बालबालिकाकाे शिक्षामा सहभागिता { Balbalikako shikshyama sahbhagita}
Date
2012
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत शोधपत्र “बालवालिकाको शिक्षामा सहभागिता” शीर्षक राखेर तयार गरिएकाछ । यस अध्ययनको मूल उद्देश्य झापा जिल्ला सुरुङ्गा गा.वि.सका सामुदायिक प्राथमिकशिक्षामा दलित विद्यार्थीहरूको भर्नाको अवस्था, कक्षा छोडने र कक्षा दोहोर्याउन अवस्था,शैक्षिक क्रियाकलापमा सहभागिताको अवस्था तथा यसलाई प्रभाव पार्ने कारण र तत्वहरूकापहिचान गरी प्राथमिक शिक्षामा दलित विद्यार्थीहरूका सहभागिता बृद्धि गर्न अवलम्बन गर्नुपर्ने उपायहरू सुझाउनु रहेको छ ।
यस अध्ययनको उद्देश्य प्राप्तिका लागि गुणात्मक अनुसन्धानको ढाँचा प्रयोग गरी पूर्ण रुपमा सर्वेक्षण विधिमा आधारित भइ तथ्याङ्क संकलन गरिएको थियो । यस अध्ययनका लागि उद्देश्यमूलक नमूना छनौट विधि र सामान्य सम्भावनायुक्त नमुना छनौट विधि पनि अपनाइएको छ । झापा जिल्ला सुरुङ्गा गा.वि.स. मा सञ्चालित ९ वटा सामुदायिक विद्यालयहरू मध्ये ३ वटा सामुदायिक विद्यालयहरू चयन गरिएको छ । गुणात्मक तथ्याङ्क संकलन गर्न विद्यार्थी अभिलेख फारम, प्रश्नावली, अन्तरर्वार्ता, छलफल, अवलोकन जस्ता साधनहरू प्रयोग गरी १२६ जना सरकोकारवाला उत्तरदाताहरूसँग प्रत्यक्ष साक्षात्कार गरिएको छ । यस अध्ययनको क्रममा प्राथमिक तथा द्वितीय दुबै श्रोतको प्रयोग गरिएको छ । दलित विद्यार्थीहरूको सामुदायिक प्राथमिक शिक्षामा सहभागिता अध्ययन गर्न भर्नाका अवस्था, कक्षा छाडने र कक्षा दोहोर्याउने अवस्था तथा शैक्षिक क्रियाकलापमा सहभागिता सम्बन्धी तथ्याङ्कहरूलाई व्याख्या र विश्लेषण गरिएको छ । सहभागितामा प्रभाव पार्ने कारण र तत्वहरूको व्याख्या र विश्लेषण तथा सहभागिता बढाउने उपायहरू सुझाउन सैद्धान्तिक खाकाको रुपमा पाउल स्टोन र ली रायको सामाजिक जागरणको सिद्धान्त, हर्जवर्गको दुइ तत्वहरूको सिद्धान्त र अगष्ट कम्टेद्धारा प्रतिपादित समाजशास्त्रीय सिद्धान्त संरचनात्मक कार्यवादलाई आधार मानिएको छ ।
अध्ययन गरिएका सामुदायिक प्राथमिक विद्यालयमा दलित जातिका घरधुरीहरू कमभएको पाइएता पनि दलित विद्यार्थीहरूको भर्ना अन्य दलित तथा गैर दलित विद्यार्थीहरूका
तुलनामा न्यून रहेको पाइएको छ । सामुदायिक प्राथमिक विद्यालयमा दलित विद्यार्थीहरूले कक्षा छाडने दर र कक्षा दोहोर्याउने अन्य समुदायका विद्यार्थीहरू भन्दा बढी नै पाइयो । गृहकार्य गर्ने, कक्षामा ध्यान दिएर सुन्न, शिक्षकले सोधेका प्रश्नहरूको उत्तर दिने,शिक्षकलाई प्रश्न गर्ने, साथीहरूसँगको सम्बन्ध, अतिरिक्त क्रियाकलाप, अनुशासन,छलफलमा सरिक हुने, व्यक्तिगत सरसफाई जस्ता शैक्षिक क्रियाकलापमा जातिका विद्यार्थीहरूको सहभागिता अन्य दलित तथा गैर दलित विद्यार्थीहरूको तुलनामा कमजोर रहेको पाइयो । दलित विद्यार्थीहरूको सामुदायिक प्राथमिक शिक्षामा न्यून सहभागिता मुख्यकारण र प्रभाव पार्ने तत्वहरूमा कमजोर आर्थिक अवस्था, जनचेतनाका कमी, सामाजिकविभेद र हिन भावना, पारिवारिक पृष्ठभूमि, पर्याप्त शैक्षिक सामाग्रीको अभाव, सरकारकादलित शैक्षिक नीति कार्यान्वयन, परम्परागत व्यवसाय, कमजोर विद्यार्थीहरूलाई शिक्षकलवेवास्ता गर्नु पाइएको छ ।
प्राथमिक शिक्षामा दलित विद्यार्थीहरूको सहभागिता बृद्धि गर्न दलित समुदायकाआर्थिक स्थितिमा सुधार गर्नु, सार्की दलितहरलाई अनौपचारिक शिक्षाको माध्यमबाट प्रौढशिक्षा दिनु पन, शिक्षाको महत्व बुझाउनु पर्ने, सरकारले संस्थागत विद्यालयबाट उठाइएकाशिक्षाकर तथा आयकरबाट सार्की दलित “शिक्षा कोष” खडा गरी दलित विद्यार्थीहरूका आधारभूत आवश्यकता पूरा गर्दा प्राथमिक विद्यालयमा अध्ययन गर्ने दलितलाई खाना, खाजा,पूर्ण निःशुल्क लत्ता कपडा, किताब, कापी, पेन्सिल, खेलकुद सामाग्री, शैक्षिक सामाग्री प्रदानगर्ने, दलित प्रतिको सामाजिक विभेद अन्त्य गर्नुपर्ने, दलितहरूको परम्परागत पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गरिनु पर्ने तथा दलितहरूको आत्मसम्मान र आत्मस्वाभिमान उच्च बनाउने वातावरण विद्यालय, समाज र सरकारले सिर्जना गर्नु पर्ने सुझावहरू प्रस्तुत गरिएका छ ।
Description
Keywords
दलित बालबालिका Dalit Balbalika, शैक्षिक सहभागिता Saikshik sahbhagita