मेरो नेपाली कक्षा चार र सजिलो नेपाली माला कक्षा चार बीचको तुलनात्मक अध्ययन {Mero Nepali kaksha char ra sajilo Nepali mala kaksha char bichko tulanatmak adhyayan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, एम.एड दोस्रो वर्ष नेपाली शिक्षण ५९८ पाठ्यांशको प्रयोजनका लागि तयार पारिएको हो । सरकारी विद्यालयले कार्यान्वयन गरेको मेरो नेपाली कक्षा चार र निजी विद्यालयमा पढाइ हुने सजिलो नेपाली माला चार बीचको तुलनात्मक अध्ययनमा व्याकरणीय ब्यवस्था, शब्दभण्डार, चित्र, वाक्य संरचना, स्तरीयता आदिको भिन्नता पत्ता लगाउनु प्रमुख उद्देश्य रहेको छ । साथै पाठ्यक्रम अनुरूपताको विश्लेषण गर्नु तथा निष्कर्ष र सुझाव दिनुमा नै शोधपत्र केन्द्रित रहेको छ । यस शोधकार्यका लागि सामग्री सङ्कलन गर्ने क्रममा पुस्तकालयीय बिधि अपनाइएको छ । वर्णनात्मक तथा विश्लेषणात्मक पद्धतिका माध्यमबाट समस्याको समाधान गरिएको छ । प्राथमिक स्रोतको रूपमा वि.सं २०५२ मा भरत नेपाली प्याकुरेलद्वारा लेखिएको, दिवाकर ढुङ्गेलद्वारा सम्पादन गरिएको र पछि केहि लेखकहरूद्वारा परिमार्जन गरिएको मेरो नेपाली कक्षा चार र डा. हेमाङ्गराज अधिकारी, लालानाथ सुवेदी, बद्रीविशाल भट्टराई र हरिप्रसाद पराजुलीद्वारा लिखित सजिलो नेपाली माला चारलाई लिइएको छ । द्वितीय स्रोतकोरूपमा तुलनात्मक अध्ययन भएका शोधपत्रहरू तथा सम्बन्धित पाठ्यक्रमहरू र विभिन्न पुस्तकहरू प्रयोग गरिएको छ । यस शोधकार्यलाई पाँच परिच्छेदमा संगठित गरिएको छ पहिलो पारिच्छेदमा शोधपरिचय अन्तरगत शोधशीर्षक, शोधप्रयोजन, शोधसमस्या, शोधका उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधको औचित्य, शोधको क्षेत्र र सीमा, शोधविधि, सामग्री सङ्कलनविधि र शोधपत्रको रूपरेखा रहेका छन् । परिच्छेद दुईमा पाठ्यपुस्तकको सैद्धान्तिक अवधारणाअन्तरगत भाषा पाठ्यपुस्तकको परिचय, पाठ्यक्रम र पाठ्यपुस्तकको सम्बन्ध, भाषा पाठ्यपुस्तकका अध्ययन विश्लेषणका आधारहरूको सैद्धान्तिकरूपमा ब्याख्या गरिएको छ । भाषा पाठ्यपुस्तकको अध्ययन विश्लेषणका आधारभित्र आन्तरिक वा शैक्षिकपक्षअन्तरगत (विषयवस्तु, विधा प्रस्तुती, भाषिक संरचना र शैली, नमुना अभ्यास, चित्र, भूमिकानिर्देशन) र बााह्य वा भौतिकपक्षअन्तरगत (वनोट, आकार, छपाइ, कागजको स्तर, बँधाइ र मूल्य) को चर्चा गरिएको छ । परिच्छेद तीनमा पाठ्यसामग्रीका अध्ययन विश्लेषणका आधारहरू आन्तरिक वा शैक्षिक पक्ष र बााह्य वा भौतिक पक्षहरूको सैद्धान्तिक अवधारणाअनुरूप दुवै पाठ्यपुस्तक मेरो नेपाली कक्षा चार र सजिलो नेपाली माला चारको अध्ययन विश्लेषण गर्ने काम भएको छ । परिच्छेद चारमा दुवै पाठ्यसामग्री मेरो नेपाली कक्षा चार र सजिलो नेपाली माला चारको तुलना गर्न सजिलोका लागि दुई उपशीर्षक (उद्देश्य र विधागत पाठ, क्षेत्र क्रम र पाठहरू) मा बाँडेर अध्ययन गरिएको छ । पहिलो पाठ्यक्रमका आधारमा मेरो नेपाली कक्षा चार र सजिलो नेपाली माला चारको तुलना गरिएको छ भने पछि दुई पाठ्यसामग्रीलाई तुलना गरिएको छ । त्यस्तै परिच्छेद पाँचमा निष्कर्ष समेटिएको छ । निष्कर्ष अन्तरगत दुवै पाठ्यसामग्री पाठ्यक्रमअनुरूप रहेका, पाठगत विधाहरू त्यति नमिलेको, सुनाइ, बोलाइ र पढाइलाई भन्दा लेखाइमा बढी विशेष जोड दिएको त्यसैमा पनि सजिलो नेपालीमा बोलाइ र सुनाइलाई अभ्यास खण्डमा केही मात्रमा जोड दिएको पाइन्छ । चित्र अभ्यास मेरो नेपालीको तुलनामा सजिलो नेपालीमा कम राखिएको छ । शब्दभण्डार पनि दुवैमा पाठ्यक्रमको अपेक्षा अनुरूप पूरा हुन नसक्नुका साथै वाक्य संरचना पनि उपयुक्त नभएको र मेरो नेपालीको भन्दा सजिलो नेपालीको मूल्य केही बढी रहेको देखिन्छ । त्यसैगरी पाठ्यक्रमअनुरूप विधासङ्ख्या मिलाउनुपर्ने, शब्दकोश प्रयोग सम्बन्धी अभ्यास थप गर्नुपर्ने, व्याकरणात्मक अभ्यास सजिलो नेपालीको तुलनामा मेरो नेपालीमा प्रत्यक्षरूपमा राख्नुपर्ने, वाक्य संरचना मिलाउनुपर्ने र पाठ्यपुस्तकको कागज स्तरीय हुनुपर्ने जस्ता सुझावहरू समेटिएको छ ।

Description

Citation