कक्षा सातमा अध्ययनरत विधार्थीहरुकाे तत्सम शब्द उच्चारणमा गर्ने त्रुटि

dc.contributor.advisorशेरबहादुर बानियाँ
dc.contributor.authorनिराैला, लक्ष्मण ( Niraula, Laxman)
dc.date.accessioned2026-04-06T10:12:12Z
dc.date.available2026-04-06T10:12:12Z
dc.date.issued2016
dc.description.abstractक) कक्षा सातमा अध्ययनरत विद्यार्थीहरुको तत्सम शब्द उच्चारणमा देखिने त्रुटि निम्न लिखित आधारमा पत्ता लगाउनु (१) घोषत्व, प्राणत्व, स्वरागमन, रेफ, ऋ र खुट्टा काटेर र ध्वनि उच्चारण तथा संयुक्त वर्णमा प्रयोग भएका शब्द उच्चारणमा देखिने त्रुटि (२) सामुदायिक र संस्थागत विद्यालयको त्रुटिको अवस्था नियाल्नु (३) नेपाली मातृभाषी र विमातृभाषीको त्रुटि अन्तर केलाउनु ख) तत्सम शब्द उच्चरणमा देखिने त्रुटिका कारणहरु पत्ता लगाउनु ग) उच्चारणमा देखिने त्रुटि निराकरणका लागि सुझाव प्रस्तुत गर्नु शोधको सीमा क) यस अध्ययनको त्रुटि विश्लेषण झापा जिल्लाको विर्तामोड नगरपालिकाका चार सामुदायिक र चार संस्थागत विद्यालयका कक्षा सातमा अध्ययन गर्ने ८० जना विद्यार्थीबाट तथ्याङ्क सङ्कलन गरी प्रस्तुत गरिएको छ । ख) छनोट गर्दा प्रत्येक विद्यालयबाट पाँच छात्र र पाँच छात्रा समावेश गरिएको छन् । ग) छनोट गर्दा नेपाली मातृभाषी र विमातृभाषी मिलाई हरेक विद्यालयबाट पाँच नेपाली मातृभाषी र पाँच नेपाली विमातृभाषी समावेश छन् । घ) छनोटमा छात्र संख्या ४० र छात्रा संख्या ४० साथै नेपाली मातृभाषी ४० र नेपाली विमातृभाषी ४० लिइएका छन् । शोध प्रक्रिया गुणत्मक विधिका आधारमा सामाग्री (तत्सम शब्द) सङ्कलन गरी क्षेत्रीय विधि प्रयोग गरेर हरेक विद्यँलयमा गई प्रतिनिधि पाँच छात्र र पाँच छात्रालई शब्द उच्चरण गर्न लगाई उच्चारणको अवस्था टिपोट तथा रेकर्ड गरेर तुलनात्मक रुपमा अनुसूची तथा तालिकामा देखाइएको छ । अनुसूची तथा तालिका प्रस्तुत गर्दा नाम शब्दको अलग, विशेषण शब्दको अलग, नेपाली मातृभाषीको अलग, नेपाली विमातृभाषीको अलग, सामुदायिक विद्यालयको अलग र संस्थागत विद्यालयको अलग तथ्याङ्क र तालिका बनाई प्राप्त तथ्याङ्कका आधारमा तुलनात्मक विश्लेषण गरिएको छ । तुलनात्मक विश्लेषण गर्दा नेपाली मातृभाषी र विमाातृभाषीको उच्चारणमा देखिने त्रुटिको अन्तर प्रतिशत समेत देखाउने काम गरिएको छ । शोधको अन्त्यमा निष्कर्ष निकालेर अध्याय पाँचममा सुझाव प्रस्तुत गरी शोध प्रक्रिया समापन गरिएको छ । अवधारणात्मक ढाँचा १) पुस्तक छनौटः कक्षा सातको नेपाली पाठ्यपुस्तक २) क्षेत्र निर्धारणः तत्सम शब्द ३) शोध क्षेत्रको निर्धारणः उच्चारण ४) घोषत्व, प्राणत्व, स्वरागमन, रेफ, ऋ र खुट्टा काटेर र ध्वनि उच्चारण तथा संयुक्त वर्णमा प्रयोग भएका शब्द सम्बन्धित त्रुटिको व्याख्या विश्लेषण ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26217
dc.language.isone
dc.subjectनेपाली भाषा
dc.subjectतत्सम शब्द
dc.titleकक्षा सातमा अध्ययनरत विधार्थीहरुकाे तत्सम शब्द उच्चारणमा गर्ने त्रुटि
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleकनकाई बहुमुखी क्याम्पस

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
455.57 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: