कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको कथा लेखन क्षमताको अध्ययन
Date
Authors
पौडेल, मिना
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
यस शोधपत्रको शोधशीर्षक कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको कथा लेखन क्षमताको अध्ययनरहेको छ । कक्षा आठमा अध्ययनरत समग्र विद्यार्थीहरूको कथा लेखन
क्षमता र लैङगिकताका आधारमा कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको कथा लेखन क्षमता विश्लेषण गर्नु प्रस्तुत शोधको उद्देश्य हो । यसरी प्रस्तुत गरिएका उद्देश्यहरूलाई
व्यवस्थित, वस्तुपरक र वैज्ञानिक ढङगले अध्ययन विश्लेषण गर्दा सोद्देश्यमूलक नमुना छनोट पद्धति अपनाइएको छ । यसैगरी तथ्याङक सङकलन गर्ने कार्य गर्दा प्राथमिक
स्रोतअन्तर्गत चितवन जिल्ला भित्रको भरतपुर महानगरपालिकालाई उपयोग गरिएको छ भने द्वितीयक स्रोतअन्तर्गत यसै शोधकार्यसँग सम्बन्धित विभिन्न शोधपत्र, सन्दर्भ पुस्तकहरू, इमेल, इन्टरनेट आदिको प्रयोग गरिएको छ । कथा लेखन क्षमताको समग्र स्थितिलाइ प्रतिशताङकको आधारमा हेर्दा १०० जना विद्यार्थीहरूमा२० प्रतिशतभन्दा कम कथा लेखन क्षमता भएका विद्यार्थी सङख्या ८ रहेको छ, जसको प्रतिशत पनि ८ नै रहेको देखिन्छ । २१ देखि४० प्रतिशत अङक ल्याउने विद्यार्थीहरूको सङख्या १३ नै रहेको छ, जसको प्रतिशत पनि १३ नै रहेको देखिन्छ । ४१ देखि६०प्रतिशत अङक ल्याउने विद्यार्थीहरूकोसङख्याा २८ रहेको छ,भनेप्रतिशत पनि २८ नै रहेको देखिन्छ । ६१ देखि ८० प्रतिशत अङक ल्याउने विद्यार्थीहरू सङख्या २७ रहेको छ,भनेप्रतिशत पनि २७ नै रहेको देखिन्छ । त्यसैगरी८१ प्रतिशतभन्दा माथि अङकल्याउने विद्याथीहरूको सङख्या २४ र प्रतिशत अङक पनि २४ रहकालेसमग्र विद्यार्थीहरूकोे कथा लेखन क्षमता मध्यम रहेको मान्न सकिन्छ । समग्र विद्यार्थीहरूको मध्यमान र मानक विचलनका आधारमा समग्र विद्यार्थीहरूको प्राप्ताङक मानक विचलनका २.०९ रहेको छ । मध्यमानभन्दा तल ५० प्रतिशत रमध्यमानभन्दा माथि ५० प्रतिशत रहेकाले समग्रमा विद्यार्थीको कथा लेखन क्षमता मधयम रहेको मान्न सकिन्छ । लैङगिकताको आधारमा छात्र विद्यार्थीहरूको कथा लेखन क्षमताको मानक विचलनका २.२२ रहेको छ । मध्यमानभन्दा तल १० प्रतिशत रमध्यमानभन्दा माथि ९२ प्रतिशत रहेकाले छात्र विद्यार्थीेहरूको कथा लेखन क्षमता मधयम रहेको पाइन्छ । छात्रा विद्यार्थीहरूको कथा लेखन प्राप्ताङकका
आधारमा मानक विचलन २.४६ रहेको छ । मध्यमानभन्दा तल ६ प्रतिशत रमध्यमानभन्दा माथि ९४ प्रतिशत रहेकाले छात्रा विद्यार्थीहरूको कथा लेखन क्षमता उच्च रहेको छ ।
विद्यालय प्रकृतिका आधारमा संस्थागत विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमतामध्यमान ६.४ छ भने मानक विचलनका १.९८ रहेको छ । २० प्रतिशतभन्दा माथि
१०० प्रतिशतसम्म अङक ल्याउने ९४ प्रतिशत रहेको छ । प्रतिशतको आधारमा संस्थागत विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमता उच्च रहेको छ । विद्यालय प्रकृतिकाआधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमतामध्यमान ६.१ छ भने मानक विचलनका २.०८ रहेको छ । २० प्रतिशतभन्दा माथि १०० प्रतिशतसम्म अङक ल्याउने ९० प्रतिशत रहेको छ । प्रतिशतका आधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमता राम्रै रहेको पाइन्छ । संस्थागत विद्यालयको प्रतिनिधि जनसङख्या ५० जनामध्ये ४८प्रतिशतको विद्यार्थीहरूको कथा लेखन क्षमता मध्यमानभन्दा तल रहेको छ भने ५२ प्रतिशत विद्यार्थीहरूको कथा लेखन क्षमता मध्यमानभन्दा माथि छ ।सामुदायिक विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमता मध्यमानभन्दा तल सङख्या २६ र
प्रतिशत ५२ छ भनमध्यमानभन्दा माथि सङख्या २४ र प्रतिशत ४८ रहेको छ ।
