Nepalese History Culture & Archeology
Permanent URI for this collectionhttps://hdl.handle.net/20.500.14540/46
Browse
Recent Submissions
Item Ritualistic Ceremony in Thiden Tradition of Tulku in the Himalayan Buddhist Communities(2025) Sherpa, Dorjee Susil; Poonam Rajya Laxmi RanaNot availableItem भक्तपुरका जगन्नाथ मन्दिरहरूको सांस्कृतिक अध्ययन(2025) गाईजू, राजेश; सन्ध्या खनाल पराजुलीवैष्णव सम्प्रदायमा अवतारवादको सिद्धन्त छ । उक्त सिद्धान्तमा विष्णुका विभिन्न अवतारहरू रहेको उल्लेख पाइन्छ । विष्णुका अवतारले आ–आफ्नै उद्देश्य र धार्मिक महत्व बोकेका छन । उक्त अवतारहरूमध्ये भगवान कृष्णको अवतार विशेष रूपमा महत्वपूर्ण मानिन्छ । सामान्यतः विष्णु तथा उनका अवतारहरूलाई मानव समाजले विभिन्न अवसरमा पूजा–आराधना गर्दै आएका छन । देवोपासनाका निम्ति विभिन्न स्थानमा उक्त देवताका मन्दिरहरू निर्माण गरिएको हो । तिनै स्वरूपहरूमध्ये, भगवान कृष्णको परिवारसहितको मूर्ति समूहका रूपमा जगन्नाथ मन्दिर एक विशिष्ट उदाहरण मानिन्छ । बलराम, सुभद्रा, र कृष्ण (जगन्नाथ) जगन्नाथ मन्दिरका प्रमुख देवीदेवता हन । जगन्नाथ परम्परा विशेषतः पौराणिक पूजा पद्धतिमा आधारित छ । जसको उदभव र विकास १२ औँ शताब्दीको मध्यतिर भारतको उडिसा राज्यस्थित पुरी क्षेत्रमा भएको हो । चोडगंगदेवले स्थापना गराएको पुरीको जगन्नाथ मन्दिरमा काठका चारवटा मूर्तिहरू बलराम, सुभद्रा, जगन्नाथ (कृष्ण), र सुदर्शन चक्र पूजा गरिन्छ । यस सम्प्रदायमा नवकलेवर संस्कार नामक अनुष्ठानअन्तर्गत नियमित समय अन्तरालमा पुराना काठका मूर्तिहरूलाई विधिपूर्वक जमिनमुनि दहन गरी नयाँ मूर्तिहरू निर्माण गरी उक्त मूर्तिहरूलाई मन्दिरको गर्भगृह स्थित रत्नवेदीमा प्रतिस्थापन गरिन्छ । यस प्रक्रियामा पुराना मूर्तिबाट ब्रह्मपदार्थ निकालेर नयाँ मूर्तिमा प्रतिष्ठित गर्दछन । यो ब्रह्मपदार्थलाई नै भगवान जगन्नाथको जीव वा कृष्णको मुटुको रूपमा लिइन्छ । त्यो जगन्नाथ ‘जीवित देवता’ हुन भन्ने मान्यताको प्रतिक हो । मन्दिरमा दैनिक पूजापाठसँगै हरेक वर्ष विभिन्न महत्वपूर्ण पर्व तथा जात्राहरू पनि भव्य रूपमा सम्पन्न गरिन्छन । महास्नान, अनासर÷अनावसर संस्कार, रथयात्रा आदि जगन्नाथ परम्पराका प्रमुख धार्मिक अनुष्ठानहरू हुन । यस्ता परम्पराहरू भारतको पुरी क्षेत्रबाट प्रचार–प्रसार हुँदै अन्य स्थानहरूमा फैलिएको हो । सोही क्रममा १६ औँ शताब्दीको मध्य तिर नेपालमा पनि जगन्नाथ सम्प्रदायको प्रसार भएको देखिन्छ । जसले यहाँका सांस्कृतिक तथा धार्मिक अभ्यासहरूमा विशेष प्रभाव पारेको पाइन्छ । भक्तपुर नेपालमा जगन्नाथ सम्प्रदायको केन्द्र हो । नेपालको सर्व प्राचीन जगन्नाथ मन्दिर भक्तपुरमा पाइन्छ । भक्तपुरबाट नै नेपालका अन्य क्षेत्रमा प्रसार र स्थापना भएका हुन । त्यसैले भक्तपुरलाई जगनाथ सम्प्रदायको केन्द्रको रूपमा मानिएको हो । भक्तपुरको तुलाछेँ टोलको जगन्नाथ मन्दिर जगन्नाथ सम्प्रदायको सर्व प्राचीन मन्दिर मानिन्छ । जगनाथ सम्प्रदायको हालसम्म पाइएको सर्व प्राचीन हस्तलिखित स्रोत अनुसार नेपाल सम्वत ६६३ मा प्राणमल्लको समयमा यस मन्दिरको स्थापना गरिएको थियो । यसबाहेक पनि भक्तपुर दरबार क्षेत्रको जगन्नाथ मन्दिर राजा यक्षमल्लले निर्माण गर्न लगाएको विद्वानहरूको मत रहेको छ । यो मन्दिरको पेटीमा रहेको नेपाल संवत ३४७ को अभिलेखमा भगवान विष्णुलाई विशेष संस्कार गरिएको विवरण उल्लेख छ । यो अभिलेख जगन्नाथ मन्दिरसँग सम्बन्धित हो भन्ने स्वीकार गर्दा भक्तपुर दरबार क्षेत्रको उक्त देवल नै जगन्नाथ सम्प्रदायको सव प्राचीन मन्दिर हो । एउटा महत्वपूर्ण तथ्य के छ भने यस अभिलेखको समयावधिमा पूरी क्षेत्रमा रहेको जगन्नाथ मन्दिरलाई पनि जगन्नाथ भनेर सम्बोधन गरिएको पाइँदैन । १४ औँ शताब्दीमा मात्र पुरी क्षेत्रको उक्त मन्दिरलाई जगन्नाथ भनी सम्बोधन गरिएको उल्लेख छ । तसर्थ भक्तपुर दरबार क्षेत्रको जगन्नाथ मन्दिर पनि ऐतिहासिक रूपले महत्वपूर्ण जगन्नाथ मन्दिर हो । यसका साथै भक्तपुरको तःमारी क्षेत्रमा जगन्नाथको अर्को मन्दिर रहेको छ । यो मन्दिर पुननिमाणको क्रममा जगको उत्खनन गर्दा सुन र चादीका स–साना पाटाहरूमा कछुवा कलश र मुद्रा फेला परेका थिए । ती पुरातात्विक अवशेषहरूको आधारमा उक्त मन्दिर मध्यकालीन हो भन्न सकिन्छ । तर यस मन्दिरको निश्चित समयावधि यकिन गर्न सकिने कुनै अभिलेख भन्ने प्राप्त भएको छैन । साथै धेरै अगाडि यस मन्दिरको मूर्ति पनि चोरी भयो । त्यसो हुनाले यस मन्दिरको ऐतिहासिकता अध्ययन गर्न कठिन छ । यद्यपि कला, वास्तुकला, काष्ठकला इत्यादिको अध्ययनबाट यो मन्दिर पनि भक्तपुरको जगन्नाथ सम्प्रदायको एक महत्वपूर्ण मन्दिर हो भन्ने तथ्य बुझ्न सकिन्छ । जगन्नाथ सम्प्रदायअन्तर्गत भक्तपुरमा रहेको प्रमुख जगन्नाथ मन्दिरहरू यही तीन ओटा हुन । जगन्नाथ सम्प्रदाय तथा जगन्नाथ पूजा परम्परालाई भक्तपुरका नेवार समुदायहरूले आत्मसाथ गर्दै मन्दिरमा पूजा गर्ने बाहेक घरमा पनि देवल स्थापना गरी जगन्नाथ प्रति आस्था प्रकट गरेको देखिन्छ । बोलाछेँ टोलको एक घरमा रहेको जगन्नाथ मन्दिरको स्थापनाले यो सन्दर्भलाई पुष्टि गरेको छ । भक्तपुरको खोह्रेँ (हनुमानघाट) स्थित सानो जगन्नाथ मन्दिरले पनि भक्तपुरमा जगन्नाथ सम्प्रदायले विशेष महत्व पाएको बुझ्न सकिन्छ । जगन्नाथ सम्प्रदायसँग सम्बन्धित यी कला–वास्तुकला बाहेक दत्तात्रय स्थित राष्ट्रिय काष्ठकला सङ्ग्रहालयमा पनि काठमाडौँको मखनको जगन्नाथ मन्दिरबाट ल्याइएका बलराम, सुभद्रा र जगन्नाथका काष्ठ मूर्तिहरू रहेका छन । यी मूर्तिहरू जगन्नाथ सम्प्रदायमा कलेवर परिवर्तनको उदाहरणको रूपमा लिन सकिन्छ । किनकि काठमाडौँको मखनमा रहेको जगन्नाथ मन्दिरमा मूर्तिहरू पुरानो र जीर्ण भएका कारण उक्त पुरानो मूर्ति भक्तपुरको राष्ट्रिय काष्ठकला सङ्ग्रहालयलाई बुझाई मखनको जगन्नाथ मन्दिरमा नयाँ काष्ठ मूर्तिहरू स्थापना गरिएको थियो । तसर्थ जगन्नाथ सम्प्रदाय नेपालमा प्रसार भएपछि मध्यकालमा उक्त सम्प्रदायलाई राजकीय धर्मको रूपमा समेत स्थान दिई समाजमा विशिष्ट धर्म सम्प्रदायको रूपमा मानिसहरूले मानेको पाइन्छ । भक्तपुरको जगन्नाथ मन्दिरमा तान्त्रिक पक्षलाई पनि विशेष महत्व दिएको पाइन्छ । पुरी क्षेत्रको जगन्नाथ मन्दिरमा जस्तै यहाँका जगन्नाथ मन्दिरहरूमा पनि पूजा अर्चना गरिन्छ । तर यहाँका पूजा विधि भने स्थानीय परिवेशको आधारमासम्पन्न गरिने भएकाले केहि फरक खालको परम्परा पनि रहिआएको छ । तुलाछेँ टोलको जगन्नाथ मन्दिरलाई वैदिक र पौराणिक पूजाविधि बाहेक पनि तान्त्रिक देवदेवीको रूपमा पूजाआजा गर्ने गर्दछन । अप्रत्यक्ष रूपमा बलिसमेत दिने परम्परा वर्तमान समयसम्म पनि छ । वर्षभरिका पूर्णिमाका दिनलाई जगन्नाथ मन्दिरमा विशेष पूजा गर्ने दिनको रूपमा लिइन्छ । यस दिन भक्तपुरका निश्चित समुदायहरूको सक्रिय सहभागितामा विशेष पूजा विधिहरू सम्पन्न गरिन्छन । यी बाहेक जेष्ठ शुक्ल पूर्णिमाको दिन स्नान गरिने, जुन महास्नान र पूजाविधिको प्रकृतिमा तान्त्रिक क्रियाकलाप विशेष रहेको देख्न सकिन्छ । यस क्रममा होम यज्ञ गरी मूर्तिको प्राणलाई तानेर तीन ओटा छुट्टाछुट्टै कलशमा स्थापना गरिने परम्परा रहेको छ । त्यसपछि जगन्नाथ मन्दिरमा आई मूर्तिको अनासर संस्कार भक्तपुरका छुट्टाछुट्टै थर भएका समुदायले सम्पन्न गर्दछन । यस अनासर संस्कार अन्तर्गत भक्तपुरका हाडा–बिजुक्छेँ समुदायले बलरामको मूर्तिमा, सायचीनिया समुदायका परिवारले सुभद्राको मूर्तिमा र खिंबाजा÷ खिम्बन्जार समुदायका परिवारले जगन्नाथको मूर्तिमा रङ्ग लेपन गर्ने परम्परा रहेको छ । यस अनासर संस्कार जेष्ठ शुक्ल पूर्णिमादेखि १५ दिनभित्र सम्पन्न गरिन्छ । अनासर संस्कार सम्पन्न गरिए पछि असार शुक्ल द्वितीयको दिन जगन्नाथको रथयात्रा सञ्चालन गरी सम्पन्न गर्दछन । भक्तपुरमा परम्परागत जगन्नाथ रथयात्रा लोप भएको लगभग एक शताब्दी भइसकेको छ । यी बाहेक पनि जगन्नाथ सम्प्रदायका परम्परागत कतिपय संस्कार, जात्रा, पर्व इत्यादि लोप भइसकेका छन । केही मात्रामा मात्र जगन्नाथ परम्पराका संस्कारहरू औपचारिकतामा चलिआएका छन । भक्तपुरमा मनाइने जगनाथ सम्प्रदायसँग सम्बन्धित पूजाविधि संस्कार तथा जात्रामा पुरी क्षेत्रको जगन्नाथ मन्दिरको संस्कारहरूको केही अंश तथा प्रभावहरू देखिए पनि अधिकतम संस्कार तथा पूजा विधिहरू भने यहाँका मौलिक विशेषता हुन । यस क्रममा मन्दिरको वास्तु निर्माण विधि, मूर्ति निर्माण विधि, संस्कार इत्यादिमा परिवर्तन पाइन्छ । यस प्रकारका जगन्नाथका परम्परागत पूजा विधि जात्रा संस्कार हाल लोप हुने अवस्थामा देखिन्छ । मध्यकालमा विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाहरूलाई सामाजिक तथा राजकीय स्तरमा विशेष महत्व र उच्च स्थान दिने परम्परा मल्ल राज्यको पतन पश्चात यस कार्यमा कमी आएका कारण जगनाथ सम्प्रदायका मूर्त तथा अमूर्त सम्प्रदाय लोप हुन गएको देखिन्छ । जगन्नाथ मन्दिरमा गरिनुपर्ने धार्मिक तथा तान्त्रिक अनुष्ठानहरूमा भक्तपुरका समुदायहरूको सहभागितामा कमी, राज्य स्तरबाट गरिनुपर्ने सहयोगहरूमा उदासीनता, धार्मिक सम्प्रदायहरूको प्रतिस्पर्धात्मक उपस्थिति, सरसफाइमा कमी जस्ता कारणले जगन्नाथ सम्प्रदायमा विकृत देखिन थालेको र लोप हुने अवस्थामा पुगेको देखिन्छ । जगन्नाथ सम्प्रदायसँग सम्बन्धित यस शोध अध्ययन नेपालमा जगनाथ सम्प्रदाय को विकासक्रम, मन्दिरसँग सम्बन्धित मूर्त तथा अमूर्त विषयवस्तुको खोज र परिवर्तित र लोप हुन लागेका संस्कारहरूको अन्वेषण् गर्दैै भक्तपुरमा जगन्नाथ सम्प्रदायसँग सम्बन्धित ज्ञानको खोजी गर्ने प्रयास यस शोध अध्ययनको रहेको छ । यस अध्ययनमा प्रसारवाद अनुसन्धान खाकालाई प्रमुख अनुसन्धान दर्शनको रूपमा र उद विकासवादलाई सहायक अनुसन्धान दर्शनको रूपमा प्रयोग गरी जगन्नाथ मन्दिरसँग सम्बन्धित मूर्त र अमूर्त परम्परागत संस्कृति र संस्कारहरूको खोज गरी प्राप्त तथ्यहरू प्रकाशमा ल्याइएको छ । यस अध्ययन गुणात्मक अध्ययन विधिको प्रयोग गरिएको छ भने प्राप्त तथ्याङ्क तथा विवरणहरूलाई वर्णनात्मक अनुसन्धान ढाँचामा प्रस्तुत गरिएको छ । यस अध्ययनको लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्न स्रोतको रूपमा प्राथमिक स्रोत र द्वितीयक स्रोतको प्रयोग गरिएको छ । यो शोध भक्तपुरमा जगन्नाथ मन्दिर र सम्बन्धित संस्कारहरूको विगत र वर्तमानको अवस्थाहरूको तथ्यहरू सङ्कलन तथा विश्लेषण गरिएको हो । प्रप्त निष्कर्षलाई सामान्यीकरण गर्दै आगमनात्मक विधिका उपयोग गरी नयाँ मान्यताको विकास गर्ने प्रक्रिया अनुसरण गरिएको छ ।Item काठमाडाै टेबहालस्थित राजर्कीति महाविहार परिसरकाे साँस्कृतिक अध्ययन(2025) उपाध्याय, यमनाथ; खनाल पराजुली, सन्ध्यात्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत नेपाली इतिहास, संस्कति तथा पुरातत्व केन्द्रीय विभागबाट स्नातकोत्तर उपाधि प्राप्तिका लागि तयार पारिएको यो शोधपत्रको शीर्षक “काठमाडौँ टेबहालस्थित राजकीर्ति महाविहार परिसरको सांस्कृतिक अध्ययन” हा । यस शोधकार्यमा राजकीर्ति महाविहार परिसरको ऐतिहासिकता, मूर्त सांस्कृतिक सम्पदा अन्तर्गत वास्तुकला, मूर्तिका प्रतिमालक्षण, अमूर्त सांस्कृतिक सम्पदामा नित्य पूजा, नैमित्तिक पूजा, जात्रा पर्वहरु र राजकीर्ति महाविहार परिसरमा रहेका सांस्कृतिक सम्पदाको मूर्त तथा अमूर्त संस्कृतिमा आएको परिवर्तनको बारेमा अध्ययन गरिएको छ । राजकीर्ति महाविहार परिसरमा रहेका मूर्त सांस्कृतिक सम्पदालाई विधानका आधारमा मूर्तिकला, वास्तुकला र यस परिसर भित्र रहेका अमूर्त संस्कति अन्तर्गतका नित्य पूजा, नैमित्तिक पूजा, जात्रापर्व र सांस्कृतिक सम्पदामा आएका परिवर्तनहरुको बारेमा विस्तृत रुपमा अध्ययन नभएको हुँदा समस्या पहिचान गरी यसको उत्तर खोजी गरिएको छ । मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा लिच्छविकालदेखि कै रहेका छन । राजकीर्ति महाविहार परिसरमा रहेका राजकीर्ति महाविहार, बन्धुदत्त विहार र सङकटा मन्दिर लिच्छविकालमै स्थापना भएको प्रमाण फेला परेको छ । यस परिसरमा पाँचौ÷छैठौँ शताब्दीका लिच्छविकालीन चैत्यमा गवाक्ष खाली भएका पाइएका छन । लिच्छविकालदेखि हाल सम्म यस महाविहारको नाम बन्धुदत्त विहार, त्रिरत्न विहार, तेदो विहार, राजकीर्ति महाविहार रहेको अभिलेखीय प्रमाणले स्पष्ट पारेका छन । राजकीर्ति महाविहार परिसरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुले आस्था, विश्वास र पूजा गर्ने मन्दिर, विहार, चैत्य, मूर्तिहरु रहेका छन । उक्त मूर्त सम्पदा सँग जोडिएका अमूर्त संस्कृतिहरु रहेका छन । नित्य पूजा, नैमित्तिक पूजा, बुसाध , सङकटाको १२ वर्षे जात्रा, भद्रकालीमा खडगजात्रा, भद्रकाली नृत्य आदि अमूर्त संस्कृतिले यस परिसरलाई जीवन्त पारिरहेको छ । यो शोधपत्र प्राथमिक र द्वितीयक स्रोतमा आधारित रहेको छ । यस शोधपत्रमा गुणात्मक प्रकृतिका तथ्याङकहरू सङकलन तथा विश्लेषण गरिएका छन । राजकीर्ति महाविहार परिसर एक महत्वपूर्ण धार्मिक स्थल हो । एउटै परिसरभित्र हिन्दू तथा बौद्ध देवीदेवताहरु रहनु र पूजा गर्नुले पनि धार्मिक सहिष्णुताको अन्योन्याश्रित सम्बन्धलाई देखाएको छ ।Item काठमाडाै स्वयम्भूस्थित हारती माताकाे साँस्कृतिक अध्ययन(2025) मानन्धर, स्वीटी; निर्मला पाेखरेलत्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागबाट स्नातकोत्तर तहको उपाधि प्राप्तिका लागि तयार पारिएको यस शोधपत्रको शीर्षक “काठमाडौँ स्वयम्भूस्थित हारती माताको सांस्कृतिक अध्ययन” हो । यस शोधकार्यमा हारती माताको ऐतिहासिकता, मूर्त सांस्कृतिक सम्पदा अन्तर्गत वास्तुकला, मूर्तिका प्रतिमालक्षण, अमूर्त सांस्कृतिक सम्पदामा नित्य पूजा, नैमित्तिक पूजा, भाकल पूजा, विशेष पूजा आदिको बारेमा अध्ययन गरिएको छ । स्वयम्भूस्थित हारती माताको ऐतिहासिकता, मूर्त सांस्कृतिक सम्पदालाई विधानका आधारमा मूर्तिकला, वास्तुकला र यस मन्दिर सँग सम्बन्धित अमूर्त संस्कृति अन्तर्गतका नित्य पूजा, नैमित्तिक पूजा, भाकल पूजा, विशेष पूजा आदिको बारेमा विस्तृत रुपमा अध्ययन नभएको हुँदा समस्या पहिचान गरी यसको उत्तर खोजी गरिएको छ । बौद्ध ग्रन्थमा उल्लेख भए अनुसार हारती मातालाई शाक्यमुनि बुद्धको समकालीन मानिन्छ । उनी पहिला नरभक्षी यक्षिणीको रुपमा रहेकी थिइन पछि बुद्धको शिक्षा पाएपछि यक्षिणीबाट संरक्षिका देवीको रुपमा रुपान्तरण भएको देखाइएको छ । हारती मातालाई बुद्ध शासनको एक महत्वपूर्ण र लोकप्रिय देवीको रुपमा प्रस्तुत गरिएको छ । हारती मातालाई बालबालिका संरक्षिका देवीको रुपमा पूजा गर्ने गरिन्छ । नेपालमा हारती माताको सबैभन्दा पुरानो मूर्ति बालाजुमा रहेको मूर्ति हो, जसलाई तेस्रो शताब्दीको मानिन्छ । हारती माताको मन्दिरको तोरणमा पञ्चरक्षादेवीका मूर्तिहरु रहेका छन । मन्दिरको प्रवेशद्वार दक्षिण दिशामा फर्किएको छ । मन्दिरको प्रवेशद्वारको माथि धातुबाट निर्मित सुनौलो रङका तीन वटा तोरणहरु रहेका छन । दक्षिण तिरको बिचमा रहेको तोरणको केन्द्रमा प्रतिसरा देवीको मूर्ति रहेको छ भने उनको दायाँ भागमा महासहस्रप्रमर्दिनी देवी र बायाँ भागमा मन्त्रानुसारिणी देवीको मूर्ति रहेको छ । त्यसैगरी प्रतिसरा देवीको दायाँ माथि महामायुरी देवी र बायाँ माथि महाशीतवती देवीको मूर्ति रहेको छ । प्रतिसरा देवीको माथिल्लो भागमा बज्रसत्वको मूर्ति रहेको छ । बिचको तोरणको दायाँ पटिट रहेको तोरणको केन्द्रमा शाक्यमुनि बुद्ध रहेका छन । शाक्यमुनि बुद्धको दायाँ पटिट प्रज्ञापारमिता र बायाँ पटिट षडाक्षरी लोकेश्वरको मूर्ति रहेको छ । त्यस्तै बिचको तोरणको बायाँ पटिट रहको तोरणको केन्द्रमा अमिताभ बुद्ध रहेका छन । अमिताभ बुद्धको दायाँ पटिट आर्यातारा र बायाँ पटिट सप्तलोचनी ताराको रहेको छ । पश्चिमा रहेको तोरणमा महावज्रसत्व र दुईवटा ताराको मूर्ति रहेको छ । उत्तरमा रहेको तोरणमा प्रतिसरा, महासहस्रप्रमदिन,ि मन्त्रानुसारिणी, महामायुरी, महाशीतवती र बज्रसत्वको मूर्ति रहेको छ । त्यस्तै गरी पूर्वमा रहेको तोरणमा महावज्रसत्व र षडाक्षरी लोकेश्वरको मूर्ति रहेको छ । टुँडालहरुमा षोडशलाश्य देवीका विभिन्न मद्रामा रहेका मूर्तिहरु रहेका छन । षोडशलाश्य देवीहरु दक्षिणको टुँडालमा गन्धादेवी, रसादेवी, स्पर्शादेवी र धर्मधातुगर्भा देवी रहेका छन । त्यस्तै पश्चिमको टुँडालमा पुष्पादेवी, धुपादेवी, अवलोकित देवी र दर्शनदेवी रहेका छन । यस्तैगरी उत्तरको टुँडालमा मालादेवी, लाश्यदेवी, गीतादेवी र नृत्यादेवी रहेका छन भने पूर्वको टुँडालमा वीणादेवी, वंशदेवी, मृदङगादेवी र मुरुजादेवी रहेका छन । त्यसैगरी मन्दिरको छानोका चारैतिर चतुर्महाराजको मूर्ति झुण्डयाइएको छ । यस मन्दिरमा हुने अमूर्त संस्कृति अन्तर्गत छयाकेगु, बुसाधँ, मचा, चा, कलः पूजा, सम्यक दान, विभिन्न किसिमका गुठीहरुको भूमिकाको बारेमा उल्लेख गरिएको छ । यो शोधपत्र प्राथमिक र द्वितीयक स्रोतमा आधारित रहेको छ । यस शोधपत्रमा गुणात्मक प्रकृतिका तथ्याङकहरु सङकलन तथा विश्लेषण गरिएका छन । हारती माता मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरुको लागि एक महत्वपूर्ण धार्मिक स्थल हो । एउटै परिसर मन्दिरलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरले आस्था, विश्वास र पूजा गर्नुले पनि यसलाई धार्मिक सहिष्णुताको अन्योन्याश्रित सम्बन्धलाई देखाएको छ ।Item चेपाङ समुदायको छोनाम पर्वमा सांस्कृतिक प्रतीकवाद(2025) प्रजा, अजयकुमार; महेशकुमार उपाध्यायछोनाम चेपाङ समुदायको मुख्य पर्व हा । यसलाई न्वागी पर्व पनि भन्ने चलन छ भने स्थानीय स्तरमा न्वागी फलाक्ने भनेर सम्बोधन गर्दछन । यो परम्परागत रूपमा मनाउदै आएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्तव बोकेको विशेष पर्व हा । चेपाङ समुदायले पुज्दै आएका महत्तवपूर्ण पर्वहरूमा तोङकोलोङ (कुल पूजा), नामरूङ (आइतबारे पूजा), भूयाँर (सिमेभूमे पूजा), सिकारी पूजा, प्रकृति पूजा तथा साउने संक्रान्ति, माघे संक्रान्ति, दशै, तिहारजस्ता पर्वहरू पर्दछन (चेपाङ, २०७६, पृ. ७०–७४) । यी विशेष महत्तव राख्ने पर्वहरूमध्ये छोनाम प्रकृति र जीवनशैलीबिच अन्तरसम्बन्ध भएको चाडको रूपमा मान्ने गर्दछन । चेपाङ समुदायमा छोनाम पर्वको विविध सांस्कृतिक पक्षहरूको बारेमा खोजी गर्न, पर्वमा प्रयुक्त बिम्ब वा प्रतीकको सांस्कृतिक अर्थको पहिचान गर्न र चेपाङसँग समानता भएको समुदायले चाड मनाउने क्रममा प्रतीक वा बिम्ब प्रयोगकोे सैद्वान्तिक कारणको विश्लेषण गर्न यस शोधको मुख्य उद्देश्य रहेको छ । चेपाङहरूको मुख्य पर्व छोनामको बारेमा पूर्वकार्यको समीक्षाबाट प्राप्त ज्ञानले आवश्यकीय अनुसन्धानका आधार तय गरेको छ । छोनाम समुदायमा परम्परागत रूपमा निरन्तरता पाउँदै आएको पर्व जसलाई सबै चेपाङहरूले मनाउँदै आएको पाइन्छ । यो पर्वको सन्दर्भलाई सामान्य रूपमा नयाँ अन्नबाली पहिले पितृलाई चढाएर आफू खाने परम्परालाई छोनाम फलाक्ने भन्ने उल्लेख गरिएको भेटिन्छ । पर्वको बारेमा राममणी ढुंगेल, गणेशमान गुरूङ, उद्वव राई, म्ष्बलब च्ष्दयष् िआदि विद्वानहरूले चेपाङ जातिको चिनारी गराउने कार्य गरेका छन । यसरी पर्वमा प्रयुक्त बस्तुहरूको प्रतीकताको खोजी भएको भेटिदैन । यो पर्वको सांस्कृतिक पक्षहरू, त्यसमा प्रयोग हुने ्रतीकहरूको अर्थ, ती प्रतीकहरूका प्रयोग किन गरिन्छ भन्ने सैद्वान्तिक कारणहरूको बारेको खोजमा रिक्तता देखिया । यसकारण पूर्वकार्यको समीक्षामा देखिएका अनुसन्धान रिक्ततालाई समस्याको मुख्य कथन रहेकोले तीनलाई प्रश्नको रूपमा स्थापना सो को उत्तर खोजी गर्ने उद्देश्य अनरूप यस शोधकार्यको प्रारम्भ गरिएको हा । चेपाङ समुदायको सांस्कृतिक सम्पदाको रूपमा छोनाम पर्व रहेको पाइन्छ । यसले चेपाङ समुदायको ऐतिहासिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा समुदायको पहिचान बोकेको देखिन्छ । पर्वले परम्परात तथा सांस्कृतिक संस्कारले पुस्तान्तरण र प्रदर्शन गर्ने अवसरको रूपमा स्थापित छ । छोनाम भाद्र महिना भरिनै मनाइने चाड भएकोले यस पर्व संचालन गर्न विभिन्न परम्परागत सामाजिक समुहहरू निर्माण गर्ने जसको सहायताले पर्व सम्पन्न गरिदा सामुहिक जिम्मेवारी र सांस्कृतिक भावनामा एकता पाइन्छ । पाँच दिवशीय पर्वका गरिने विभिन्न अनुष्ठानात्मक कार्यहरूले कूलपरिवारको जीवनशैलीको स्मरण गराउने गर्दछन । अर्को यस पर्वमा मूल पान्दे (पुजारी) ले तान्त्रिक विधिबाट अनुष्ठान गर्दा प्रयोग गरिने प्रतीकहरू र त्यसको सांस्कृतिक अर्थले चेपाङ कूलपरिवार प्रकृति, पुर्खाबिचको सम्बन्धलाई उजागर गराउँदछन । साथमा चेपाङ समुदायजस्तै विश्वका अरू आदिवासी समुदायले मनाउने चाडपर्वमा प्रयुक्त प्रतिकहरूको सांस्कृतिक अर्थ तथा सैद्वान्तिक कारणहरू आपसमा समानता रहेको दृष्टिकोणलाई विश्लेषणले यो पर्व चेपाङ समुदायको सांस्कृति महत्तव बोकेको पर्वको रूपमा रहेका स्पष्ट हुन्छ । यो समुदायको सांस्कृतिक चाड छोनाम पर्वको अनुसन्धानले चेपाङ संस्कृतिको बारेमा ज्ञान निर्माणमा, संस्कृति संरक्षण र सम्बद्र्वनमा तथा जातीय विविधता भएको संस्कृतिको रूपमा रहेको सन्दर्भमा छोनाम पर्व एक सांस्कृतिक महत्तवको चाड रहेको अनुसन्धानले पुष्टि गर्दछ । चेपाङ समुदायमा छोनाम पर्व प्रमुख सांस्कृतिक चाड हा । यो पर्वको सांस्कृतिक पक्ष, प्रतीकको अर्थ तथा सैद्वान्तिक आधारहरूको गुणात्मक विधिमा अध्ययन गरिएको छ । उक्त विधि अनुसार तथ्यहरूको अन्वेषण, संकलन, छलफल र विश्लेषण गरिएको छ । यसैले यो अनुसन्धान पूर्ण रूपमा आगमनात्मक (क्ष्लमगअतष्खभ) अध्ययन हा । यस अध्ययनका बैचारिक रूपरेखा (ऋयलअभउतगब िँचबmभधयचप) र अनुसन्धान ढाँचा (च्भकभबचअज म्भकष्नल) लाई सोही विधि अनुरूप अवलम्बन गरिएको छ । छोनाम पर्वको विधि र प्रक्रियाको बारेमा स्थलगत रूपमा सामेल भई अवलोकन र अन्तर्वार्ता मार्फत बास्तविक रूपमा कूलका जेष्ठ सदस्य तथा पान्देहरूबिच छलफल गरिएको छ । यस पर्वमा प्रयोग गरिने सांस्कृतिक प्रतीकहरू साथमा तीनको अर्थलाई छलफलबाट स्पष्ट गर्ने प्रयास गरिएको छ । चेपाङहरूले यस प्रकारको प्रतीकहरू प्रयोग गर्ने परम्पराको निर्माण कसरी निर्माण गरिएका छन भन्ने सवालमा छलफल गरिएका छन । अनुसन्धानको कार्यमा प्रत्यक्ष अवलोकन र छलफलले चेपाङ जस्तै अरू जनजातिय समुदायले परम्परागत रूपमा मनाउने चाड मनाउँदा प्रयोग गरिने सांस्कृतिक प्रतीकहरूबिच भएको समानताको सन्दर्भलाई छलफलमा समावेश गरिएका छन । यस शोधलाई रचनाबादी÷निमाणबादी दृष्टिकोणबाट प्रतीकात्मक सिद्वान्तको आधारमा विश्लेषण गरी निष्कर्ष निर्माण गरिएको छ । चेपाङ समुदायको छोनाम पर्व ५ दिवशीय चाड हा । पर्वको उक्त दिनहरूको विभिन्न चरणमा अनुष्ठानात्मक कार्यहरू सम्पन्न गरी पर्व समापन गरिने पक्षहरूमा स्पष्टता आएको छ । पर्वमा प्रयुक्त प्रतीकहरू के कस्ता प्रयोग हुने गर्दछ र ती प्रतीकहरूको सांस्कृतिक अर्थहरूको पहिचान भएकाछन । चेपाङहरूले छोनाम पर्वमा प्रयोग गर्ने प्रतीकहरू अरू जनजातिय समुदायमा पनि प्रयोग गर्दा रहेछन । ती प्रतीकहरू परम्रागत रूपमा सांस्कृतिक मुल्यान्यताका आधारमा निर्माण भई हस्तान्तरण र प्रदर्शन हुँदै आएको विभिन्न समुदायको पर्वको समीक्षाले प्रष्टयाएका छन । छोनाम पर्वमा प्रयुक्त प्रतीकहरू चेपाङ समुदायको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा परम्पपरागत मुल्यमान्यताको आधारमा पुर्खाद्वारा निर्माण भई प्रचलनमा रहेको सांस्कृतिक अनुष्ठानहरू सम्बन्धित समुदायको पहिचानको रूपमा रहेको देखिन्छ । छोनाम पर्व प्रयोग गरिने प्रतीकहरूको सांस्कृतिक अर्थले चेपाङहरूको पुर्खाहरूले निर्माण गरेका संस्कृतिहरू रीतिरिवाजलाई बिम्बात्मक रूपमा चढाउने सामाग्रीहरू सांस्कृतिक अर्थसहितका प्रतीकहरू हुन जुन कुनै लिखित ग्रन्थहरूमा उल्लेख भए बमोजिम नभई बकितम रूपमा पूज्दै आएको देखिन्छ । चेपाङ जस्तै अरू आदिवासी जनजाति समुदायले आफनो रीतिपरम्परा अनुसार संस्कृतिलाई यस्तै चाडहरू मार्फत प्रतिबिम्बित गर्ने र आफनो पुर्खाद्वारा निर्माण गरिएका संस्कृतिलाई पुज्ने र ती प्रतीकहरू चढाउने गर्दछन । चेपाङहरूले मनाउने छोनाम पर्वमा प्रयोग गरिने प्रतिकात्मक स्वरूपलाई प्रस्तुत गरी मौलिक परम्परा अनुसार पुज्ने प्रचलन अनुरूप यो छोनाम पर्व रहेको प्रष्ट भएको छ । यसरी छोनाम पर्वले यो समुदायको परम्परागत संस्कृतिलाई निरन्तरता दिदै आएको चाड हा । जसले यो समुदायको संस्कृतिक रूपमा समुदायको पहिचान जोडिएको तथ्य प्रकाशमा आएको छ ।Item Contribution of Anagrikas for the development of Theravada Buddhism in Nepal(2024) Rajkarnikar, Jayju; Nirmala PokharelNot availableItem Educational outreach programs; A study of national museum of nepal(2020) Subedi, Anoj; NotNot availableItem काठमाडौंमा प्रचलित यःसिं परम्पराको साँस्कृतिक अध्ययन(2081) बज्राचार्य सन्ध्या; सन्ध्या खनालत्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत नेपाली इतिहास, संस्कति तथा पुरातत्व केन्द्रीय विभागबाट स्नातकोत्तर उपाधि प्राप्तिका लागि तयार पारिएको यो शोधपत्रको शीर्षक “काठमाडौंमा प्रचलित यःसिं परम्पराको संस्कतिक अध्ययन” हा । यसमा काठमाडौंका विभिन्न स्थानमा प्रचलित विभिन्न जात्रापर्वहरूसँग जाडिएको यःसिं परम्पराको ऐतिहासिक पृष्ठभूमि, यःसिं उठाउनुका उद्देश्य तथा यस परम्परासँग सम्बन्धित विभिन्न जाति र गुठी प्रणालीका पक्षहरूको अध्ययन गरिएको छ । जात्रा पर्वहरूमा यःसिं उठाउनुको धार्मिक, सांस्कृतिक महत्वका बारेमा पनि यसमा चर्चा गरिएको छ । यो अनुसन्धान विशेषतः यःसिं परम्पराको ऐतिहासिकता के हो ? काठमाडौंका विभिन्न स्थानमा यःसिं उठाउँदा पालना गर्नुपर्ने विधिविधान के हो ? यःसिं परम्पराका लागि के कस्ता गुठी व्यवस्थाहरू गरिएका छन भन्ने खोजमा केन्द्रित रहेको छ । काठमाडौंमा मनाइने विभिन्न जात्रापर्वहरूका बारेमा थुप्रै पुस्तक लेखिएका छन भने फुटकर रचनाहरू पनि धेरै नै प्रकाशित छन । तर ती पर्वहरूसँगै उठाइने यःसिंका बारेमा भने चर्चा गरिएको पाइँदैन । यसबारे छुट्टै अध्ययन आजसम्म भएको छैन । काठमाडौंका जात्रापर्वहरूमा यःसिं उठाइँदा यःसिं उठाउने आफै पनि एक पर्वका रूपमा सम्पन्न गर्ने भएकोले यसको महत्वबारे छुट्ट अध्ययन हुनु आवश्यक महसुस गरी यो शोध गरिएको हा । यो शोध अनुसन्धान विश्लेषणात्मक ढंगले तयार गरिएको छ, जसमा अन्तर्वार्ता र अवलोकन विधिहरूको उपयोग गरिएको छ । शोधका क्रममा जात्रासँग सम्बन्धित सरोकारवाला व्यक्ति, सम्बन्धित गुठीका पदाधिकारी, यःसिंबारे जानकार प्रबुद्धवर्घ आदिसँग अन्तर्वार्ता गरिएको छ । द्वितीय सोतका रूपमा विभिन्न जात्रापर्वसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, ऐतिहासिक दस्तावेज र सामाजिक सञ्जालमा विज्ञहरूद्वारा सम्प्रेषित सामग्रीहरूको अध्ययन गरिएको छ । काठमाडौंमा यःसिं उठाउने प्रशंग आउँदा धेरैले इन्द्रजात्रा ताका हनुमानढोका दरवार परिसरमा उठाइने यःसिंलाई मात्रै सम्झेका हन्छन । तर काठमाडौंमा यो भन्दा बाहेक अरू पनि धेरै जात्राहरूमा यःसिं उठाउने गरिन्छ । इन्द्रजात्राकै बेला पनि हनुमानढोका बाहक टेबहाल, भद्रकाली मन्दिर, पशुपति क्षेत्रमा पनि यःसिं उठाउने गरिन्छ । पाहांचः¥हे, गहना खोज्ने जात्रा, आदिका बेला पनि यःसिं उठाउने चलन रहेको छ । यःसिंका बारेमा विभिन्न पुराण, उपनिषद, आदिमा पनि प्रशस्तै वर्णन गरिएका छन । ठूला जात्राहरूको एक सहायक पक्ष मात्र भए पनि यःसि उठाउनका लागि पनि पहिले पहिले विभिन्न व्यवस्था गरिएको पाइन्छ । कतिपय क्षेत्रमा भने आर्थिक स्रोतको अभावका कारण यो पर्व हराउँदै गएको पनि पाइन्छ । शोधको निष्कर्षमा के भन्न सकिन्छ भने काठमाडौंमा मनाइने विशेष गरी ठूला जात्राहरूमा यःसिं उठाउने गरेको पाइन्छ । यःसिंल ती जात्राको गरिमा उजागर गर्दछ । यःसिं विशेष गरी ठूला जात्रामा स्वर्घ र अन्तरिक्षमा रहेका देवीदेवताहरूलाई समेत जात्रामा सहभागी हुन आह्वान गर्नका लागि उठाउने गरिन्छ । यो उपत्यकाका नेवार समुदायले मनाउने ठूला जात्रा पर्वको मौलिक सांस्कृतिक कर्म हा । केही ठाउँमा यःसिं उठाउने प्रचलन हराएर पनि गइसकेको छ । जात्राको मौलिकता र काठमाडौंको सांस्कृतिक पहिचान कायम गर्न यःसिं परम्परालाई जीवन्त राख्न आवश्यक छ । यसको लागि संघीय, प्रदेश र स्थानीय सरकार लगायत स्थानीय जनताको चासो रहनु जरूरी छ ।Item बलम्बु क्षेत्रका सांस्कृतिक सम्पदा(2080) श्रेष्ठ, सागर; Not availableयस शोध प्रबन्धमा उदविकासवाद (evolutionism), प्रसारवाद (diffusionism) र संरचनात्मक प्रकार्यवाद (structural functionalism) का सैद्धान्तिक दृष्टिकोणबाट बलम्वु क्षेत्रमा पाइएका सांस्कृतिक सम्पदाहरू, तिनका विकासक्रम तथा तिनीहरू यस क्षेत्रमा विकास हुनुको कारणहरूका समीक्षात्मक विश्लेषण गरिएको छ । बलम्वु क्षेत्रमा प्राचीन, लिच्छविकालीन, मल्लकालीन तथा आधुनिककालसम्मका सांस्कृतिक सम्पदाहरू पाइए पनि तिनीहरूको प्राज्ञिक अध्ययन नभएका, ती सम्पदाहरूको विकासक्रम तथा तिनीहरू यस क्षेत्रमा विकास हुनाको कारणहरू जस्ता विषयहरूका प्राज्ञिक अध्ययन नभएकोले ती समस्याहरूको समाधानाथ यो शोध पत्र तयार गरिएको हो । बलम्वु क्षेत्रका अधिकांश मन्दिर, मूर्ति, लिच्छविकालीन तथा मल्लकालीन अभिलेखहरूका बारेमा विद्वानहरूबाट शोधखोज र अनुसन्धान भएका छन । बलम्वु क्षेत्रका मठमन्दिरका बारेमा श्रेष्ठ (२०७२) ले सामान्य जानकारी दिएकी छिन भने बलम्वु महालक्ष्मी जात्राका सांस्कृतिक पक्षका बारेमा श्रेष्ठ (२०७४) ले पनि अध्ययन गरेका छन । बज्राचार्य २०३० यहाँका अभिलेखहरूको संकलन गरी पुस्तक प्रकाशन गरता पनि प्रकाशित हुन बाँकी अभिलेखहरू पनि रहेका छन । यहाका थुप्रै प्राचीन र मध्यकालका प्रतिमाहरूको अध्ययन भएको छैन । यस भेगमा सम्पदा बिकास र बस्ती बस्नुको कारणको हालसम्म अध्ययन अनुसन्धान नभएकोले यसैलाई अनुसन्धानको समस्या मानी यो शाधपत्र तयार गरिएको छ । यस शोधको अनुसन्धान दर्शन (Research phliosophy) तथा सैद्धान्तिक खाका रचनावाद÷ निर्माणवाद (constructivism) मा आधारित छ । यसलाइ विश्लेषणात्मक विधिबाट परा गरिएको छ । निर्माणवादको दृष्टिकोणमा ज्ञान(Epistemology) व्यक्तिको अनुभव र घटनाहरूबाट निर्माण हुने गर्दछ तथा विषयगत सत्यता (subjective reality) बोकेको हुन्छ । प्रस्तुत शोधमा बलम्वु क्षेत्रमा बस्ती बस्नु र सांस्कृतिक सम्पदाको विकास हुनाका कारण खोजी गर्दा स्थानीय तथा विज्ञहरूवाट अन्तर्वार्ता र छलफलका माध्यमवाट सत्यताको नजिक पुग्न खोजिएको छ । सत्य (ontology) सामाजिक रूपले मानिसको दिमागमा निर्माण हुन्छ र सत्य निरपेक्ष हुन्छ भन्ने मान्यता छ । तसर्थ प्रस्तुत अनुसन्धानमा विषयगत सत्य अनुभवसिद्ध व्यक्ति र विज्ञहरूको धारणाभित्रबाट खाजिएको हो । अनुसन्धानको मूल्य मीमांसा (Axiology) सांस्कृतिक सम्पदा भएकोले यो कलासँग सम्बन्धित रहेको छ । यसको विधिशास्त्रमा गुणात्मक अनुसन्धान विधि अवलम्बन गरिएको छ । यस शोधमा अनुसन्धान ढाँचा बिषयवस्तको प्रकृतिको दृष्टिले गुणात्मक रहेको छ । यसमा सत्यको खोजी गर्न प्राथमिक तथा द्वितीयक दुवै प्रकारका तथ्याङ्क प्रयोग गरिएका छन । प्राथमिक तथ्याङ्कहरू स्थलगत रूपमा सहभागितामूलक अवलोकन गरी सङ्कलन गरिएको छ । यसैगरी स्थानीय सरोकारवाला र विज्ञहरूबाट अन्तर्वार्ता लिएर पनि प्राथमिक तथ्याङ्क संकलन गरिएको छ । अन्तर्वार्ताको लागि प्रश्नको छनौट भने उद्देश्यमूलक नमूना छनौट पद्वतिबाट गरिएको छ । बलम्वु क्षेत्रका सांस्कृतिक सम्पदाको अध्ययनका क्रममा प्रकाशित तथा अप्रकाशित पुस्तक, लेख, रचना र शोधपत्रहरूलाई द्वितीयक स्रोतका रूपमा प्रयोग गरिएको छ । तिनीहरू त्रि.वि. कन्द्रीय तथा अन्य पुस्तकालय र वेभसाइटहरूबाट संकलन गरी प्रयोग गरिएको छ । अनुसन्धानलाई प्रभावकारी र विश्वसनियता बनाउन त्रिकोणात्मक विधिलाई अवलम्बन गरिएको छ । प्रस्तुत अनुसन्धान आगमन विधिको प्रयोग गरी तथ्यहरूको विश्लेषणबाट नयाँ ज्ञानको प्रतिपादन गरिएको छ । लिच्छविकालीन मूर्ति तथा शिलालेखको अध्ययनबाट बलम्वु क्षेत्रमा प्राचीनकालदेखि बस्ती विस्तार भएको कुरा थाहा हुन्छ । काठमाडौं खाल्डो पानीले भरिएको बेला नै गोपालवंश तथा महिषपालवंश यस क्षेत्रमा बस्न आएको कुरा विभिन्न आख्यानहरूबाट संकेत पाइन्छ । त्यसैले काठमाडा उपत्यकाका प्रारम्भिक सभ्यताको केन्द्रका रूपमा थानकोट तथा मातातीर्थ क्षेत्रलाई लिन सकिन्छ । मञ्जुश्रीले जलमग्न उपत्यकाको पानी चोभारबाट बाहिर बगाएको किंवदन्ती स्वयम्भू पुराणमा तथा श्रीकृष्णले चोभारको डाडाकाटी उपत्यकाको पानी बगाएको किंवदन्ती नेपाल महात्म्यमा उल्लेख भएकाल पहिल उपत्यका जल मग्न रहेको संकेत गरेको छ । वैज्ञानिक खोजिका आधारमा समेत यहा तलाउ रहेको पुष्टि भएका देखिन्छ । उपत्यकामा बसोवास योग्य भएपछि प्रारम्भमा थानकोट, किसिपिडी, बलम्वु, सतुंगल र मातातीथतिर बसोवास सरू भएको स्पष्ट छ । यसरी उपत्यकाको प्रारम्भिक इतिहास हेर्दा गोपाल र महिषपालकालदेखि नै यहा बस्ती बसेको स्पष्ट देखिन्छ । बलम्वु र आसपासका क्षेत्रमा ईशाको दोश्रो, तेश्रो तथा चौथो शताब्दीतिर निर्मित प्रस्तर मूतिहरू पाइएकाल पनि यो क्षेत्रमा प्राचीनकालमा नै सम्पदाको विकासक्रम सुरू भईसकेको स्पष्ट हुन्छ । यस भेगमा ईशाको चौथो शताब्दीको शिवमूर्ति तथा लिच्छवीकालीन नौवटा शिलालेखहरू पनि पाइएका छन । यस भेगमा मध्यकाल र शाहकालका थुपै देवदेवीका प्रतिमा र अभिलेखहरू पनि पाइएका छन । यसरी बलम्वु भेग मर्त सांस्कृतिक सम्पदाले भरपुर छ । प्रस्तुत अनुसन्धानका क्रममा बलम्व क्षेत्रका विभिन्न युगका सम्पदाहरू पाइएका छन । यहाका यस्ता सम्पदामा प्राचीन वस्तीका अवशेषहरू, मठमन्दिरका अवशेषहरू पुराना कलाकृति र अभिलेखहरू रहेका छन । हालसम्म यहां लिच्छविकालदेखिका कलाकृति पाइएका छन । यस भेगमा मध्यकाल र आधुनिककालका पनि अभिलेख प्रतिमा र मठमन्दिरहरू लगायतका वास्तुहरू उपलब्ध छन । बलम्वु क्षेत्रमा गोपाल आभिर र किरातकालमा बस्ती बसेको संकेत यहाका पुराना अवशेषहरूका आधारमा पाइन्छ । यहा बस्ती बस्न लागेपछि सांस्कृतिक सम्पदाको पनि विकास भएको हो । हुन त बलम्वु क्षेत्रमा गोपाल, आभिर र किरातकालका मान्न सकिने वास्तु र प्रतिमाहरू पाइएका छैनन । यस क्षेत्रमा लिच्छवीकालका नौ वटा अभिलेख र देवीदेवताका प्रतिमाहरू पाइएका छन । यहाकै अभिलेखले पहिलो पटक किरातहरूको शासनको संकेत गर्ने विवरण दिएका छन । जस्तो नेपालमा लिच्छवीभन्दा अगाडि किरातहरूले शासन गर्दथे भन्ने कुरा तत्कालका अभिलेखमा पाइने लिडग्वल, माप्चोक, शुल्ली र कुथेर जस्ता शब्दहरू जसको प्रयोग यसै भेगका लिच्छवीकालका अभिलेखमा गरिएका छन । यसको अर्थ किरातकालमा पनि यस भेगमा बस्ती बसेको र सम्पदाको विकास सरू भएको थियो भन्ने हुन्छ । यस भेगमा मध्यकाल र आधुनिककालका पनि निरन्तर रूपमा बस्ती विस्तार र सम्पदाको विकास भएको पाइएको छ ।Item Item ठेचाेकाे बालकुमारी मन्दिर परिसरका सांस्कृतिक सम्पदा { Thechho balkumari mandir parisarka saskritik sampada }(2024) लामिछाने, दिपक ( Lamichhane, Dipak ); सन्ध्या खनाल पराजुली ( Sandhya Khanal Parajuli )नेपालमण्डलका नेवारवस्तीभित्र अर्नवार् रूपमा क्षत्रपालका रूपमा कन शाक्त दवी वा विरवलाई स्थापना गररएको पाइन्छ । बालकमारी पर्न ठचोकी आरध्र्दवी हन । उनको वस्तीभित्रको वा छ;छेकाे रूपमा रहको सम्पदास्थलमा मत र अमत पक्षको र्मश्रण पाइन्छ । सास्कर्तक सम्पपतिका दृरिर्दले र्नक सम्पन्न र्स स्थान को अध्र्र्न अनसन्धान हन सकको छन । र्हाको मत र अमत पक्षलाई पर्हचान गरी र्तनलाई प्ररम्भिक तवरबाट प्रकाशमा लाउन र्स शोधको लक्ष रहको छ । शोधमा आवश्र्क सचना मख्र्तः क्षत्रकारीता प्राप्त गररएको छ । आवश्र्क अन्र् सामग्री प्रकर्तका छन । मर्न्दर र आसपासका वास्त, मर्त, खट, चत्र् एव काष्ठकलालाई र्नरल्दा रे समग्र पररसरको र्वकास मल्लाकालको उिराधिमा दिएको दर्खएको छ । र्सबाट उिरमध्र्कालमा ठचो क्षेत्रमा धेर साविजर्नक अथात धार्मक सरचनाहरू र्नमाण दीएका र्थए भिन्न तथ्र्को प्रतित हन्छ । चरणमा दिएका अन्र् नेवार वस्तीको र्नमािणकार्कोरि गर्त पर्न र्स्तै दिएकाले समग्र नेवारवस्तीर्त्ररि उिरमध्र्कालमा शक्त मर्न्दर एव र्ससग जोर्डएको परम्परा फिाएको करा र्नश्चार् गन सर्कन्छ । र्हाको एक काष्ठतोरणमा उमामहश्वरको र्चत्रण पाइएको छ जन अन्त पाइन्छ । त्र्सगरी एक सरचनालाई द्यःछ , मर्न्दर, गणश दवल, फल्चा जस्तव र्वर्वध प्रर्नका खार्तर उपरेसि ग गररएको तथ्र् पर्न मौर्लक छ । मत सम्पदाल रे पररसर अमत सस्कर्त अभ्रस हद आएको जीवन्त स्थल हो । र्हा दर्नक हन पजा, आरती, नामसगीर्त गार्न एव लौर्कक सस्कर्त जस्त धान सकाउन, फल्चामा जमघट आर्दल दर्नक रूपमा रे पररसर गल्जार र जीवन्त दखा पदछ । तसगरी वार्षक पव एव १२ वषमा हन दवगणको नत्र्ल रे चोकलाई ठचोको एक धार्मिक(सास्कर्तक कन्रस्थल बनाएको छ । ऐर्तहार्सक एव सास्कर्तक धरोहरले सम्पन्न र्स मर्न्दर र आसपासको सरचना पर्छल्लो पनर्नमाण पर्छ शोिामा र्गरावट आएको छ । ऐर्तहार्सक स्मारक पुनिर्नमाणका दौरान दर्खएको परम्परागत र्नमाण सामग्रीरे उपरेर्गता सम्बर्न्ध कर्म, स्थानीरय ज्ञ्यानलाई बेवास्ता गरी दिएको ठक्का प्रणाली, परातार्ववक कला(वस्तमा मनपरी चलाइएको मर्सन र रङगरोदन आर्दल र्हाको मत सम्पदाको आर्धकाररकता र शोिा घटाएको छ । गठीको जग्गा मर्न्दरको स्वर्मत्वबाट क्रमश टाढीनु र आजका पस्तामा धार्मक आस्थाम आएको विरावतले भविस्यमा यहाँकाे अमुर्त सस्कृतिक सचालनमा समस्र आउन सकत दर्खन्छ ।Item Prospects and challenges of cultural tourism around Changunarayan Temple Area(2024) Neupane, Bivek; Tina ManandharNot availableItem The sacaraments and festivals in Dura community(2024) Dura, Naresh Kumar; Punam Rajya Laxmi RanaNot availableItem Metal sculpture making tradition in Shakya families of patan(2024) Shakya, Prasanna Kumar; Tina ManandharNot availableItem Cultural study of Harati and its relation with Baudhanath Stupa(2024) Karki, Sarita; Nirmala PokharelThe title of the thesis studied for the master‟s degree from the Central Department of Nepalese History, Culture and Archeology under the Faculty of Humanities and Social Science at Tribhuvan University is “Cultural study of Harati and its Relation with Boudhanath Stupa”.This thesis is based on the primary and secondary data collection methods. Interview, discussion and observation methods have been used. How is the Harati related with Boudhanath stupa? What are the tangible aspects of Harati temple? How are intangible jatra cultures of Harati associated with Boudhanath stupa? The study has been embodied by finding problems related to that. The objectives of this study are to show the relationship of Harati with Boudhanath stupa and tangible aspects of Harati temple.To explore how the jatras are performed associated with Harati. Haratimata is the goddess of child protection and the goddess to protect Buddhist rules. Haratimata was known as Abhirati before Harati. Stories related to Harati are mentioned in different granthas and sutras like Haratikavadanam, Swayambhu Purana, Samyuktavastu, Harati Sutra, Mahamaya Sutra. In each