बलम्बु क्षेत्रका सांस्कृतिक सम्पदा
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
यस शोध प्रबन्धमा उदविकासवाद (evolutionism), प्रसारवाद (diffusionism)
र संरचनात्मक प्रकार्यवाद (structural functionalism) का सैद्धान्तिक दृष्टिकोणबाट बलम्वु
क्षेत्रमा पाइएका सांस्कृतिक सम्पदाहरू, तिनका विकासक्रम तथा तिनीहरू यस क्षेत्रमा
विकास हुनुको कारणहरूका समीक्षात्मक विश्लेषण गरिएको छ । बलम्वु क्षेत्रमा प्राचीन,
लिच्छविकालीन, मल्लकालीन तथा आधुनिककालसम्मका सांस्कृतिक सम्पदाहरू पाइए पनि
तिनीहरूको प्राज्ञिक अध्ययन नभएका, ती सम्पदाहरूको विकासक्रम तथा तिनीहरू यस
क्षेत्रमा विकास हुनाको कारणहरू जस्ता विषयहरूका प्राज्ञिक अध्ययन नभएकोले ती
समस्याहरूको समाधानाथ यो शोध पत्र तयार गरिएको हो ।
बलम्वु क्षेत्रका अधिकांश मन्दिर, मूर्ति, लिच्छविकालीन तथा मल्लकालीन
अभिलेखहरूका बारेमा विद्वानहरूबाट शोधखोज र अनुसन्धान भएका छन । बलम्वु क्षेत्रका
मठमन्दिरका बारेमा श्रेष्ठ (२०७२) ले सामान्य जानकारी दिएकी छिन भने बलम्वु महालक्ष्मी
जात्राका सांस्कृतिक पक्षका बारेमा श्रेष्ठ (२०७४) ले पनि अध्ययन गरेका छन । बज्राचार्य २०३०
यहाँका अभिलेखहरूको संकलन गरी पुस्तक प्रकाशन गरता पनि प्रकाशित हुन
बाँकी अभिलेखहरू पनि रहेका छन । यहाका थुप्रै प्राचीन र मध्यकालका प्रतिमाहरूको
अध्ययन भएको छैन । यस भेगमा सम्पदा बिकास र बस्ती बस्नुको कारणको हालसम्म
अध्ययन अनुसन्धान नभएकोले यसैलाई अनुसन्धानको समस्या मानी यो शाधपत्र तयार
गरिएको छ । यस शोधको अनुसन्धान दर्शन (Research phliosophy) तथा सैद्धान्तिक
खाका रचनावाद÷ निर्माणवाद (constructivism) मा आधारित छ । यसलाइ विश्लेषणात्मक
विधिबाट परा गरिएको छ । निर्माणवादको दृष्टिकोणमा ज्ञान(Epistemology) व्यक्तिको
अनुभव र घटनाहरूबाट निर्माण हुने गर्दछ तथा विषयगत सत्यता (subjective reality)
बोकेको हुन्छ । प्रस्तुत शोधमा बलम्वु क्षेत्रमा बस्ती बस्नु र सांस्कृतिक सम्पदाको विकास
हुनाका कारण खोजी गर्दा स्थानीय तथा विज्ञहरूवाट अन्तर्वार्ता र छलफलका माध्यमवाट
सत्यताको नजिक पुग्न खोजिएको छ । सत्य (ontology) सामाजिक रूपले मानिसको
दिमागमा निर्माण हुन्छ र सत्य निरपेक्ष हुन्छ भन्ने मान्यता छ । तसर्थ प्रस्तुत अनुसन्धानमा
विषयगत सत्य अनुभवसिद्ध व्यक्ति र विज्ञहरूको धारणाभित्रबाट खाजिएको हो ।
अनुसन्धानको मूल्य मीमांसा (Axiology) सांस्कृतिक सम्पदा भएकोले यो कलासँग
सम्बन्धित रहेको छ । यसको विधिशास्त्रमा गुणात्मक अनुसन्धान विधि अवलम्बन गरिएको
छ । यस शोधमा अनुसन्धान ढाँचा बिषयवस्तको प्रकृतिको दृष्टिले गुणात्मक रहेको छ ।
यसमा सत्यको खोजी गर्न प्राथमिक तथा द्वितीयक दुवै प्रकारका तथ्याङ्क प्रयोग गरिएका छन
। प्राथमिक तथ्याङ्कहरू स्थलगत रूपमा सहभागितामूलक अवलोकन गरी सङ्कलन गरिएको छ
। यसैगरी स्थानीय सरोकारवाला र विज्ञहरूबाट अन्तर्वार्ता लिएर पनि प्राथमिक तथ्याङ्क
संकलन गरिएको छ । अन्तर्वार्ताको लागि प्रश्नको छनौट भने उद्देश्यमूलक नमूना छनौट
पद्वतिबाट गरिएको छ ।
बलम्वु क्षेत्रका सांस्कृतिक सम्पदाको अध्ययनका क्रममा प्रकाशित तथा
अप्रकाशित पुस्तक, लेख, रचना र शोधपत्रहरूलाई द्वितीयक स्रोतका रूपमा प्रयोग गरिएको
छ । तिनीहरू त्रि.वि. कन्द्रीय तथा अन्य पुस्तकालय र वेभसाइटहरूबाट संकलन गरी प्रयोग
गरिएको छ । अनुसन्धानलाई प्रभावकारी र विश्वसनियता बनाउन त्रिकोणात्मक विधिलाई
अवलम्बन गरिएको छ । प्रस्तुत अनुसन्धान आगमन विधिको प्रयोग गरी तथ्यहरूको
विश्लेषणबाट नयाँ ज्ञानको प्रतिपादन गरिएको छ ।
लिच्छविकालीन मूर्ति तथा शिलालेखको अध्ययनबाट बलम्वु क्षेत्रमा
प्राचीनकालदेखि बस्ती विस्तार भएको कुरा थाहा हुन्छ । काठमाडौं खाल्डो पानीले भरिएको
बेला नै गोपालवंश तथा महिषपालवंश यस क्षेत्रमा बस्न आएको कुरा विभिन्न
आख्यानहरूबाट संकेत पाइन्छ । त्यसैले काठमाडा उपत्यकाका प्रारम्भिक सभ्यताको केन्द्रका
रूपमा थानकोट तथा मातातीर्थ क्षेत्रलाई लिन सकिन्छ । मञ्जुश्रीले जलमग्न उपत्यकाको
पानी चोभारबाट बाहिर बगाएको किंवदन्ती स्वयम्भू पुराणमा तथा श्रीकृष्णले चोभारको
डाडाकाटी उपत्यकाको पानी बगाएको किंवदन्ती नेपाल महात्म्यमा उल्लेख भएकाल पहिल
उपत्यका जल मग्न रहेको संकेत गरेको छ । वैज्ञानिक खोजिका आधारमा समेत यहा तलाउ
रहेको पुष्टि भएका देखिन्छ । उपत्यकामा बसोवास योग्य भएपछि प्रारम्भमा थानकोट,
किसिपिडी, बलम्वु, सतुंगल र मातातीथतिर बसोवास सरू भएको स्पष्ट छ । यसरी
उपत्यकाको प्रारम्भिक इतिहास हेर्दा गोपाल र महिषपालकालदेखि नै यहा बस्ती बसेको
स्पष्ट देखिन्छ ।
बलम्वु र आसपासका क्षेत्रमा ईशाको दोश्रो, तेश्रो तथा चौथो शताब्दीतिर
निर्मित प्रस्तर मूतिहरू पाइएकाल पनि यो क्षेत्रमा प्राचीनकालमा नै सम्पदाको विकासक्रम
सुरू भईसकेको स्पष्ट हुन्छ । यस भेगमा ईशाको चौथो शताब्दीको शिवमूर्ति तथा
लिच्छवीकालीन नौवटा शिलालेखहरू पनि पाइएका छन । यस भेगमा मध्यकाल र
शाहकालका थुपै देवदेवीका प्रतिमा र अभिलेखहरू पनि पाइएका छन । यसरी बलम्वु भेग
मर्त सांस्कृतिक सम्पदाले भरपुर छ ।
प्रस्तुत अनुसन्धानका क्रममा बलम्व क्षेत्रका विभिन्न युगका सम्पदाहरू पाइएका
छन । यहाका यस्ता सम्पदामा प्राचीन वस्तीका अवशेषहरू, मठमन्दिरका अवशेषहरू पुराना
कलाकृति र अभिलेखहरू रहेका छन । हालसम्म यहां लिच्छविकालदेखिका कलाकृति पाइएका
छन । यस भेगमा मध्यकाल र आधुनिककालका पनि अभिलेख प्रतिमा र मठमन्दिरहरू
लगायतका वास्तुहरू उपलब्ध छन ।
बलम्वु क्षेत्रमा गोपाल आभिर र किरातकालमा बस्ती बसेको संकेत यहाका
पुराना अवशेषहरूका आधारमा पाइन्छ । यहा बस्ती बस्न लागेपछि सांस्कृतिक सम्पदाको
पनि विकास भएको हो । हुन त बलम्वु क्षेत्रमा गोपाल, आभिर र किरातकालका मान्न
सकिने वास्तु र प्रतिमाहरू पाइएका छैनन । यस क्षेत्रमा लिच्छवीकालका नौ वटा अभिलेख
र देवीदेवताका प्रतिमाहरू पाइएका छन । यहाकै अभिलेखले पहिलो पटक किरातहरूको
शासनको संकेत गर्ने विवरण दिएका छन । जस्तो नेपालमा लिच्छवीभन्दा अगाडि
किरातहरूले शासन गर्दथे भन्ने कुरा तत्कालका अभिलेखमा पाइने लिडग्वल, माप्चोक,
शुल्ली र कुथेर जस्ता शब्दहरू जसको प्रयोग यसै भेगका लिच्छवीकालका अभिलेखमा
गरिएका छन । यसको अर्थ किरातकालमा पनि यस भेगमा बस्ती बसेको र सम्पदाको
विकास सरू भएको थियो भन्ने हुन्छ । यस भेगमा मध्यकाल र आधुनिककालका पनि
निरन्तर रूपमा बस्ती विस्तार र सम्पदाको विकास भएको पाइएको छ ।
