सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित संस्थागत विद्यालयका व्यवस्थापकीय अवस्था {Sarvajanik Shaikshik Guthidwara Sanchalit Sasthagat Bidyalaye ka Byabasthapakiye Adhyayan}
| dc.contributor.author | गौतम Gautam, होमनाथ Homnath | |
| dc.date.accessioned | 2022-03-20T05:05:51Z | |
| dc.date.available | 2022-03-20T05:05:51Z | |
| dc.date.issued | 2011 | |
| dc.description.abstract | प्रस्तुत शोध अध्ययन सार्वजनिक शक्षिक गुठीद्वारा सञ्चालित संस्थागत विद्यालयकाव्यवस्थापकीय अवस्था शीर्षकमा अध्ययन गरिएको हो । निजी विद्यालय र सामुदायिकविद्यालयहरु विचमा गुणस्तरीय शिक्षा प्रदानगर्नका लागि प्रतिस्पर्धा भइरहेको वर्तमान समयमानाफा नलिने उद्देश्यले स्थापना भएका सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालन भएकाविद्यालयका भौतिक तथा शैक्षिक पक्षको व्यवस्थापकीय अवस्थाको लेखाजोखा गर्ने प्रमुख उद्देश्यराखेर गरिएको यस अध्ययनमा मोरङ जिल्लामा पर्ने सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित ३वटा विद्यालयहरु उद्देश्यपर्ण नमुना छनोट विधिबाट छनोट गरिएको छ । नमुनामा परेकाविद्यालयहरुका शिक्षक ६ जना, गुठीयार ६ जनाको छनौट संभावनायुक्त नमुना छनौट विधिबाटगरिएको छ भने उद्देश्यपूर्ण नमुना छनौट विधिबाट वि.व्य.स.का अध्यक्ष ३ जना, शि.अ.स.काअध्यक्ष३ जना र प्र.अ. ३ जनाको छनौट गरिएको छ । यस अध्ययनको क्रममा अनुसूचीमाउल्लेखित सर्वेक्षण फारम, रुजुसूची र अन्तरवार्ता प्रश्नावलीको माध्यमबाट तथ्याङ्क सङ्कलन गरीप्राप्त भएका परिमाणात्मक तथ्याङ्कहरुलाई तालिका, चित्र तथा स्तम्भचित्रहरुका माध्यमबाटप्रश्तुतीकरण र व्याख्या गरी गुणात्मकतथ्याङ्क समेतको व्याख्या तथा विश्लेषण गरिएको छ । नमुनामा परेका विद्यालयमा पक्की भवनहरु निर्माण गरिएका, फर्निचर र विद्यार्थीहरुकाअनुपात १÷३.४, खानेपानीको व्यवस्था टयुवेलबाट गरिएको, शिक्षक तथा छात्रछात्राहरुलाइछुट्टाछुट्टै शौचालयका व्यवस्था गरिएको, खेलमैदान पर्याप्त नभएको, पुस्तकालय तथाप्रयोगशालाको व्यवस्था नभएको, विद्यालयमा विद्युतीकरणको व्यवस्था गरी कम्प्युटरको समेतव्यवस्था गरिएको, फुलवारी बगैचाको व्यवस्था नगरिएको, चमेनागृहको व्यवस्था गरिएको,पार्किङ्ग स्थलको निर्माण नगरिएको र छात्रावास भएको विद्यालयमा वार्डेन, परिचर, पढने कोठातथा क्यान्टिनको व्यवस्था गरेको पाइएको छ । त्यसैगरी विद्यालय सुधार योजना निर्माणनगरिएको, शक्षिक कार्यक्रम अन्तर्गत दनिक तथा साप्ताहिक कार्यतालिका, परीक्षा हुने समयनिर्धारण, अतिरिक्त क्रियाकलाप समय किटान गरिएको, शैक्षिक सामग्रीहरुको अभाव रहेको,कक्षाकोठा व्यवस्थापनको अवस्था कमजोर रहेको, परीक्षा ४ चरणमा लिने गरी विद्याथीउपलब्धिमा ती परीक्षाबाट प्राप्ताङ्कलाई समावेश गर्ने गरेको, सम्पर्कका आधारमा शिक्षकनियुक्ति गर्ने गरेको, तालिम प्राप्त शिक्षकहरु ३२.५ प्रतिशतकको संख्यामा रहेका, कक्षाशिक्षणका निरीक्षण, अवलोकन तथा मूल्याङ्कनको अवस्था न्यून रहेको तथा विद्यालयमा विद्यार्थीहरुले प्राप्तगरेको सिकाइ उपलव्धि ५९.२ रहेको पाइएको छ । विद्यालयको नियमित निरीक्षण, अनुगमन तथा मुल्याङ्कनको व्यवस्था स्रोतकन्द्र तथाजि.शि.का.ले गर्नुपर्ने, विद्यालयमा भौतिक संरचना निर्माण तथा मर्मतका लागि नियमितअनुदानको व्यवस्था गर्नुपर्ने र प्र.अ. तथा वि.व्य.समितिलाई विद्यालय व्यवस्थापन सम्बन्धितालिम दिने निति निर्माण गर्नुपर्ने जस्ता निति निर्माण तहका लागि सुझावहरु गरिएको छ ।त्यसैगरी विद्यालय भवन तथा कक्षाकोठामा रंगरोगन गर्नुपर्ने, खानेपानीको बिस्तार तथाफिल्टरको व्यवस्था गर्नुपर्ने, शौचालय सफाईका लागि साबुन तथा हर्पिक्स र ब्रसको व्यवस्थागर्नुपर्ने, खल मैदानको पर्याप्त व्यवस्था गर्नुपर्ने, पुस्तकालय तथा प्रयोगशालाको व्यवस्थागर्नुपर्ने, पूmलवारी बगैचा तथा बृक्षारोपण गर्नुपर्ने, चमेनागृहमा बस्ने व्यवस्थामा सुधार गर्नुपर्ने,शैक्षिक सामग्रीहरु सङ्कलन, निर्माण तथा खरीद गरी प्रयोग तथा व्यवस्थापन गर्नुपर्ने,कक्षाकोठामा डस्टबिन र डस्टप्यानको व्यवस्था गर्नुपर्ने, निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलागू गर्नुपर्ने, शिक्षक नियुक्ति गर्दा विज्ञापन गरी छनौट गर्नुपर्ने, शिक्षकले वाषिक कार्ययोजना,एकाई योजना र दनिक पाठयोजना निर्माण गरी शिक्षण गर्नुपर्ने, शिक्षण सिकाई क्रियाकलापलाइप्रभावकारी ढंगबाट सञ्चालन गरी सिकाई उपलब्धि बृद्धि गर्नुपर्ने जस्ता सझावहरु प्रस्तुत गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/9189 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन संकाय | en_US |
| dc.subject | संस्थागत विद्यालय Sansthagat bidhyalaya | en_US |
| dc.subject | शैक्षिक गुठी Saikshik guthi | en_US |
| dc.subject | सार्वजनिक शैक्षिक Sarvajanik saikshik | en_US |
| dc.title | सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित संस्थागत विद्यालयका व्यवस्थापकीय अवस्था {Sarvajanik Shaikshik Guthidwara Sanchalit Sasthagat Bidyalaye ka Byabasthapakiye Adhyayan} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
