सिकाइ उपलब्धिमा शिक्षण सिकाइ क्रियाकलापकोे प्रभाव {Impact of Teaching-Learning Activities on Learning Achievement}

dc.contributor.authorराजवंशी Rajbanshi, आनन्ददेव Ananddev
dc.date.accessioned2022-03-04T06:22:18Z
dc.date.available2022-03-04T06:22:18Z
dc.date.issued2011
dc.description.abstractप्रस्तुत शोधपत्र सिकाइ उपलब्धिमा शिक्षण सिकाइ क्रियाकलापको प्रभाव शिर्षकमा मुख्य उद्देश्य विद्यार्थीको सिकाइ उपलब्धिको लेखाजोखा गर्नु विद्यार्थीको सिकाइ उपलब्धिमा शिक्षण सिकाइ क्रियाकलापले पारेको प्रभावको मुल्याङ्कन गर्नु यस कार्यक्रमको क्रममा देखिएका समस्या समाधानका उपायहरूका लागि सुझाव प्रस्तुत गरिएको छ । वर्तमान समयमा सामुदायिक विद्यलयहरूमा लगानिको तुलनामा शैक्षिक उपलब्धि न्युनरूपमा प्राप्त भइरहेको अवस्थालाई मध्यनजर राखी विद्यालयहरूको शैक्षिक व्यवस्थापन कमजोर हुनु र सिकाई उपलब्धि न्युन हुनुलाई समस्याको रूपमा लिई यी समस्याहरू एवं विषयहरूमा अभिभावक, प्रधानाध्यापक, शिक्षक र वि.व्य.स.का पदाधिकारीहरूको प्रतिक्रियाहरूलाई समेट्दै कार्यक्रम संचालनमा आइपरेको विविध समस्याहरु पहिचान गरी समाधानका उपायहरूको खोजी गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । यसै अध्ययनको निष्कर्षबाट प्राप्त सुझावहरूले विद्यालयसँग प्रत्यक्ष एवं परोक्षरूपमा सरोकार राख्ने सरोकारवालाहरू सबैलाई सुचना प्रवाह गरी सहयोग पु¥यार्ई दिशा निर्देश गर्ने छ भन्ने अभिप्रायले यो अध्ययन अनुसन्धान गरिएको छ । अध्ययनकर्तालाई विविध कारणले सम्पुर्ण जनसंख्या समक्ष पुग्न नसकी केवल नमुनाको लागि दादर वैरिया श्रोत केन्द्रका ३२ वटा सामुदायिक विद्यालय मध्ये ५ वटा विद्यालयलाई अध्ययनको सिमामा समेटी शै.स. २०६४ देखी शै.स. २०६७ को कक्षा ४ र ५ को वर्तमान शिक्षण सिकाइको अवस्थालाई हेरिएको छ । यो अध्ययनले मुलरूपमा दादर वैरिया श्रोत केन्द्र अन्तर्गतका श्रोतव्यक्ति, विद्यालयका प्र.अ. शिक्षक, वि.व्य.स.का पदाधिकारीहरु तथा अभिभावकहरूले व्यक्त गरेका तथ्य विचार एवं प्रतिक्रियाहरु र नियमित रूपमा संचालन गरिएका परीक्षाहरुको प्राप्ताङ्कलाई आधार मानी सिकाई उपलब्धिको अवस्थाको अध्ययन गरिएको छ । यसरी यो अध्ययनको क्रममा अध्ययनलाई प्रभावकारी बनाउनको लागि एगचउयकष्खभ कबmउष्लिन र च्बलमयm क्बmउष्लिन को आधारमा छनौटमा परेका श्रोत व्यक्ति, प्र.अ. एवं शिक्षक, वि.व्य.स. का पदाधिकारी तथा अभिभावकहरूलाई छुट्टाछुट्टै चार प्रकारका प्रश्नावली फारामको निर्माण गरी प्रयोग गरिएको थियो । भने सिकाइ उपलब्धि गणना गर्न सिकाइ उपलब्धि औषत फारामको प्रयोग गरिएको थियो । त्यसबाट प्राप्त भएका प्रतिक्रियाको आधारमा गुणात्मक एवं परिमाणात्मक प्रकृतिका तथ्याङ्क र सुचनाहरूलाई तिनीहरूको विधि र प्रकृतिको आधारमा वर्गीकरण गरी ग्राफ र चार्ट मा देखाइएको छ । अध्ययनको क्रममा माथि उल्लेखित विभिन्न तरिकाहरूबाट गरिएको अध्ययन