सल्यान आठहजार क्षेत्रका लोकगीतमा अलङ्कारविधान

dc.contributor.advisorJibendra Dev Giri
dc.contributor.authorPun, Dambar Bahadur
dc.date.accessioned2026-09-18T04:11:21Z
dc.date.available2026-09-18T04:11:21Z
dc.date.issued2025
dc.description.abstractसल्यान आठहजार क्षेत्र सल्यान जिल्लाको कपुरकोट गाउँपालिका र रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाभित्र पर्दछ । यस क्षेत्रको नामकरणका सम्बन्धमा अनेक भनाइ भए तापनि सल्यान राज्य नेपालसँग एकीकरण भएपछि यस क्षेत्रबाट सरकारले आठहजार रुपैँया कर असुली गर्ने भएकाले यस क्षेत्रलाई आठहजार क्षेत्र भनिएको हो भन्ने धारणामा केही सत्यता भेटिन्छ । लोकले मौखिक रूपमा जीवित राखेको लोक हृदयको अकृत्रिम, स्वतःस्फूर्त, सुकोमल, लयात्मक एवम् गेयात्मक अवैयक्तिक अभिव्यक्ति भएका लोकगीतहरू यहाँ पाइन्छन् । यी लोकगीतमा सातामूल, घुरखोला, झेबाङ, नेर्पा, सिम्पानी, बयलडाँरा, दयाधुरी, शङ्खमूल, शारदा, थर्कोटजस्ता स्थानीय भूगोलको चर्चा र बेलौती (अम्बा), चुकिलो अमिलो), बल्ला (गोरु), जाइन (बच्चा) जस्ता स्थानीय भाषिकाको प्रयोग भएकाले यी लोकगीतहरू यस क्षेत्रकै भएको कुरा प्रमाणित हुन्छ । काव्यमा शब्द र अर्थको सौन्दर्य वृद्धि गर्ने तŒव अलङ्कार सिद्धान्तका आधारमा यी लोकगीतको अध्ययन गरिएको छ । यस शोधकार्यका लागि सामग्री सङ्कलन गर्न स्थलगत कार्य र पुस्तकालयीय कार्य गरिएको छ । सल्यान आठहजार क्षेत्रका लोकगीत सङ्कलनका लागि गुच्छ नमुना छनोट विधि, हिमगोल नमुना छनोट विधि र स्थलगत कार्यअन्तर्गतका प्रश्नावली विधि, सामूहिक छलफल विधि, विद्युतीय माध्यमद्वारा अन्तरक्रिया विधि, आमने सामने वार्ता विधि र अवलोकन विधिको उपयोग गरिएको छ । यसरी सङ्कलन गरिएका लोकगीतबाट अलङ्कारको सघनताका आधारमा उद्देश्यमूलक नमुना छनोट विधिबाट लोकगीतको छनोट गरिएको छ । अलङ्कारयुक्त लोकगीतको विश्लेषणका लागि सैद्धान्तिक पक्षको चर्चा गर्दा निगमनात्मक विधि र लोकगीत अध्ययनका लागि विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । लोकगीतको अध्ययनबाट लोकस्रष्टाले आफ्नो भाषिक अभिव्यक्तिलाई आकर्षक र प्रभावकारी बनाउन शब्दालङ्कार प्रयोग गरेको, लोकगीतलाई रागात्मक र मर्मस्पर्शी बनाउन अर्थालङ्कारले महŒवपूर्ण भूमिका खेलेको र लोकगीतमा पर्याप्त मात्रामा काव्यात्मक सौन्दर्यको प्राप्त भएको निष्कर्ष निकालिएको छ । यसप्रकारको परिणामको प्राप्तिका लागि अलङ्कार अध्ययनको सैद्धान्तिक ढाँचा तयार पारी सङ्कलित लोकगीतको विश्लेषण, मूल्याङ्कन र समीक्षा गरिएको छ । यसका लागि तीनओटा शोधप्रश्नका आधारमा लोकगीतको अध्ययन गरिएको छ । पहिलो शोधप्रश्न समाधानका लागि विभिन्न आचार्यहरूले चर्चा गरेका शब्दालङ्कार लक्षणहरू उल्लेख गरी ती शब्दालङ्कारहरू ण लोकगीतमा कहाँ कहाँ प्रयोग भएका छन् भन्ने कुराको वर्णन गरिएको छ । त्यसपछि यस क्षेत्रका शब्दालङ्कारयुक्त लोकगीतका उदाहरणहरू प्रस्तुत गरी त्यसमा अन्तर्निहित तथ्यका रूपमा रहेका प्रस्तुति, भाषा, शैली, गति, यति, लय, संरचना, थेगो, समास र द्विŒवजस्ता शैलीशिल्प सौन्दर्यको विश्लेषण गरिएको छ । अध्ययनका क्रममा लोकस्रष्टाले आ नो भाषिक अभिव्यक्तिलाई मिठासपूर्ण, आकर्षक, प्रभावकारी, लयात्मक, शोभायमान, कलात्मक र चमत्कारपूर्ण बनाउन लोकगीतमा शब्दालङ्कारको प्रयोग गरेको तथ्य भेटिएको छ । यस अध्ययनको दोस्रो शोधप्रश्न समाधानका लागि विभिन्न आचार्यहरूले चर्चा गरेका अर्थालङ्कार लक्षणहरूको उल्लेख गरी ती अर्थालङ्कारहरू लोकगीतमा कहाँ कहाँ प्रयोग भएका छन् भन्ने कुराको चर्चा गरिएको छ । त्यसपछि अर्थालङ्कारयुक्त लोकगीतका उदाहरणहरू प्रस्तुत गरी त्यसमा अन्तर्निहित तथ्यका रूपमा रहेका विषयवस्तु, भावपक्षको प्रस्तुति, प्रयोजन, सन्देश वा उद्देश्यजस्ता आन्तरिक संरचनागत पक्षको मूल्याङ्कन गरिएको छ । लोकगीतको मूल्याङ्कनका क्रममा यस क्षेत्रका लोकस्रष्टाले लोकगीतमा प्रयोग गरेका अर्थालङ्कारले यी गीतलाई सौन्दर्यपूर्ण, भावात्मक, रागात्मक, सुकोमल, सुन्दर, ललित, उक्तिवैचित्रपूर्ण, उपदेशमूलक, हृदयस्पर्शी एवम् मर्मस्पर्शी बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको भेटिएको छ । यसरी नै तेस्रो शोधप्रश्न समाधानका लागि अलङ्कारयुक्त लोकगीतमा काव्यात्मक सौन्दर्यको अध्ययन गर्ने क्रममा रस, रीति, ध्वनि, वक्रोक्ति, विम्ब, प्रतीक, काव्यगुण, शब्दशक्ति आदिको समीक्षा गरिएको छ । अलङ्कार सिद्धान्तका आधारमा यी लोकगीतको अध्ययन गर्दा यस क्षेत्रका अलङ्कारयुक्त लोकगीतमा अन्तर्निहित तथ्यहरू शैली सौन्दर्य र अर्थ सौन्दर्यको विन्यासबाट जन्मने कलात्मक आभूषण यहाँका लोकगीतमा भेटाइएको छ । यस क्षेत्रका लोकगीतमा पाइने अलङ्कारहरू रसादिको अङ्ग बनेर ध्वनिकाव्यको अर्को रूप गुणीभूत व्यङ्ग्यका रूपमा प्रस्तुत भएका पाइन्छन् । यसरी गरिएको प्रस्तुत अध्ययनले प्रकाशमा ल्याएका सामग्रीहरूले विभिन्न विषयका अध्येताहरूलाई विशेष लाभ पुर्याउने देखिन्छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/27276
dc.language.isone
dc.subjectलोकगीत
dc.subjectअलंकार
dc.subjectआठहजार-सल्यान
dc.subjectअलङ्कारयुक्त लोकगीत
dc.titleसल्यान आठहजार क्षेत्रका लोकगीतमा अलङ्कारविधान
dc.typeThesis
local.academic.levelPh.D.
local.institute.titleFaculty of Humanities & Social Science, NSU

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Salyan Aathhajar Kshetraka Lokgitma alankar Bidhan.pdf
Size:
2.49 MB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections