सुनसरी जिल्लाको गुणात्मक शिक्षामा प्राथमिक शिक्षक तालिमले पारेको प्रभाव एक अध्ययन {A study on the Impact of Primary Teacher Training on Quality Education in Sunsari District}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Abstract
गुणस्तरीय शिक्षाको विकासका लागि मेरूदण्डका रूपमा शिक्षकलाइ लिन सकिन्छ ।गुणस्तरीय शिक्षाका लागि प्रभावकारी शिक्षण र प्रभावकारी शिक्षणका लागि तालिम प्राप्त शिक्षक अपरिहार्य मानिन्छ । नेपालको वर्तमान शिक्षा नीतिले शिक्षकका लागि तालिमको अनिवार्य व्यवस्था गरेको हुँदा ८४,००० प्राथमिक शिक्षक मध्ये ७७,००० ले तालिम प्राप्त गरेको देखिन्छ । सनसरीजिल्लाका ११७५ प्राथमिक शिक्षक मध्ये ११०४ तालिम प्राप्त छन र तिनीहरूले यस जिल्लाका गुणस्तरीय शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन । शिक्षाको वर्तमान नीति सबशिक्षकलाई तालिम प्राप्त बनाइ गुणात्मक शिक्षा प्रदान गर्ने रहेको देखिन्छ । शिक्षक तालिममा ठलालगानी भएको छ । लगानीको तुलनामा मापनीय र दृश्यात्मक उपलब्धि आज चासो र खोजीका विषय बनेको छ । सेवाकालीन शिक्षक तालिमको संस्थागत प्रयासको दशकौं सम्म पनि सुनसरी जिल्लामा गुणस्तरीय शिक्षाको विकासमा प्राथमिक शिक्षक तालिमले पारेको प्रभावका सम्बन्धमा अध्ययन÷अनुसन्धान भएको पाइएन । तसर्थ यहाँको शैक्षिक गुणस्तर विकासमा प्राथमिक शिक्षक तालिमले खेलेको महत्वपूर्ण भूमिका उजागर गर्ने र ततसम्बन्धमा वास्तविकताको हदै सम्म नजिकपुगी अध्ययन÷अनुसन्धान गर्ने उद्देश्यले प्रस्तुत शोध शीर्षक छनौट गरी शोधकार्य सम्पन्न गरिएकाछ । गुणात्मक शिक्षाको विकास राष्ट्रिय महत्वको विषय हो । सुनसरी जिल्लामा गुणस्तरीय शिक्षाका िवकासमा प्राथमिक शिक्षक तालिमले पारेको प्रभाव सम्बन्धी शोधकार्य एउटा फलदायी अध्ययनका रूपमा सबै सरोकारवालाहरूका लागि महत्वपूर्ण मानिने विश्वास लिइएको छ । प्रस्तुत शोधकार्यका उद्देश्यहरू गुणात्मक शिक्षाको विकासमा शिक्षक तालिमले पारेको प्रभाव पहिचान गर्ने, विद्यार्थीका सिकाइ उपलब्धी पूरा गराउन तालिम प्राप्त र अप्राप्त शिक्षकद्वारा गरिने अध्यापनको भिन्नता पत्तालगाउने, उनीहरूको व्यक्तिगत तथा सामाजिक गुण र शिक्षण शैलीमा पाइने भिन्नता तुलना गर्ने,गुणस्तरीय शिक्षाको विकासका लागि तालिम प्राप्त शिक्षकले भोगेका समस्याहरू पहिचान गरीसमस्या समाधानका उपायहरू सुझाउने र शिक्षाको गुणात्मक विकासका लागि सुझवहरू प्रस्तुतगर्ने रहेका छन । यी उद्देश्यहरू पूरा गर्न सनसरी जिल्लाका १२ वटा स्रोत केन्द मध्ये ७ वटा स्रोतकेन्द्र अन्तरगत १६ वटा विद्यालयका प्राथमिक तहसँग अध्ययन सिमित छ । कतिपय शैक्षिक सूचकहरू शिक्षक, विद्यार्थी, प्र.अ. र कर्मचारीहरूसँगको भेटघाट र छलफलका आधारमा तयार पारिएको छ ।
