सामुदायिक प्राथमिक विद्यालयहरुमा आर्थिक स्रोत व्यवस्थापन प्रक्रिया {Financial resource management process in community primary schools}

dc.contributor.authorप्रसाई Prasai, गणेशकुमार Ganeshkumar
dc.date.accessioned2022-01-14T05:26:09Z
dc.date.available2022-01-14T05:26:09Z
dc.date.issued2009
dc.description.abstractसामुदायिक प्राथमिक विद्यालयहरुमा आर्थिक स्रोत व्यवस्थापन प्रक्रिया शीर्षक रहेर यो शोध पत्र तयार गरिएको छ । सामुदायिक प्राथमिक विद्यालय भन्नाले सरकारी अनुदानप्राप्त प्राथमिक विद्यालयलाई जनाउँछ । यी सामुदायिक प्राथमिक विद्यालयहरु पनि दुई प्रकारका पाइन्छन् । एक समुदायद्वारा व्यवस्थापन जिम्मा लिइएका र अर्को समुदायद्वारा जिम्मा नलिइएका पर्दछन् । सामुदायिक प्राथमिक विद्यालयहरुको व्यवस्थापन भित्र पर्ने तत्वहरु झैँ आर्थिक तत्व पनि महत्वपूर्ण भएकोले यसप्रति सबै सम्बन्धित पक्षको ध्यान जानु वान्छनीय देखिन्छ । यस अध्ययनको मूल उद्धेश्य प्राथमिक विद्यालयहरुको आर्थिक स्रोत पहिचान गर्नु, विद्यालयहरुबीच आर्थिक स्रोतहरुको तुलना गर्नु र विद्यालयहरुबीचमा आर्थिक पारदर्शिता र व्यवस्थापन प्रक्रियाको स्थिति पत्ता लगाउनु रहेको छ । अध्ययन सम्पन्न गर्ने क्रममा नमुना जनसंख्याको लागि झापा जिल्ला सतासीधाम गाउँ विकास समितिका पाँचवटा अलग अलग प्राथमिक विद्यालयहरुलाई उद्धेश्यमूलक छनौट गरी ती विद्यालयका सम्बन्धित पक्षहरु क्रमैसँग प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक र शिक्षक गरी प्रत्येक विद्यालयका ४ जनाका दरले ५ विद्यालयका जम्मा २० वटाबाट बन्द प्रश्नावली, छलफल, अवलोकनमार्फत परिमाणात्मक र गुणात्मक अनुसन्धान ढाँचाको मिश्रण गरी अध्ययन सम्पन्न गरिएको छ । प्राथमिक विद्यालयहरुमा सरकारी अनुदानका शीर्षकबाहेक सामुदायिक वन उपभोक्ता समिति, सामान बिक्री, सांसद विकास कोष, गाउँ विकास समिति अनुदान, अभिभावकहरुको सहयोग, देउसी भैलो, प्रमाण पत्र, स्थानान्तरण प्रमाण पत्र, परीक्षा शुल्क, जिल्ला विकास समिति र गैर सरकारी संस्थाहरुबाट आर्थिक सहयोग गरेको पाइयो । प्रत्येक प्राथमिक विद्यालयहरुमा आर्थिक अवस्थाको कमी र अभावका कारण जग्गा भवन, खेल मैदान र फर्निचर, कोठाको स्थिति न्यून रहेको पाइयो । औसत पचास प्रतिशत विद्यालयहरुले स्रोत अनुसार सक्षम व्यवस्थापन गरेको देखियो । स्थानीय स्तरबाट संकलित आर्थिक सहयोगले पन्ध्र प्रतिशत सहयोग पुगेको पाइन्छ । विद्यालय व्यवस्थापन समिति सदस्य र शिक्षक अभिभावक संघका सदस्यबाट नब्बे प्रतिशत विद्यालय पारदर्शी भएको कुरा स्वीकार गरेको पाइन्छ । सामूहिक निर्णयबाट स्वीकृत गरी मात्र खर्च गरिएको पाइयो र उक्त खर्च गरिएको रकम आम अभिभावक भेलाबाट समेत अनुमोदन भएको पाइयो । प्राथमिक विद्यालयहरुले अझै आर्थिक स्रोत संकलनमा सक्रिय रहनुपर्ने सीमित स्रोतलाई राम्रो व्यवस्थापनका साथ लगानी गर्नुपर्ने निर्णय गरेर मात्र खर्च गर्नुपर्ने, आर्थिक नियमावली भित्र रहनुपर्ने सबै विद्यालयमा स्थानीय संघ संस्थाको समान सहयोग पुग्नुपर्ने, पारदर्शीताको स्थितिलाई सुधार गर्दै खर्चको सामाजिक लेखापरीक्षण र सार्वजनिक गराउँदै सामाजिक मान्यता प्राप्त गर्नु पर्ने, संस्थामा हुने आर्थिक क्रियाकलापलाई प्रकाशमा ल्याई सुसुचित गर्दै सम्बन्धित पक्षहरुलाई ती विद्यालयहरु र अन्य यस प्रकारका विद्यालयहरुलाई पनि जानकारी पु¥याउँदै आगामी दिनमा विद्यालय सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्ने कुरालाई सुझावको रुपमा राख्दै यो अध्ययन सम्पन्न गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/7389
dc.language.isootheren_US
dc.publisherशिक्षाशास्त्र संकाय, शैक्षिक योजना तथा व्यवस्थापन विभागen_US
dc.subjectसामुदायिक प्राथमिक विद्यालयहरु Community primary schoolsen_US
dc.subjectआर्थिक स्रोत व्यवस्थापन Financial resource managementen_US
dc.titleसामुदायिक प्राथमिक विद्यालयहरुमा आर्थिक स्रोत व्यवस्थापन प्रक्रिया {Financial resource management process in community primary schools}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(8).pdf
Size:
139.45 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
403.12 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: