एस.इ.इ. परीक्षा २०७५ सालको नेपाली विषयको प्रश्नपत्रको विश्लेषण {S.E.E. Analysis of question paper of Nepali subject of examination 2075}
Date
2021
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा सङ्काय
Abstract
शीर्षक – एस.इ.इ. परीक्षा २०७५ सालको नेपाली विषयको प्रश्नपत्र विश्लेषण ।
प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नेपाली शिक्षा विभाग
अन्तर्गत एम.एड दोस्रो वर्षको पाठयांश (नेपाशि ५९८) कोे प्रयोजनार्थ प्रस्तुत गरिएको हा । प्रदेश
नं. १ को २०७५ सालको एस.इ.इ. परीक्षामा सोधिएको प्रश्नपत्रको अध्ययन यहाँ गरिनेछ ।
प्रतिनिधि प्रश्नपत्र विशिष्टीकरण तालिकाअनुसार निर्माण भएको छ ? प्रश्नपत्र विश्वसनीयता र
वैधताका आधारमा कस्तो छ ? र प्रश्नपत्र बाह्य र आन्तरिक विशेषताका आधारमा कस्ता छन ?
जस्ता समस्यामा रही अध्ययन गरिएको छ ।
हरेक अध्ययनको केही न केही उद्देश्य राखिएको हुन्छ । या अध्ययन पनि तीनओटा
उद्देश्यमा केन्द्रित रहेको छ । एस.इ.इ. २०७५ सालको नेपाली भाषाको प्रश्नपत्र विशिष्टीकरण
तालिका अनुसार भए नभएको अध्ययन गर्नु, प्रश्नपत्रको विश्वसनीयता र वैधताका आधारमा
अध्ययन गर्नु र प्रश्नपत्रको आन्तरिक र बाह्य विशेषताका आधारमा अध्ययन गर्नु उद्देश्यहरू रही
अध्ययन गरिएको छ ।
प्रस्तुत अध्ययन प्रदेश नं. १ को २०७५ मा एस.इ.इ.मा सोधिएको नेपाली विषयको
प्रश्नपत्र विश्लेषणमा केन्द्रित रहेको छ । उक्त अध्ययन गर्दा वर्णनात्मक र पुस्तकालयीय विधिको
प्रयोग गरिएको छ । प्रस्तुत अध्ययन गर्दा प्रदेश नं. १ को एस.इ.इ.मा सोधिएका प्रश्नपत्रलाई
लिइएको छ भने अरू प्रदेशका प्रश्नपत्रहरू र अन्य सालका प्रश्नहरूलाई नमुनाका रूपमा
लिइएको छ । शोपपत्र तयार गर्दा शोधको क्षेत्र, शीर्षक र विषयवस्तु सुहाउँदो प्राथमिक र र
द्वितीयक सङकलनका सामग्रीहरू प्रयोग गरिएको छ । प्राथमिक पाठयक्रम विशिष्टीकरण तालिका,
शोधपत्रहरू, अन्य प्रश्नपत्र, पत्रपत्रिका र सन्दर्भसामग्रीहरू द्वितीयक सङकलनका साधनहरूका
रूपमा लिइएको छ ।
प्रस्तुत शोधपत्रलाई पाँच अध्यायमा विभाजन गरिएको छ । अध्याय एकमा शोध परिचय,
अध्याय दुईमा पूर्वकार्यको समीक्षा तथा धारणात्मक संरचना, अध्याय तीनमा अध्ययनको प्रक्रिया
वा विधि, अध्याय चारमा नतिजा, परिणाम र छलफल र अध्याय पाँचमा निष्कर्ष, सुझाव तथा
उपयोगिता समावेश गरिएको छ । जतिसुकै होसियारीपूर्वक प्रश्नपत्र निर्माण गरे पनि कहिनकहीँ
त्रुटि अवश्य भएको हुन्छ । प्रश्नपत्र विशिष्टीकरण तालिकाअनुसार नै निर्माण भएको पाइन्छ ।
प्रश्नपत्र सरलदेखि जटिलको क्रममै र पाठयक्रम अनरूप नै निर्माण भएको पाइन्छ । प्रश्नपत्रको
कागज, छपाइ, सफाइ प्रश्नको आकार ठीकै भएता पनि प्रश्नपत्र नेपाली विषयको भएर पनि
अङग्रजी र कतै रोमन अक्षरको प्रयोग गरी भाषागत त्रुटि गरेको पाइन्छ । कुनै प्रश्नमा दोहोरो
अर्थ लाग्ने शब्दको प्रयोग गरी विद्यार्थीलाई अन्योलमा पारिएको छ । समग्रमा हेर्दा प्रत्येक
अध्ययनको केही राम्रा र नराम्रा पक्षहरू हुन्छन, नराम्रा पक्षलाई सुधार गर्दै लैजानु पर्ने निष्कर्ष
निकाल्न सकिन्छ ।
Description
Keywords
भाषिक मूल्याङकन Linguistic assessment, एस.इ.इ. परीक्षा २०७५ S.E.E. Exam 2075