मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको स्वास्थ्य अवस्था {Health Status of Working Women Working in the Entertainment Sector}

dc.contributor.authorखत्री Khatri, नानीमाया Nanimaya
dc.date.accessioned2022-06-16T05:35:18Z
dc.date.available2022-06-16T05:35:18Z
dc.date.issued2021
dc.description.abstractयो अध्ययन इटहरी उ.म.न.पा. मा रहेका मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको स्वास्थ्य संग सम्बन्धीत रहेर तयार पारिएको हो । स्वास्थ्य व्यक्तिको अमुल्य सम्पति हो । जब व्यक्ति स्वास्थ्य रहन्छ तब मात्र उसले सक्रिय रुपमा आफ्नो कामलाई निरन्तरता दिन सक्दछ । ध्।ज्।इ। को अनुसार स्वास्थ्य भन्नाले “रोग र दुर्वलता बाट मुक्त हुनुमात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक रुपमा तन्दुरुस्ती भएको अवस्था ” हो भनि स्वास्थ्यको परिभाषा गरिएको छ । त्यसैले मनोरञ्जन क्षेत्रमा श्रमिकको रुपमा कार्यरत महिलाहरु पनि शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक रुपमा स्वास्थ्य हुनु जरुरी छ । उनीहरु स्वास्थ्य भएमा मात्र उनीहरुले आफ्नो कार्यक्षेत्रमा सक्रिय रुपमा आफ्नो कामलाई निरन्तरता दिन सक्दछन । त्यसैले यस अध्ययनको मुख्य उदेश्यको रुपमा मनोरञ्जन क्षेत्रमा श्रमिकको रुपमा कार्यरत महिलाहरुको स्वास्थ्य स्थिति पहिचान गर्नु र परिश्रम र पारिश्रमिकको प्रकृति पहिचान गर्नु रहेको छ । यस अध्ययनमा अनुसन्धानका विभिन्न विधिहरु मध्ये परिमाणात्मक अनुसन्धान विधिलाई प्रयोग गर्नुका साथै नमुना छनोट गर्दा सम्भावनारहित नमुना छनोट विधि अन्तरर्गत उद्देश्यमुलक नमुना छनौट विधिमा अधारित रही १०१ जना महिलाहरुमा लाई नमुनाको रुपमा लिईएको थियो । संरचित प्रश्नावली साथै अवलोकन विधिलाई अवलम्बन गरि उत्तरदाताहरुको सूचना तथा जानकारीहरु संकलन गरिएको थियो । अध्ययन क्षेत्रमा जातजातीका मानिसहरु क्षेत्री, ब्राम्हण, जनजाती , दलित , मधेषी र मुस्लिम जस्ता जातजातीका महिलाहरु रहेको पाईएको थियो । साथै नेपाली, मैथिली , थारु, मगर र नेवारी भाषालाई मातृभाषाका रुपमा बोल्ने गरेको पाईयो । धर्मगत पक्षलाई हेर्दा हिन्दु धर्म मान्ने ८५.१४%, ईसाइ धर्म मान्ने ५.९५%, ईस्लाम धर्म मान्ने ४.९५%, किँरात धर्म मान्ने १.९८% र बौद्ध धर्म मान्ने १.९८% रहेको पाईयो । शैक्षिक अवस्था अनुसार निरक्षर २३.७६% र साक्षर ७६.२३% रहेको पाईयो । मनोरञ्जन क्षेत्रमा श्रमिकका रुपमा काम गर्नुपर्नेकारण सम्बन्धी विवरण अध्ययन गर्दा सवलम्वी बन्न, ग्रिबी, साहाराविहिन, र पारिवारिक दवाबका कारणले जागिर खाईरहेको पाईयो । सबैभन्दा बढी तथ्याङक गरिवीको कारणले आफ्नो र परिवारको जिविकोपार्जनका लागि श्रम गर्ने गरेको पाईयो । शारीरिक स्वास्थ्य समस्या सम्बन्धी गरिएको अध्ययनमा स्वास्थ्य समस्या ÷रोग बाट ग्रसित हुने ३३६.६३% र स्वास्थ्य समस्या÷रोग बाट ग्रसित नहुने ६३.३६% रहेको पाईयो । शारीरिक सरसफाई सम्बन्धी गरिएको अध्ययनमा दिनदिनै शरीरको सरसफाई गर्ने ४५.५६%, २÷२ दिनमा शरीरको सरसफाई गर्ने २१.७८%, हप्ता दिनमा शरीरको सरसफाई गर्ने २७.७२%, भ्याउदामात्र शरीरको सरसफाई गर्ने ४.९५%) रहेको पाईयो । त्यसै गरि औषधी सेवनसम्बन्धी विवरणमा औषधी सेवन गर्ने ९२.७ % र औषधी नखाई आफै निको हुन्छ भन्नेमा ७.९३% रहेको पाईयो । सफा र छुट्टै पोसाकको व्यवस्था सम्बन्धी अध्ययन गर्दा २५.७४% लाई मात्र रहेको भने, ७४.२६% लाई सफा र छुट्टै पोसाकको व्यवस्था नभएका पाईयो । मानसिक समस्या उत्पन्नहुने कारण सम्बन्धी अध्ययन गर्दा बढि कामको कारणले ३९.१३%, पुरुष र महिलामा भेदभाव को कारण १७.३९%, कम तलब को कारण ११.५९%, आराम गर्ने समय नहुदा १४.४९%, विदा नपाईने कारणले १४.४९% तनाबको कारणले २.८९% रहेको पाईयो । पेशा सम्बन्धी अध्ययन गर्दा लेखापालको काम गर्ने १०.९०%, कुकको काम गर्ने १९.८०%, सरसफाईको काम गर्ने २५.७४%, त्यस गरी भाडा माझने काम गर्ने जना २७.७२%, वेटरको काम गर्ने ७.९२% र सबै काम गर्नुपर्ने ७.९२% रहेको पाईएको छ । कामको समयअबधीमा ६ घण्टा काम गर्ने ३.९६%, ६–८ घण्टा सम्म काम गर्ने ४.९५%, ८– १० घण्टा काम गर्ने ७१.२९% र १० घण्टा भन्दा माथी काम गर्ने १९.८०% रहेको पाईयो । समग्रमा सुनसरी जिल्लाको इटहरी उप–महानगरपालिकामा रहेका मनोरञ्जन क्षेत्रमा श्रमिकका रुपमा कार्यरत १०१ जना महिलाहरुका स्वास्थ्य अवस्था राम्रै भएता पनि सन्तोषजनक नरहेको पाईयो । त्यस्तै मानसिक स्वास्थ्य बारे सबैलाई जानकारी नरहेको पाईयो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11307
dc.language.isoneen_US
dc.publisherस्वास्थ्य र शारिरीक शिक्षा सङकायen_US
dc.subjectश्रमिक महिला Sramik mahilaen_US
dc.subjectस्वास्थ्य अवस्था Swasthiya awasthaen_US
dc.subjectमनोरञ्जन क्षेत्र Entertainment sectoren_US
dc.titleमनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको स्वास्थ्य अवस्था {Health Status of Working Women Working in the Entertainment Sector}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
1.05 MB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
741.1 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections