आधारभूत तहको शिक्षामा विद्यार्थी सहभागिता {Student participation in basic Education}

dc.contributor.authorचम्लागाईँ Chamlagain, चाँदनी Chandani
dc.date.accessioned2022-06-06T05:43:08Z
dc.date.available2022-06-06T05:43:08Z
dc.date.issued2017
dc.description.abstractआधारभूत तहको शिक्षामा विद्यार्थी सहभागिता शीर्षकमा तयार पारिएको यस अनुसन्धानात्मक कार्य को मुख्य उद्देश्य आधारभूत तहको शिक्षामा विद्यार्थी सहभागिताको अवस्था पत्ता लगाई नियमिततामा वृद्धि गर्ने उपायहरूको खोजी गर्नु रहेको छ । यस अनु सन्धान कार्यलार्इ निष्कर्षमा पु¥याउनका लागि अध्ययनमा गुणात्मक र परिमाणात्मक दुवै ढाँचाको प्रयोग गरिएको छ । अध्ययनलाई अगाडि बढाउनका लागि झापा जिल्ला दुधे स्रोतकेन्द्र अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमध्ये वर्गीय एवम् जातिय बसोबास, भौगोलिक आधारमा सम्भावनायुक्त नमुना छनौट विधिद्वारा ५ वटा विद्यालयको छनौट गरी प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अध्यक्ष, २÷२ जना शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई सम्भावनायुक्त नमुना छनौटद्वारा छनौट गरी आवश्यक सूचनाका लागि तथ्याङ्क सङ्कलन गर्न सम्बन्धित क्षेत्रमा गई प्रश्नावली, अन्तर्वार्ता छलफल, अध्ययन जस्ता अनुसन्धानका साधनहरू प्रयोग गरिएको छ । सङ्कलित तथ्याङ्कहरूलाई वर्णनात्मक तथा व्याख्यात्मक तथ्याङ्कीय विधिबाट विश्लेषण गरिएको छ । शोध अध्ययनको क्रममा सङ्कलित तथ्य तथ्याङ्कहरूको विश्लेषणबाट आधारभूत तहको शिक्षामा विद्यार्थीको सहभागिताको अवस्था पत्ता लगाउन उनीहरूको विद्यालय भर्ना, बीचैमा कक्षा छोड्ने , दोहो¥याउने र नियमितताको अवस्थाको यथार्थताको जानकारी प्राप्त भएको छ । अध्ययनको क्रममा प्राप्त तथ्याङ्कको विश्लेषणबाट अध्ययन क्षेत्रका बालबालिकाहरूको सामुदायिक विद्यालयको आधारभूत तहको शिक्षामा विद्यार्थीको सहभागितामा ह्रास हुँदै गइरहेको पाइन्छ, पहिलो वर्षको तुलनामा दोस्रो, तेस्रो वर्षमा भर्ना घटेको, विद्यालय भर्नाको तुलनामा, कक्षा बीचैमा छाड्ने दरमा कमी आए तापनि कक्षा दोहो¥याउने र नियमित अनुपस्थित दर बढी रहेको पाइन्छ । विद्यालयमा बालमैत्री शिक्षाको अभाव बालअधिकारको वेवास्ता, कक्षाकोठा व्यवस्थापनको अभाव, शिक्षण सामग्री तथा विधिको अभाव आदि रहेको पाइयो । विद्यार्थी विद्यालय नियमित आउने गरेका छैनन् । यसलाई सुधार गरी विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको सकारात्मक सोचको विकास गर्नुपर्दछ । आधारभूत तहको शिक्षामा विद्यार्थीको सहभागिता वृ द्धि गर्न, बीचैमा कक्षा छोड्ने, कक्षा दोहो¥याउने तथा नियमित अनुपस्थित दरमा कमी ल्याउनका लागि शिक्षा मन्त्रालयले शिक्षामा थप बजेटको व्यवस्था गर्नुपर्दछ । बजेटको उचित उपयोेग गर्नुपर्दछ । नीति निर्माण तहले देशमा एकै किसिमको स्थानीय आवश्यकतालाई ध्यान दिनुपर्ने । जिल्ला शिक्षा कार्यालय तथा सम्बद्ध निकायले अध्ययन अध्यापनको नियमित अनुगमन तथा निरीक्षण गर्नुपर्ने । विद्यालयमा शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी बनाउनुपर्ने शैक्षिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने प्रबन्ध मिलाउनुपर्ने, समावेशी शिक्षालाई ध्यान दिनुपर्ने , सम्पूर्ण को सहभागितामा योजना निर्माण गरी सो अनु रूप कार्यान्वयन गर्ने सरा े कारवालाहरू जागरुक हुनुपर्दछ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10844
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectअनुसन्धानात्मक कार्य Research worken_US
dc.subjectविद्यार्थी सहभागिता Student participationen_US
dc.titleआधारभूत तहको शिक्षामा विद्यार्थी सहभागिता {Student participation in basic Education}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleकनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, झापाen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
151.59 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page.pdf
Size:
339.43 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: