कसाई जातिमा देखापरेकाे सामाजिक परिवर्तन (पाेखरा उपत्यकाका कसाई जातिमा आधारित एक समाजशास्त्रीय अध्ययन) Kasai jatima dekhapareko samajik parivartan (Pokhara upatykaka Kasai jatima aadharit ek samajshastriya adhyayan)

dc.contributor.authorअधिकारी Adhikari, सन्तोष Santosh
dc.date.accessioned2024-01-24T05:54:54Z
dc.date.available2024-01-24T05:54:54Z
dc.date.issued2008
dc.description.abstractप्राचीनकालदेखि नै नेपाल एक बहुजातीय बहुभाषीय र विविधतामा एकता भएको एक भूपरिवेष्ठित, स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न लोकतन्त्रात्मक अधिराज्य हो । देशभित्रका सम्पूर्ण जनजातिहरूको भाषिक, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, सास्कृतिक, ऐतिहासिक अवस्थाहरू लोप हुन नदिन सही किसिमको अध्ययन अनुसन्धान हुनुपर्ने आजको आवश्यकता रहेको छ । यो शोध–पत्रमा गण्डकी अञ्चल कास्की जिल्लाअन्र्तगत पोखरा उप–महानगर पालिकामा बसोबास गर्दे आएका नेवार जातिभित्रको अछूत भनिने जातिअन्र्तगत कसाई जातिको सामाजिक परिवर्तनको एक समाजशास्त्रीय अध्ययन गरिएको छ । जसमा कसाई जातिको उद्गम स्थल र बसोबास स्थलबारे जानकारी, सामाजिक परिवर्तनको पहिचान गरिएको छ । यो अध्ययनमा अनुसन्धान विधिको रूपमा नमूना छनौट विधि प्रयोग गरी जम्मा ६४ घर परिवारवाट ३० घर परिवारको घरधुरी सर्वेक्षण, जान्नेबुझ्ने व्यक्तिसँगको अन्तर्वाता लिई तथ्याङ्क सङ्कलन गरी सङ्ख्यात्मक र व्याख्यात्मक रूपमा प्रस्तुत गरिएको छ कसाई जातिको परम्परागत पेशा पशुपालन गरी दुध बेच्ने भए तापनि यिनीहरूको मुख्य पेशा भने मासु व्यापार नै हो । यस पेशालाई समाजका अन्य जातिहरूले पनि गर्दे आएका कारणले गर्दा यिनीहरूको पेशामा निकै ठूलो असर पारेको छ । कसाई जातिहरू नेवार जातिभित्र पर्ने जाति भएका कारण यिनीहरू मुख्यतः काठमाण्डाँै, भक्तपुरमा वसोवास गर्दे आएको पाइन्छ । यिनीहरू काठमाण्डौ, भक्तपुर, पाल्पा, गोरखा लगाएतका केहि जिल्लावाट वसाई सराई गरी पोखरामा बसोबास गर्नेको सङ्ख्या पनि धेरै नै रहेको छ । यिनीहरू पहिला सबै हिन्दू हुन भने अहिले अन्य धर्मतिर लागेको पाइन्छ । यिनीहरूको शैक्षिक अवस्थामा निकै सुधार भएको पाइन्छ । महिलाहरूलाई आत्मनिर्णयको अधिकार दिइएको छ । यिनीहरू धामी, झाक्र्रीमा विश्वास गर्ने गर्दछन् । यिनीहरूले सामाजिक कार्य गर्नका लागि गुठीको स्थापना गरेका छन् । यीनीहरूको मुख्य सामाजिक तथा धार्मिक कार्य गुठीअन्र्तगत हुने गरेको छ । गुठीमा हाल जेठा गुठी, माइला गुठी र कान्छा गुठी गरी ३ प्रकारका गुठी रहेका छन् ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/21439
dc.language.isoneen_US
dc.publisherसमाजशास्त्र विभागen_US
dc.subjectकसाइ जाति Kasai jatien_US
dc.subjectमासु व्यापार Masu vyaparen_US
dc.titleकसाई जातिमा देखापरेकाे सामाजिक परिवर्तन (पाेखरा उपत्यकाका कसाई जातिमा आधारित एक समाजशास्त्रीय अध्ययन) Kasai jatima dekhapareko samajik parivartan (Pokhara upatykaka Kasai jatima aadharit ek samajshastriya adhyayan)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Full Thesis.pdf
Size:
469.07 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections