छात्रा भर्ना र नियमिततामा प्रभाव पार्ने तवहरुको अध्ययन {Study of the factors that affect student enrollment and regularity}

dc.contributor.authorढकाल Dhakal, रामप्रसाद Ramprasad
dc.date.accessioned2022-01-14T09:56:21Z
dc.date.available2022-01-14T09:56:21Z
dc.date.issued2009
dc.description.abstract‘छात्रा भर्ना र नियमिततामा प्रभाव पार्ने तŒवहरुको अध्ययन’ शीर्षक रहेको शोधपत्रमा पाल्पा जिल्लाको सहरी र ग्रामीण विद्यालयको प्राथमिक तहमा छात्राहरुको भर्ना र नियमितताको अध्ययन गरिएको थियो । छात्रा भर्ना र नियमितताको स्थितिको पहिचान गर्नुका साथै छात्रा भर्ना र नियमिततामा प्रभाव पार्ने तŒवहरु पत्ता लगाइ त्यसको विश्लेषण गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य राखिएको छ । शोध अध्ययनको क्रममा सम्बन्धित साहित्यको पुनरावलोकन गरी शिक्षा आयोगका प्रतिवेदनहरु २०१० देखि २०५५ सम्मको अध्ययन गरिएको छ । अध्ययनको उद्देश्य परिपूर्तिको लागि दुईवटा विद्यालयहरु असमानुपातिक स्तरीकृत नमूना छनौट विधिको आधारमा छनोट गरिएको छ । अध्ययन मूलतः गुणात्मक प्रकृतिको भएकोेले वर्णनात्मक विधिको प्रयोग गरिएको छ । सरोकारवालालाई उद्देश्यमूलक नमूना छनौट विधि र सम्भावनायुक्त नमूनाछनौट विधिद्वारा छनौट गरी प्राथमिक तथ्याङ्कहरु सङ्कलन गरिएको छ । तथ्याङ्क सङ्कलनको लागि खुल्ला अन्तर्वार्ता सूची, विद्यालय सर्वेक्षण फाराम र प्रत्यक्ष अवलोकनलाई अपनाइएको छ । उद्देश्य पूरा गर्नको लागि द्वितीय स्रोतबाट समेत जानकारी, सूचना र तथ्याङ्कहरु लिइएका छन् । यसको मुख्य कारण बेरोजगारी, गरीवी, अशिक्षा, जनचेतनाको कमी, धार्मिक तथा साँस्कृतिक कारणको साथै परम्परागत पेशा र व्यवसाय नै हुन् । यी माथिका समस्या कम देखिएका सहरी क्षेत्रमा बालिकाको शिक्षामा पहुँच बढी पाइयो जस अनुसार सहरी क्षेत्रका विद्यालयमा ग्रामीणमा भन्दा छात्रा भर्ना १.६ प्रतिशतले बढी छ । त्यस्तै नियमितता पनि सहरी विद्यालयमा २.७३ प्रतिशतले बढी छ । विश्लेषणको आधारमा बालिकाहरु अझै पनि विद्यालयभन्दा बाहिर छन् । सहरीभन्दा ग्रामीण क्षेत्रमा विद्यालय जाने छात्राको भर्ना र नियमिततामा कमी छ । छात्रा भर्ना र नियमिततामा महिला शिक्षकको व्यवस्था, उदार कक्षोन्नति, अतिरिक्त कार्यकलापमा सहभागिता, बालमैत्रीपूर्ण सिकाइ, व्यवहार, सुरक्षा व्यवस्थाले सकारात्मक प्रभाव पारेको पाइयो । ग्रामीण क्षेत्रमा छात्राको भर्ना र नियमितता बृद्धि गर्न जनचेतना मूलक कार्यक्रम, अभिभावक शिक्षा र सीपमूलक गुणस्तरीय शिक्षामा जोड दिनु पर्दछ । यसका साथै महिला शिक्षिकाको व्यवस्था र प्रभावकारी शिक्षण विधिको प्रयोगले छात्रा भर्ना र नियमिततामा सकारात्मक प्रभाव पारेकोले महिला शिक्षिकाहरुको व्यवस्था, दण्ड रहित सिकाइ क्रियाकलाप, उदार कक्षोन्नति र समान सहभागितात्मक शिक्षण विधिहरु प्रयोग गर्नु जरुरी देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/7424
dc.language.isootheren_US
dc.publisherशिक्षाशास्त्र सङ्काय शैक्षिक योजना तथा व्यवस्थापनen_US
dc.subjectछात्रा भर्ना Chātrā bharnāen_US
dc.subjectप्राथमिक तह Primary lavelen_US
dc.titleछात्रा भर्ना र नियमिततामा प्रभाव पार्ने तवहरुको अध्ययन {Study of the factors that affect student enrollment and regularity}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleतानसेन बहुमुखी क्याम्पस तानसेन, पाल्पाen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(8).pdf
Size:
87.79 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
254.26 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: