सामुदायिक विद्यालय व्यवस्थापन समितिमा महिला सहभागिता {Women's Participation in Community School Management Committee}
| dc.contributor.author | बराल Baral, जानकी कुमारी Janaki Kumari | |
| dc.date.accessioned | 2022-02-01T07:12:12Z | |
| dc.date.available | 2022-02-01T07:12:12Z | |
| dc.date.issued | 2009 | |
| dc.description.abstract | सामुदायिक विद्यालय व्यवस्थापन समितिमा महिला सहभागिता शीर्षकको यस शोधपत्र दिव्यनगर स्रोतकेन्द्र अन्तर्गतका ६ वटा सामुदायिक विद्यालयमा आधारित रहेर तयार गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य सामुदायिक विद्यालय व्यवस्थापन समितिमा महिला सहभागिता रहेकोछ । उल्लेखित उद्देश्य पूरा गर्नका लागि सम्भावना रहित नमूना छनौट विधिद्धारा दिव्यनगर स्रोतकेन्द्र भित्रका मेघौली,शुक्रनगर र दिव्यनगर गा.वि.स. वाट २ वटा मा.वि. २ वटा नि.मा.वि. र २ वटा प्रा.वि. सहित जम्मा ६ वटा विद्यालय छनौट गरि उक्त विद्यालयका प्र.अ. , शिक्षक , शिक्षिका , वि.व्य. स. पदाधिकारीहरु , अभिभावकहरु र सम्वन्धित स्रोतकेन्द्रका विद्यालय निरीक्षक , स्रोतव्यक्तिहरु संगको अन्तर्वार्तावाट प्राथमिक तथ्याक संकलन गरिएको छ भने सम्वन्धित विद्यालयको अभिलेख , वि.व्य.स.को वैठक पुस्तिका , दिव्यनगर स्रोतकेन्द्रको प्रोफायल , अध्ययनसंग सम्वन्धित शोधपत्र , पत्रपत्रिका , लेख रचना एवं पुस्तकहरुको अध्ययन पूनरावलोकनवाट द्धितीय तथ्यांक प्राप्त गरी सो को व्याख्या विश्लेषणको आधारमा निष्कर्षमा पुगिएको छ । अध्ययनका क्रममा प्राप्त भएको तथ्यांकको व्याख्या र विश्लेषण गुणात्मक तरीकावाट गरिएको छ । अध्ययनको क्रममा विभिन्न अन्तर्वार्ता प्रश्नावली,सर्वेक्षण फाराम उपयोग गरिएको छ । दिव्यनगर स्रोतकेन्द्रको प्रोफायल , छनौटमा परेका विद्यालयका अभिलेखहरु , वि.व्य.स. को वैठकको निर्णय पुस्तिका को अवलोकन गरिएको छ । यस शोधपत्रको अन्त्यमा प्राप्ती निष्कर्ष र सुझावहरु पेश गरिएको छ । अध्ययन क्षेत्रमा रहेका विद्यालयहरुको विद्यालय व्यवस्थापन समितिमा महिला सहभागिता ज्यादै न्यून अर्थात १३ प्रतिशत मात्र पाइयो । विद्यालय व्यवस्थापन समितिमा महिला सहभागिता न्यून हुंदा हुदै पनि यसले सकारात्मक र सहयोगी भूमिका खेलेको छ भन्ने सुझाव प्राप्त भएको छ । वि.व्य.स. मा महिला सहभागिता न्यून हुनुमा लंैगिक विभेद,सामाजिक परम्परा , घरायसी कार्य व्यस्तता , आर्थिक अभाव चेतनाको अभाव , पुरुष प्रधान सामाजिक दृष्टिकोण,शिक्षा ऐन नियमावलीमा तोकिएको नीतिगत व्यवस्था र स्वयं महिलाहरु जागरुक वन्न नसक्नु जस्ता कारणहरु प्राप्त भएका छन् । यिनै कारणहरुनै वि.व्य.स. मा महिला सक्रियताका लागि पनि वाधक देखिएका छन् । साथै वि.व्य.स. ले पनि महिला सदस्यलाई जिम्मेवारी नदिएका कारणले उनीहरु चाहिए जति सक्रिय बन्न नसकेको सुझाव प्राप्त हुनुले वि.व्य.स. ले महिलाहरुलाई उचित उपयोग गर्न नसकेको पाइएकोछ । विद्यालय व्यवस्थापन समितिमा महिला सहभागिता र सक्रियता बढाउनको लागि लैंगिक विभेदको अन्त्य गर्नुपर्ने , सामाजिक कुसंस्कारहरुलाई विस्थापित गर्दै जाने , सचेतनाका कार्यक्रमहरु संचालन गर्ने , नीतिगत व्यवस्थामा सुधार गर्ने , सकारात्मक विभेदको नीति अप्नाएर महिलाहरुलाई विभिन्न अवसरहरु दिलाउने , विभिन्न कार्यक्रममा उनीहरुलाई सम्मान गर्ने , धेरै भन्दा धेरै महिला लक्षित कार्यक्रमहरु संचालन गर्ने , विभिन्न संघ सस्था तथा सामाजिक कार्यमा जिम्मेवारी दिएर आफ्नो कार्यकुशलतामा देखाउने मौका दिने जस्ता उपायहरुले वि.व्य.स. मा महिलाहरुको सहभागिता बढनुका साथै सक्रियतामा समेत बढोत्तरी आई विद्यालय व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने निचोड सहित यो अनुसन्धान यथार्थपरक ,उद्देश्यमूलक र उपयोगी रहेको ठहर गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/7985 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शिक्षाशास्त्र संकाय शिक्षा योजना तथा व्यवस्थापन | en_US |
| dc.subject | सामुदायिक विद्यालय Community school | en_US |
| dc.subject | व्यवस्थापन समिति Management Committee | en_US |
| dc.subject | महिला सहभागिता Women's participation | en_US |
| dc.title | सामुदायिक विद्यालय व्यवस्थापन समितिमा महिला सहभागिता {Women's Participation in Community School Management Committee} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवन | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