and every Bihars and stupa of Nepal there should be temple of Haratimata. Whenever people come to visit and worship Boudhanath, they will also worship and visit to temple of Harati. Boudhanath stupa is one of the ancient and Buddhist religious sites but Harati is one of the important goddess for both the Hindu and Buddhist religious people. The tangible and intangible aspects of Harati and Bouthanath stupa should be well preserved and conserved. The cultural and original jatras, which is being operated continuously, should be protected for future generations.Item Charumati Bihar; A study on Cultural Heritage(2024) Karki, Shanti; Shandhya Khanal ParajuliNot availableItem Cultural contributions of bhotu pande and their present condition(2024) Gautam, Ram; oonam Rajya Laxmi RanaIn the history of Nepal, numerous notable figures and personalities have left a lasting impact on the society, particularly in the realms of Cultural development. Among them, Kapardar Bhotu Pande stands out above the rest, due to his remarkable endeavors and contributions in the sector of culture, which were unparalleled during his time. Bhotu Pande, while serving in the royal administration, made significant cultural contributions that were deeply felt and appreciated by local communities. Despite his prominence in Nepalese history, the detailed and systematic documentation of his cultural endeavors were lacking, and recent assessments of his contributions were unavailable. Therefore, the primary goal of this research was to methodically document Bhotu Pande's charitable/Cultural Contributions in the society and to evaluate their present status. Using qualitative research methods/technique, extensive data were gathered through key informant interviews, self-observations, and photographs. The findings predominantly focused on the current condition of his cultural initiatives. This research aims to assist concerned authorities and government bodies in taking necessary actions to preserve and sustain the cultural infrastructures that were established by Bhotu Pande. Additionally, it underscores the importance of maintaining systematic records of Guthis (social institutions) and Guthi lands allocated by Bhotu Pande for cultural purposes, safeguarding them from, damage, encroachment and loss. Bhotu Pande during his lifetime built and renovated Pauwa in Nuwakot, Sorakhutte Pati, Dharmashala, Pond, Water Spout in Paknajol, Dharmasheela in Pashupati, addition of golden roof in Naradevi temple; build a wooden bridge over the Bishnumati Bridge. He also installed the statues of King Rana Bahadur Shah and Queen Raj Rajesori and other royals in Pashupatinath temple premises. Along with these tasks, he was involved in placing several Guthis with cultural motives. The present status of these cultural contributions of Bhotu Pande has been discussed in the research.Item Historical and Cultural Significance of Manichood Heritage site, Shankharapur(2024) Moktan, Dhawa Sange; Poonam RL RanaThis research work titled “Historical and Cultural Significance of Manichood Heritage Site, Shankharapur” has been conducted to bring into light the historical background, art and architectural presence and cultural and ritualistic performances in Manichood and has been presented here as thesis. Nepal is known to the world by many things. One of the major identity Nepal has, and world has been praising is, it’s historical and cultural richness and it’s extensive diversity. This research has been focused on the detailed study of its historicity, tangible art and architecture and intangible cultural heritages of Manichood one by one. While undertaking the research work, every piece of data were gathered and collected properly with the norms of research method safeguarding it’s artistic and cultural aesthetics. Manichood premises at least from medieval period houses many beautiful idols and architectures, unearth the rich heritage of its artistic grandeur. It also uncover the human belief and tradition through its intangible cultural heritages performed and celebrated in the area continuously from very old time till today without any interruptions. Hence, the main purpose of preparing Thesis is to find out its historical importance, present the current status of its art and architectural value, list out the heritages that are celebrated and performed in the premises and its connection and importance with locals and practitioners.Item राप्ती क्षेत्रका मूर्त सांस्कृतिक सम्पदाको अध्ययन {Rapti kshetraka murta sanskritik sampadako adhyayan}(2025) श्रेष्ठ, प्रकाश Shrestha, Prakash; शिव कुमार सुवेदीItem
