विद्यालय शिक्षाको गुणस्तर वृद्धि निरीक्षकहरुको भूमिका {The Role of Inspectors in Enhancing the Quality of School Education}

dc.contributor.authorचर्माकार Charmakar, रामकुमार Ramkumar
dc.date.accessioned2022-06-21T07:31:40Z
dc.date.available2022-06-21T07:31:40Z
dc.date.issued2015
dc.description.abstractविद्यालय शिक्षाको गुणस्तर वृद्धिमा निरीक्षकहरुको भूमिका शिर्षक राखेर गरिएको यस अध्ययनको मुख्य उद्देश्य प्राथमिक विद्यालयसँग सम्बन्धित निरीक्षकहरुको भूमिकाको अध्ययन गर्नु रहेको थियो । एडम्स र डिकेको आधुनिक सुपरिवेक्षणको प्रजातान्त्रिक सिद्धान्तलाई मुल सिद्धान्त मानेर यो अध्ययन गरिएको छ । यो अध्ययन सर्वेक्षण विधिमा आधारित रहेकोले प्राप्त तथ्याङ्कलाई परिमाणात्मक र गुणात्मक गरी दुवै किसिमबाट प्रस्तुतीकरण र विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनका क्रममा सङ्खुवासभा जिल्लाका जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक एवम् स्रोतव्यक्तिहरू र चन्दनपुर स्रोतकेन्द्र अन्तरगतका ५ ओटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्षहरू र विद्यार्थीहरूलार्इ जनसङ् ख्याको रूपमा समावेश गरिएको छ । विद्यालय, विद्यार्थी एवम् शिक्षक र स्रोतव्यक्ति छनोट गर्दा सम्भावनायुक्त नमुना छनौटका प्रकारहरूलाई अबलम्बन गरिएको छ भने जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको अध्यक्ष छनौट गर्दा उद्देश्यमूलक नमूना छनौट विधिबाट छनौट गरिएको छ । यस अनु सन्धान कार्यका लागि प्रश्नावली, सर्वेक्षण फाराम, विद्यालय तथ्याङ्क फाराम, अवलोकन एवम् छलफल जस्ता सूचना सङ्कलनका साधन एवम् विधिहरूको प्रयोग गरिएको छ । यस अध्ययनका प्राप्तीहरूमा ऐन र नियम वमोजिम विद्यालय निरीक्षण नभएको पाईयो । विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई विद्यालय निरीक्षणको सम्वन्धमा ऐन नियममा तोकिएको भूमिकाको वारेमा जानकारी नै नभएको समेत पाईयो । प्रशासनिक निरीक्षण वढी र शैक्षिक निरीक्षण कम भएको तथ्यहरूले देखाउँदछ । विद्यालय सुपरिवेक्षणको बारम्बारतालाई अध्ययन गर्दा बिद्यालय निरीक्षकले औसत प्रति विद्यालय बार्षि क २ पटक र स्रोतव्यक्तिले ५ पटक बिद्यालयको भ्रमण गर्ने गरेको देखिन्छ । शिक्षकको कक्षा अवलोकन प्रधानाध्यापकको तुलनामा विद्यालय व्यवस्थापन समिति अध्यक्षले र शिक्षक अभिभावकको अध्यक्षले कमै मात्र गरेको देखिन्छ । विद्यालयका े नियमित शैक्षिक निरीक्षण हुनु पर्ने धारणा उत्तरदाताहरुबाट राखेको पाइयो । समग्र अध्ययनबाट अध्ययनकर्ता यो निष्कर्षमा पुगेको छ कि नेपालको प्राथमिक तहमा भएको विद्यालय निरीक्षण यथार्थमा निष्प्रभावी छ । यसले आफ् नो उद्देश्य अनु सार काम गर्न सकिरहेको छैन । शैक्षिक सं रचनाको जगमा रहेको प्राथमिक तहलाई निरीक्षणको केन्द्र विन्दु वनाउन सकिएको छैन । यसले गर्दा विद्यार्थीहरुको गुणस्तर कमजोर रहेको देखिन्छ । निरीक्षण प्रणालीमा सुधार गर्न सरकारले जुन कामका लागि व्यक्तिलाई छनौट गरी नियुक्ति गरेको हो सोही काममा लगाउनु पर्ने, राज्यद्वारा प्रदान गरिने अवसरहरूमा पक्षपात गर्न नहुने, निश्चित मापदण्ड अनुसार सरूवाको व्यवस्था गरिनु पर्ने, प्राथमिक तहका े विद्यालय सुपरीवेक्षणलाई वढी प्राथमिकता दिइनु पर्ने , कार्य सम्पादनको आधारमा पुरस्कार र दण्डको व्यवस्था गरिनु पर्ने , निरीक्षकको पेशागत विकासका लागि आवश्यक पूर्वाधार विकास लगायत आर्थीक सुबिधाहरूमा बृद्धि गरिनु पर्ने जस्ता सुझावहरू दिइएको छ । विद्यालय निरीक्षण सम्वन्धी दक्षता अमिवृद्धि गर्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई तालिम र सचेतनाका कार्यक्रम ल्याईनुपर्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11440
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectविद्यालय शिक्षा school educationen_US
dc.subjectगुणस्तर वृद्धि Quality enhancementen_US
dc.titleविद्यालय शिक्षाको गुणस्तर वृद्धि निरीक्षकहरुको भूमिका {The Role of Inspectors in Enhancing the Quality of School Education}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleवरुण बहुमुखी क्याम्पस खाँदवारी, सङखुवा सभाen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
88.52 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(4).pdf
Size:
257.59 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: