अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागिता {Atirikt kriyaaklaapmaa vidyaarthi shbhaagaitaa)

dc.contributor.advisorजयकृष्ण शर्मा (Jaykrishna Sharma)
dc.contributor.authorभण्डारी, रीत बहादुर (Bhandari, Reet Bahadur)
dc.date.accessioned2026-03-13T07:24:43Z
dc.date.available2026-03-13T07:24:43Z
dc.date.issued2014
dc.description.abstractप्रस्तुत अध्ययन अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागीता शीर्षकमा तयार पारिएको हो । यस अध्ययनको मुख्य उदेश्य अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागिताको अवस्था पहिचान गर्नु रहेको छ । यो अध्ययन परिमाणत्मक र गुणत्मक दुवै प्रकारको मिश्रीत ढाँचामा तयार गरिएको विश्लेषणात्मक अनुसन्धान हो । अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागिता , यसमा कमी ल्याउने तत्वहरु , विद्यार्थीको कक्षा छाड्ने दर , दोहो¥याउने दर , भर्नाको अवस्था जस्ता सुचाङ्कहरु यस अध्ययनमा संकलन गरिएको छ । नमुना छनौटका आधारमा चितवन जिल्लाको विकट शक्तिखोर गा.वि.स. अन्तर्गतको शक्तिखोर श्रोतकेन्द«लाई छनौट गरी यस भित्रका ३ नि.मा.वि. र १ मा.वि.लाई प्रमुख अध्ययन क्षेत्र मानेर उद्देश्यमूलक प्रश्नावली अवलोकन, अन्तवार्ता, छलफलबाट प्राप्त आधारलाई प्राथमिक तथ्यांक संकलन गरिएको छ । , नमूनामा रहेका विद्यालयको अभिलेख , जि.शि.का.को अभिलेख , शिक्षा सम्बन्धि प्रतिवेदन तथा पाठ्यपुस्तकका जानकारीहरु , लेखरचनाहरु द्वितीय तथ्यांक संकलनका स्रोतहरु रहेका छन् । अतिरिक्त क्रियाकलाप बालबालिकाकालागि एक अनिवार्य एवम् अपरिहार्य विषय वस्तु भएकोले यस शीर्षकसँग सम्बन्धित विभिन्न विषयवस्तुहरु सम्बन्धी जानकारी संकलन गरी त्यसलाई व्याख्या तथा विश्लेषण गर्ने प्रयास गरिएको छ । प्राप्त नतिजालाई सहजरुपमा प्रस्तुत गर्नका लागि विषयवस्तुसँग सम्बन्धित अर्थात् विषयवस्तुलाई आधार प्रदान गर्ने पक्षलाई स्पष्ट रुपमा व्यक्तगर्नका लागि संकेत चिन्ह, तालिकीकरण, प्रतिशतमा व्यक्त गर्ने प्रयास गरिएको छ । जसबाट प्राप्त नतिजालाई विषयवस्तुसँग जोड्ने प्रयास यस अध्ययनको रहेको छ । वर्तमान समयमा नेपाल सरकारले समेत अनिवार्य विषयवस्तुको रुपमा लिएको अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागीताको अवस्था बढाउने नीति अनुरुप सङ्कलित तथ्याङ्क विश्लेषणको आधारमा अध्ययन क्षेत्रका विद्यालयमा अतिरिक्त क्रियाकलापमा विद्यार्थी संलग्नता ज्यादै न्युन (७.०८) प्रतिशत पाइयो । जसको मूख्य कारणको रुपमा , अभिभावकमा चेतनाको कमी , भौगोलिक विकटता , गरिबी , कम उमेरमा विवाह , लाज संकोच मान्ने चलन घरायसी कामको बोझ , लैङ्गिक भेदभाव जस्ता कारले गर्दा विद्यालयको दैनिक उपस्थितिमा कमी आएको पाइयो । जसको प्रतिफल स्वरुप शैक्षिक उपलब्धी हासिल गर्न नसकी बिचमानै कक्षा छाड्ने , कक्षा दोहो¥याउने जस्ता प्रमुख समस्याहरु रहेको पाइयो । विद्यालयमा विद्यमान यसप्रकारका समस्याहरु रहेका छन् ः समाधान गर्न नेपाल सरकारले छात्रवृतिको ब्यवस्था गर्नुपर्ने , कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको ब्यवस्था गराउनुपर्ने , गरिब विद्यार्थीलाई होस्टलमा राख्नुपर्ने , शैक्षिक सामग्रीको ब्ययस्था गर्नुपर्ने अभिभावकमा जनचेतना जगाई रोजगारको ब्यवस्था गराउनुपर्ने , लैङ्गिक भेदभाव हटाउनुपर्ने जस्ता विषयवस्तुलाई सुझावको रुपमा प्रस्तुत गरिएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25910
dc.language.isone
dc.subjectविद्यार्थी सहभागिता (Bidyarthi sahabhagita)
dc.subjectसाहित्यको पुनरावलोकन (Sahityako punrabalokan)
dc.titleअतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागिता {Atirikt kriyaaklaapmaa vidyaarthi shbhaagaitaa)
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर चितवन

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
409.95 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: