प्राथमिक तहको छात्रवृत्तिले सिकाइ उपलब्धिमा पारेको प्रभाव {Prathamika tahako chatravr̥ttile sikai upalabdhima pareko prabhava}

dc.contributor.authorनिरौला Niraula, ओमप्रसाद Om Prasad
dc.date.accessioned2022-02-27T07:12:06Z
dc.date.available2022-02-27T07:12:06Z
dc.date.issued2010
dc.description.abstractप्राथमिक तहको छात्रवृत्तिले सिकाई उपलब्धिमा पारेको प्रभाव शीर्षकको यस अध्ययनको मुख्य उद्देश्य छात्रवृत्ति कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धिमा पारेको प्रभावको लेखाजोखा गर्नु रहेको छ । अध्ययनको उद्देश्य पुरा गर्न पृथ्वी उच्च मा.वि. यासोक स्रोतकेन्द्र अन्तर्गतका ५ वटा सामुदायिक प्राथमिक विद्यालयको समूहलाई अध्ययन क्षेत्र निर्धारण गरी उक्त विद्यालयका दलित र छात्रा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा अध्ययनका तीन बर्ष २०६४,२०६५ र २०६६ मा लगातार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी, तिनका अभिभावक एबम् शिक्षकलाई जनसंख्याको रुपमा छनौट गरिएको छ । अध्ययनको नमुनाको रुपमा दलित तथा ५० प्रतिशत छात्रा छात्रवृत्ति पाउने विद्यार्थी, अध्ययनको ३ वर्ष सम्म लगातार छात्रवृत्ति पाउने ५ जना विद्यार्थीलाई लिईएको छ । अध्ययनको क्रममा पाँचथरका जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक र सम्बन्धित स्रोतकेन्द्रका स्रोतब्यक्तिको धारणालाई समेत समेटी प्रश्नावली, अन्तरक्रिया , छलफल र स्थलगत अध्ययन एवम् खोजका माध्यमबाट आवश्यक तथ्याङ्क ,प्रतिक्रिया, समस्या र सुझावहरु सङ्कलन गरी प्राथमिक तथा द्वितीय तथ्याङ्कको आधारमा विश्लेषण र ब्याख्या गरिएको छ । अध्ययनको नमूना विद्यालय छनौट गर्दा सुविधाजनक छनौट विधि तथा जनसंख्या छनौट गर्दा सम्भावनायुक्त नमूना छनौट विधि अपनाइएको छ । प्राप्त तथ्याङ्कको व्याख्या एवं विश्लेषण परिमाणात्मक तथा गुणात्मक विधिबाट गरिएको छ । अध्ययनको क्रममा प्राप्त तथ्याङ्क,सुझाव एबम् प्रतिक्रियाबाट छात्रवृत्तिले दलित एवम् छात्राको नियमितता तथा सिकाइ उपलब्धि बढाएको पाइएको छ । त्यस्तै छात्रवृत्ति शैक्षिक सत्रको शुरूमा नै वितरण गरिनुपर्ने र रकम समेत बढाइनु पर्ने कुरा अन्तरक्रिया र प्रश्नावलीको जवाफको विश्लेषणबाट प्राप्त भएको छ । छात्रवृत्ति रकम र कोटा न्यून भएको, छात्रवृत्ति वितरण औपचारिक समारोह विना नै गरिने गरेको, छात्रवृत्ति शैक्षिक सत्रको सुरुमा नै वितरण गर्न नसकेको पाइएको छ भने छात्रवृत्ति प्राप्तिका कारण विद्यार्थी उपस्थिति र उपलब्धी वृद्धि भएको र एक वा दुई पटक मात्र छात्रवृत्ति प्राप्त गर्ने भन्दा लगातार प्राप्त गर्नेको उपस्थिति र उपलब्धी तुलनात्मक रुपमा बढी रहेको तथा पढ्ने र गृहकार्य गर्ने बानीमा सुधार आएको पाइएको छ । प्राप्त तथ्याङ्कको विश्लेषणबाट छात्रवृत्ति कोटा र रकम न्यून हुँदा अर्थहीन भएको तथा छात्रवृत्तिको उपयोगिता र यस सम्बन्धमा सचेतता सम्बन्धी कार्यक्रम नगरिएको अनि छात्रवृत्तिको उपयोग सम्बन्धमा प्रभावकारी निरीक्षण र अनुगमन हुन नसकेको कारण छात्रवृत्ति अपेक्षित रुपमा प्रभावकारी नभएको पाइएको छ । छात्रवृत्तिको प्रभावकारिता वृद्धि गर्न छात्रवृत्तिको निमित्त विद्यार्थी छनौट गर्दा दलित वा छात्रा मात्र नभनी समग्रमा गरिवीको स्तर, नियमितता, लगनशीलता लाई समेत आधार मान्नुपर्ने सुझाव प्राप्त भएको छ । छात्रवृत्तिको कोटा विद्यार्थीको संख्याको आधारमा उपलब्ध गराई रकमलाई विद्यार्थीको शैक्षिक आवश्यकता अनुसार आवश्यक न्यूनत शैक्षिक समग्री बर्षभरिको लागि पुग्ने किन्न पुग्ने गरी वृद्धि गरिनु पर्ने वा बर्षभरी पुग्ने सामग्री नै दिइनुपर्ने छात्रवृत्ति रकमको सदुपयोगको लागि सम्बन्धित विद्यार्थी एबम् अभिभावकलाई सचेत गराउनु पर्ने ,शैक्षिक सत्रको सुरुमा नै वितरण गरिनु पर्ने, छात्रवृत्ति वितरणको प्रभावकारी निरीक्षण,अनुगमन र नियन्त्रणका लागि संयन्त्र, निर्माण गरिनुपर्ने, वितरण प्रणाली पारदर्शी, प्रचारमूलक, जिम्मेवारपूर्ण हुनुपर्ने छात्रवृत्तिको कोटा निर्धारण देखि वितरण र प्रयोग पारदर्शी, प्रचारमूलक, जिम्मेवारपूर्ण हुनुपर्ने, र प्रभावकारिता वृद्धि गर्न सम्बन्धित विद्यार्थी, अभिभावक, शिक्षक, प्रधानाध्यापक, स्रोतब्यक्ति, विद्यालय निरीक्षक एबम् सम्बन्धित निकाय प्रमुख समेतको सकारात्मक मनोवृत्तिको विकास गर्न आवश्यक कार्यक्रम ल्याइनुपर्ने कुरा अध्ययनले सिफारिस गरेको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8587
dc.language.isoneen_US
dc.publisherFaculty of Educationen_US
dc.subjectप्राथमिक तह praathamik tahen_US
dc.subjectछात्रवृत्तिल सिकाइ Chatravr̥ttila sikaien_US
dc.titleप्राथमिक तहको छात्रवृत्तिले सिकाइ उपलब्धिमा पारेको प्रभाव {Prathamika tahako chatravr̥ttile sikai upalabdhima pareko prabhava}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
132.85 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
446.03 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: