जिरीस्थित जिरेल बाैद्ध समाजमा महिलाहरुकाे भूमिका ; एक सांस्कृितक अध्ययन
| dc.contributor.advisor | रन्जना बज्राचार्य | |
| dc.contributor.author | बुढथापा, राधिका | |
| dc.date.accessioned | 2026-06-17T07:09:06Z | |
| dc.date.available | 2026-06-17T07:09:06Z | |
| dc.date.issued | 2076 | |
| dc.description.abstract | गाउँ नै गाउँले भरिएको हाम्रो देश नेपाल एक बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ बौद्ध, हिन्द, इसाई, इस्लाम लगायतका कैयाै धर्महरू मानिन्छन । यी सबै धर्महरूले महिला तथा पुरुषहरूलाई आ(आफनो दृष्टिकोणले हेर्ने गर्दछन । अन्य धर्महरूको तुलनामा बौद्धधर्म केही पुरिष्कृत, व्यावहारिक र महिलासहिष्णु मानिन्छ तर कुनै पनि अनुसन्धाताहरूबाट बौद्धमार्गी समाजमा आधा धर्ती ओगटने यिनै महिलाहरूको सामाजिक आर्थिक स्थान, योगदान र भूमिकाबारे खास अनुसन्धान गरिएका पाइँदैन । सभ्य र सुसंस्कृत समाज निमाणका लागि सामाजिक मात्र नभएर आर्थिक व्यवहारमा भएको जिम्मबारीमा समेत महिलाहरूको सहभागिता बढाउँदै लैजानुपर्ने आजको आवश्यकता हा तर दुर्भाग्यवश यिनै महिलाहरूको योगदान प्रत्येक जातजातिहरूमा र प्रत्येक धर्महरूमा कमवेशी उपेक्षित हुने गर्दछ र महिलाहरूको भूमिकालाई न्यूनीकरण गरिन्छ । हाम्रो देशमा जिरेल लगायत करिब १२५ जात जातिहरू बसोबास गर्दछन । जिरेलहरूको उदगम थलो मानिएको दोलखा जिरी उपत्यकाका करिब ८७ प्रतिशत जिरेलहरूले बौद्धधर्म अनुसरण गर्दछन । यही बौद्धमार्गी जिरेल समुदायको उत्पत्ति र विकासक्रमको अध्ययन गर्नु, जिरेल बौद्ध समुदायमा प्रचलित धर्म, संस्कार, मुख्यमुख्य चाडपर्वहरूको अध्ययन गर्नु र जिरेल बौद्ध समुदायमा महिलाहरूको सामाजिक(आर्थिक अवस्था र भूमिकाको निक्र्योल गर्नुका साथै बौद्धधर्मको उत्थान र विकासमा तिनीहरूले दिएको योगदानको निरूपण गर्नु यस शोध कार्यको मुख्य उद्देश्य रहेको छ । मुख्यतस् आठ अध्यायमा विभाजन गरिएको यस शोधप्रबन्धको पहिलो अध्यायमा शोधको परिचय, दास्रो अध्यायमा बिषयसँग सम्बन्धित पुस्तक र कृतिहरूको समीक्षा, तेस्रो अध्यायमा अध्ययन क्षेत्रको परिचय र महत्व र अध्याय चारमा जिरीमा बौद्धधर्मको उत्थान र विकासका विविध पाटाहरू समेटिएको छ । अध्याय पाँचमा जिरेल जातिको परिचय र सामाजिक(सांस्कृतिक परम्पराका चर्चा गरिएको छ । अध्याय छमा जिरेल बौद्ध समाजमा महिलाहरूको सामाजिक(आर्थिक अवस्था र बौद्धधर्म प्रवद्र्धनमा योगदानका विषयहरू समाविष्ट गरिएका छन । अध्याय सातमा जिरेल महिला र बौद्धधमबारे समेटिएको छ भने अध्याय आठमा प्रस्तुत शोधप्रबन्धको सारांश, निष्कर्ष र सुझावहरू समेटिएको छ । शोधप्रबन्धको अन्तमा प्रश्नावली, अध्ययन(स्थलका दृश्य चित्रहरू, सन्दर्भ सामग्रीका सूचीहरू र शोधार्थीको परिचय प्रस्तुत गरिएका छ । दोलखा जिल्लाको जिरीस्थित जिरेल समाजमा बौद्धधर्म, बौद्धमार्गी जिरेल महिलाहरूको सामाजिक र आर्थिक भूमिकालगायत यिनीहरूले अवलम्बन गर्ने गरेका सामाजिक संस्कारहरूबारे तथ्य सङकलन गरी यो शोधपबन्ध तयार पारिएको छ । विषयवस्तुको आधारमा यस अध्ययनलाई उपयोगी हुने गुणात्मक विधि यस शोधमा अपनाइएको छ । सीमित स्रोत, समय र साधनमा आधारित भएर अध्ययन गर्नुपर्ने बाध्यता रहँदारहँदै पनि सहभागी महिलाहरूलाई सकेसम्म आफनो अभिमत प्रकट गर्न दिई विश्लेषणलाई स्वतन्त्र र निष्पक्ष बनाइएको छ । प्राप्त तथ्याङ्कको व्याख्या गर्दै विश्लेषणको परिणामलाई प्रस्तुत गर्न लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा प्रचलनमा ल्याइएको आधुनिक भाषा समाज (ःयमभचल ीबलनगबनभ ब्ककयअष्बतष्यल) पद्धतिको अवलम्बन गरिएको छ । शोधपबन्ध तयार पार्दा प्रयोग गरिएका स्रोतहरूलाई प्राथमिक र सहायक स्रोत गरी दुई भागमा विभाजन गरिएको छ । अवलोकन, अन्तर्वार्ता, प्रश्नावली, समूह छलफल आदिलाई प्राथमिक स्रोत र पाण्डुलिपिहरू, पुस्तकालय, कार्यालय, इन्टरनेट आदिलाई सहायक स्रोतमा वर्गिकरण गरिएको छ । जिरेलहरू नेपालका आदिवासी जनजाति हुन र यिनीहरूकोे उदगम थलो जिरी हो । जिरेल भाषामा ‘जि’ को अर्थ डरलाग्दो अर्थात घना र ‘रि’ को अर्थ जङगल भन्ने भएकोले जिरी अर्थात ‘जङगलमा’ बसोबास गर्ने ठाउँ विशेषको नामले ‘जिरेल’ हुन पुगको मानिन्छ । जिरीबाट नै जिरेलहरू दोलखा र सिन्धुपाल्चोकलगायत तराई क्षेत्रका विभिन्न जिल्ला र भारतका कैयौं स्थानहरूमा समेत बसाइ सरेका देखिन्छन । यस जातिले शुरुमा मान्ने गरेकोे वास्तविक धर्म तान्त्रिक अर्थात प्राकृतिक धर्म हा तर बिस्तारै आएर यिनीहरूले बौद्धधर्ममा आस्था राख्न थालेका हुन, जुन तिब्बती बौद्धधर्म भित्रको बज्रगुरु पदमसम्भवले खडा गरेको धार्मिक मत निङमा सम्प्रदायभित्र पर्दछ र यो खासगरी तन्त्रमन्त्रमा विश्वास गर्ने बज्रयान बौद्धधर्म हो । ठोस रूपमा यस जिरी उपत्यकामा बौद्धधमले कसरी र कहिले प्रवेश गरेको थियो भन्ने सन्दर्भमा एकिन गरेर कहीँकतै पनि लिखित सामग्री उपलव्ध नभए तापनि जिरेलहरू पहिले बोन धर्म अर्थात प्रकृतिधर्मका अनुयायी थिए र हाल अवलम्बन गर्ने गरेको बौद्धधर्म आफनै कविलाका ‘वाङ्गजुले र गारे लामा’ नाम गरेका जिरेल लामाहरूले करिब ५०० वर्ष अगाडि तिब्बतबाट बौद्ध शिक्षा प्राप्त गरी आएपछि मात्र उनीहरूकै कारणले यस धर्मले जिरी उपत्यकामा प्रवेश पाएको भन्ने लोकोक्तिमा जिरेलहरूको बढी नै विश्वास रहेको पाइन्छ । यसका बाबजुद आठौं शताब्दीताका शान्तरक्षित, पदमसम्भव लगायतका बौद्ध गुरुहरू नेपालको बाटो भएर तिब्बत आवत(जावत गर्ने क्रममा जिरी लगायतका स्थानहरूमा व्यवहारमा पुरुष उपलब्ध भएसम्म महिलाहरूलाई काममा नलगाउने र लगाइहाले पनि समान कामको पनि पुरुषलाई बढी पारिश्रमिक दिइने समस्या यथावत नै रहेको देखिन्छ । बौद्धधर्मको उत्थान र विकासका सन्दर्भमा अन्य स्थानहरूमा झैं यस अध्ययन क्षेत्रमा पनि परापर्वकालदखि महिलाहरूको योगदान विभिन्न रूपमा रहिआएको छ । घरमा र समाजमा सम्पन्न हुने सम्पूर्ण धार्मिक कार्यहरूमा जिरेल महिलाहरूको भूमिका सधै महŒवपूर्ण रहेको छ । आवश्यकताअनुसार श्रमदान, अन्नदान र आर्थिक सहयोग मार्फत स्थानीयस्तरमा बौद्धधर्मको उत्थान र विकासमा जिरेल महिलाहरूले आफनो योगदान पु¥याउने गरेका छन । जिरेलहरूलाई बौद्ध दर्शन अध्यापन गराउने उद्देश्यले हालसालै जिरीमा जिरी बुद्धिस्ट कलेज, दुइवटा धार्मिक विद्यालयहरूको स्थापना र केही स्तुपहरू र एउटा गुरु पद्यसम्भवको मूतिको स्थापना जस्ता कार्य भएका छन । यस्ता कार्यबाट बौद्धधर्मको विकास तथा विस्तारमा टेवा पुग्ने आशा गर्नसकिन्छ तर जिरेलहरूले अनुसरण गर्नेे बौद्धधर्ममा समय सँगसँगै जनचाहनाअनुसार परिवर्तन हुन नसकेकाले यस उपत्यकामा धार्मिक संस्कारहरू विधिसम्मत तरिकाले सम्पन्न गराउने जिरेल लामाहरूको अभाव पनि दिनानुदिन खटकदैै गएको छ । अध्ययनको क्रममा जिरेल महिलाहरूले समाजमा विद्यमान विविध किसिमका सामाजिक आर्थिक समस्याबाट मुक्ति पाउनका लागि व्यावसागिक शिक्षा, क्षमता अनुसारको रोजगारी र महिलाहरूका लागि विशेष सीपमलक तालिम हुनुपर्ने धारणा राखेका छन । महिलाको हकहितको संरक्षण र संवर्धन गरी विकासको मूलप्रवाहमा महिलाहरूलाइ समेत समाहित गर्न र बौद्धधमको पनि विकासका लागि धेरै महँगा र रुढिवादीग्रस्त संस्कारहरूमा आवश्यक सुधार ल्याई धम र सस्कृतिका संरक्षण र संवर्धन गरी अनुसरणयोग्य धार्मिक रीतिरिवाजहरू अबका नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लैजानु आजको प्रमुख आवश्यकता देखिन्छ । यसका साथै बौद्धधम महिला पुरुष सबैले अवलम्बन गर्ने र जिरीमा यस धर्म बाहेक अन्य धमहरू पनि अवलम्बन गरिने भएकाले यस विषयमा थप अध्ययन अनुसन्धान हुन जरुरी देखिन्छ । यस शोधअध्ययनले नेपालका आदिवासी(जनजातिमध्ये सानो सङख्यामा रहेको दोलखाको सीमान्तकृत जिरेल जातिको समाज, यसको आधा अङ्ग महिला र तिनले अनुसरण गर्ने गरेका बौद्धधर्मको विकासका लागि खेलेको भूमिकालाई विविध स्रोतका माध्यमले प्राप्त तथ्यका आधारमा त्यसको विश्लेषण गरी शोधप्रबन्धका रूपमा प्रस्तुत गरिएको छ । यसबाट योजनाविद, शोधकर्ता र जिरेल समाज स्वयम लाभदायी हुने आशा गरिएको छ । अन्तमा, यस शोध अध्ययनले समेटेको जिरेल जाति देशका अन्य भागहरूमा पनि छरिएर रहेका र वौद्धधर्म महिलापुरुष दुबैले अवलम्बन गर्ने भएकाले यसबारे विस्तृत अध्ययन गरिनुपर्ने देखिन्छ । यसका साथै अध्ययन गरिएको वडामा जिरेलबाहेक अन्य जातजाति र धर्मावलम्वीहरू पनि बसोबास गर्ने भएकाले यी समाजमा महिलाहरूको भूमिका के कस्तो रहेको छ सो को पनि अध्ययन हुन जरुरी भएको हुँदा यो अनुसन्धान अध्ययन गरिएको हो । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/27037 | |
| dc.language.iso | ne | |
| dc.subject | बाैद्ध समाज | |
| dc.subject | सांस्कृतिक अध्ययन | |
| dc.title | जिरीस्थित जिरेल बाैद्ध समाजमा महिलाहरुकाे भूमिका ; एक सांस्कृितक अध्ययन | |
| dc.type | Thesis | |
| local.academic.level | Ph.D. | |
| local.affiliatedinstitute.title | लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी |
