Nepalese History Culture & Archeology

Permanent URI for this collection

Browse

Recent Submissions

Now showing 1 - 20 of 101
  • Item
    Effects of earthquake-2015 on Trans Border Trade:a study of Tatopani, Sindhupalchowk
    (2024) Dhungana, Madan; Ramesh Raj Kunwar
    Available in fulltext
  • Item
    नेपाल भारतवीच उच्चस्तरीय भ्रमणहरुकाे आदान प्रदान २००६-२०१९ { Nepal bharatbich uchhastariya bharmanharuko aadan pradan 2006- 2019}
    (2009) भुसाल, हरि प्रसाद Bhusal, Hari Prasad; भवेश्वर प‍‍‌गेनी Bhabeswar pngeni
    Not available
  • Item
    Educational outreach programs: A study of national museum of Nepal
    (2024) Subedi, Anoj; Pashupati Nyaupane
    Not available
  • Item
    काठमन्डाै‌‍मा प्रचिलत य; सि पराम्पराकाे साँस्कृतिक अध्ययन { Kathmanduma parchalit y; sa paramparako saskritik adhyayana}
    (2024) बज्राचार्य, सन्ध्य Bajracharya, Shandhya; सन्ध्या खनाल Shyandha Khanal
    Available in fulltext
  • Item
    खलंगा, प्यूठानको नेवारी समाज र संस्कृति एक विवेचना {Khalanga, Pyuthanko Newari samaj ra sanskriti eak bibechana}
    (2008) श्रेष्ठ, सुशीला Shrestha, Sushila; प्रेमकुमार खत्री Prem Kumar Khatri
    Not available
  • Item
    चन्द्रागिरिस्थित शोणितपुर क्षेत्रको संस्कृति र परम्परा {Chandragiristhit Sonitpur kshetrako sanskriti ra parampara}
    (2024) लुइँटेल, सुस्मीता Luintel, Sushmita; पुनम राज्यलक्ष्मी राणा Poonam Rajyalakshmi Rana
    प्रस्तुत शोधको शीर्षक ‘चन्द्रागिरिस्थित शोणितपुर क्षेत्रको संस्कृति र परम्परा’ रहेको छ । सांस्कृतिक तथा पुरातात्विक दृष्टिले समेत महत्वपूर्ण रहेको चन्द्रागिरिको ४ नं वडामा पर्ने शोणितपुर क्षेत्रको संस्कृतिले पौराणिक समयको झल्को दिने गरेको छ । यहाँ अझैसम्म पनि जारी रहेका टाउको लुकाउने जात्रा, महालक्ष्मी जात्राजस्ता अमूर्त सांस्कृतिक परम्पराले यो क्षेत्र पाराणिक समयदेखि नै बसोबासको क्षेत्र थियो भन्ने आधारहरु देखाएको छ । काठमाडौंका विभिन्न क्षेत्रका नेवारी समुदायको तुलनामा यो क्षेत्रको संस्कृति भिन्न रहेको भेटिएको छ । यहाँको क्षेत्रमा काठमाडौंको कोर नेवारी समुदाय र उपत्यका बाहिरका अन्य जातिको संस्कृतिको सम्मिश्रण भेटिन्छ । यद्यपि सांस्कृतिक पद्धति र मान्यताको आधारमा हरेक संस्कृतिको मौलिक अर्थ रहेको भेटिएको छ । शोणितपुर क्षेत्र ऐतिहासिक दृष्टिले प्राचीन समयदखि नै महत्वपूर्ण क्षेत्र हो भन्ने पुरातात्विक प्रमाणले पुष्टि गरिसकेको छ । यहाँको आदिनारायण मन्दिरमा भेटिएको शिलालेखले यो क्षेत्रबाट नै नेपालमा सनदपत्र वा प्रशासनिक राजाज्ञाको सुरुवात भएको थियो प्रमाण भेटिन्छ । साहित्यक स्रोतलाई आधार मान्ने हो भने यसको प्रमाण पौराणिक रुपमा द्वापर युगसम्मको भेटिन्छ । प्राचीनकालीन सुप्रभानगरीका तत्कालीन दैत्यराज वाणासुर अति वीर पराक्रमी हुनुकासाथै शिवभक्त भएकाले भगवान पशुपतिनाथको आराधनाबाट वरदान पाई आफ्नो राज्य स्वर्णमय (सुनैसुनको) बनाएका थिए। उनको घमण्डको अगाडि कसैको केही लाग्दैनथ्यो । त्यसैले उनले आफनी अति सुन्दरी छोरी राजकुमारी उषालाई जलक्रीडाका लागि तत्कालीन नेपाल खाल्डोलाई जलमग्न (ताल) बनाई दिए । राजकुमारी उषाले एकदिन सपनामा देखिएकी युवक मनपराएकीले उनैसँग बिहे गर्ने अठोट गरिन र उक्त कुरा आफना बाबु वाणासुरलाई सुनाइन । तर सपनामा देखिएका ती युवक को हुन, कहाँका हुन केही अत्तापत्तो थिएन । तापनि वाणासुरले आफ्नी प्यारी छोरीको लागि अप्सरा चित्रलेखा (राजकुमारी उषाकी १०० जना सुसारेमध्येकी अति मन मिल्ने शयन कक्ष समेतमा रहने सुन्दरी) लाई बोलाई राजकुमारी उषाले हुलिया बताए अनुसारको चित्रलेखाले चित्र कोर्दा ती युवकको अनुहार द्वारिका नगरीका अनिरुद्र (भगवान श्रीकृष्णका नाति) सँग ठयाक्क मिलेकोले रातारात चित्रलेखालाई समेत पठाई अनिरुद्रलाई लिन पठाए । राती सुतिरहेका अनिरुद्रलाई खाट समेत उठाई अपहरण गरी ल्याएर शोणितपुरमा लुकाएर राखे । त्यो कुरा भगवान श्रीकृष्णले थाहा पाएर वाणासुरसँग लडी उनको धमण्ड चकनाचुर पारिदिए भन्ने पौराणिक मान्यताले यो क्षेत्र द्वापरयुगदेखि नै महत्वपूर्ण रहेको थियो भन्ने साहित्यिक स्रोतबाट पुष्टि हुन आउँछ । प्रस्तुत शोधको मूल लक्ष्य शोध समस्यासँग सम्बद्ध क्षेत्रमा विद्यमान रिक्तताको परिपूर्ति गर्नु र तत्सम्बद्ध नवीन ज्ञानको निर्माण गर्नु हो । यस शोधमा शोणितपुर क्षेत्रको पहिचान गरी त्यहाँको ऐतिहासिकता, भौतिक संस्कृति र अभौतिक संस्कृतिको बारेमा खोजी गर्नु थियो । जसले आगामी दिनमा शोध गर्न चाहनेहरुको लागि पृष्ठपोषण प्रदान गर्नु र यो क्षेत्रका थप समस्याको बारेमा जानकारी दिनु यस शोधको औचित्य हो । प्रस्तुत शोध कार्यमा गुणात्मक विधि प्रयोग गरी यस अन्तर्गतका वर्णनात्मक र विवरणात्मक पद्धतिबाट तथ्यको व्याख्या विश्लेषण गर्नुका साथै स्वानुभाविक विधिको समेत उपयोग गरिएको छ । शोधको अध्ययन समयमा व्यवस्थित हिसाबले कतिपय जात्रा पर्व र संस्कृतिको प्रत्यक्ष अवलोकन गरिएको छ भने यस शोधका लागि शोधार्थीले यसअघि विभिन्न जात्रामा सहभागी भएर अवलोकन र तथ्यांक संकलन गरेको थियो । शोधको मूल ढाँचा गुणात्मक भएकाले यसको प्रकृति विश्लेषणात्मक छ । शोधको विषयलाई दार्शनिक चिन्तन, सैद्धान्तिक मान्यता, सामाजिक परिवेश र सामाजिक मान्यता जस्ता विशेषताले प्रभाव पारेको छ ।
  • Item
    लिच्छविकालका अभिलेखमा प्रयुक्त संवत् {Lichchhabikalka abhilekhma prayoukta sambat}
    (2023) राजव‌शी, श्यामसुन्दर Rajbanshi, Shyamsundar; रन्जना बज्रचार्या Ranjana Bajracharya
    अनुसन्धान सार यो अनुसन्धानलिच्छविकालका अभिलेखमा प्रयुक्त संवत्को विषयमा गरिएको विस्तृत विवरणात्मक, विश्लेषणात्मक तथा तुलनात्मक ढंगको अध्ययन हो । नेपालसंवत्को प्रादुर्भाव हुनुभन्दा अघिको ८०२ वर्षको पूर्णअवधिलाई प्राचीनकाल अथवा लिच्छविकाल भनेर पनि मान्न सकिन्छ । त्यस्तैगरि लिच्छविकालको अभिलेखलाई लिच्छवि अभिलेख तथा त्यसवखत चलेको लिपिलाई लिच्छवि लिपि र त्यस बखत चलेको संवत्लाई लिच्छविसंवत् मान्नमा कुनै कठिनाई देखिएको छैन । यी लिच्छवि अभिलेखमा प्रयोग भएका संवत्लाई यहाँ लिच्छविसंवत्को परिभाषा भित्र राखी अध्ययन गरिएको छ । यही लिच्छवि संवत्को बारेमा बिभिन्न स्वदेशी तथा विदेशी विद्वानहरूको पनि इतिहासको कालक्रमलाई मिलाउनका लागि कसरत गर्दै अनेकौं प्रयासहरू हुँदै आए तर ती प्रयासहरू जम्मै मतमतान्तरमा मात्र सीमित रहन पुगे । ती मतहरू मध्ये कसैले अभिलेखमा भएका तिथि मिति प्रकरणमा बार उल्लेख भएको तर्फ , कसैले अधिकमास उल्लेख भएको तर्फ, कसैले महिनाको शुरु चैत्र हो कि कार्तिक हो भन्ने तर्फ आकर्षित भएर, त कसैले छिमेकी मुलुकको घटनासँग जोडेर आफनो विचार तथा धारणाहरू अघि सार्दै आए । यो अध्ययनलाई यहाँ सातवटा अध्यायमा विभाजन गरेर एउटा स्वरुप दिइएको छ । ती अध्यायहरूमा पहिलोमा शोध परिचय, दोस्रोमा पूर्व प्रकाशित कृतिहरूको समीक्षा तेस्रोमा संवत् मितिको सिद्धान्त चौथो अध्यायमा प्राचीन अधिमास सिद्धान्त पाँचौंमा संवत्हरूको इतिहास छैठौँमा लिच्छवि अभिलेखको संवत् र सातौँ अध्यायमा निष्कर्ष र सुझाव रहेको छ । यी अध्याय मध्ये पाँच अध्यायमा मुख्य विषय वस्तु समावेश गरिएको मुख्य अंग हुन् । यी अध्यायहरू एक अर्को अध्यायसंग सम्वन्ध जोडिएका छन् । इतिहास संस्कृतिको लागि संवत् अलि संवेदनशील विषय छ । तसर्थ संवत् बिनाको इतिहास र संस्कृतिको अध्ययन संभव नै नभएकोले यसमा धेरै विचार गरी आफ्नो अभिव्यक्ति दिनु परेको छ । नेपालमा प्रामाणिक इतिहासको थालनी भनेकै अभिलेखमा संवत् मिति स्पष्ट पाइएकोले हो । परन्तु अभिलेखहरूमा अहिले जस्तो संवत्को नाम नै खुलाउने चलन त्यो बेला नभएकै कारण अनेक किसिमको भ्रमले खेल्ने मौका पाई आएको हो । यद्यपि अभिलेखहरूमा अधिमास, वार, नक्षत्र जस्ता अवयवको रुपमा आएको प्रकरणले उचित बाटो देखाउन मद्दत गरेको हुँदा यी पक्षको पनि अध्ययन भएका छन् । अर्को कुरो जसरी विक्रमसंवत् शकसंवत् इस्वीसंवत् लिच्छविसंवत् मानदेवसंवत् जस्ता संवत्का नाम देखा परे तर त्यति बेला यसरी कुनै पनि संवत्का नाम उल्लेख गर्ने चलन थिएन । लिच्छविकालमा चलेको संवत् भन्ने अर्थमा लिच्छविसंवत भन्न सकेको मात्र हो । लिच्छविकालका अभिलेखमा प्रयोग भई आएका संवत्को विश्लेषणात्मक अध्ययन अनुसन्धान गर्दा पहिलोमा पूर्व प्रकाशित कृतिहरूको समीक्षा दोस्रोमा तत्कालीन अभिलेखहरूमा तिथिमितिको प्रयोग भए तापनि संवत् मात्र किन भनियो ? किन यसको पहिचान आवश्यक भएको हो ? यस किसिमले पहिचानको महत्व कस्तो छ ? आदिको अनुसन्धान गरिएको छ । पूर्व प्रकाशित कृतिहरूको समीक्षामा अनुसन्धानकर्ताहरूले के कस्ता ?कुरामा ध्यान दिइएको रहेछ त्यसको अध्ययनबाट, विज्ञहरूको अन्तर्वार्ताको आधारबाट, स्थलगत सर्वेक्षणबाट प्राप्त जानकारीको आधारबाट अनुसन्धान गरिएको छ । तेस्रो र अन्तिम रुप अनुसन्धानकर्ताले खोजेको अनुसन्धान सामग्रीहरूको बारेमा छलफल गरिएको छ । सवै अध्यायको साराँश पनि प्रस्तुत गरिएको छ । यस अध्ययनमा यदाकदा थोरै स्थानमा प्रश्नावलीको उत्तर प्रस्तुत गर्ने क्रममा परिमाणात्मक पनि भएको छ । अनुसन्धानको क्रममा अध्ययन क्षेत्र सालमिति युक्त १०६ वटा लिच्छविकालका अभिलेखहरूका मितिलाई मात्र यस शोधमा लिन खोजिएको र ती अभिलेख पहिले नै प्रकाशित भैसकेकोले यी अभिलेखको लागि अवलोकनको खासै जरुरी भएन । यसप्रकार नेपालसंवत्मा ८०२ जोडे पछि लिच्छविकाल देखिको इतिहास उभिन आउंने हुन्छ । अझ यसलाई स्पष्टसँग खुलासा गर्नुपर्दा लिच्छविसंवत् ८०३ अर्थात नेपालसंवत् १ भनेको नै यो शक ८०१ को कार्तिकदेखि शक ८०२ को आश्विन तक रहने , इ.सं.बाट भन्दा ८७९ को अक्टोवरदेखि ८८० को सेप्टेम्वरसम्म रहने र वि.सं बाट भन्नु पर्दा ९३६ कार्तिकदेखि ९३७ आश्विन तक रहनु मै यस अध्ययनसंग आधार जोडिएको छ । विगतमा अघिका इतिहासकारहरूले शकसंवत् र मानदेवसंवत्को आधारमा कालक्रम जुन बनाउन खोजेका थिए त्यसमा पनि शकपूर्व २ हुनु पर्नेलाई शक मानेर २ वर्षको कद घटाएर मिलाउन खोज्दा स्वाभाविक रुपले धेरै ठाउँमा बाधा आउने गरेको र पछि ५२९ लाई ५२७ को सट्टा २९ हुँदै आएको सालमाथि साल खप्ट्याई दिँदा नेपालसंवत्को उठानसम्ममा प्रत्यक्ष असर पर्न गएको देखिन आएको नै अध्ययनको विषय बनाइएको हो । किनभने त्यो प्रत्यक्ष असर शकसंवत्बाट भन्दा ८०१ को कार्तिकमा नेपालसंवत् उठान भएको त्यस्तै लिच्छविसंवत्बाट भन्दा ८०३ कार्तिकमा नेपालसंवत् उठान भएको बिन्दु एउटै भएको तिर ध्यानाकृष्ट हुनसकेन । यस अध्ययनमा समग्र तथ्यहरू विवेचना प्रस्तुत गरिएको छ ।
  • Item
    Repatriation of last image (2021-2022)
    (2024) Tamrakar, Diana; Tina Manandhar
    Not available
  • Item
    काठमाडौं उपत्यकाका राजोपाध्याय समुदायको सांस्कृतिक अध्ययन {Kathmandu upatyakaka rajopadhyay samudayako sanskritik adhyayan}
    (2023) राजोपाध्याय, श्रीलोचन Rajopadhyay, Srilochan; तिना मानन्धर Tina Manandhar
    काठमाडौं उपत्यकाका राजोपाध्यायको सांस्कृतिक अध्ययन समिक्षात्मक रुपमा विश्लेषण गरिएको छ। शोध प्रबन्धमा उपत्यकामा कहिले देखि राजोपाध्याय रहेको र उनीहरुको सांस्कृतिक पक्षको विश्लेषण भएको छ । प्रसारवाद र संरचनात्मक प्रकार्यवादको सिद्धान्त अनुसार यसको निष्कर्ष निकालिएको छ । हिन्दू नेवार जातिमा जजमानी गर्ने राजोपाध्यायलाई उपाध्याय ब्राह्मण, द्यः ब्रह्मू, देउ भाजु र देव ब्राह्मण भन्छन । शाब्दिक अर्थमा राज र उपाध्याय शब्दको मिश्रण नै राजोपाध्याय बनेको हो । राजाको कुमार ‘राजकुमार’, राजाको दरवार ‘राजदरवार’ जस्तै राजाको उपाध्याय, राजउपायध्याय हो । नेपाली व्याकरण अनुसार यसमा ‘ज’ र ‘उ’ को सन्धि भई ‘जो’ भएको हो । मल्लकालिन पशुपतिमा रहेको जयसिंहरामवद्र्धनको अभिलेखमा ‘राजोपाध्याय’ पहिलोपटक लेखिएको हो । नेवार जाति भित्र उपजाति राजोपाध्यायको मुख्य पेशा जजमानी हो । यिनीहरुको लिच्छवि देखि काठमाडौं उपत्यकाभित्र रहेको मानिन्छ । राजा हरिदत्त वर्माले स्थापना गरेका चार मध्ये तीन वटा नारायण मध्ये चाँगु, इचंगु र शेष नारायणमा राजोपाध्याय नै मूलपुजारीका रुपमा छन । मध्यकाल राजाका गुरु तथा राजपुरोहितको दर्जा पाएको राजोपाध्यायहरुले शासन परिवर्तनसँगै पूर्ववत पद गुमाए । यस शोधको अनुसन्धान दर्शन (च्भकभबचअज एजष्यिकयउजथ) तथा सैद्धान्तिक खाका रचनावाद÷ निर्माणवाद (Constructivism) मा आधारित विश्लेषण भएको छ । अनुसन्धानमा वर्णात्मक तथ्यांकहरुको प्रयोग गरिने हुनाले यो गुणात्मक अनुसन्धान (Qualitative Resarch) हो । यसै गुणात्मक विधि अन्तर्गत इन्थोग्राफी (Ethnography) अध्ययन विधि प्रयोग भएको छ । निर्माणवादको दृष्टिकोणमा ज्ञान (Epistemology) व्यक्तिको अनुभव र घटनाहरूबाट निर्माण हुने गर्दछ । विषयगत सत्यता (Subjective Reality) बोकेको हुन्छ । प्रस्तुत शोधमा राजोपाध्याय कहिले देखि काठमाडौं उपत्यकाभित्र रहयो, उनीहरुको सांस्कृतिक पक्ष र आएका परिवर्तन कारणको खोजी हो । यसै सम्वन्धित विषयका विद्वान र छलफलका माध्यमवाट सत्यताको खोजी गरिएको छ । सत्य (Ontology) सामाजिक रूपले मानिसको दिमागमा निर्माण हुन्छ । घ अण्नुसन्धानको मूल्य मीमांसा (Axiology) राजोपाध्यायले हिन्दू नेवारहरुको घरमा जजमानी गर्छन । सत्यको खोजी गर्न प्राथमिक तथा द्वितीयकका तथ्याङ्क प्रयोग गरिएको छ । प्राथमिक तथ्यांकहरु स्थलगत रुपमा सहभागितामूलक अवलोकन गरी संकलन गरिएको छ । अन्तर्वार्ताको लागि प्रश्नको छनोट भने उद्देश्यमूलक नमूना छनोट पद्धतिवाट भएको छ । अध्ययनको क्रममा प्रकाशित तथा अप्रकाशित पुस्तक र लेख रचनालाई द्वितीयक स्रोतको रुपमा प्रयोग गरिएको छ । त्रि.वि.केन्द्रिय पुस्तकालय र वेभसाइटहरुवाट पनि संकलन गरी प्रयोग भएको छ । प्रस्तुत अनुसन्धान आगमन विधिको प्रयोग गरी तथ्यहरूको विश्लेषणबाट नयाँ सत्यको प्रतिपादन गरिएको छ । ने.सं २४२ को वंशावलीमा मखन टोलका राजोपाध्याय परेको छ । जयस्थिति मल्लको जातिय व्यवस्थामा तत्काल उपाध्याय ब्राह्मण उच्च वर्गमा थिए । यिनै उपाध्याय ब्राह्मणलाई पनि राजोपाध्याय भनिएको छ । राजोपाध्याय सम्वन्धि भारतको कान्यकुब्ज ब्राह्मणको चर्चा छ । स्वदेशी तथा विदेशी विद्वानहरुले हिन्दू नेवार कहाँ पुरोहित्याई गर्ने राजोपाध्यायका पुर्खज कान्य कुब्जलाई मानेका छन । भक्तपुरको एक वंशावलीमा उल्लास राजलाई उनीहरुको पुर्खाको रुपमा देखाइएको छ । यसैगरी, हरिसिंह देवले आफनो इष्ट देवता तलेजु भवानीसँगै ल्याउँदा ब्राह्मणहरु पनि सँगै आएका भनाई छ । भक्तपुर र ललितपुरको तलेजुको मूलपूजारी राजोपाध्याय हुन । तलेजुका मुख्य पूजारीहरुले आफू मध्यकालदेखि पूजा गर्दै आइरहेको मान्छन । काठमाडौं उपत्यकाको दरवार परिसरलाई मुख्य बासस्थान बनाएका राजोपाध्यायले तीन वटा मुख्य गोत्र प्रयोग गर्छन । भारद्वाज, कोशिक र गाग्र्य गोत्र हुन । मध्यकालमा विकसित भएका संस्कार राजोपाध्यायहरुले पछयाउँदै आएका छन् । नेवार समाजभित्र हुलमेलका कारण उनीहरुले नेपाल भाषालाई मातृ भाषाका रुपमा प्रयोग गर्छन । सामाजिक संगठन ढाँचामा राजोपाध्याय संयुक्त परिवामा वस्छन । हिन्दू नेवारहरुको संस्कृति अपनाएका राजोपाध्यायहरुले जन्म देखि मृत्युसम्मका संस्कार शास्त्रले निर्देशन गरेको अनुसार गर्छन । वेल विवाह (इही), बाह्रा तयेग, सूर्यदशर्न), चुडाकर्म, व्रतवन्ध र विवाह संस्कार अन्य हिन्दू नेवारहरुको भन्दा फरक छ । मृत्यु संस्कारमा काठमाडौं, भक्तपुर र ललितपुरमा केही फरकता छ । मृत्यु संस्कारको १२ औँ दिनमा पाक श्राद्धसहित संपिण्ड श्राद्ध गर्नुपछ । पाक श्राद्ध अन्य नेवार जातिहरुमा गर्नु पर्देन । पाक श्राद्धमा बोकाको टाउकोको विभिन्न अंग पिण्डमा राखिन्छ । ङ आधुनिककरण र परसंस्कृतिको प्रभावले ४०–५० वर्ष भित्र राजोपाध्याय समुदायको संस्कार धेरै परिवर्तन आएको छ । विवाह, मृत्यु, इही, बाह्रा तयेगु, चुडाकर्म, व्रतवन्ध तथा पास्नी जस्ता महत्वपूर्ण संस्कार छोटकरीका रुपमा भइरहेको छ । संस्कृति शिक्षाको अभावका कारण यूवा पुस्तामा जजमानी कामप्रति आकर्षण कमी देखिएको छ । यद्यपि, यो शोध राजोपाध्याय सम्वन्धी पूर्ण होइन । अझ पनि यसमा थप अनुसन्धान हुन बाँकी छ ।
  • Item
    Women's property right in Nepalese society with reference to Manabanayasastra and civil codes
    (2024) Thapa, Sabita; Poonam Rajaya Laxmi Shah
    The study has explored the property right of women in ancient to modern Nepal. This study has focused on the women’s property right which was mentioned in Manabanayasastra and later civil codes which was enacted in medieval and modernperiods of Nepal. The study overviews the way of acquiring property which can be through gifts, through in heritance, and through work/earnings. This research is entitled “Women's Property Right in Nepalese Society with reference to Manabanayasastra and Civil Codes”. Tostudy the concept of Woman’s property right mentioned in Hindu laws, to examine the women’s property right as mentioned in Manabanayasastra and its acceptances in later codes and to analyze, compare and find the changes in women’s property rights in later was the objectives of this research. This research is based on the qualitative method of research. The research is based on secondary data collected from sources are books, Journal, articles available in different libraries and research centers. This is more descriptive than analytical. This dissertation is prepared on the basis of Functionalist theory approach theories. The Functionalist theory of Emile Durkheim and Historical theory of Sir Henry Mine. This study will serve as a valuable resource for individuals and organizations involved in the relevant subject. Additionally, the government of Nepal will find it helpful indeveloping the required policy program regarding parental property rights. This study has covered a wide range of topics related to parental property rights, including the definitionof property, how it is seen and used in Hindu law, and the rights that are safeguarded by Manabanayasastra and laws. Partition of inheritance, and Stridhan were regarded as a property right of women as mentioned in Hindu Law andalso mention in Manabanayasastra. It was a significant legalcode for the development of property right of Nepal. Only unmarried daughter had sharein their father’s property, however married women had no shares in father property., a women had no direct share in her husband property and Stridhan is the property right of women which is absolute right which was mentioned in Manabanayasastra. We can see the influences of Manusmiriti, religious text. Dharmasastra, custom and culture in Manabanayasastra . There are unequal laws on Inheritances, only unmarried daughters are vii entitled, and these legal provisions were also followed by Muluki Ain 2020 B.S and civilcode 2074. Laws particularly on the property rights of women from Manabanayasastra , Muluki Ain1910 followed by Muluki Ain 2020 to Muluki civil code 2074, it seems that law has beendeveloped progressively in the matter of the property rights of the women. We can see a huge improvement on the development of property rights of women thisdoes not only indicate the development of the property laws but also the development ofthe standard of women of Nepal. But the provision guaranteed by Manabanayasastra was continuously adopted and changes as per the need and demand of the society. Theproperty rights of women have now empowered women not just with the property ormines but also with the equality and equal dignity-as-men Law evolves gradually andsilently out of interactions with social facts or conventions and bears, in due course oftime, a character of law originates, grows and dies with the given society. The customary practices of society are, therefore, the best sources of law. Likewise, ourlaws evolve in our society as changing nature of society. It has thus proved that customs play a decisive role in shaping the structure of law, and as a decisive factor, it leads to the development of law towards social acceptability. So, we can see lots of progressive development and changes in the law relating to the property rights of women till the date.
  • Item
    A festival tourism product Trishul Jatra and its present status
    (2024) Subedi, Karuna; Pashupati Nyaupane
    Available in fulltext
  • Item
    पुर्वीया दर्शनमा आधारित अष्टाङ्ग योग {Purbiya darsanma aadharit astanga yoga}
    (2015) वस्नेत, डम्वर बहादुर Basnet, Dambr Bahadur; वीणा पाैड्याल
    Available in fulltext
  • Item
    नेपालकाे साँस्कृतिक पर्यटन विकासमा घरबास (Home Stay) काे भूमिका {Nepalko saskritik paryatan bikashma gharbas ko bhumika}
    (2015) पाेखरेल, विश्वमणि Pokherl,Bishwamani; बीणा पाैड्याल
    Available in fulltext
  • Item
    राष्ट्रिय सङ्ग्रहालय अन्तर्गत जुद्धजातीय कलाशालाको प्रदर्शनी व्यवस्थापनको अध्ययन {A Study of Exhibition Management of Juddhajati Kalashala under National Museum}
    (नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग, 2016) न्यौपाने Neupane, गोविन्द Gobinda
    Not available
  • Item
    भक्तपुरका प्रमुख मठहरू {Bhaktapurka pramukh mathharu}
    (नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग, 2012) हाडा Hada, रज्जु Rajju
    Available with full text
  • Item
    Conservation and management of archaeological heritage sites in the Eastern Terai of Nepal
    (Faculty of Humanities and Social Sciences, Nepalese History, Culture and Archaeology, 2023) Thapa, Abhijeet
    Available with full text
  • Item
    The intrigue of tourists towards thangka In Boudhanath area
    (Department of Nepalese History, Culture and Archaeology, 2023) Thapa, Ranjit Godar
    Not available
  • Item
    Historical significance and cultural aspects of the Ashok Vinayak in Kathmandu
    (Department of NeHCA, 2023) Banjara, Anup
    Not available
  • Item
    श्री राताे मच्छिन्द्रनाथ रथजात्राकाे सांस्कृतिक अध्ययन{Shree Rato Machchhindranath Rathjatrako Sanskritik Adhyayan}
    (नेपाली, इतिहास, संस्कृति तथा पुरातत्व विभाग, 2023) आचार्य Acharya, शंकर Shankar
    Available with full text
  • Item
    ललितपुर सानागाउँको ऐतिहासिक तथा सांस्कृतिक अध्ययन {Historical and cultural study of Lalitpur Sanagaon}
    (नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग, 2023) योञ्जन Yonjan, लक्की Lucky
    “सानागाउँको ऐतिहासिकता र संस्कृतिको अध्ययन” शीर्षक रहेको यस अध्ययनमा सानागाउँ नामन याँप्रचलनमा आएको नाम देखिन्छ साथै अर्को ‘सिद्धिपुर’ नाम पनि ने.सं. १००० को हाराहारी देखि मात्र प्रचलनमा आएको कुरा अभिलेखहरूले बताउँछ । यसको पुरानो नामथसि रहेको अभिलेखहरू प्रशस्त पाइएको हुनाले पहिले थसि नामले नै चिनिने गरेको प्रस्ट हुन्छ । यहाँ रहेका गणेश मन्दिर, महाकालको मन्दिर र कौमारीको मन्दिर धेरै पुराना देखिन्छन् भने महाकाललाई पछिल्लो समयमा भैरव भनीपूजा गर्ने गरेको देखिन्छ । गणेश मन्दिर यथावत् देखिन्छ भने कौमारी मन्दिरलाई नासद्यः कारूपमा पनि लिइने गरेको देखिन्छ । सबैभन्दा बढी शिलापत्र र ताम्रपत्र महाकालको देखिन्छ भने तत्कालीन समयका राजा योगनरेन्द्र मल्लको पालामा जीर्णोद्धार गरेको पाइन्छ । भारोहरू र भावोहरू दुवैले मन्दिरको जीर्णोद्धारमा भागलिएको देखिन्छ भने बालकुमारी जात्राका लागि गुठीको व्यवस्था गरेको देखिन्छ । यो जात्रा अहिलेसम्म पनि निरन्तर अघि बढेको देखिन्छ । यहाँको पुरानो चैत्य कुनहो भन्ने प्रष्ट नभएपनितधःननि टोलको चैत्य र पिननी टोलको चैत्य पुरानो देखिन्छ । शिलापत्रमा उल्लेख भए अनुसार खवाहर विहारको समीपमा चैत्य बनाइएको भन्ने उल्लेख हुनुले खवाहर विहार थसिमा थियो भन्ने ऐतिहासिक तथ्य प्राप्त भएको छ । तर अहिले खवाह र विहारको अस्तित्व देखिँदैन । प्रशस्त चैत्यहरू निर्माण हुनुमा मानिसहरूको धर्मप्रतिको अनुराग मान्नु पर्दछ । यहाँ कुनै पनि व्यक्तिले कुनै राम्रो कार्य गरेपछि चैत्य निर्माण गर्ने संस्कार बसेको देखिन्छ । तत्कालीन समयको पानीको अभावपूर्तिका लागि यहाँ इनार खन्ने र पानीप्राप्त गर्ने गरेको देखिन्छ । सानागाउँ पाटीपौवामा पनि धनी देखिन्छ । अहिले यी पाटीहरू भजन खलःमा परिणत भएको देखिन्छ । सानागाउँको चार ढोकाको अस्तित्व प्रायःलोप भइसकेको छ । नेवारहरूको बस्ती सानागाउँमा महर्जन, नेमकुल थरीका मानिसको बाक्लो उपस्थिति देखिन्छ भने उनीहरू पाटनबाट आई बसोबास गरेको विभिन्न अभिलेखहरूले प्रस्ट पार्छ । करिब ४ सय ५० वर्षअघिको इतिहास बोकेको सानागाउँलाई आदिनाथसँग पनि जोडेर हेरेमा अत्यन्तै प्राचीन बस्तीका रूपमालिन सकिन्छ तर अझै पुरानो इतिहास पत्ता लगाउन त्यहाँका वैद्यख्यः, क्वाठ आदि स्थानहरूमा उत्खनन् गरेमा ठोस प्रमाणहरू पाउन सकिने देखिन्छ । सांस्कृतिक नगरका रूपमा दाबी गरिने सानागाउँको परालबाट उत्पादित वस्तुहरूको उचित बजार व्यवस्थापन र यहाँको जात्रा र संस्कृतिलाई जगेर्ना गर्न सकेमा पर्यटकीय क्षेत्र बनाउन सकिने देखिन्छ ।