खष्ष्
प्रस्तुत शोधपत्र व्याख्यात्मक र वर्णनात्मक शैलीमा लेखिएको छ । तथ्याङ्क र सूचनालाइ तालिका, ग्राफ र चार्टमा प्रस्तुतिकरण गरी सम्बन्धितत्जभयचथ तथा साहित्यका आधारमा व्याख्या विश्लेषण गरिएको छ । सनसरी जिल्लाका ७ वटा सोतकेन्द्रमा पर्ने सामुदायिक विद्यालय मध्ये प्रा.वि.तह सञ्चालित १६ वटा विद्यालय, १० जना प्र.अ. र ३२ जना शिक्षक गोला प्रथाद्वारा छनौट गरीयार ३÷३ जना स्रोतव्यक्ति र वि.नि.लाई समेत अध्ययनमा संलग्न गराइयो । यसै गरी आपसीसहमतिमा वि.व्य.स.अध्यक्ष, अभिभावक, शिक्षाप्रेमी र तालिम प्रशिक्षकको सहयोग प्राप्त भएको छ ।अध्ययनका साधनका रूपमा आपसी भेटघाट, छलफल, कुराकानी, लेखरचना, तथ्याङ्क एव अभिलेखहरूको अध्ययन, तथ्याङ्क फाराम, अन्तरवार्ता फाराम(प्रश्नावली), चक लिस्ट, रेटिङ्ग, स्केलर श्रव्यदृश्यलाई उपयोग गरिएको छ । धेरै जसो सूचना र तथ्याङ्क संकलन कार्य आपूm स्वयम उपस्थित भै गरिएको हो । कतिपय सूचना र जानकारी सहयोगी वा सरोकारवालाहरू मार्पmत संकलन गरिएको थियो । विभिन्न स्रोतबाट प्राप्त सूचना÷तथ्याङ्कको हकमा सोत खुलाईको छ ।तथ्याङ्कलाइसकेसम्म तालिका, ग्राफ र चार्टमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
यस अध्ययनमा नमूनामा परेका विद्यालयका तथ्याङ्कहरूलाई तथ्यपरक ढंगले व्याख्या विश्लेषण गरिएको छ । तथ्याङ्कको व्याख्या, विश्लेषण र प्रस्तुतिकरण गर्दा आफ्नो ज्ञान, सीप, क्षमतार अनुभवको भरपुर उपयोग गरिएको छ । प्राप्त अवधारणागत मान्यतालाई ग्राफ –चार्टमा प्रस्तुतगरी भाषिक व्याख्या९क्ष्लतभचउचभतबतष्यल०समेत गरिएको छ । यस अध्ययमा संलग्न विषयवस्तुहरूसुनसरी जिल्लाको संक्षिप्त परिचय, अध्ययन क्षेत्रका विद्यालयको भौतिक सुविधा, अध्ययन क्षेत्रकाशिक्षक तथा तालिमको अवस्था, शिक्षणका लागि पर्व तयारी पक्ष, कक्षा व्यवस्थापन पक्ष, शिक्षणसिकाइ सामग्री, शिक्षण सिकाइ क्रियाकलाप, विद्यार्थी मूल्याङ्कन, गृहकार्य, शिक्षण व्यवहार, विद्याथीउपलब्धी, तालिम कार्यान्वयन, कक्षा अवलोकन, सुपरीवेक्षण तथा अनुगमन, र तालिम प्रदान गर्नेनिकायको भूमिका रहेका छन ।
यस अध्ययनमा प्राप्तिका रूपमा दैनिक पाठ योजनाको प्रयोग ५५% शिक्षकले गरेको,कक्षागत गीतबाट कक्षा सरु गर्ने र कवाज खेलाएर छुट्टी दिने विद्यालयको संख्या ६०% भएको, ९०प्रतिशत तालिम प्राप्त शिक्षकले पाठयक्रम, पाठयक्रम दिग्दर्शन, शिक्षक निदशिका र अन्य सन्दभसामग्रीको प्रयोग गरेको र तालिम अप्राप्त शिक्षकले उक्त सामग्री प्रयोग नगरको, ग्रीडका आधारमाप्रश्न निर्माण गरी परीक्षा लिने कार्य ८५% तालिम प्राप्त शिक्षकले गरेको र तालिम अप्राप्तले सोझ
खष्ष्ष्
प्रश्न निर्माण गर्ने गरेको, तालिम अप्राप्त शिक्षकको तुलनामा तालिम प्राप्त शिक्षकमा निरन्तरविद्यार्थी मूल्याङ्कन र कार्यसञ्चायिकाका प्रयोग गर्ने सीप भएको, परीक्षाफल विश्लेषण र पदविश्लेषण जस्ता मूल्याङ्कन सम्बन्धी ज्ञान, सीप र प्रायेग तालिम अप्राप्त शिक्षकको तुलनामा तालिमप्राप्त शिक्षकमा बढी भएको, तालिम प्राप्त शिक्षकले कक्षा व्यवस्थापनमा ध्यान दिने गरको, तालिमप्राप्त शिक्षकमा कक्षा शिक्षण र बहुकक्षा शिक्षण सम्बन्धी ज्ञान, सीप रहेको, तालिम प्राप्त शिक्षकलेशैक्षिक सामग्रीको निर्माण, संकलन र प्रयोगमा ध्यान पु¥याउने गरेको, अवस्था र आवश्यकताअनुसार शिक्षण विधिको प्रयोग गर्ने सीप तालिम प्राप्त शिक्षकमा अधिक रहेको, विषयवस्तु अनुसारउत्प्रेरणा जगाउने र सकारात्मक व्यवहारलाई पुरस्कृत गर्दै दण्डहिनतालाई अवलम्बन गर्ने कामतालिम प्राप्त शिक्षकले गर्ने गरेको, विद्यार्थीको चौतर्फी विकासको लागि खेलकूद र मनोरञ्जनमाजोड दिने कार्य तालिम प्राप्त शिक्षकबाट हुने गरेको, अभिभावक र समुदायसग सकारात्मक सहसम्बन्ध स्थापित गर्ने कार्यमा तालिम प्राप्त शिक्षक न सक्रिय भएको, विद्यार्थी भर्ना बढाउने र कक्षाछोडने तथा कक्षा दोहो¥याउनेको संख्या घटाउने काममा तालिम प्राप्त शिक्षकको योगदान रहेको रमिलनसार, सिर्जनसील, सहयोगी सिकारू एवं आत्माविश्वासी जस्ता गुणहरू तालिम प्राप्त शिक्षकमै बढी भएको देखिएको छ । यस गरी निष्कर्ष रसुझावका रूपमा शिक्षक तालिमले शिक्षाकागुणात्मक विकासमा सहयोग पुगेको, तालिमलाई समय सापेक्ष र थप प्रभावकारी बनाउँदै सबशिक्षकलाई तालिमको अनिवार्य व्यवस्था हुनु जरूरी भएको, तालिम प्राप्त शिक्षकलाई पुनर्ताजगी
९च्भाचभकजभच० तालिमको व्यवस्था निरन्तर हुनु आवश्यक भएको, तालिमबाट प्राप्त उपलब्धी व्यवहारमा प्रयोग भए नभएको हेर्न नियमित अनुगमन आवश्यक रहेको, प्रभावकारी शिक्षण गर्ने,शिक्षकलाई प्रोत्साहन तथा पुरस्कारको व्यवस्था हुन सान्दर्भिक देखिएको, तालिममा सिकेका कुराकक्षा कोठामा प्रयोग गर्ने वातावरण निर्माणका लागि सम्बन्धित सबै पक्षबाट सहयोगकाआवश्यकता देखिएको, छात्रा सहभागिता अभिवृद्धि गर्न तालिम प्राप्त शिक्षक अग्र स्थानमा रहेको,तालिम प्राप्त शिक्षक पेसा प्रति बढी प्रतिवद्ध एवं आत्माविश्वासी रहेको, महिला शिक्षकको व्यवस्थार मातृभाषामा प्राथमिक शिक्षा दिनु सान्दर्भिक देखिएको र शिक्षकलाई तालिमको व्यावहारिक प्रयोगप्रति सकारात्मक बनाउन र अन्य सरोकारवालाहरूको चासो र जवाफदेहिता बढाउन सचेतनाकार्यक्रम सञ्चालन हुन आवश्यक देखिन्छ । तसर्थ अध्ययनको प्राप्तिबाट शिक्षक तालिमक ासकारात्मक प्रभाव प्रष्ट हुन्छ भने थप उपलब्धिका लागि सुझाव कार्यान्वयमा जोड दिन सान्दभिकठानिएको छ ।