कक्षा छमा अध्ययनरत विदयार्थीहरुकाे शब्दभण्डार क्षमता
| dc.contributor.advisor | विष्णुप्रसाद काेइराला | |
| dc.contributor.author | घिसिङ, बद्री कुमार ( Ghising, Badri Kumar) | |
| dc.date.accessioned | 2026-04-07T06:25:11Z | |
| dc.date.available | 2026-04-07T06:25:11Z | |
| dc.date.issued | 2015 | |
| dc.description.abstract | कक्षा छमा अध्ययनरत विद्यार्र्थी हरूको शब्द भण्डार क्षमता शीर्षक प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविदयालय शिक्षा शास्त्र सङकाय, कनकाई बहुमुखी क्याम्पस नेपाली शिक्षा विभाग अन्तर्गत एम.एड. दोस्रो वर्षको नेपा.शि. ५९८ पाठयांशको प्रयोजनका लागि तयार गरिएको छ । यो शोधपत्र झापा जिल्लाका कक्षा छमा अध्ययनरत विदयाथीहरूको शब्द भण्डार क्षमताको अध्ययनमा केन्द्रित रहेको छ । विदयालयको स्वरुपको आधारमा, लिङगगत आधारमा र भाषिक पृष्ठभमिका आधारमा तुलनात्मक अध्ययन गर्नु यस शोधकार्यको प्रमुख उददेश्य रहेको छ । सामुदायिक र संस्थागत विदयालयका विदयार्थीको शब्द भण्डार क्षमता पहिचान गर्नका लागि झापा जिल्लाका पाँचवटा सामुदायिक र पाँचवटा संस्थागत विदयालयका १०÷१० जना विदयार्थीलाई प्रतिनिधि नमुनाका रुपमा छनोट गरिएको छ । पहिचानात्मक शब्दभण्डार क्षमतको पहिचानका लागि २० वटा र उत्पादनात्मक शब्दभण्डार क्षमताको पहिचानको लागि ३० वटा प्रश्नहरू समावेश गरी परीक्षण सम्पन्न गरिएको छ । प्राप्ताङकको व्याख्या विश्लेषण गर्न मध्यमान, मानक विचलन र प्रतिशत जस्ता साङख्यिकीको प्रयोग गरिएको छ । सामुदायिक विदयालयका ६० प्रतिशत विदयाथीहरू मध्यमानभन्दा माथि र ४० प्रतिशत विदयाथीहरू मध्यमानभन्दा तल रहेका पाइयो भने संस्थागत विदयालयका ४४ प्रतिशत विदयार्थी मध्यमानभन्दा माथि र ५६ प्रतिशत विदयार्थी मध्यमानभन्दा तल रहेका देखियो । यसरी मध्यमानका दृष्टिले संस्थागत विदयालयकाभन्दा सामुदायिक विदयालयका विदयार्थी राम्रा रहेको पाइया । संस्थागत विदयालयभन्दा सामुदायिक विदयालयका छात्राहरूको शब्द भण्डार क्षमता राम्रा रहेको तथा सामुदायिक विदयालयका छात्रभन्दा छात्राको शब्द भण्डार क्षमता राम्रो रहेको पाइयो । सामदायिक विदयालयकाभन्दा संस्थागत विदयालयका मातृभाषी विदयार्थीको शब्द भण्डार क्षमता राम्रा रहेको पाइयो । संस्थागत विदयालयको भन्दा सामुदायिक विदयालयका विमातृभाषीको शब्द भण्डार राम्रा रहेको पाइयो । संस्थागत विदयालयका विदयाथीहरूको पहिचानात्मक शब्द भण्डार क्षमता सामुदायिक विदयालयको तुलनामा उच्च रहेको पाइयो । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/26221 | |
| dc.language.iso | ne | |
| dc.subject | शब्दभण्डार | |
| dc.subject | नेपाली भाषा | |
| dc.title | कक्षा छमा अध्ययनरत विदयार्थीहरुकाे शब्दभण्डार क्षमता | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.affiliatedinstitute.title | कनकाई बहुमुखी क्याम्पस |
