विद्यालयको भौतिक विकासमा विद्यालय व्यवस्थापन समिति {School Management Committee for the Physical Development of the School}

dc.contributor.authorचापागाईं Chapagain, यज्ञप्रकाश Yagyaprakash
dc.date.accessioned2022-03-06T06:12:19Z
dc.date.available2022-03-06T06:12:19Z
dc.date.issued2011
dc.description.abstractप्रस्तुत अध्ययन विद्यालयको भौतिक विकासमा विद्यालय व्यवस्थापन समिति शीर्षक राखी तयार पारिएको हो । यस अध्ययनको मुख्य उद्देश्य विद्यालयकोे भौतिक विकासमा विद्यालय व्यवस्थापन समितिले खेलेको भूमिका र योगदान पहिचान गर्नु ,भौतिक पक्षले शैक्षिक गुणस्तरमा पार्ने प्रभाव पत्ता लगाउनु , भौतिक पक्षको सुधारका लागि सुझाव प्रस्तुत गर्नु र त्यसमा देखा परेका चुनौति एवं समस्याहरु खोजी गरी वि.व्य.स.को निर्णय प्रक्र्र्र्र्रियाको प्रभावकारिता केलाउदै विद्यालयको भौतिक विकासमा देखिएका समस्या एवं चुनौतिको विश्लेषण गर्नु रहेको छ । यस शोधपत्रलाई व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि यस शीर्षकसँग सम्वन्धित विभिन्न लेख,रचना र साहित्यहरुको व्यापक समीक्षा एवं पुनरावलोकन गरिएको छ । सैद्धान्तिक ढाँचाको रुपमा इल्टन मायो र मेरी पार्कर फोलेट लगायतको मानव सम्बन्ध सिद्धान्त र व्यवस्थापन कार्य कुशल सिद्धान्तलाई लिएर विद्यालयको भौतिक विकासकोे वर्तमान अवस्थालाई खोतल्ने प्रयास गरिएको छ । त्यसका साथै गुणात्मक र वर्णनात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । यो शोध अध्ययन सम्पन्न गर्न तथ्याङ्क संकलनका लागि प्रश्नावली, अन्तरवार्ता र अवलोकन फाराम जस्ता सामग्रीहरुको प्रयोग गरिएको छ । यो अध्ययनको लागि उद्देश्यमूलक नमुना छनोट विधिलाई आधार मानी धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको एक स्रोत केन्द्र्र अन्तर्गत रहेका ३ वटा विद्यालयलाई नमूनाको रुपमा छनोट गरी विद्यालयका प्र.अ., वि.व्य.स.का पदाधिकारी र स्थानीय अभिभावकहरुलार्ई नमूनाको रुपमा लिएर प्राथमिक तथ्याङ्क संकलन गरिएको छ भने विद्यालयको विद्यालय सुधार योजना तथा विद्यालय अभिलेख र विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिकाबाट द्वितीय तथ्याङ्क संकलन गरिएको थियो । सो संकलित तथ्याङ्कको वैधता र विश्वसनियता कायम गर्न छलफल, अन्तर्वार्ता र अवलोेकन गरी विश्लेषण गरिएको छ र तथ्याङ्क संकलन गर्न अनुसन्धानकर्ता आफै प्रत्येक विद्यालयमा अभिभावक समक्ष पुगेको छ । विद्यमान समयमा विद्यालयको सीमित स्रोत साधन, प्रतिकूल भू–बनोवट र निस्कृय अभिभावकका कारण वि.व्य.स.हरु भौतिक विकास निर्माण कार्यमा समस्याग्रस्त रहेपनि उपलब्ध स्रोत साधनको सही सदुपयोग र परिचालन गर्न साथै स्थानीय अभिभावक लगायतलाई सक्र्रिय बनाउन वि.व्य.स. प्रयासरत रहेको पाइएको छ । समय समयमा विद्यालयको भौतिक विकास तथा सुरक्षणका लागि अनुगमन, अवलोकन र निरीक्षण गर्ने काम पनि भएरहेको पाइएको छ । तथापी उपलब्ध स्रोत साधनको सही सदुपयोग, गुणस्तरीय निर्माण सामग्रीको प्रयोग, आर्थिक मितव्ययीता र पारदर्शिता तथा समान सहभागिता र जिम्मेवारी वोधको अभाव रहेको देखिन्छ । धेरै विद्यालयहरु विकट भू बनोवट, सीमित स्रोत साधन र कम जनसहभागिताको कारण भौतिक रुपले पछि पर्नु परेको साथै सम्पूर्ण अभिभावक तथा सम्बन्धित निकायहरुमा अपनत्व र जिम्मेवारीको भावना विकास गर्न सकेमा विद्यालयको भौतिक विकास समुचित र सन्तुलित रुपमा हुन सक्छ । यस्ता समस्याहरु समाधान गर्न विद्यालय संचालन र व्यवस्थापनको लागि जिम्मेवारी र दायित्व स्पष्ट पार्नु पर्ने ,सरकारी अनुदानको मितव्ययिता, पारदर्शिता र सान्दर्भिकता कायम गरिनु पर्ने कामका साथै सरकार र स्थानीय निकायको दायित्वको नीतिगत रुपमा व्यवस्था गर्नु पर्ने अवस्था देखिन्छ । विद्यालयको भौतिक विकासका लागि स्थानीय आवश्यकता र प्राथमिकतालाई ख्याल गर्नु र कुशलतापूर्वक अङगीकार गर्नु पर्दछ । त्यसो भएमा स्थानीय स्रोत साधनको सदुपयोग भई सरकारको एवं माथिल्लो निकायको मुख ताकिरहनु पर्ने अवस्था रहदैन । वर्तमान समयमा विद्यालय संचालन , व्यवस्थापन तथा विद्यालयको भौतिक विकासको जिम्मेवारी एवं दायित्वको बारेमा रहेको अस्पष्ट प्रावधानलाई स्पष्ट पार्न त्यस विषयमा भविष्यमा व्यापक अध्ययन अनुसन्धान गरी सही निष्कर्षमा पुग्नु पर्ने र प्र्राप्त हुने उपलब्धिको अनुसरण र कार्यान्वयन गरिनु पर्ने सुझावहरु समेत यस शोध अध्ययनमा विश्लेषण गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8765
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectविद्यालय व्यवस्थापन School managementen_US
dc.subjectभौतिक विकास Physical developmenten_US
dc.titleविद्यालयको भौतिक विकासमा विद्यालय व्यवस्थापन समिति {School Management Committee for the Physical Development of the School}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
98.94 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
308.85 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: