बालविकास केन्द्रको शैक्षिक व्यवस्थापन {Educational Management of Child Development Center}
| dc.contributor.author | पाण्डेय Pandey, झबिन्द्र प्रसाद Jhabindra Prasad | |
| dc.date.accessioned | 2022-02-07T06:47:32Z | |
| dc.date.available | 2022-02-07T06:47:32Z | |
| dc.date.issued | 2010 | |
| dc.description.abstract | यो शोधपत्र बालविकास केन्द्रको शैक्षिक व्यवस्थापन शीर्षकमा गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य अध्ययनको छनौटमा परेका विद्यालयहरुमा सञ्चालित बालविकास केन्द्रको शैक्षिक व्यवस्थापनको स्थितिको लेखाजोखा गर्नुरहेको छ । निर्धारित उद्देश्य पूरा गर्नका लागि सम्भावना रहित नमूना छनौट अन्तर्गतको उद्देश्यमूलक नमूना छनौट विधिका आधारमा जि.शि.का. रुपन्देही, स्रोत केन्द्र धकधई अन्तर्गत पर्ने केरवानी गा.वि.स.मा रहेका १० वटा सामुदायिक विद्यालयमा सञ्चालन भएका बालविकास केन्द्रका अध्यक्ष, अभिभावक, सहयोगी कार्यकर्ता, प्र.अ., वि.नि. र स्रोत व्यक्ति गरी जम्मा ४४ जनासंग अन्तर्वार्ता प्रश्नावलीको माध्यमबाट प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको थियो भने द्वितीय तथ्याङ्क सङ्कलनका लागि अनुसन्धानसंग सम्बन्धित विद्यालयका अभिलेखहरु, अवलोकन फारम, पत्रपत्रिका, लेख रचना, बुलेटिन, अप्रकाशित शोध पत्रहरु तथा साहित्यहरुलाई आधार लिइएको छ । प्राप्त भएका र सङ्कलन गरिएका तथ्याङ्कलाई वर्णनात्मक तरिकाले व्याख्या एवं विश्लेषण गरिएको छ । शोध अध्ययनको क्रममा बालविकास केन्द्रहरु सञ्चालनका लागि विद्यालयद्वारा सञ्चालित बालविकास केन्द्रको सञ्चालन र रेखदेखको जिम्मा वि.व्य.स.को रहेको पाइयो । कक्षा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार विद्यालय स्वयंले जुटाउनु पर्ने भएकोले पर्याप्त स्रोत, साधनको कमी भएको पाइयो । सञ्चालित बालविकास केन्द्रमध्ये केहि बालविकास केन्द्रमा व्यवस्थापन पक्ष र स्थानीय समुदायको सक्रियतामा सन्तोषजनक पठनपाठन भए पनि अधिकांश बालविकास केन्द्रको व्यवस्थापन पक्ष नाजुक रहेको पाइयो । बालबालिकाका लागि स्वच्छ, सफा पिउने पानी, खेलमैदान र शौचालयको सुलभ व्यवस्थापनमा पर्याप्त ध्यान पुग्न नसकेको पाइयो । सहयोगी कार्यकर्तालाई उचित तालिम, शैक्षिक सामग्रीको अभाव र न्यायोचित पारिश्रमिकसम्बन्धी गुनासो रहेको पाइयो । नजिकमा अरु बालविकास केन्द्र रहेको, नीजि विद्यालयहरुले विभिन्न आकर्षण देखाइ विद्यार्थी लैजानु र अंग्रेजी शिक्षा प्रतिको मोहका कारण विद्यार्थी संख्या घट्दै गएको पाइयो । बालविकास केन्द्रलाई थप प्रभावकारी बनाउन विद्यालय तहको शिक्षा नीतिमा नीतिगत पुनर्संरचना गरी बालविकास केन्द्रलाई तहगत संरचनामा राखी छुट्टै व्यवस्थापन गर्नुपर्दछ । बालविकास केन्द्रको शैक्षिक व्यवस्थापन राम्रो बनाउन वि.व्य.स., अभिभावक, सहयोगी कार्यकर्ता, प्र.अ., वि.नि., स्रोत व्यक्ति लगायत अन्य सरोकारवालाहरुलाई थप उत्तरदायी बनाउनु पर्ने मुख्य निश्कर्ष निकालिएको छ । प्रत्येक बालविकास केन्द्रमा पाठ्यक्रम, निर्देशिका, शिक्षण सामग्रीको व्यवस्था गरी शिक्षण विधि, सिकाइ उपलब्धीको मापन, निरन्तर मूल्याङ्कनमा एकरुपता कायम गर्नुपर्ने, सहयोगी कार्यकर्तालाई तालिमका साथै उचित पारिश्रमिक उपलब्ध गराउनु पर्ने, नियमित निरिक्षण गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माण गरी सान्दर्भिक वातावरण सिर्जना गर्नुपर्ने जस्ता कुराहरु सुझावको रुपमा पेश गरिएको छ । यस अध्ययनले बालविकास केन्द्रको शैक्षिक व्यवस्थापनमा रहेर काम गर्ने व्यक्तिहरु एवं बालविकास केन्द्रसम्बन्धी जानकारी राख्न इच्छुक सबैका लागि सहयोगी हुने अपेक्षा गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8063 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शिक्षाशास्त्र संकाय, शिक्षा योजना तथा व्यवस्थापन | en_US |
| dc.subject | बालविकास केन्द्र Child Development Center | en_US |
| dc.subject | शैक्षिक व्यवस्थापन Educational management | en_US |
| dc.title | बालविकास केन्द्रको शैक्षिक व्यवस्थापन {Educational Management of Child Development Center} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवन | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
