नेपाली कवितामा विधाभञ्जन
Files
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत शोधप्रबन्धको शीर्षक ‘नेपाली कवितामा विधाभञ्जन’ हो । यस शोधप्रबन्धको क्षेत्रनेपाली कविता हो भने यसको विषय विधाभञ्जन हो । यसमा यही विषयलाई शोधसमस्याकारूपमा लिइएको छ । कविता सौन्दर्यानुभूतिप्रधान तथा पाठकलक्ष्यित कम आग्रह अभिव्यञ्जना हुनेसाहित्यिक विधा हो । कवितामा जीवनजगत्सँग सम्बन्धित अनुभूतिलाई लयमा अभिव्यक्त गर्नेसाहित्यिक विधा रहेकाले यसमा अनुकृति, आख्यानीकरण र विचारका तुलनामा मुक्तगायन गरिनेभेद हो । नेपाली कविताको आधुनिक काल विभिन्न भावधारा, सौन्दर्य र शिल्पमा संरचित छन् ।नेपाली कविताको (२०३६–२०७८) अवधिको काव्यधारा बहुलताको प्रतिबिम्बन गर्ने अनेकविषयलाई अन्तर्वस्तुका रूपमा चयन गरी सृजना गरिएका छन् । नेपाली कवितामा विधान्तरणकोअवस्था, विधामिश्रणको प्रक्रिया र अन्तर्पाठीयताका आधारमा चयन गरिएका कविताकोविश्लेषण रमूल्याङ्कन गरिएको यस शोधप्रबन्धमा विधान्तरण गरिएका कविताको विवेचना, विधामिश्रण भएकाकृतिको विश्लेषण तथा अन्तर्पाठीयताका कोणबाट मूल्याङ्कन गर्ने उद्देश्य राखिएको छ । नेपालीकवितामा विधाभञ्जन भएको विषयका साथै साहित्यका अन्य विधामा विधाभञ्जनसम्बन्धीअध्ययनसँग सम्बन्धित ज्ञाननिर्माण गर्ने प्रस्तुत शोधकार्यको औचित्य र महत्व पनि पुष्टि हुन्छ ।
प्रस्तुत शोधप्रबन्धमा पुस्तकालयबाट सामग्रीको सङ्कलन गरिएको छ । यसमा प्राथमिकस्रोतका सामग्री (२०३६–२०७८) अवधिमा पुस्तकाकार कवितासङ्ग्रहमा सङ्गृहीत कविताकाअतिरिक्त विधाभञ्जन सघन रहेका छापा प्रकाशनमा प्रकाशित एकसय तेह्र कवितालाई चयनगरिएको छ । यी कविता चयन गरिनुको आधार यी कृतिभरि विद्यमान इतरविधाका अभिलक्षणकोअन्तर्घुलन, मिश्रण र अन्तर्पाठीयतालाई बनाइएको छ । द्वितीयक स्रोतका सामग्रीका रूपमा विभिन्नपुस्तक, पत्रपत्रिकामा प्रकाशित लेख, साहित्यकोश, शोधप्रबन्ध तथा यस विषयसँग सम्बन्धित छापार विद्युतीय स्रोतमा प्रकाशित सामग्री रहेका छन् । यस शोधप्रबन्धमा सामग्री विश्लेषणका लागिगुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण विधिको उपयोग गरिएको छ भने विधाभञ्जनलाईसैद्धान्तिक आधारका रूपमा लिइएको छ । विधाभञ्जन विनिर्माणको साहित्यसम्बन्धी अध्ययन गर्नेसिद्धान्त हो । यसले साहित्यिक विधासम्बन्धी पूर्ववर्ती केन्द्रीकृत मान्यतालाई खण्डिन गरी एकैपाठमा विद्यमान बहुविधात्मक अभिलक्षणलाई स्वतन्त्र पठनका माध्यमबाट अध्ययन गरी तीकृतिका सहयोगी नभई स्वतन्त्र पाठ हुन् भन्ने पक्षको अध्ययन गर्दछ । कृतिमा विधान्तरण,विधामिश्रण र अन्तर्पाठीयताका आधारमा कविता कसरी विघटित हुन्छन् भन्ने पक्षको अध्ययन,विश्लेषण र मूल्याङ्कन गर्दछ । नेपाली कविता इतरविधाको अभिलक्षण अन्तर्घुलन भई विधान्तरण भएका छन्। विधान्तरणकवितामा इतरविधाका अभिलक्षण समग्र पाठभरि अन्तर्घुलन भई प्रस्तुत हुने सैद्धान्तिक अवधारणाहो । कविताको नाटक, आख्यान र निबन्धमा विधान्तरण गरिएका रचनामा तत्तत् विधाकाअभिलक्षणको उपस्थितिका कारण ती बहुविधात्मक विशेषतायुक्त पाठमा परिणत भएका छन् ।विधामिश्रण कविताको निश्चित सन्दर्भ, खण्ड, पङ्क्तिगुच्छमा इतरविधाका अभिलक्षण प्रस्तुत भइ विधाविघटन हुन्छ भन्ने पक्षको अध्ययन गर्ने सैद्धान्तिक अवधारणा हो । नेपाली कवितामाइतरविधाको विधामिश्रण भएका रचनामा कवितामा दृश्य, संवाद, द्वन्द्व र नाटकीय शिल्पको प्रयोगभई नाटकीयता, कथानक, समाख्याता र आख्यान शिल्पका कारण आख्यानात्मक र निजात्मकता,विचार र निबन्धात्मक शिल्पका कारण निबन्धात्मक सौन्दर्यको अन्तर्मिश्रण भएको छ ।अन्तर्पाठीयता कृति रचनाका क्रममा पूर्वपाठको विपठनको पुनर्पठन र उत्तरपठन स्वरूपकामाध्यमबाट नयाँ कृति रचना गर्ने सैद्धान्तिक अवधारणा हो भने यसले यसप्रकार संरचित कृतिलाईबहुविधात्मक विशेषता भएका पाठ मान्दछ ।
नेपाली कविताको रचनाका क्रममा पूर्वपाठकोपुनर्पठन र उत्तरपठन गरी संरचित कृतिहरू पूर्वपाठको अवशेषका कारण दुई भिन्न कृतिकोसौन्दर्यलाई अभिव्यक्त गर्ने प्रयोजनलाई मूर्तता दिने विशेषतायुक्त छन्। नेपाली कवितामा २०३६–२०७८ अवधिका कृति बहुविधात्मक अभिलक्षणलाई सृजन परम्परामा स्थापित गर्ने, सौन्दर्यको अन्तर्मिश्रण गर्ने तथा विनिर्मित पाठको रचनातर्फ अग्रसर रहे पनि यिनले साहित्यको पूर्ववर्तीपरम्पराले स्थापित गरेको विधागत आदानप्रदान र सहअस्तित्वको निरन्तरताका साथै एकै पाठमाबहुविधात्मक सौन्दर्यबोध र आस्वादनका लागि मार्गप्रशस्त गरेको छ ।