एवं विश्लेषणको आधारमा प्राप्त भएका मुख्य प्राप्तीहरू यस प्रकार छन् ः– १) विद्यालयको सुधार शैक्षिक निति नियम सम्बन्धि महत्वपुर्ण अभिलेख भएको र विकेन्द्रिकरणको सिद्धान्त बमोजिम निर्माण गरिने यस योजना प्रति सरोकारवालाहरूको कार्यक्रमहरूको प्रस्ताव, विद्यालयले आफ्नो ऋभिबच ख्ष्कष्यल राख्न नसक्नु, सरोकारवालाहरूको विद्यालय प्रति चासोको कमी, सहकार्य र समन्वयको अभाव, निरन्तर रूपमा अनुगमन र मुल्याङ्कन नहुनु, जिम्मेवारी र उत्तरदायित्वको अभाव जस्ता पक्षहरू अभैm विद्यमान भएको पाइयो । २) शिक्षकको योग्यता, दक्षता, श्रोत र साधनको प्रयाप्तता एवं शिक्षक विद्यार्थीको लगनशिलता र कर्तव्यपरायणयता नै हो भन्ने पक्ष पाइयो । ३) भौतिक सुधार, विषयगत दक्ष शिक्षक, राजनैतिक अहस्तक्षेप, नियमित, लगनशीलता एवं सकृयताको कारणले पढाईमा सुधार हुने कुरा अभिभावको धारणा रहेको पाइयो । यसरी उपलब्ध श्रोत र साधनलाई बढी भन्दा बढी परिचालन गर्दै विद्यालयले पुरागर्ने खालका मात्र कार्यक्रमहरू प्रस्तावना गर्न सकेको खण्डमा विद्यालयले तोकेको उद्देश्यहरू सहजरूपमा पुरा गरी उच्च सिकाइ उपलब्धि हासिल गर्न सफल हुने देखिन्छ । यसो भएतापनि सुधार गर्न सफलभएको देखिएतापनि शैक्षिक उपलब्धि बृद्धि गर्ने खालका कार्यक्रमहरू ( जस्तै ः निःशुल्क पाठ्यपुस्तक , छात्रवृति ) समेटिएको भएपनि शिक्षक तालिम , शैक्षिक सामग्री निर्माण र प्रयोग सम्बन्धित कार्यक्रमहरूलाई केहिहदसम्म लागु भए पनि लक्ष्य अनुरूप भएको पाइएन । अन्त्यमा प्राथमिक तहका विद्यार्थीहरुको सिकाइ उपलब्धि बढाउन आर्थिक सहयता उपलब्ध गराउनु पर्ने, छात्रवृति प्रदान गर्नुपर्ने , निःशुल्क शिक्षा, गरिब, दलितका लागि विशेष, शिक्षा कार्यक्रम संचालन गरी सिकाई उपलब्धि बढाउन सकिने, आवश्यक ठाउँहरूमा मात्र विद्यालय स्थापना गर्नुपर्ने, शिक्षक दरबन्दिको उचित व्यवस्था हुनुपर्ने, उत्कृष्ट विद्यालयहरूलाई विना भेदभाव पुरस्कार स्वरूप विशेष थप अनुदानको व्यवस्था गरिनुका साथै सिकाइ उपलब्धि उच्च बनाउन विषेश सहयोग पु¥याउनु पर्ने, विषयगत शिक्षकहरूलाई प्रोत्साहन स्वरूप, पुरस्कार एवं अभिनन्दन गर्ने, हालसम्म देखिएका विद्यार्थीहरूको न्यून उपस्थितिलाई उच्च गराउन अभिभावकहरूलाई सचेत गराउदै गुणस्तरिय व्यवहारिक र सीपमुलक शिक्षा दिनुपर्ने सुझावहरू रहेका छन् ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8708
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectसिकाइ उपलब्धि Learning achievementen_US
dc.subjectसैद्धान्तिक खाका Theoretical frameworken_US
dc.titleसिकाइ उपलब्धिमा शिक्षण सिकाइ क्रियाकलापकोे प्रभाव {Impact of Teaching-Learning Activities on Learning Achievement}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
78.33 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
361.82 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: