कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको अनुच्छेद लेखन क्षमता (Kaksha AAthma Adhyayanrat Bidhyarathihruko Anuchchhed Lekhan Kshamata)

dc.contributor.authorपाण्डे Pandey, विमला Bimala
dc.date.accessioned2022-07-06T07:24:53Z
dc.date.available2022-07-06T07:24:53Z
dc.date.issued2018
dc.description.abstractत्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय अन्तर्गत नेपाली शिक्षा स्नातकोत्तर तह (एम.एड.) चौथो सेमेस्टरको नेपा.शि. ५४४ पाठयांशको प्रयोजनार्थ प्रस्तुत‘अर्घाखाँची जिल्लाका कक्षा आठमा अध्ययनरत विद्याथीहरूको अनुच्छेदलेखन क्षमताकाअध्ययन’ शीर्षकको शोधपत्र तयार गरिएको हो । यस शोधकार्यका उद्देश्यहरूमाअर्घाखाँची जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको अनुच्छेदलेखन क्षमताकापहिचान गर्नु, लैङगिकताका आधारमा अनुच्छेदलेखन क्षमताको विश्लेषण गर्नु, विद्यालयप्रकृतिका आधारमा अनुच्छेदलेखन क्षमताको तुलनात्मक अध्ययन गनरहेका छन । यस शोधमा मूलतः क्षेत्रीय अध्ययन विधि र व्याख्या तथा विश्लेषणात्मक विधिकाप्रयोग गरिएको छ । सामुदायिक र संस्थागत विद्यालयको छुट्टै तुलनात्मक विश्लेषणगरिएको छ । व्याख्या तथा विश्लेषणका लागि विश्लेषणात्मक, वर्णनात्मक, छलफल,पुस्तकालयीय अध्ययनको उपयोग गरिएको छ । प्रस्तुत शोधकार्य अर्घाखाची जिल्लाकाकक्षा आठमा अध्ययनरत विद्याथीहरूमा केन्द्रित रहेको हुँदा अर्घाखाँची जिल्लाकासम्बन्धित विद्यालयमा गएर विद्याथीहरूलाई दुई शीर्षकमा अनुच्छेद लेख्न लगाइएको छ ।यस अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सबल र दुर्बल पक्ष केलाई सुझाव समेतप्रस्तुत गरिएको छ । निर्धारित समय अवधिमा लेखिएका उत्तरहरूसङकलन गरीपरीक्षणका छुटयाइएको आधारमा परीक्षण गरी तथ्याङकको व्याख्या विश्लेषण गरिएकाछ । प्रस्तुत शोधकार्यमा कल२००० पूर्णाङकमा १०० जनाको १११४ अङक प्राप्ताङकरहेको छ । यसको आधारमा समग्र विद्यार्थीको अनुच्छेदलेखनको प्रतिशताङक ५५.७प्रतिशत र औसताङक ११.१७ प्रतिशत रहको छ । सामुदायिक र संस्थागत विद्यालयकाछात्र÷छात्राहरूको अनुच्छेदलेखनको तुलनात्मक अध्ययन गर्दा विषयवस्तु, संरचना,भाषाशैली र वर्णविन्यासलाई मापनको मुख्य आधार बनाएर मूल्याङकन गरिएको छ ।जसमा कूल २० पूर्णाङकमध्ये विषयवस्तुको लागि ८ अङक, भाषाशैली ४ अङक, संरचना४ र वर्णविन्यास ४ अङक गरी मूल्याङकन गरिएको छ । जसमा १०० जना विद्यार्थीका २० पूर्णाङकका दरले समग्र पूर्णाङक २००० र विद्यार्थीले पाएको प्राप्ताङक १११४ रहेकाछ । यीमध्ये संस्थागत विद्यालयले ५९० अङक र सामुदायिक विद्यालयले ५२४ अङकप्राप्त भएको छ । विद्यालय प्रकृतिको तुलनात्मक अध्ययन गर्दा संस्थागत विद्यालयकाछात्र र छात्राहरूको अनुच्छेदलेखन क्षमता सामुदायिक विद्यालयको भन्दा सन्तोषजनकरहेको पाइन्छ । लैङगिकताका आधारमा छात्र÷छात्राको तुलनात्मक अध्ययनका लागि जम्मा १००जनाको एकको २० का दरले जम्मा २००० र छात्र÷छात्राले पाएका जम्मा प्राप्ताङक१११४ रहेको छ । जसमध्ये ५० जना छात्रले पाएको प्राप्ताङक ५३९र ५० छात्रालपाएको प्राप्ताङक ५७५रहेको छ । यहाँ छात्रहरूको औसताङक १०.७८ प्रतिशत रछात्राहरूको औसताङक ११.५ प्रतिशत रहेको छ । प्रस्तुत अध्ययनमा छात्र÷छात्राकाअनुच्छेदलेखन क्षमताको तुलनात्मक अध्ययन गर्दा छात्रको तुलनामा छात्राकाअनुच्छेदलेखन क्षमता सन्तोषजनक रहेको पाइन्छ । सिर्जनात्मक लेखनको एक अंशको रूपमा रहेको अनुच्छेदलेखनले भाषाकालेखाइगत सिप, दक्षता, क्षमता, कौशलता, प्रस्टता, तथ्यपरकता, परिपक्वता, परिष्कार रप्रौढता निर्माण गर्दछ । प्रस्तुत अध्ययनमा सामुदायिक र संस्थागत विद्यालयकाविद्यार्थीहरूमा गरिएको तुलनात्मक अध्ययनमा सामुदायिक विद्यालयको नेपाली भाषाकास्तर केही खस्किएको देखिन्छ । कक्षा आठमा लेख्य चिह्नको प्रयोगलाई हेर्दा अधिकांशविद्यार्थीहरूको चन्द्रबिन्दु, शिरबिन्दु, विभक्तिको प्रयोगमा कमजोर रहेको पाइयो । यसकामुख्य कारण नेपाली विषय शिक्षण गर्ने विषय शिक्षकको योजना विना शिक्षण गर्नु जस्तामुख्य कुराले गर्दा अनुच्छेदलेखनमा केही विद्यार्थीहरूमा केही कमजोरी समेत देखा परेकाछन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11573
dc.language.isoneen_US
dc.publisherDepartment of Nepali Educationen_US
dc.subjectअनुच्छेदलेखनen_US
dc.subjectलैङगिकताen_US
dc.titleकक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको अनुच्छेद लेखन क्षमता (Kaksha AAthma Adhyayanrat Bidhyarathihruko Anuchchhed Lekhan Kshamata)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
87.94 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Thesis.pdf
Size:
586.77 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: