नयनराज पाण्डेका उपन्यासमा शक्तिसम्बन्ध

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

नयनराज पाण्डेका उपन्यासमा पाइने शक्तिसम्बन्धको विश्लेषण गर्नु नै प्रस्तुत शोधको मुख्य विषय हो । नयनराज पाण्डे (२०२३) आधुनिक नेपाली साहित्यका विकास प्रक्रियामा देखा परेका एक महत्वपूर्ण आख्यानकार हुन । उनको आख्यानकारिताको महत्वपूर्ण सिजनात्मक उपलब्धि उनैले रचेका उपन्यास हुन । ‘मलाई सन्चै छ’ (२०३९) शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यका क्षेत्रमा देखापरेका पाण्डेका नाङ् गो मान्छेको डायरी (२०४४), विक्रमादित्य एउटा कथा सुन ! (२०४४), अतिरिक्त (२०५०), उलार (२०५५), लू (२०६८), घामकिरी (२०७०) र सल्लीपिर (२०७२) गरी जम्मा सातओटा उपन्यासहरू प्रकाशित छन । उनले लेखेका यी उपन्यासहरू साहित्यशास्त्रका विभिन्न सिद्धान्त र वादका साथै विधासिद्धान्तका दृष्टिले पनि अध्ययनीय छन भने अन्तविषयक अध्ययनका सन्दर्भमा यिनको सांस्कृतिक अध्ययन पनि गर्न सकिने नै देखिन्छ । प्रस्तुत शोधमा चाहिँ उनका उपन्यासबार भएका पूर्वकार्यहरूको सर्वेक्षण गर्दा सांस्कृतिक अध्ययन अन्तर्गतको शक्तिसम्बन्ध सम्बन्धी मान्यताका आधारमा तिनको विश्लेषण भएको नपाइएकाले त्यसैको अध्ययन गर्नुलाई मुख्य विषय बनाइएको छ । त्यस क्रममा शक्तिसम्बन्धको सबल अभिव्यक्ति भएका उनका नाङगो मान्छेको डायरी (२०४४), उलार (२०५५), लू (२०६८) र सल्लीपिर (२०७२) गरी चारओटा उपन्यासहरूको मात्र विश्लेषण यस शोधमा गरिएको छ । प्रस्तुत शोध साहित्यिक अध्ययनसँग सम्बन्धित भएकाले यसका निम्ति आवश्यक सम्पूर्ण सामग्रीहरू पुस्तकालयीय अध्ययन कार्यका आधारमा सङकलन गरिएको छ । त्यसक्रममा प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको सङकलन र उपयाग गरी यो शोधकार्य सम्पन्न गरिएका छ । यस शोधका सामग्री नयनराज पाण्डेले रचेका सबै सातओटै उपन्यास हुन तापनि ती सबैलाई सांस्कृतिक अध्ययनको शक्तिसम्बन्धका दृष्टिले हेर्दा ती मध्येका जम्मा चारओटा उपन्यासमा वर्गीय, जातीय र लैङगिक शक्तिसम्बन्ध विशेष सघन एवम सबल रूपमा व्यक्त भएको पाइन्छ । तसर्थ प्रस्तुत शोधकार्यमा उठाइएका शोधसमस्याको समाधानार्थ सामग्रीको सोद्देश्य छनौट गर्ने विधिका आधारमा पाण्डेका नाङ् गो मान्छेको डायरी (२०४४), उलार (२०५५), लू (२०६८), र सल्लीपिर (२०७२) गरी चारओटा उपन्यासहरूलाई विश्लेषणका निम्ति चयन गरिएका छ । यस शोध्यविषयसँग सम्बन्धित समालोचनात्मक ग्रन्थ, लेख, रचना र शोधपत्रबाट प्रस्तुत शोधका निम्ति आवश्यक द्वितीयक स्रोत सामग्रीको सङकलन गरिएको छ । यसमा शक्तिसम्बन्धसम्बन्धी सैद्घान्तिक मान्यता पनि द्वितीयक स्रोतबाटै सङकलन गरी उपयोग गरिएको छ । प्रभुत्वशाली र अधीनस्थ वर्ग, कथित उपल्लो जाति र तल्लो जाति तथा महिला र पुरुषबिचको सम्बन्धको अध्ययन गर्न मिसेल फुकोको शक्तिसम्बन्धसम्बन्धी मान्यता र ग्राम्सीको हैकमसम्बन्धी मान्यताको आधारमा कृति विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा उल्लिखित सिद्धान्तका आधारमा समस्यालाइ व्याख्यात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरी निष्कर्षमा पुगिएको छ । समग्रमा हेर्दा नयनराज पाण्डेका उपन्यासहरूमा शक्तिसम्बन्धको प्रस्तुति सघन रूपले गरिएको देखिन्छ । उनका उपन्यासमा प्रभुत्वशाली वर्गले सीमान्तीकृत वर्गलाई, कथित उच्च जातिले कथित निम्न जातिलाई, पुरुषले महिलालाई विभिन्न प्रक्रियाबाट शोषण, उत्पीडन, अन्याय, अत्याचार र दमन गरी सीमान्त अवस्थामा पु¥याएको पाइन्छ । ती निम्नवर्गीय पात्रहरूमध्ये केही नारीपात्र आफ्नो पहिचानका लागि सङघर्षरत छन भने अधिकांश नारीपात्र आवाजविहीन अवस्थामा रहेका छन । सीमान्त समुदायका केही जाति र वर्गका पात्रहरूमा प्रतिरोधी चेतना उच्च रहेका कारण तिनमा शक्तिप्राप्तिका लागि सङघर्ष गर्ने प्रवृत्ति देखा परेको छ तापनि धेरैजसो पात्रहरू आवाजविहीन र अधिकारविहीन अवस्थामा बाँच्न विवश देखिन्छन । सीमान्त समुदायका एकाध पात्रहरू आफ्नो पहिचान बनाउनका निमित्त शक्तिसङघर्ष गर्न सक्षम रहेका छन । ती उपन्यासका धेरैजसो सीमान्तीकृत पात्रहरू प्रभुत्वशाली वर्ग, जाति र पितृसत्ताबाट शोषण र दमन सहेर पहिचानविहीन अवस्थामा बाँच्न बाध्य भएका छन । यी सबै कुराहरू नेपाली समाजमा रहेको शक्तिसम्बधगत यथार्थका प्रतिविम्ब हुन । यस सामाजिक यथार्थको चित्रणद्वारा शक्तिसङघर्षका दृष्टिले नेपाली समाजमा वर्गीय, जातीय र लैङगिक किसिमका विभेद रहेको देखाई यस्ता विभेदको अन्त्य गर्नुपर्ने अभिप्राय नयनराज पाण्डेका उपन्यासमा परोक्ष रूपमा व्यक्त भएको छ । पाण्डेका उपन्यासहरूलाई शक्तिसङघर्षको परिप्रेक्ष्यबाट विश्लेषण गर्दा उनले रचेका समग्र उपन्यासहरूमध्ये नाङ मान्छेको डायरी, लू, उलार, सल्लीपिर जस्ता चारओटा उपन्यासहरू निकै सबल रहेको निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ । उनले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय र लैङगिक विभेदको असङगत यथार्थलाई आफ्ना उपन्यासमा कथानकीय घटनाक्रम, पात्रका कार्यव्यापार एवम परिवेश योजनाको बुनोटका साथै विषयवस्तुगत योजनाबाट व्यक्त हुने अभिप्राय तथा उद्देश्यलाई औपन्यासिक पात्रका दृष्टिविन्दुमार्फत व्यक्त गरी कलात्मक मार्मिकता प्रदान गरेका छन भने त्यस शक्तिसम्बन्धगत सामाजिक यथार्थको कलात्मक प्रतिविम्बन गर्ने कौशलद्वारा उनले आफ्ना उपन्यासलाई शक्तिशाली र प्रभावकारी पनि बनाएका छन भन्ने निष्कर्ष नै यस शोधको मुख्य प्राप्ति हा ।

Description

Citation

Collections