कार्यालय सञ्चालन तथा लेखा विषयको पाठ्यक्रम कार्यान्वयनको अवस्था
| dc.contributor.advisor | शान्तिराम दाहाल | |
| dc.contributor.author | राई, लाल बहादुर | |
| dc.date.accessioned | 2026-04-13T04:16:46Z | |
| dc.date.available | 2026-04-13T04:16:46Z | |
| dc.date.issued | 2072 | |
| dc.description.abstract | मा.वि. तहको ऐच्छिक विषयको रुपमा रहेको “कार्यालय सञ्चालन तथा लेखा विषयको पाठ्यक्रम कार्यान्वयनको अवस्था” शिर्षक अन्र्तगत मा.वि. तहको का.सं.ले. विषयको पाठ्यक्रमको कार्यान्वयनका अवस्थाको अध्ययन गर्नुु, उक्त विषयको शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक सामाग्रीको प्रयोगको अवस्था पत्ता लगाउनुको साथै समस्या पहिचान गरि समाधानका उपाय सुझाउने मूख्य उद्देश्य राखि गरिएको अनुसन्धान कार्यमा गुणात्मक तथा परिमाणात्मक दुबै ढाँचाको प्रयोग गरिएको छ । सुनसरी जिल्ला प्रकाशपुर श्रोतकेन्द्र अन्तर्गत सबै सामुदायिक तथा सस्थागत विद्यालयहरु मध्ये एउटा सामुदायिक र तिन वटा संस्थागत विद्यालयहरुमा मात्र यो विषय अध्यापन गराउने गरेको साथै छिमेकी श्रोतकेन्द्र अन्तर्गतको नजिकको विद्यालयहरुमा पनि उक्त विषय समावेश नगरेको पाइएकोले उक्त ४ वटा विद्यालयलाई उद्देश्यमुलक नमुना छनोट विधिको प्रयोग गरि नमुनाको आकार निर्धारण गरिएको छ ।जसमा ति विद्यालयका प्र.अ., विषय शिक्षक, दुइ दुइ जना कक्षा १० मा अध्ययनरत विद्यार्थि तथा श्रोत ब्यक्तिसँग अन्तरवार्ता, प्रश्नावली, अवलोकन फारम, दस्तावेज अध्ययन आदि साधनहरुको प्रयोग गरि तथ्याङ्क संकलन गरिएको छ । अध्ययनको क्रममा छनोटमा समावेश भएका विद्यालयहरु मध्ये अधिकाङ्स विषय शिक्षकहरुले का.स.ले. विषयको शिक्षकले विद्यालयबाट पाठ्यक्रम प्राप्त गरेको पाइयो । छनोटमा परेका विद्यालयका विषय शिक्षकसँग का.सं.ले. विषयको शिक्षक निर्देशिका नरहेको । उहाँहरुको भनाइअनुसार बजारमा उपलब्ध नभएको र माथिल्लो निकायबाट पनि प्रदान नगरेको गुनासो पाइयो । शैक्षणिक योजनाहरु मध्ये अधिकांश विषय शिक्षकहरुले दैनिक पाठ नोट कै भरमा अध्यापन गराउने गरेको पाइयो । प्रयोगात्मक कार्य अन्र्तगत गृहकार्य र समस्या समाधानमा जोड दिएको तर अध्ययन प्रतिवेदन तयारीलाइ बेवास्ता गरेको पाइयो । विद्यार्थी मुल्याङ्कण विधिहरु मध्ये सबै विद्यालयमा औपचारिक परीक्षाहरु पूर्वनिर्धारित योजना अनुसार सञ्चालन हुने गरेको तर अन्य विधिहरुको प्रयोग योजना बिहिन पाइयो । शिक्षण सिकाइ क्रियाकलाप अन्र्तगत पाठ्यपुस्तकको प्रयोगको सन्दर्भमा अधिकांश शिक्षकले पाठ्यपुस्तक विद्यार्थीबाट लिएर प्रयोग गरेको पाइयो । सन्दर्भ सामाग्रीको प्रयोग खासै नगरेको पाइयो । शैक्षिक सामाग्रीको प्रयोग गर्ने क्रममा कम मुल्य पर्ने तथा निशुल्क प्राप्त हुने सामाग्रीको उपयोग गरेको पाइयो । शिक्षण विधिको सन्दर्भमा ब्याख्यान,प्रश्नोत्तर जस्ता विधिको प्रयोग गरिए पनि प्रयोग विधि तथा सोधखोज विधि आदि विधिहरु प्रयोग हुन नसकेको पाइयो । कक्षाकोठाको ब्यवस्थापनमा ध्यान दिनु पर्ने देखियो भने शिक्षण क्रियाकलापमा विद्यार्थी सहभागिता ठिकै पाइयो । यस विषयको पाठ्यक्रम कार्यान्वयन प्रभाविकारी तरिकाले गर्नको लागि शिक्षकहरुलाई तालिम तथा गोष्ठीको आयोजना गर्नु जरुरी छ । विषय शिक्षकले शैक्षणिक योजना निर्माण गरि बिषयबस्तु सुहाउदो शिक्षण बिधिको प्रयोग गर्दै उपलब्ध हुन सक्ने स्थानिय श्रोतबाट प्राप्त शैक्षिक सामाग्रीको उपयोग गरि शिक्षण गर्नु अति आवश्यक देखिन्छ । बिद्यार्थीहरुलाई क्षेत्र भ्रमणको रुपमा विभिन्न सरकारी तथा गैरसरकारी र वित्तिय संस्थाहरुमा लगि अवलोकन गराएमा अझ ब्यवहारिक ज्ञान दिन सकिन्छ । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/26271 | |
| dc.language.iso | ne | |
| dc.subject | पाठ्यक्रम | |
| dc.subject | कार्यालय सञ्चालन | |
| dc.title | कार्यालय सञ्चालन तथा लेखा विषयको पाठ्यक्रम कार्यान्वयनको अवस्था | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.affiliatedinstitute.title | Janata Multiple Campus |
