शिक्षण सिकाइमा पेसागत विकास {Shikshan sikaima pesagat bikash}

dc.contributor.advisorयुवराज कार्की (Yuvraj Karki)
dc.contributor.authorलिम्वु, लालबहादुर (Limbu, Lalbahadur)
dc.date.accessioned2026-03-10T10:34:19Z
dc.date.available2026-03-10T10:34:19Z
dc.date.issued2014
dc.description.abstractप्रस्तुत अध्ययन “शिक्षण सिकाइमा शिक्षकको पेसागत विकास” भन्ने शिर्षकमा तयार गरिएको हो । यस शोधको मुल उद्देश्य एस.एस. आर.पि.कार्यक्रम अन्तर्ग तको मांगमा आधारित शैक्षिक जनशक्ति विकासकेन्द्र द्वारा शै.सत्र २०६६ दे खि २०७४ सम्म कार्यान्वयनमा रहने शिक्षकको पेसागत विकास कार्यक्रममा सहभागी भएका माध्यमिक तहमा कार्यरत शिक्षकहरुसँगको छलफल र उनीहरुसंगकाे कक्षा कोठामा शिक्षण सिकाइ क्रियाकलापको प्रभाव वारेकाे अवलोकनमा आधारित छ । यस शोध कार्यमा उक्त कार्यक्रमले माध्यमिक तहको कक्षाकोठा शिक्षण सिकाइमा पारेको प्रभाव र उक्त कार्यक्रमले सम्वोधन गर्न नसकेका शिक्षकहरुको समस्याहरुको पहिचान गरिएको छ । ती समस्याहरुलाई माध्यमिक तहको शिक्षण सिकाइमा शिक्षकको पेसागत विकास कार्यक्रमले पारेको प्रभाव र सम्वोधन गर्नु पर्ने विषयलाई पत्ता लगाउनु रहेको छ । यो अध्ययन मुलतः गुणात्मक अनुसन्धान ढाँचामा तयार गरिएको छ । यस अध्ययनलाइृ पूर्णता दिनको लागि उद्दे श्यमुलक नमूना छनौट विधि प्रयोग गरी ताप्लेजुङ जिल्लाको खोक्लिङ स्रोतकेन्द्र अन्तर्गतका ५ वटा माध्यमिक विद्यालयहरु छनौट गरिएको छ । छनौटमा परेका पाँचवटा विद्यालयका प्र.अ. विद् यालय व्यवस्थापन समितिका अध्यक्ष, शि.पे.वि. तालिम प्राप्त माध्यमिक तहका शिक्षक, सम्वन्धित स्रोतव्यक्ति, अभिभावक र विद्यार्थीहरुलाई उद्देश्यमुलक नमूना छनौट विधि र सम्भावनायूक्त छनौट विधि प्रयोग गरिएको थियो । छनौटमा परेका नमूना जनसंख्याबाट आवश्यक सू चना लिन अन्तर्वार्ता, प्रश्नावली, समूह छलफल तथा विद्यालय सर्वे क्षण अवलोकन फारम जस्तो अनुसन्धानका साधनहरुको प्रयोग गरी प्राथमिक तथ्यांक सङ्कलन गरिएको छ भने विद्यालयका अभिलेख तथा दस्तावेजहरुको पुनरावलोकन गरी द्वितीय तथ्यांक सङ्कलन गरिएको छ । उक्त सङ्कलित तथ्याङ्कहरुलार्रइ तालिकीकरण गरी व्याख्यात्मक विधिबाट व्याख्या र विश्ले षण गरिएको छ । माध्यमिक तहको शिक्षण सिकाइमा शि.पे.वि. कार्यक्रमको प्रभावकारिताको सम्वन्धमा विभिन्न कोणबाट प्रसस्त प्रश्नहरु उठाइएका छन् । यस्ता प्रश्नहरु अत्यन्तै पेचिला हुने गरेका छन् । कक्षाकोठा शिक्षण सिकाइमा तालिमको विषयवस्तुको आवश्यकता सान्र्दभिकता विषयवस्तु को स्थानीयकरण र शिक्षककको आवश्यकता अनुरुप तालिमसँग सम्वन्धित हुने गरेका छन् । तालिमको प्रभाव विद्यालयको कक्षाकाे ठासम्म पुग्ने शिक्षकलाई दिने तालिम शिक्षकको मांग र आवश्यकतासँग सम्वन्धित भए भएन, तालिम प्राप्त शिक्षक र तालिम अप्राप्त शिक्षकले शिक्षण गरेको प्रभाव विद्यार्थीको उपलब्धिमा अन्तर देखियो देखिएन ? जस्ता भनाईहरुलाई माध्यमिक तहमा शि.पे.वि. कार्यक्रमको प्रभावकारिताको सम्वन्धमा अध्ययन गर्न सान्दर्भिक हुने भएकाले यो अवस्था पहिचान गर्न यो अध्ययन गरिएको हो । यस अध्ययन कार्यमा सरोकारवालाहरुसँग गरिएको छलफल र शिक्षण सिकाइ क्रियाकलापको प्रभावको आधारमा टि.पि.डि.ले प्रदायकहरुले सम्वोधन गर्नु पर्ने पक्षहरुको छलफल गरिएको छ भने टि.पि.डि.ले शिक्षण सिकाइको प्रभावको सम्वन्धमा शिक्षकले अवलम्वन गर्नु पर्ने बाटोको सम्वन्धमा छलफल गरिएको छ । शि.पे.वि. तालिम प्राप्त शिक्षक पेसाप्रति प्रतिवद्धता आत्मविश्वासी रहेका माध्यमिक तहमा कक्षाकोठाको शिक्षण सिकाइमा गुणात्मक र परिणात्मक प्रभाव पारेकाे पाइयो भने विद्यालयमा शि.पे.वि. कार्यक्रमको शिक्षण सिकाइमा थप प्रभावका लागि महिला शिक्षकहरुको थप व्यवस्था गर्नु पर्ने देखियो । माध्यमिक तह सम्म मातृभाषामा शिक्षा दिन सान्दर्भि क दे खिन्छ भने शिक्षकलाई तालिमको व्यवहारिक प्रयोग प्रति सकारात्मक वनाउन सरोकारवालाहरुको जवाफदेहिता वढाउन आवश्यक देखिन्छ । तसर्थ यस अध्ययनको प्राप्तिबाट माध्यमिक तहको शिक्षण सिकाइमा तालिमको सकारात्मक प्रभाव स्पष्ट हुन्छ भने थप उपलब्धिहरुको लागि सुझाव तथा कार्यान्वयन पक्षमा जोड दिन सान्दर्भि क ठानिएकाे छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25833
dc.language.isone
dc.subjectशिक्षण सिकाइ (Shikshan sikai)
dc.subjectपेसागत विकास (Pesagat bikash)
dc.titleशिक्षण सिकाइमा पेसागत विकास {Shikshan sikaima pesagat bikash}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleपाँचथर बहुमुखी क्याम्पस, पाँचथर

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
453.29 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: