बालविकास केन्द्रकाे भाैतिक व्यवस्थापन { Balbikash kendrako bhautik byabsthapan }

dc.contributor.advisorगणेशप्रसाद दाहाल Ganeshprasad Dahal
dc.contributor.authorअधिकारी, अर्जुनराज Adhikari, Arjunraj
dc.date.accessioned2024-12-24T09:22:04Z
dc.date.available2024-12-24T09:22:04Z
dc.date.issued2016
dc.description.abstractशोधसार समुदाय र विद्यालयमा आधारित भई सञ्चालन गरिएका “बालविकास केन्दको भौतिक व्यवस्थापन” शीर्षकमा गरिएको यस अध्ययनको मुख्य उद्देश्य भौतिक अवस्थाले कक्षा कोठा व्यवस्थापनमा पारेको प्रभावको लेखाजोखा गर्नु रहेको छ । यस अध्ययनका लागि सहयोगी शिक्षिकाहरू, अभिभावकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, प्र.अ. ज्यूहरूका लागि प्रश्नावली मार्फत तथ्याङ्क सङ्कलन गरिएको छ । साथै विभिन्न पुस्तक, पत्र पत्रिका, शोध पत्र, लेखरचना तथा अभिलेखहरूको अध्ययनबाट प्राप्त भएका सूचनालाई गुणात्मक, परिमाणात्मक तथा वर्णनात्मक विधि अपनाई विश्लेषण गरिएको छ । शोधपत्रको अध्ययनमा सुन्दरदुलारी नगरपालिका क्षेत्र भित्रका १२ वटा बाल विकास केन्द्र जनसङ्ख्याको रूपमा रहेका छन् । जस मध्ये पुरानो दुलारी गा.वि.स. क्षेत्र भित्रबाट ३ वटा समुदायमा आधारित र ३ वटा विद्यालयमा आधारित बालविकास केन्द्र र त्यस्तै गरी पुरानो सुन्दरपुर गा.वि.स. क्षेत्रबाट ३ वटा समुदायमा आधारित र ३ वटा विद्यालयमा आधारित बाल विकास केन्द्रलाई नमुनाको रूपमा लिइएको छ । तथ्याङ्क सङ्कलन गर्नका लागि कक्षा कोठा अवलोकन फारम, प्रश्नावली र अन्तर्वार्ता सूचीलाई प्राथमिक स्रोत र विभिन्न शोधपत्र, प्रतिवेदन, निर्देशिका, स्रोतकेन्द्र, पाठ्यक्रम विकाकेन्द्रको अभिलेखलाई द्वित्तीय स्रोतका रूपमा राखिएको छ । यस शोधपत्रको अध्ययनको क्रममा स्थलगत अध्ययन तथा अवलोकन गरी प्राप्त निष्कर्षहरूलाई समेट्ने प्रयास गरिएको छ । परिमाणात्मक तथ्याङ्कलाई प्रतिशत, ग्राफ र बृत्तचित्रमा प्रस्तुत गरिएको छ भने गुणात्मक तथ्याङ्लाई व्याख्या, विश्लेषण र विवेचनाका साथ प्रस्तुत गरिएको छ । यस अध्ययनले बाल विकास केन्द्रको भौतिक अवस्थाको पहिचान गर्ने अवसर प्रदान गरेको छ । समुदायमा आधारित बालकिवास केन्द्रहरूको भौतिक अवस्था सामान्य किसिमको भएता पनि खेलकुदका सामग्री तथा शिक्षण सामग्रीको व्यवस्थापन राम्रो रहेको पाइयो । विद्यालयमा आधारित बालविकास केन्द्रको भौतिक अवस्था निकै राम्रो भएर पनि अन्य पक्ष सामान्य रहेको पाइयो । समुदायमा आधारित बालविकास केन्द्रमा सहयोगी कार्यकर्ता शिक्षिका र अभिभावकको अग्रसरता राम्रो देखिन्छ भने विद्यालयमा आधारित बालविकास केन्द्रमा अभिभावक र विद्यालय प्रशासनको तुलनात्मक रूमपा कम ध्यानाकर्षण भएको पाइयो । समुदायमा आधारित बालविकास केन्द्रमा बालबालिकाको बसाइ व्यवस्थापनमा गुन्द्री, पिरा, चकटीको प्रयोग भएको पाइयो भने विद्यालयमा आधारित बाल विकास केन्द्रमा तुलनात्मक रूपमा फर्निचरको राम्रो व्यवस्थापन रहेको पाइयो । समग्रमा भन्नु पर्दा समुदायमा आधारित बालविकास केन्द्रको भौतिक व्यवस्थापन विद्यालयमा आधारित बाल विकास केन्द्रहरूको तुलनामा कमजोर देखिएता पनि बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक पक्षको विकासमा सहयोग पुग्ने खालको अवस्था सिर्जना गरिएको पाइयो । समुदायमा आधारित बाल विकास केन्द्रको भौतिक व्यवस्थापनलाई अझै ध्यान दिने हो भने शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुनेमा विश्वास गर्न सकिन्छ भने विद्यालयमा आधारित बाल विकास केन्द्रमा अभिभावकको ध्यान आकृष्ट गर्नुपर्ने देखिन्छ । दुबै खालका बाल बिकास केन्द्रका व्यवस्थापनमासँग सम्बन्धित पक्ष जागरूक भई त्यसको भौतिक व्यवस्थापनमा लाग्नु पर्ने देखिन्छ । बाल विकास केन्द्र सञ्चालन गर्ने निकायले सहयोगी कार्यकर्ता शिक्षिकालाई राम्रो तालिमको व्यवस्थापन गर्नुपर्ने र उनीहरूलाई समय अनुकूलको पारिश्रमिक समेत दिलाउनु पर्ने आवश्यकता रहेको अनुभूति भएको छ । बालविकास केन्द्रलाई अझ प्रभावकारी बनाउन सरोकारवाला सबैको दायित्व बढेको छ । सबैले आफ्नो जिम्मेवारी, दायित्व र कर्तव्यलाई ख्याल गरी बालविकास केन्द्रको भौतिक व्यवस्थापनको काममा योजनाबद्ध रूपमा लाग्ने हो भने गुणस्तर सुनिश्चित छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/23493
dc.language.isone
dc.subjectबालविकास केन्द्र Balbikash kendra
dc.subjectभौतिक व्यवस्थापन Bhautik byabsthapan
dc.titleबालविकास केन्द्रकाे भाैतिक व्यवस्थापन { Balbikash kendrako bhautik byabsthapan }
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस कोसीहरैँचा,मोरङ
Files
Original bundle
Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
Fulltext.docx
Size:
221.69 KB
Format:
Microsoft Word XML
License bundle
Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: