन के कसरी भैरहेको छ र प्रयोगात्मक शिक्षणको लागि आवश्यक पर्ने शैक्षिक सामग्रीहरु के के हुन सक्छन् ? ती सामग्रीहरुको उपयोग के कसरी भएको छ ? प्रयोगात्मक पक्षको मूल्याङ्कन के कसरी गरिन्छ ? जस्ता प्रश्नको उत्तर खोज्ने प्रयाश यस अनुसन्धानले गरेको छ । अध्ययनको क्रममा कपिलवस्तु जिल्लाका ६ वटा सार्वजनिक विद्यालय र एउटा नीजि (संस्थागत) विद्यालय गरी जम्मा ७ वटा विद्यालयहरु छनौट गरी उक्त विद्यालयका प्र.अ.हरु, विज्ञान शिक्षकहरु र कक्षा १० मा अध्ययनरत छात्रछात्राहरु सँग अन्तरक्रिया, अन्तरवार्ता र छलफल गरी तथ्याङ्क सङ्कलन गरिएको थियो । अध्ययनबाट विज्ञान शिक्षाको प्रयोगात्मक पक्षको शिक्षण एवं मूल्याङ्कन तोके अनुसार नहुने गरेको पाइयो । विज्ञान शिक्षकहरुले, पाठ्यक्रम, प्रयोगात्मक पुस्तिका, विशिष्टिकरण तालिका (प्रयोगात्मक परीक्षा) को कम प्रयोग गरेको पाइयो । पाठ्यपुस्तकमा दिएका ‘गरी हेरी सिक्नुहोस्’ र अन्य क्रियाकलाप समेत अत्यन्त न्यून मात्रामा गर्न लगाउने गरेको पाइयो । सवैजसो विद्यालयमा विज्ञान प्रयोगशाला थप पुस्तकहरु र विज्ञान विषयलाई आवश्यक पर्ने शैक्षिक सामगीहरु समेत नभएको पाइयो । वहुसंख्यक विद्यालयमा भएका शैक्षिक सामाग्रीहरुको प्रयोग गर्ने नगरेको साथै स्थानीय रुपमा पाइने सामग्रीलाई शैक्षिक सामग्रीको रुपमा प्रयोग गर्ने पनि नगरेको देखियो । प्रयोगात्मक कार्यको लागि अलग समयको व्यवस्था नभएको पाइयो । प्रयोगात्मक पक्षको मूल्याङ्कन कुनै पनि विद्यालयमा विशिष्टीकरण तालिका (प्रयोगात्मक पक्ष) को आधारमा गर्ने गरेको देखिएन । जसबाट विद्यार्थीहरुमा विज्ञानको पढाइलाई केवल कण्ठस्थ पार्ने र परीक्षाको दृष्टिकोणले मात्र पढ्ने र विज्ञान विषयलाई व्यवहारिक रुपमा ल्याउन नसकेको अवस्था रहेको छ । प्रयोगको लागि चाहिने उपयुक्त समय विद्यालयको समय सारिणीमा छुट्याउनु पर्दछ । प्रयोगात्मकको शिक्षण पनि हुनुपर्दछ । प्रयोगशालाको व्यवस्थाका साथसाथै ल्याव ब्वाए को समेत व्यवस्था हुनु पर्दछ । माथिका समस्याहरुको समाधानको लागि विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी तथा सम्बन्धित निकायबाट उपयुक्त भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । विज्ञान विषयको प्रयोगात्मक पक्षलाई वढी जोड दिन जिल्ला जिल्लामा विज्ञान प्रयोगात्मक परीक्षा समति बनाउनु पर्दछ र सोही परीक्षा समितिले वाह्य परिक्षकको व्यवस्था गरी प्रयोगात्मक पक्षको मूल्याङ्कन गर्नु पर्दछ । विज्ञान शिक्षकलाई अन्य शिक्षकको तुलनामा कम पिरियडको व्यवस्था गर्नु पर्दछ सो कम पिरियडलाई विज्ञान शिक्षकले प्रयोगात्मक पक्षको तयारीमा लगाउनु पर्दछ । विज्ञान शिक्षकलाई शैक्षिक सामाग्रीहरुको निर्माणको लागि उचित तालिमको व्यवस्था हुनुपर्दछ । जिल्ला भरीको मात्र नभै क्षेत्रिय तथा राष्ट्रि«य स्तरमा एकै किसिमको प्रयोगात्मक पक्षको शिक्षण एवं मूल्याङ्कनका लागि क्षेत्रिय स्तरका विज्ञान शिक्षकहरुको गोष्ठी, सेमिनार गराउनु पर्दछ । साथै हरेक व्यक्तिले मूल्याङ्कन प्रणालीलाई सुधार गरी आफ्नो कर्तव्य प्रति सधै सजक रहनुपर्दछ । समय सापेक्ष विद्यालयको भौतिक अवस्था सुधार र पुन निर्माण गरी विज्ञान विषयको महत्वको पक्षमा विद्यालय व्यवस्थापन समिति, प्र.अ.हरुलाई तालिम दिनु पर्दछ । त्यति गर्न सकेमा अवश्यपनि विज्ञान विषयको प्रयोगात्मक पक्ष वलियो भई विज्ञान शिक्षा राष्ट्र निर्माणलाई समेत टेवा पु¥याउन सक्नेछ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8549
dc.language.isoneen_US
dc.publisherपाठयक्रम तथा मूल्याङ्कन विभागen_US
dc.subjectशैक्षिक सामग्री Shaikshik samagrien_US
dc.subjectविज्ञान प्रयोगशाला Bigyan prayogshalaen_US
dc.titleमाध्यमिक विद्यालयको विज्ञान विषयमा, प्रयोगात्मक पक्षको शिक्षण एवं मूल्याङ्कन {Madhyamik bidyalayako bigyan bisayama, prayogatmak pakshako shikshan ebam mulyankan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
68.13 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
417.61 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: