वैदेशिक रोजगारीले ग्रामीण जीवनमा पारेको प्रभाव (किचनास गा.वि.स. को समाजशास्त्रीय अध्ययन){Impact of foreign employment on rural life (Sociological Study of Kichnas VDC)}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
समाजशास्त्र संकाय
Abstract
यस शोधकार्यमा वैदेशिक रोजगारीले ग्रामीण जीवनमा पारेको प्रभावको बारेमा
अध्ययन गरिएको छ । यो अध्ययन खासगरी स्याङजा जिल्ला किचनास गा.वि.स. वडा नं.
९ सालडाँडाका वैदेशिक रोजगारीमा संलग्न संख्या, संलग्न परिवारको आर्थिक तथा
सामाजिक अवस्था, यसले पारेको सकरात्मक तथा नकरात्मक प्रभाव र सामाजिक
रुपान्तरणमा कस्तो प्रभाव परेको छ भन्ने विषयमा केन्द्रित रहेको छ ।
वैदेशिक रोजगारीमा संलग्न परिवारको सामाजिक आर्थिक अवस्थाको विश्लेषण
गर्ने, वैदेशिक रोजगारीमा संलग्न संख्या पत्ता लगाउने र यसले ग्रामीण समुदायको जीवन
स्तरमा ल्याएको परिवर्तनको अन्वेषण गर्ने उद्देश्यहरु रहेका छन ।
यस शोध कार्यमा वैदेशिक रोजगारीका कारण बेरोजगारी समस्या हल भई
आधारभूत आवश्यकता परिपूर्ति भएका छन भने स्याङजा जिल्ला किचनास ९ सालडाँडाका
वैदेशिक रोजगारीमा संलग्न विभिन्न जातीय समुदायका ६८ घरधुरीका धरमुलीहरु
उत्तरदाताको रुपमा लिइएको छ भने उक्त घरधुरीबाट ११ जना महिला र ९६ जना पुरुष
गरी जम्मा १०७ जना बैदेशिक रोजगारमा गइएको पाइयो ।
अध्ययन क्षेत्रका ६८ जना घरमुलीहरु मध्ये ४ जना (५.८८%) निरक्षर र बाँकी
६४ जना (९४.१२%) साक्षर रहेका छन भने जसमा मगर, वाह्मण, नेवार, भुजेल, दमाई
जातजातीको संलग्नता छ । ती मध्ये अधिकांश हिन्दुधर्ममा आस्थावान छन ।
उनीहरु मध्ये ४७.०५% कृषि पेशामा लागेका छन भने नोकरीमा २३.५३%,
व्यापारमा ११.७७% ज्याला मजदुरीमा १७.६४% रहेका छन । जसमा वर्ष भरी खान पुग्ने
२८.५८% र खाना नपुग्ने ७१.४२% छन ।
यस अध्ययनबाट अध्ययन क्षेत्रका उत्तरदाताहरुमध्ये धेरैको वैदेशिक रोजगारीवाट
जीवननिर्वाह को साथै केहि आर्थिक उन्नति भएको पाइयो । हिजोको अवस्थामा गरीविका
कारण गास, वास, कपास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ताका कुरावाट
वञ्चित व्यक्तिहरु अहिलेको अवस्थामा आर्थिक सुधार भई यी नै आधारभूत आवश्यक्ताहरु
परिपुर्ति भएको पाइयो । एकातिर गाउघर वाट वसाइ सरी शहर वजार तर्फ लागेको
पाइन्छ भने आम्दानी भएका घरपरिवारका सदस्यहरुले आफ्ना वालवच्चालाई संस्थागत
विदयालयमा पढाएको पाइयो बैदेशिक रोजगारीका सकारात्मक पक्षमा आर्थिक उन्नती
हुने, गरिबि घटने, आधारभुत आवश्यकता पुर्ती हुने तथा बेरोजगारी समस्या हल हुने तर
ख्
नकारात्मक पक्षमा वसाई सराई बढने, युवा शक्ति पलायन हुने, देश विकासमा वाधा
पुग्नेर फजुल खर्चमा बृद्धि हुने कुराहरु पाइयो । कतिपय वैदेशिक रोजगार कर्मीले आपूm
वैदेशिक रोजगारीवाट विदा लिएपछि व्यवसायिक रुपमा कुखुरा पालन, वाख्रापालन,
तरकारीखेती गरेको र घर जग्गा जस्तो अन्न उत्पादन क्षेत्रमा समेत लगानी गरेको पाइयो
। यसैका कारण परम्परादेखि चलीआएको संस्कार र संस्कृतिमा पनि कहि हदसम्म परिवर्तन
भएको पाइयो ।
प्रायः सवै घर परिवारमा शौचालय निर्माण गरी खुला दिशा मुक्त समाज निर्माण
गरी उदाहरणिय कार्य गरेको पनि पाइयो । लैङिगक विभेदका धारणाहरु विस्तारी कम हुदै
गएको अवस्था पाइयो भने जातिय विभेदका स्वरहरु केहि हदसम्म कम भएको देखियो ।
समाज रुपान्तरणमा धेरै जसो व्यक्तिहरु संलग्न भएको गाउँगाउ टोलटोलमा मोटरवाटो
निर्माण भएको, आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुको सामाजिक हैसियत अलि उच्च रहेको
यसै अध्ययनको शिलशिलामा भेटियो । सञ्चारका साधनहरु टेलिभिजन, मोवाइल फोन,
रेडियो, पत्रपत्रिका आदिको अधिक प्रयोग भएको पाइयो । वास्तवमा वैदेशिक रोजगारीले
नेपालको चरम वेरोजगारी र गरिवी घटाएको छ भने अर्कोतर्फ वसाइसराइको कारण
गाउघरका जग्गा जमिन खेतिपाती विहिन वन्न पुगेका छन । त्यसैगरी परनिर्भरता वढेको,
खर्चमा वृद्धि भएको, विदेशी संस्कृति भित्रीएको, नेपाली संस्कृति लोप हुदै गएको, घरमा
वृद्ध आमा वावु वेसहारा वन्दै गएको पाइयो भने केहिको श्रीमान र श्रीमति विच सम्बन्ध
विग्रेको, सम्पति हिनामिना भएको, सम्बन्ध विच्छेद र अन्तरजातिय विवाह जस्ता
घटनाक्रमहरु वृद्धि हुदै आएको पाइयो ।
